संसदीय समितिमा सञ्चार मन्त्रीको रौद्र रुपः दिगम्बर झा र एनसेलको नामै उच्चारण गरेनन्

<p>काठमाडौं । सञ्चार तथा सूचना प्रबिधी मन्त्री गोकुल प्रसाद बास्कोटाले संसदिय समितिमा रौद्र रुप देखाएका छन् । मन्त्रालयको कार्य प्रगति र भावी योजनाबारे छलफल गर्न डाकिएको विकास तथा प्रबिधी समितिको बैठकमा सञ्चार मन्त्री बास्कोटाले सभापति र सांसदहरुलाई धर्काएका हुन् । सुरुमै आक्रामक रुपमा प्रस्तुत भएका मन्त्री बास्कोटाले आफ्नो अधिकांश समय पत्रकारलाई गाली गर्नमै खर्चिएका थिए [&hellip;]</p>

काठमाडौं । सञ्चार तथा सूचना प्रबिधी मन्त्री गोकुल प्रसाद बास्कोटाले संसदिय समितिमा रौद्र रुप देखाएका छन् । मन्त्रालयको कार्य प्रगति र भावी योजनाबारे छलफल गर्न डाकिएको विकास तथा प्रबिधी समितिको बैठकमा सञ्चार मन्त्री बास्कोटाले सभापति र सांसदहरुलाई धर्काएका हुन् ।

सुरुमै आक्रामक रुपमा प्रस्तुत भएका मन्त्री बास्कोटाले आफ्नो अधिकांश समय पत्रकारलाई गाली गर्नमै खर्चिएका थिए । सांसदहरुले प्रश्न राखेपछि उत्तर दिन थालेका मन्त्री बस्कोटाले दिगम्बर झा र एनसेलको नामै लिन चाहेनन् । नेकपाका गणेश पहाडी र काँग्रेसका जिप छिरिङ लामाले नेपाल दुर सञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तीबारे प्रश्न गरेका थिए । त्यस्तै, राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले एनसेलको कर असुली बारे प्रश्न गरे ।

मन्त्रीले भने न एनसेलको नाम लिए न दिगम्बर झाको । मन्त्रीले भने–बिभिन्न सेवा प्रदायकहरुले सरकारलाई बुझाउनुपर्ने राजश्व उठाने तर्फ पनि हाम्रो ध्यान गएको छ । मन्त्रालय अन्तर्गत भएका नियुक्तीहरु अध्यारोमा तिर चलाएका होइनौं । तिर्नुपर्ने कुरा उठाईरहेका छौं, सिजीले तिर्नुपर्ने ३ करोड रुपैंयाँ नेपाल टेलिकमलाई तिरेको छ, मन्त्रालयले केहि त गर्दैछ नी । केहि पनि गरेन ? खाली सुतेर बस्यो ? त्यसो हो भने त्यहि लेखिदिनुस्, मन्त्रालयको काम भनेकै काम गर्नु हो, जे जति काम भएका छन्, एउटा पनि अनुचित भएको छैन् ।’

मन्त्री बास्कोटा त्यतिमा मात्रै अडिएनन् उनले समितिको निर्णयमै हस्तक्षेप गरे । मन्त्री बास्कोटाले नेपाल टेलिकमको महाप्रबन्धक खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्नु भन्ने समितिको निर्देशनमाथी असमति राखे । सभापतिले निर्णय सुनाईरहँदा मन्त्रीले बिचमै हस्तक्षेप गरेर नबुझी निर्णय नगर्न भने ।

समितिको बैठक सकिएपछि हिड्ने क्रममा पनि मन्त्रीले सांसदहरुलाई अध्ययन गरेर आउन अर्ति दिए । मन्त्री बास्कोटाले भने–माननिय सांसदहरुले पनि अध्ययन गरेर आउनुस्, अध्ययन पुगेन, मन लागेको बोलेर, जे पायो त्यहि सोधेर हुन्न, हामी पनि अमेरिकी मोडलको अभ्यास गरौं ।’

Share News