दाङको सहकारीले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने
काठमाडौं। सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने शिक्षित युवालाई ऋण दिन शुरु गरिएको सहरकारीका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए। शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति संस्थाको साधारसभाले पारित गरेको उनले बताए। सो निर्णय शहरी रोजगार तथा शहरी प्रर्वद्धन शाखाको अनुमोदन गराएर स्वीकृत लिएपछि कार्यान्वयन गर्ने उनको भनाइ छ । सहकारीले एसइइ परीक्षा उत्तिर्ण गरेकालाई रु २५ हजार, प्रविणता प्रमाण पत्र तह उत्तिर्णलाई रु ५० हजार, स्नातक तह उत्तिर्ण गरेकालाई रु तीन लाख तथा स्नातकोत्तर तह उत्तिर्ण गरेकालाई रु पाँच लाखसम्म कर्जा दिने भएको छ । सो कर्जा दिनका लागि सहकारीले रु ५० लाख बजेट छुट्याइसकेको अध्यक्ष शर्माले बताए ।
चन्द्रागिरी नगरप्रमुख घनश्याम गिरी भन्छन् : जिम्मा दिए कलंकी–नागढुँगा सडक ३ महिनामा बनाइदिन्छु
स्थानीय तहको चुनाव हुनुभन्दा १० दिन अघि शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिएका घनश्याम गिरी अन्तत चन्द्रागिरी नगरपालिकाका मेयर बनेरै छाडे । उनी मेयर भएको डेढ वर्ष पुरा भएको छ । देशको महत्वपुर्ण कलंकीदेखि नागढुङा सडकखण्ड निर्माण सम्पन्न नहुँदा उनीमाथी केहि दबाब बढेको छ । सडक नबन्दा धुलो उडेर सास्ती खेप्नु परेको छ । यसको आरोप पनि नगरप्रमुखलाई नै लाग्ने गरेको छ । पछिल्लाे समयमा नगरपालिकाले जथाभावी कर लिएको आरोप लाग्दै आएको छ । प्रस्तुत छ, सडक, कर र नगर विकास योजनाकाे विषयमा केन्द्रीत रहेर मेयर गिरीसंग विकासन्युजका लागि राजाराम न्यौपानेले गरेको कुराकानी चन्द्रागिरी नगरपालिकाले सञ्चालन गर्ने ठुला आयोजना के के छन् ? चन्द्रागिरी नगरपालिकाको सबै भन्दा ठुलो मेगा आयोजना थानकोट सुरुगङ मार्ग नै हो । यो सुरुङ मार्ग २.८ किलोमिटरको छ । २.६ किलोमिटरको भित्री सुरुङ पर्छ । बाँकी ०.२ किलोमिटर राजमार्गसँग जोडन बाहिरी बाटो हुन्छ । खानेपानी, सडक, फोहरमैला व्यवस्थापन र स्वास्थ्यलाई पनि मेगा प्रोजेक्टको रुपमा अगाडी बढाएका छौं । कंलकी–नागढुंगा सडक पनि मेगा प्रोजेक्ट नै हो । तर यो नगरपालिकाको क्षेत्र भित्र पर्दैन । तपाई नगरप्रमुख भएपछि जनताले कर वृद्धिको मार खेप्नु परेको छ । कर किन बढाउनु भएको हो ? एक वा एक भन्दा बढि नगरपालिकामा पर्ने व्यवसायमा नगरपालिकाबीच समन्वय गर्नु पर्ने ऐनमा व्यवस्था छ । त्यही ऐन अनुसार समन्वय भएर कर उठाएको हो । चन्द्रागिरी हिल्स इन्द्रसरोवर गाँउपालिका, थाहा नगरपालिक र चन्द्रागिरी नगरपालिकामा छ । २ वटा नगरपालिका, एउटा गाँउपालिका र जिल्ला समन्वय समीतिका सभापतिबीच छलफल गरेर नै २ प्रतिशत करबाट ३ प्रतिशत उठाने सहमती भएको हो ।तर नगरपालिका बोर्डमा ५ प्रतिशत नै कर लिनुपर्छ भनेर निर्णय भएको छ । निर्णय कार्यन्वयन गराउने दायित्व मेरो हो । नगरसभामा मैले कर २ प्रतिशतबाट ३ प्रतिशत बढाउन प्रस्तुत गरे तर मेरो विरोध भएन । सबैले मेरो कुरा ठिक हो भनेर पन्छिए । चन्द्रागिरी हिल्समा थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकबीच करमा एकरुपता नभएको हो ? इन्द्रसरोवर गाँउपालिकार र थाहा नगपालिकाले ३ प्रतिशत र चन्द्रागिरी नगरपालिकाले ५ प्रतिशत कर उठाउने भनेपछि करको विषयमा बिमेल भएको छ । त्यसलाई म पुनरावलोकन गर्ने पक्षमा छु । विशेष नगरसभाको बैठक बसेर परिमार्जन गर्ने बिचारमा छु । यो वर्ष ३ प्रतिशत र वर्षेनी बढाए २ वर्षपछि ५ प्रतिशत पुग्छ । चन्द्रागिरी हिल्सबाट उठेको कर कति प्रतिशत चन्द्रागिरी नगरपालिकाले पाउछ ? चन्द्रागिरी हिल्समा उठेको सबै कर चन्द्रागिरी नगरपालिकाले पाउदैन । चन्द्रागिरी नगरपालिकाल ६० प्रतिशत मात्रै पाउछ । बाँकि ४० प्रतिशत थाहा नगरपालिका र इन्द्रसरोवर गाँउपालिकाले बाँडेर लिन्छन । संघीयताले गाँउगाँउमा सिंहदरबार पु¥यायो भने थियो । तपाई निर्वाचित भएपछि नगरमा के काम गर्नुभयो ? जनताका लागि गर्नुपर्ने नियमित काम कार्वाही गरिरहेको छु । जनताका लागि दिनुपर्ने सेवासुविधा प्रदान गरिरहेको छु । प्रत्येक घरघरमा खानेपानी पु¥याउने लक्ष्यकासाथ काम भैरहेको छ । १ वर्ष भित्रमा सबै घरघरमा खानेपानीको व्यवस्था हुन्छ । फोहरमैला व्यवस्थापनका लागि हामीले लगानी बोडलाई जिम्मा दिन लागेका छौँ । बोर्ड र कम्पनीबीच आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । केही समयपछि यो कार्यान्वयनमा आउने छ । नगरपालिकाको क्षेत्राधिकार भएको ठाउमा ढल र सडकको काम भैरहेको छ । जनताको गुनासोलाई हामीले सम्बोधन गरिरहेका छौँ । चन्द्रागिरी नगरपालिकाका नयाँ योजना के छन् ? हामीले नागढुगाबाट छिर्ने नाकामा नै प्रसुती अस्पताल खोल्ने तयारीमा छौं । अस्पतालका लागि अध्यन भैसकेको छ । कंलकी–नागढुंगाको सडक सुधार भएपछि नयाँ तरिकाले यातायात व्यवस्थित हुन्छ । अहिले सबै भन्दा ठुलो समस्या यातायात हो । प्रतिक्षालय र शौचालयको पनि व्यवस्था चन्द्रागिरीले गर्छ । पर्यटक आकर्षणका लागि नगरपालिकाले के गर्दै छ ? हामीले पर्यटन प्रवद्र्धनका लागि चन्द्रागिरी हिल्स, इन्द्रदह र मच्छेनारायण लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको व्यवथित गर्दै लैजाने योजना बनाएका छौं । त्यसमा होमस्टेको पनि व्यवस्था हुन्छ । सम्पदा बस्ती पनि हामीले निर्धारण गरेका छौँ । कंलकी–नागढुंगा सडक किन यस्तो बिजोक भएको ? आजकाल सबैको प्रश्न नै यही हो । मेयर गाडीमा चडेर हिडछन् जनतालाई जस्तो भए पनि के भयो र भन्ने गुनोसो व्याप्त छ । यो सडक चन्द्रागिरी नगरपालिकाको कार्यक्षत्र भित्र पर्दैन । यो त सरकारको कार्यक्षेत्र भित्र पर्छ । नगरपालिकाले यो राजमार्गमा कुनै पनि काम गर्न पाँउदैन । धुलो उडेर बिजोग भएको राजमार्गमा पानी हल्दा पनि बजेट बेरुजु देखिन्छ । जनमानसले चन्द्रागिरीको मेयर र वडा अध्यक्षले हेरदिनु प¥यो भन्छन् । तर हामीले हाइवेमा काम गर्न कानुनले दिदैन । हामीलाई यो सडकको जिम्मा दियो भने ३ महिनाम निर्माण सक्छौ । तपाईले ३ महिनामा नै कंलकी नागढुंगा सडकको जिम्मा दिए निर्माण सक्छौँ भन्नु भयो । यो कसरी सम्भव छ, सरकारले ३ वर्षमा सकेको छैन ? जनतामा यही बाटोको कारणले आक्रोस बढिरहेको छ । यो बाटोको जिम्मा चन्द्रागिरी नगरपालिकालाई दिइयो भने प्रत्येक वडाका जनप्रतिनीधिहरुले नै जिम्मा लिएर ३ महीनामा नै सम्पन गछौँ । यो सडकले ११ वटा वडा भित्र पर्दछ । ११ वटा वडाले आफ्नै जिम्मा निर्माण गर्छ । तपाईले यो बाटो निर्माणको जिम्मेवारी लिएकालाई बोलाएर जनगुनासो सुनाउनु भएन ? महिले सैयाँै पटक छलफल गरिसके तर जति छलफल गरे पनि बाटोको निर्माणले कुनै गति लिएको छैन । यो बाटोमा धेरै मुद्धा परेको छ । सहजीकरण भैसकेको ठाँउमा बाटो निर्माणका लागि भनिरहेका छौँ । अब सडकका लागि भनेर आवाज उठाउन बाँकि छैन । बाटो निर्माण भैरहेको ठाउँमा पनि ४ जना मात्रै कामदार हुन्छन । महिले केही दिन पहिले काम गरिरहेको सडकमा गएर आधुनिक सामाग्रीहरुको प्रयोग गर्नु भनेको थिए । धेरै पटक समय थप गरि सकियो भनेको समयमा काम भएको छैन् । मन्त्रीलाई नै बोलाएर पनि बाटोको अवस्था देखाइसकेको छु । चन्द्रागिरी नगरपालिकालाई आर्थिक संक्षम बनाउन तपाँइले के गर्दै हुनुहुन्छ ? आर्थिक रुपमा संक्षम बनाउन स्थानीय स्रोत र साधनलाइ नै परिचालन गर्नै हो । हामीले उठाउने करको लक्ष्यलाई नै पुरा गर्ने हो । यो वर्ष १९ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएका छौ । सहि तरीकाले नगरपालिकाको अधिकार क्षत्र भित्र रहेर ३० करोड कर उठाउन सकिन्छ । चन्द्रागिरी नगरपालिको बजेट कति छ ? चन्द्रागिरी नगरपालिकाको बजेट १ अर्ब रुपैयाँ छ । सरकारको नियम अनुसार बजेट प्रयोग गर्ने हो । तपाईहरुले चुनावअघि घरघरमा लगेर बृद्धा भत्ता दिन्छु भन्नु भएको थियो । यो कार्यान्वयन भयो त ? बैँकहरुलाई व्यवस्थापन गरेर हामीले वृद्धभत्ता घरघरमा नै गएर दिएका छौँ । नमानेका बैँकहरुलाई कार्वाही गर्ने भनेपछि अहिले सबै बैकहरुले घरघरमा नै गएर दिएका छन् ।
सुबिसुले ल्यायो डबल मज्जा, पैसा कम, स्पिड ज्यादा अफर
काठमाडौं। सुबिसु केबलनेट कम्पनीले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अफर ल्याएको छ जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरकफरक आकर्षक अफरहरु रहेका छन्। क्लियर टिभी प्रिमियम प्याक अफर क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००।–(कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेटटप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ । सुबिसु ईन्टरनेटस् फास्ट प्याक अफर इन्टरनेट सेवा अन्तर्गत २० यम.बि.पि.यस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथेैे मोडेम र जडान सेवामात्र रू २०००।–(कर सहित) मा प्राप्त गर्न सकिने छ । सुबिसु ईन्टरनेट र क्लियर टि भि कम्बो प्याक अफर इन्टरनेट र क्लियर टिभि सेवा अन्तर्गत मात्र रू ४५००।–(कर सहित) मा २ महिनाका लागि २५ यम.बि.पि.यस अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम , सेटटपबक्स र जडान सेवाप्राप्त गर्न सकिनेछ । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुनेछन्।
सेवा विस्तारमा आक्रामक बन्दै गोकर्णेश्वर यातायात, उपत्यकाभित्र ८० वटा बस सञ्चालनमा
काठमाडौं । बाबा गोकर्णेश्वर यातायातले सेवा विस्तारलाई तिब्रता दिएको छ । एकै दिन ३० वटा नयाँ बस थप्दै गोकर्णेश्वरले सेवा विस्तार गरेको हो । कम्पनीले मंगलबारबाट साँखु-दक्षिणकाली रुटमा बस सेवा सञ्चालन गरेको हो । कम्पनीका अनुसार सो रुटमा अब ४० वटा बस सञ्चालन हुनेछ । बस साँखु थली, नारायणटार, जोरपाटी, चाबहिल, नयाँबसपार्क हुँदै दक्षिणकाली पुग्नेछ । कम्पनीले सो रुटमा यसअघि १० वटा बस सञ्चालन गर्दे आएको थियो । यसैगरी कम्पनीले उपत्यकाभर ८० वटा बसबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
आफ्नै लगानीमा खेल्दै खेलाडी
काठमाडौं। गत असोजको पहिलो साता काठमाडौँमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यू–१५ महिलातर्फ कञ्चनपुरकी विश्ना विष्ट उपविजेता भइन् । जिल्लाकै प्रतिनिधित्व गर्र्दै व्याडमिन्टन प्रतियोगितामा उपविजेता बनेकी विश्ना विगत तीन वर्षदेखि भीमदत्तनगरस्थित कभर्डहलमा अभ्यास गर्दै आएकी छिन् । उपाधि जित्दा जिल्लाको समेत सान बढ्छ । विश्नासँगै अन्य यहाँका दुई खेलाडीले व्याडमिन्टनमा आफ्नो स्थान पक्का गर्दा पनि खेलकूद सम्वद्ध निकाय भने त्यसबारे बेखबर जस्तै छ । विश्नासँगै निलिमा महरा र हिमाल चन्द कञ्चनपुरबाट आफ्नै खर्चमा काठमाडौँमा प्रतियोगितामा सहभागी भएका थिए । निलिमा र हिमाल यू–१५ मा एकलतर्फ तेस्रो भए । “तीन खेलाडीले प्रतियोगितामा भाग लिन जाँदा रु २२ हजार खर्च भयो,” कञ्चनपुर आइपुगेकी विश्नाले रासससित दुःखेसो पोख्दै भनिन, “प्रतियोगितामा भाग लिन जाँदासमेत आफै खर्च गर्नुपर्ने अवस्था छ, सङ्घ र जिल्ला खेलकूद विकास समितिले सहयोग गरेन ।” तीन वर्षदेखि कञ्चनपुर व्याडमिन्टन प्रशिक्षकबिहीन छ । लामो समय जिल्लामा जुनियर खेलाडी उत्पादनमा जुटेका व्याडमिन्टनका सिनियर खेलाडी विक्की थापा रोजगारीका लागि भारत गएपछि खेलाडी प्रशिक्षकबिहीन जस्तै छन् । पछिल्लो केही समययता व्याडमिन्टनकै अर्का सिनियर खेलाडी दिलबहादुर धामीले हरेक दिन विना पारिश्रमिक कभर्डहलमा खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । जिल्ला खेलकूद विकास समितिको त्यसतर्फ कुनै चासो छैन । “हामीले प्रतियोगितामा भाग लिन जाँदा व्याडमिन्टन सङ्घलाई समेत गुहारेका थियौँ,” अर्की खेलाडी निलिमाले भनिन् “न यहाँ खेलाडीलाई कुनै सहयोग, न त अरु कुनै सहयोग नै छ ।” यहाँको आदर्श विद्या निकेतनमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययनरत निलिमा तीन वर्षदेखि व्याडमिन्टनमा आवद्ध छिन् । “बिहानको समयमा व्याडमिन्टन अभ्यास गर्छु”, उनले भनिन, “अहिलेसम्म तीन राष्ट्रिय प्रतियोगितामा सहभागी भए, त्यो सबै आफ्नै खर्चमा, कहिँकतैबाट सहयोग पाइएन ।” चार राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेकी विश्ना इन्टरनेशनल पब्लिक स्कूलमा कक्षा–९ मा अध्ययनरत छिन । यस्तै हिमालले दुई राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेका छन् । “प्रतियोगितामा भाग नलिने हो भने ¥याङकिङमा पछि परिन्छ भन्ने चिन्ता रहन्छ,” निलिमाले भन्नुभयो, “अन्यत्र जिल्लाका खेलाडीको सेवा सुविधा देख्दा लाज लागेर आउँछ ।” कञ्चनपुर व्याडमिन्टनका लागि उर्वरभूमि रहेको बताउँदै खेलाडीहरु व्याडमिन्टन प्रशिक्षक केन्द्रबाट पठाउनु पर्ने माग गर्दै आएका छन् । “घरबाट सधैँ खर्च मागेर प्रतियोगिता खेल्न सकिन्न,” हिमालले भने , “खेलाडी बन्न त प्रशिक्षक पनि चाहियो ।” जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट जिल्लामा २७ खेलकूद सङ्घ रहे पनि धेरैजसो सङ्घ निष्क्रिय रहेको बताउनुहुन्छ । “पाँच÷सात सङ्घ मात्रै खेलाडी, खेलकूदको विकासमा बढी अग्रसर भएर लागेका छन्,” उहाँले भन्नुभयो, “खेलकूद विकास समितिलाई सधैँ आर्थिक अभाव रहन्छ, खेलाडीलाई खेल सामग्री पु¥याउनसमेत समस्या छ ।”
नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने
काठमाडौं। त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो । डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए । “निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ,” उनले भने । उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो । डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको हो । रासस
‘निरक्षर उन्मूलनमा सबैको सहभागिता आवश्यक’ : मन्त्री गिरिराजमणि पोखरेल
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताए। मन्त्री पोखरेलले आज बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशीलामा नेकपाका स्थानीय नेता कार्यकर्तासँगको भेटमा समाजका सबै पक्षको सामूहिक प्रयत्नले निरक्षर उन्मुलन अभियान सफल हुने बाटए। शिक्षा विधेयक पारित भएर प्रमाणीकरणसमेत भएको कुरालाई उपलब्धिका रूपमा लिनुपर्ने उनको भनाइ थियो । सबै तहका सरकार, राजनीतिक दल, सामाजिक क्षेत्र र आम जनताको सक्रियताले नै निरक्षर उन्मूलन गर्न सकिने उनले बताए। “सरकारले केही गरेन भन्ने प्रतिपक्षीको आरोपलाई आफ्नो निरासाको कारण नबनाउनुहोस्,” उनले भने, “आ–आफ्ना तहमा विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालय भर्ना गर्न सहयोग पु¥याउनतर्फ लाग्नुपर्छ ।” जिल्लाका १५ वटै स्थानीय तहका पार्टी कमिटीमा निरक्षर उन्मूलनसम्बन्धी अभियानसँग जोडेर प्रस्ताव नै बनाएर छलफल र निर्णय गर्न उनले पार्टी कार्यकर्तासँग अपिल गरेका छन्। “यस अवधिमा संविधानले निर्दिष्ट गरेअनुसार मौलिक हकसम्बन्धी १५ वटै विधेयक पारित भएर प्रमाणीकरण भएका छन्, यसलाई उपलब्धिको सूचीमा राख्नु पर्छ । शिक्षा अब अनिवार्य र निःशुल्क हुने कुरा कानूनले नै ग्यारण्टी गरेको छ,” उनले भने। मन्त्री पोखरेल आज सिरहा र सर्लाहीका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। रासस
१ अर्ब २८ करोडमा चोभार सुख्खा बन्दरगाह धमाधम, चीन र भारतका कन्टेनर सिधैं काठमाडौं
काठमाडौं । काठमाडौंको चोभारमा धमाधम खुख्खा बन्दरगाहको निर्माण भैरहेको छ । विश्व बैंकको १ अर्ब २८ करोड सहयोगमा बन्दरगाहको निर्माण आरम्भ भएको हो । साउन १७ गतेदेखि चिनियाँ कम्पनी साक्षी र नेपाली कम्पनी आशिषले मिलेर सो बन्दरगाहको काम सुरु गरेका हुन् । उनीहरुलाई १८ महिनाभित्र बन्दरगाहको निर्माण सम्पन्न गर्ने समय दिईएको छ । इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर हरेकृष्ण मिश्रका अनुसार आगामी १८ महिनापछि कोलकत्ता, बिशाखापट्नम र फुलबारी तथा चीनको केरुङबाट समान लिएर आउने सवारी साधनहरु सिधै काठमाडौं आउनेछन् । ती सवारी साधनहरुको भन्सार चेकजाँच लगायतका सबै काम चोभारमा हुनेछ । सम्बन्धीत नाकामा रहेका भन्सार कार्यालयहरुले एउटा लकिङ गरेर ती सवारी साधनहरुलाई काठमाडौं पठाउनेछन् । चोभारमै ती सवारी साधानहरुको चेकजाँच तथा भन्सार छुटाउने लगायतका काम गर्न सकिनेछ । चोभारको सुख्खा बन्दरगाहमा एकै पटक ४६४ वटा कन्टेनर अटाउनेछन् । दुई खण्डमा विभाजन गरेर निर्माण भैरहेको बन्दरगाहको पहिलो खण्डम बन्दरगाहका संरचना निर्माण र दोश्रो खण्डका रुपमा भन्सार, क्वार्टरहरुको निर्माण हुनेछ । करिब २ सय रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाहको निर्माण हुनेछ । भन्सार नाकामा आएर चेकजाँच तथा भन्सार छुटाउने झण्झटबाट ढुवानी कर्ता तथा आयात कर्ताहरुले मुक्ति पाउनेछन् ।