
काठमाडौं। ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सबीच मंगलबार केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरिका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका हुन्।
ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक महानुभाबहरुले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन्।
काठमाडौं थानकोटमा रहेको पर्यटकीय गन्तब्यको रुपमा रहेको चन्द्रागिरीमा दिनप्रतिदिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई सहुलियत दिने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो ।