माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता

<p>काठमाडौं। माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ। सो सम्झौता अनुसार एनबीआईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्य क्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ। सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एन।बि।आईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>

काठमाडौं। माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ। सो सम्झौता अनुसार एनबीआईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्य क्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एन।बि।आईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन्। बैंकमा हाल करिब ९९५ कर्मचारी रहेका छन् ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ११७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Share News