पिनाकल ब्राण्डद्धारा चाँदी र सुनका गहनाहरु उपलब्ध, खरीदमा १० प्रतिशत छुटको व्यवस्था
काठमाडौं, २१ असार । पिनाकल ब्राण्डले सुन्धारास्थित सिभिल मलमा ख्याति प्राप्त अन्तर्राष्ट्रिय फ्रान्चाइज स्टोरहरु सञ्चालनमा ल्याएको छ । उक्त ब्राण्डले मलको पहिलो स्टोर आम्रपाली ज्वेल्समा चाँदी र सुनका जलप लगाइएका गहनाहरु उपलब्ध गराएको छ । हलिउड र बलिउडका कलाकारहरु माझ लोकप्रिय रहेको आम्रपाली ब्राण्डका गहनाहरु आकर्षक डिजाइन र विश्वस्तरीय कालिगढीका लागि प्रख्यात रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आम्रपालीका स्टोर भारत, अमेरिका, बेलायत र जापानमा समेत रहेको छ । यसैगरी प्लानेट फेशन नामको स्टोरबाट पिनाकलले लुइ फिलिप, एलेन सली र भ्यान ह्युजिन जस्ता ब्राण्डका पुरुष पहिरनहरुको बिक्री गर्नेछ । भारतमा समेत २४० भन्दा बढी स्टोर रहेको प्लानेट फेशनमा विश्वस्तरका औपचारिक र अनौपचारिक दुवै प्रकारका पहिरन उपलब्ध रहेको कम्पनीले जनाएको छ । पिनाकलले श्रावण ५ गतेसम्म आफ्ना स्टोरहरुमा खरीद गर्ने ग्राहकहरुलाई १० प्रतिशत सम्म प्रवद्र्घन छुटको व्यवस्था गर्ने भएको छ । पिनाकल ब्राण्डले यो वर्षभित्रै अन्य ३ फ्रान्चाइज स्टोरहरु थप गर्ने योजना बनाएको छ ।
नेपालगन्जमा फोटो बैंक स्थापना, दैनिक जीवनसँग सम्बन्धित तस्बिर राखिने
नेपालगन्ज, २१ असार । समाज विकासमा महत्वपूर्ण योगदान पु¥याएका प्रतिष्ठित व्यक्तिको तस्बिर सङ्ग्रहालयका रुपमा यहाँ ‘नेपाल फोटो बैंक’ स्थापना गरिएको छ । राजनीति, समाजसेवा, पत्रकारिता, चिकित्सा सेवा, वाइल्ड लाइभ, प्रकृति संरक्षण, खेलकूद, संस्कृतिलगायतका विधामा योगदान पु¥याउने व्यक्तिको दैनिक जीवनसँग सम्बन्धित तस्बिर सो बैंकमा राखिने छ । अन्तराल संस्थाद्वारा स्थापित सो फोटो बैंकको मंगलबार यहाँ आयोजित समारोहमा फोटो पत्रकार क्लबका केन्द्रीय अध्यक्ष विकास कार्कीले शुभारम्भ गरे । समारोहमा राजनीति क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका नेपाली कांग्रेसका त्यागी नेता, पूर्व पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र पार्टीका जिल्ला सभापति स्वर्गीय डा. अरुण कोइरालाका अति दुर्लभ फोटो बैंकमा राखेर शुभारम्भ गरिएको हो । उक्त अवसरमा नेपाली कांग्रेस, बाँकेका अध्यक्ष किरण कोइरालाले बैंकको कोष सञ्चालनका लागि पाँच हजार रुपैयाँ नगद उपलब्ध गराएको अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए । रासस
तरकारी व्यवसायीको आक्रमणमा कर्मचारी र पत्रकार
काठमाडौं, २१ असार । बल्खुस्थित तरकारी पसलको अनुगमन गर्ने क्रममा व्यवसायीले अनुगमनमा खटिएका सरकारी कर्मचारी र पत्रकारलाई मंगलबार आक्रमण गरेका छन् । अनुगमन गर्ने क्रममा उक्त तरकारी बजारमा राखिएका तरकारी जोख्ने विद्युतीय यन्त्र लामो समयदेखि जाँच नगरिएको र उपभोक्ताको हित विपरीत रहेको जनाउँदै अनुगमन टोलीले उक्त सामान जफत गर्न थालेपछि व्यवसायीले आफूसँग जे सामान उपलब्ध छ उक्त सामग्रीले अनुगमनकर्तामाथि प्रहार गरे । तरकारी बजारमा रहेको झन्डै दुई सय यन्त्र अधिकांश उपभोक्ताको हित विपरीत रहेको अनुगमनका क्रममा पाइएको छ । घटनामा चोटपटक कसैलाई नलागे पनि समाधान प्रहरीले नै गरेको थियो । आक्रमणपछि बल्खु तरकारी बजार व्यवस्थापन समिति र अनुगमन समितिका संयोजक रामचन्द्र काफ्लेलगायत टोलीबीच वार्ता गरी मंगलबार नै नियम विपरीतका सबै यन्त्र सिलबन्दी गर्ने र तीन दिनभित्र नापतौल विभागमा लैजानुपर्ने सहमति भएको छ । आक्रमण गर्ने सबैले पछि पत्रकार र सरकारी कर्मचारीसँग माफी मागेका थिए । रासस
अर्घाखाँची सिमेन्टको ‘सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ अभियान शुरु
काठमाडौं, २१ असार । अर्घाखाँची ओपीसी सिमेन्टको ‘सबैलाई थाहा छ, केहि बोल्नै पर्दैन’ अभियान शुरु भएको छ । जसको प्रवर्द्धन सिमेन्टका ब्राण्ड एम्बेसडर तथा नेपाली कलाकार सुनिल थापाले गरेका छन् । कम्पनीले जनाएअनुसार उपभोक्तालाई अर्घाखाँची सिमेन्ट गुणस्तरिय भएको थाहा भएपनि बजारकै उत्कृष्ट ओपीसी सिमेन्ट हो भन्ने बुझाउन अभियान सुरु गरेको हो । साथै, उपभोक्ताहरुलाई सहि सिमेन्ट रोज्न र सुरक्षित भविष्यका लागि ध्यान दिन कम्पनीले सबैलाई सचेत पनि गराएको छ । घर निर्माणको कूल खर्चमध्ये करिब १० प्रतिशत खर्च मात्रै सिमेन्टमा प्रयोग हुने गर्छ । निर्माणमा गुणस्तरहिन सिमेन्ट प्रयोग नगरौं भन्ने उद्देश्यले चलाइएको जानकारीमुलक योजना “मूर्खता नगरौं, सहि सिमेन्ट नै रोजौं” पश्चात “आर्घाखाँचीको बारेमा त सबैलाइ थाहा छ” भन्ने अभियानको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।
माछापुच्छ्रे बैंक र जनता बैंकको सेयर कारोबार खुला गर्न राष्ट्र बैंकले मानेन, लाखौं सेयरधनी तनाबमा
काठमाडौं, २१ असार । माछापुच्छ्रे बैंक र जनता बैंकबीच मर्जर प्रक्रिया तोडिएको तीन महिना बित्नै लागेको छ । तर नेपाल स्टक एक्स्चेञ्जमा दुबै बैंकको सेयर कारोबार खुला भएको छैन । यी बैंकको सेयर बेच्न तथा सेयर किन्न चाहानेहरु अनिश्चित बाटो कुरिरहेका छन् । आखिरी कारोबार खुल्दैन किन ? दुई बैंकको साधारण सेयरमा लगानी गर्ने एक लाख भन्दा बढी सेयरधनीले प्रश्न गरिरहेका छन् । तर उनीहरुको लागि चित्त बुझ्दो जवाफ कसैले दिएको छैन । ‘प्रश्न मात्र सोध्ने होइन, सेयरधनीले दुबै बैंकको सञ्चालक समितिलाई घेर्नुपर्छ’ राष्ट्र बैंकको एक उच्च अधिकारीले आक्रोशित हुँदै भने–‘मर्जर प्रक्रिया केटाकेटी खेल हो र ?’ दुई बैंकबीच गत असोज ३ गते मर्जर गर्ने सहमति भएको थियो । त्यसमा राष्ट्र बैंकले पुसको अन्तिम साता सैद्धान्तिक सहमति पनि दियो । तर सात महिनापछि मर्जर प्रक्रिया भाँडियो । दुबै बैंकका मर्जर कमिटि, सञ्चालक समितिले मर्जर प्रक्रियाबाट बाहिरीने निर्णय गरे । दुबै बैंकले साधारणसभा गरे । माछापुच्छ्रे बैंकले हकप्रद सेयर र बोनस सेयर जारी गरेर राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउने निर्णय गर्यो । जनता बैंकले पनि हकप्रद सेयर, बोनस सेयर जारी गर्दै पुँजी वृद्धि गर्दै जाने र मर्जरको प्रयास पनि जारी राख्ने निर्णय साधारणसभाबाट गरायो । तर दुबै बैंकलाई यतिबेला राष्ट्र बैंकले अप्ठ्यारोमा पारेको छ । मर्जरको लागि सैद्धान्तिक सहमति दिएको राष्ट्र बैंक मर्जर तोडेकोमा आक्रोसित छ । दुबै बैंकलाई सेयर कारोबार खुला गर्न स्वीकृति नदिएर पुनः मर्जमा जान दवाव दिईरहेको छ । यद्यपी राष्ट्र बैंकको यो प्रयास असफल हुने निश्चित छ । स्रोतका अनुसार दुबै बैंकका सञ्चालक समितिले मर्जर प्रक्रिया तोड्ने सम्बन्धमा गरेको निर्णयसहित सेयर कारोबार खुला गरिदिन नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्स्चेञ्ज, धितोपत्र बोर्ड सबैलाई चैत २८ गते नै पत्राचार गरेका थिए । राष्ट्र बैंकले तत्काल दुबै बैंकलाई मर्जर प्रक्रिया नतोड्न मौखिक रुपमा सुझाव दियो । त्यति मात्र होइन, राष्ट्र बैंकले आफै मध्यस्तता गरेर भएपनि मर्जर सफल बनाउन प्रयास पनि गर्यो । राष्ट्र बैंक स्रोत भन्छ–‘हामीले दुबै बैंकका सञ्चालक समिति र मुख्य सेयरधनीलाई बोलाएर मर्ज प्रक्रिया नतोड्न सुझाव दियो । तर उहाँहरुले मान्नु भएन ।’ स्वाप रेसियो नमिलेका कारण मर्जर प्रक्रिया तोडिएको दुबै बैंकले जनाएका थिए । प्रोफेशनल तरिकाबाट स्वाप रेसियो मिलाउन सकिन्छ भनेर राष्ट्र बैंकले पुनः मर्ज प्रक्रियामा फर्कन सुझाव दिएको थियो । तर दुबै बैंकमा सञ्चालक तथा प्रवद्र्धकले स्वाप रेसियोको ‘मूल्य मिले पनि मन नमिलेपछि मर्ज हुन सक्दैन, बलपूर्वक गरिएको मर्जले परिणाम राम्रो दिदैन’ भन्दै राष्ट्र बैंकको सुझावलाई अस्वीकार गरे । राष्ट्र बैंकको चाहाना र भावना विपरित जान नहुने भन्दै केही सेयरधनीले मर्जर प्रक्रिया अगाडि बढाउनु उपयुक्त हुने धारणा सार्वजनिक नै गरेको थिए । बैशाख २३ गते एक विज्ञप्ति प्रकाशित गर्दै माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष तथा महत्वपूर्ण प्रवद्र्धक सूर्यबहादुर केसीले जनता बैंकसँगको मर्जर प्रक्रिया अगाडि बढाउन सुझाव दिएका थिए । राष्ट्र बैंकले गरेको प्रयास असफल भएपछि जनता बैंक नेपालले पनि साधारणसभा गरेर नयाँ बाटो तय गर्यो। माछापुच्छ्रे बैंकले चैत २९ गते नै साधारणसभाबारे सूचना सार्वजनिक गरिसकेको थियो । राष्ट्र बैंकमा प्रबक्ता त्रिलोचन पंगेनीका अनुसार मर्जरमा जान राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थालाई मर्जर प्रक्रियाबाट वाहिर जान पनि राष्ट्र बैंकको सहमति आवश्यक हुन्छ । मर्जर प्रक्रियालाई हलुका रुपमा लिने सोच र प्रयाप्त गृहकार्य विना मर्जर प्रक्रिया अगाडि बढाउने तथा साना साना विषयमा चुस्की लगाएको भरमा मर्जर प्रक्रिया तोड्ने अभ्यास गलत भएको उनको भनाई छ । राष्ट्र बैंकको स्वीकृतिविना दुबै बैंकको सेयर कारोबार खुला नहुने नेपाल स्टक एक्स्चेञ्जका प्रवक्ता शम्भु पन्तले बताए । ‘मर्जर प्रक्रिया तोडिएको जानकारी दुबै बैंकले हामीलाई दिएका छन् । तर कारोबार खुला गर्न राष्ट्र बैंकको सहमति चाहिन्छ, अहिलेसम्म राष्ट्र बैंकको सहमति पत्र आएको छैन’ उनले विकासन्यूजसँग भने ।
उद्योग महासंघको सल्लाहकार समिति गठन
काठमाडौं, २१ असार । नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी कार्यदिशा र मार्गदर्शनका लागि महासंघकै पूर्व अध्यक्ष वासुदेव गिरीको सभापतित्वमा १५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । महासंघले २३ औं राष्ट्रिय महाअधिवेशन तथा २०औँ केन्द्रिय महिला उद्यमी सम्मेलनबाट नर्वाचित कार्यसमितिलाई पूर्णता दिंदै महासंघको आगामी कार्यदिशा र मार्गदर्शनका लागि सल्लाहकार समिति गठन गरेको हो । सल्लाहकार समितिको सदस्यहरूमा आङ्गदेण्डी शेर्पा, लता प्याकुरेल, मनु के.सी, डा. विश्वकेशर मास्के, डा. पुष्पराज राजकर्णिकार, महेश कुमार अग्रवाल, डा. इन्दिरा श्रेष्ठ, दिपक नरसिंह श्रेष्ठ, डा. चन्द्रमणि अधिकारी, रामकृष्ण कुंवर र दिव्यदेव भट्ट रहेका छन् । यसैगरी समितिको कार्यकारी सल्लाहकार सदस्यहरूमा कृष्णराज अधिकारी र उर्मिला श्रेष्ठ (ढुंगाना) तथा सचिवमा होमराज आचार्यलाई चयन गरेको जनाएको छ । त्यस्तै, सल्लाहकार समितिको विवरणमा सभापति बासुदेव गिरी, कार्यकारी सल्लाहकार उर्मिला श्रेष्ठ कृष्णराज अधिकार र उर्मिला श्रेष्ठ लगाएत अन्य सदस्यहरु रहेका छन् । सदस्यहरुमा आङ्ग देण्डी शेर्पा, लता प्याकुरेल, डा. पुष्पराज राजकर्णिका, महेश कुमार अग्रवाल, डा. विश्वकेशर मास्के, डा. इन्दिरा श्रेष्ठ, दिपक नरसिंह श्रेष्ठ, मनु के.सी., डा. चन्द्रमणि अधिकारी, रामकृष्ण कुंवर, दिव्यदेव भट्ट र होमराज आचार्य रहेका छन् ।
जगदम्बा सिमेन्टको ‘होम इन्स्योरेन्स योजना’ सकिँदै
काठमाडौं, २१ असार । जगदम्बा सिमेन्टको ‘जगदम्बा सिमेन्ट होम इन्स्योरेन्स’ योजना असार महिनाबाट सकिने भएको छ । योजनामार्फत ५० बोरा भन्दा माथिको जगदम्बा सिमेन्टको खरीदमा ग्राहकलाई १ करोड ५० लाख रुपैँयासम्मको घर बीमा सुविधा उपलब्ध गराइएको थियो । कम्पनीका अनुसार ‘मजबुती र बीमा सुरक्षा दुई गुणा’ नाराका साथ ल्याइएको योजना असार ३२ गतेदेखि सकिने भएको छ । कम्पनीले त्यसअघि नै अफरको फाइदा उठाउन ग्राहकहरुलाई आग्रह गरेको छ । कम्पनीको कुनैपनि उत्पादनको लोडिङमा यसअघि उपलब्ध हुँदै आएको कुनैपनि कुपन नआउने तर डिलर तथा उपभोक्ताहरुको मातहतमा रहेका कुपनहरुको हकमा भने मिति २०७४को असार ३१ गतेसम्म यो मान्य हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस योजनामा सहभागी तथा भावी दिनहरुमा सहभागिता जनाउने उपभोक्ताहरुले योजना अन्र्तगत तोकिएको मितिभित्र आफ्नो घरको बीमा गर्न सक्नेछन् ।
सुर्या लाइफ इन्स्योरेन्सले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं, २१ असार । सुर्या लाइफ इन्स्योरेन्सले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रक्रियाको लागि आउँदो असार २८ गते इन्स्योरेन्सको सेयर कारोबार बन्द हुने भएको छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी करिब ५० करोड रुपैयाँ रहेको छ । बजारमा उक्त इन्स्योरेन्सको सेयर करिब १२ सय भन्दा बढी रुपैयाँमा किनबेच भइरहेको छ ।