विकासन्युज

सेयर बजारमा दोहोरो अंकको गिरावट, करिब एक अर्ब ७५ करोडको कारोबार

काठमाडौं, १६ साउन । आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १५ दशमलब ७६ अंकले घटेर १८६२ अंकमा झरेको छ । सो दिन कारोबार रकममा पनि गिरावट आएको छ । १४१ कम्पनीको ३५ लाख ९४ हजार सेयर एक अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार हाइड्रोपावर र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ९५ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा, उत्पादनमूलक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः ४५, ३६, २० र ११ अंकले घटेका छन् । विकास बैंकको परिसूचक सामान्य ०.३९ अंकले घटेको छ । हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः २३ र १ अंकले उकालो लागेका छन् । सो दिन सबैभन्दा बढी गुह्ेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । सिनर्जी फाइनान्स, तारागाउँ रिजेन्सी होटल र सोल्टी होटलका लागानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । करिब ४ प्रतिशतले गुमाउनेमा अन्य ८ कम्पनीका लगानीकर्ताहरु रहेका छन् । सो दिन ३ कम्पनीको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । आइतबार सबैभन्दा बढी नेपाल बैंक लि.को १४ करोड ८४ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कैलाश विकास बैंकको करिब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक लि., प्राइम कमर्सियल बैंक र अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंकको करिब ६ करोड बढी रुपैयाँको सेयर कारो बार भएको छ ।

सेज विधेयक पारित नहुँदा अन्योल बढ्यो

काठमाडौं, १६ साउन । पूर्वाधार निर्माण सकिसक्दा पनि विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन सम्बन्धी बनेको विधेयक पारित हुन सकेको छैन । असारमै संसद्बाट विधेयक पारित गरी साउन तेस्रो साताबाट सञ्चालनमा ल्याउने तयारी गरिएको भैरहवाको सेज सञ्चालन सरकार परिवर्तनसँगै अन्योलता बढेको छ । विभिन्न चरणमा छलफल गरी अन्तिम अवस्थामा पुगेको सेज पारित नहुँदा सेज सञ्चालनमा थप अन्योलता बढेको विशेष आथिक क्षेत्र विकास समितिका कार्यकारी निर्देशक चण्डिप्रसाद भट्टले बताए । व्यवस्थापिक संसद् अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले गत असार २१ गते सेज विधेयकलाई सर्वसम्मतले पारित गरेको थियो । भैरहवामा निर्माण भएको सेज आगामी साउन तेस्रो सातादेखि सञ्चालनमा ल्याउने समितिको तयारी थियो । ऐन पारित हुन नसकेपछि जसरी पनि साउन तेस्रो साताबाट भैरहवाको सेज सञ्चालनमा ल्याउने समितिको प्रतिवद्धता तुहिएको छ । उद्योगीलाई कुन आधारमा तथा कुन ऐनको अनुशरण गरेर सेज सञ्चालन गर्न दिने भन्ने दुविधा बढेको समितिले बताएको छ । अब नयाँ सरकार बनेपछि वस्ने संसद्ले यो ऐनलाई तुरुन्त पास गरिहाले पनि भैरहवाको सेज सञ्चालनमा आउन थप दुई÷तीन महीना समय लाग्ने उनले बताए । ६ महिनामै निमार्ण कार्य सकेर उद्योग स्थापना गर्ने प्रतिवद्धता सहित २०७१ को मंसिरमा उदघाटन गरिएको सेज अहिलेसम्म सञ्चालनमा आउन सेकेको छैन । नेपाल उद्योग वाणिज्य सङ्घले ऐन नआएसम्म लगानीको सुनिश्चिता नहुने भन्दै पहिले ऐन पारित गर्नुपर्नेमा जोड दिएको छ । सेजमा रू.५ करोडभन्दा बढी लगानी गर्ने ठूला उद्योग सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । छालाजन्य, जडिबुटीजन्य, फलफूलजन्य, प्लाष्टिकजन्य, इलेक्ट्रिक, गार्मेन्टजस्ता १७ किसिमका निर्यातजन्य उद्योग स्थापना हुनेछन् । सेजमा स्थापना हुने उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने छ । ती उद्योगले निर्यात गर्ने वस्तुमा प्रयोग हुने कच्चा पदार्थ, मेसिनरी सामान तथा प्याकेजिङ सामग्रीमा लागेको भन्सार महसुल, अन्तः शुल्क तथा मूल्य अभिवृद्धि करमा छुट (फिर्ता) सुविधा पाउने छन् । उद्योगलाई आयकर लाग्ने छैन । पुराना उद्योगको स्थानान्तरण गरी सेजमा ल्याउन नपाइने भएकाले सेजमा नयाँ उद्योगनै स्थापना हुनुपर्ने प्रावधान रहेको छ । घरबहालमा पहिलो वर्ष ५०, दोश्रो वर्ष ४० र तेश्रो वर्ष २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सेज सञ्चालन मापदण्ड तथा कार्यविधिले अखाद्य तथा मदिराजन्य उद्योग स्थापनालाई प्राथमिकतामा पारेको छैन । सेजमा बैङ्क, विमा कम्पनी, भन्सार, उत्पादित वस्तुको प्रर्दशनी हल, सेमिनार हल, शिशु स्याहार केन्द्र, विद्यालय, हुलाक, स्वास्थ्य चौकी, मनोरञ्जन स्थललगायतका सुविधा उपलब्ध हुनेछ । सेजभित्र स्थापना भएको उद्योगमा काम गर्ने कामदार वा कर्मचारीको पारिश्रमिक निर्धारण गर्दा कामदार वा कर्मचारीको कल्याणकारी कार्यलाई ध्यानमा राखी अन्य औद्योगिक प्रतिष्ठानको भन्दा बढी सुविधा हुने गरी तोकिनुपर्ने व्यवस्था गर्न लागिएको छ । देशमा औद्योगिक विकास गर्न सरकारले मुलुकको विभिन्न १४ स्थानमा सेज निर्माणका लागि गृहकार्य गरिरहेको छ । यसमध्ये पाँचखालको चालू आर्थिक वर्षदेखि नै निर्माण कार्य शुरू हुने भएको छ । तत्कालीन होक्से गाविस वडा नं. ४ र हाल पाँचखाल नगरपालिका वडा नं. ७ स्थित पाँडुलाको सामुदायिक वनको ५० हेक्टर जमीन विशेष आर्थिक क्षेत्र निर्माणका निम्ति यसअघि नै जग्गा अधिकरण गरिसकिएका छ । सोही जमीनमा चालू आर्थिक वर्षदेखि सेज निर्माण कार्य शुरू गर्न लागिएको चालू आव ०७३/७४ मा पाँचखालमा सेज निर्माणका निम्ति रू. ४ करोड ६७ लाख बजेट विनियोजन भएको छ भने उक्त सेज निर्माणको लागि करिब करीब रू. १ अर्ब २० करोड लगानी लाग्ने अनुमान रहेको भट्टले बताए ।

सोमर्सबी एप्पल साइडर अब इटहरीमा

काठमाडौं, १६ साउन । पोखरा र नारायणघाटमा सफल थालनी पछि गोर्खा बु्रअरी प्रा.लि ले सोमर्सबी एप्पल साइडर इटहरीको ओसेन पार्क रिसोर्टमा आयोजित एक समारोहकाबीच बिक्री थालनीको घोषणा गरिएको छ । समारोहमा समाजका प्रतिष्ठित व्यक्तिहरु, सरोकारबालाहरु, ग्राहकहरु र पत्रकारहरुको सहभागिता थियो । सोमर्सबी एप्पल साइडर स्याउबाट बनाइएको पेय पदार्थ हो । यसमा ४.५ प्रतिशत अल्कोहलको मात्रा छ । गुलियो र स्वादिलो हुनु यसको विशेषता हो । यो पूर्णतया प्रात्रृmतिक तत्वले बनेको र यसमा कुनै क्रृतिम स्वाद र रंङ मिसाइएको छैन । काठमाडौं, पोखरा र नारायणघाट पछि नेपालको पूर्वी क्षेत्रमा इटहरीबाट बिक्री वितरण थालनी गरिएको छ र निकट भविष्यमा नेपालका अरु विभिन्न शहरहरुमा पनि पु¥याइने कम्पनीले जनाएको छ । साइडर नेपाली उपभोक्तामा विकसित हुदै गएको नयाँ स्वादका लागि यो पेय नयाँ परिवर्तनको संबाहक बन्दै गएको छ । सोमर्सबी एप्पल साइडर महिला तथा पुरुष दुवैको लागि उपयुक्त छ । सोमर्सबी एप्पल साइडर गर्मीको दिनमा, दिउँसो खानासँग वा कुनै पनि समयमा पिउन उपयुक्त छ । काल्सवर्ग समूहले एप्पल साइडर सन् २००८ मा डेनमार्क र नर्वेमा उत्पादन तथा वितरण प्रारम्भ गरेको र यसले निरन्तर सफलता पाउँदै आएको बताउँदै अहिले विश्वका ५० भन्दा बढी मुलुकहरुमा सोमर्सबी एप्पल साइडर उपभोक्ता समक्ष पुगेको र सबैले रुचाएको बताए । एसियामा सोमर्सबी एप्पल साइडर संगापुर, हङकङ्ग, मलेसिया,थाइल्याण्ड र चीन पछि छैठौं राष्ट्रको रुपमा नेपालमा उपलब्ध भएको हो । हाल सोमर्सबी एप्पल साइडर २५० मिलीग्राम प्रतिबोतल मूल्य एक सय रुपैयाँ कायम गरिएको छ र यो १२ बोतलको कार्टनमा उपलब्ध छ ।

इलामको जोगमाई जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न

इलाम, १६ साउन। इलामको जोगमाई खोलामा निर्माणाधीन जोगमाई खोला साना जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । ७.६ मेगावाट क्षमताको उक्त आयोजनाको एक हजार ५०० मिटर लामो सुरुङ निर्माण गरिएको हो । विसं २०७१ मङ्सिर ५ गते जोगमाई खोलापट्टिबाट सुरुङ खन्न सुरु गरेको आयोजनाले ५७३ दिन काम गरेर सुरुङ निर्माण कार्य सम्पन्न गरेको आयोजनाको प्रवद्र्धक कम्पनी सानभी इनर्जी प्रालिका संस्थापक भानु पोखरेलले जानकारी दिए । सुरुङ निर्माणको कामसँगै आयोजनाको ७५ प्रतिशत काम सकिएको पनि प्रालिका अर्का संस्थापक पाल्देन काजीले बताए । यसअघि आयोजनाको सुरुङको सेतीखोलादेखि ४०० मिटर हेडरेस पाइप र एक हजार २४३ मिटर पेनस्टक पाइपको काम पनि लगभग निर्माण सम्पन्न भइसकेको काजीले बताए । आगामी मङ्सिर महिनासम्ममा आयोजनाको काम सम्पन्न गरी केन्द्रीय प्रसारण लाइनमा विद्युत् जोड्ने तयारी भइरहेको पनि संस्थापक पोखरेलले जानकारी दिए । आयोजनादेखि गोदकस्थित सबस्टेसनसम्म लाइन पु¥याउन पोल गाड्ने काम भइरहेको छ । रासस

सिएट टायर र इनएआई लुब्रिकेन्टसको डिलर्स मिट सम्पन्न

काठमाडौं, १६ साउन । सिएट टायर र इनएआई लुब्रिकेन्ट्सको संयुक्त डिलर्स मिट सम्पन्न भएको छ । दुबै उत्पादनको नेपालका लागि अधिकृत बिक्रेता श्री एसटिसी प्रालीले गरेको डिलर्स मिटमा नेपाल भरका ७० भन्दा बढी डिलर्सहरुको उपस्थिती रहेको थियो । भारतको अपार इन्डष्ट्रिजको उत्पादन इटालीको इएनआई लुब्रिकेन्टस र भारतको उत्पादन सिएट टायरको नेपालमा बजार प्रबद्र्धन श्री एसटिसी प्रालिले गर्दै आएको छ । ३ दिनसम्म चलेको डिलर्स मिटमा प्रथम हुने डिलर्सहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । टायर सेगमेन्ट तर्फ डिलरद्धय प्रणाम इन्टरनेशनल, इटहरीका राधा प्रसाद ढकाल र शुभश्री ट्रेडर्स, उर्लाबारीका गोपाल कटुवाल प्रथम भएका हुन् । यसैगरी लुब्रिकेन्टस तर्फ सुरज इन्टरप्राइजेज, दमकका पिताम्बर न्यौपाने र शुभकामना अटोमोबाइल्स, ढुंगाअड्डा काठमार्डौका उमेश्वर लुइँटेल प्रथम भएका थिए । सिएट टायर नेपाली बजारमा दोस्रो स्थानमा रहेको कम्पनीको दावी छ भने इउनआई लुब्रिकेन्टस चौथो स्थानमा रहेको प्रबन्ध निर्देशक सुरेश उप्रेतीले बताए ।

सूचना प्रविधिमा नेपाललाई अगाडि बढाउन खाका

काठमाडौं, १६ साउन । सूचना प्रविधिको पहुँचमा नेपाललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे खाका तयार गर्न सूचना प्रविधिको विकाससम्बन्धी दुईदिने सम्मेलन शुरू भएको छ । युनिभर्सिटी अफ विन्डसोर, क्यानडा र डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सूचना र प्रविधि सम्बन्धमा सरोकार राख्ने नेपाल सहित विभिन्न देशका गरी करिब १०० जना सहभागी छन् । सम्मेलन अवधिभरि नेपाल र विश्वको सूचना प्रविधि र इलर्निङ सम्बन्धी १६ कार्यपत्रमाथि छलफल गरिने सम्मेलन संयोजक सुरेन्द्र अधिकारीले जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्र सोही अवसरमा सामाजिक अभियानकर्मी महावीर पुनले नेपाललाई सूचना प्रविधिमा विकास गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न लागिएकाले त्यसका लागि सहयोग गर्न आगह गरे । म्यागासेसे पुरस्कार विजेता समेत पुन केन्द्र स्थापना गर्ने उद्देश्य अनुरूप जनताबाटै ५० करोड रुपैयाँ सहयोग जुटाउने अभियानमा छन् । डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष डा रूद्र पाण्डेले नेपालका हरेक गाउँ गाउँमा इन्टरनेटको पहुँच कसरी पु¥याउन सकिन्छ भन्ने बारेमा समेत सम्मेलनमा छलफल गरिने बताए। रासस

एसियन लाइफ इन्स्योरेन्सको सिइओमा श्रेष्ठ पुनः नियुक्त

काठमाडौं, १६ साउन । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा राजेश कुमार श्रेष्ठ दोश्रो कार्यकालका लागि नियुक्त भएका छन् । साउन १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई दोश्रो कार्यका लागि प्रमुख कार्यकारी अधिकृतको नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठको दोश्रो कार्यकाल साउन २१ गतेबाट सुरु हुनेछ । उनले आगामी चार बर्षसम्म कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् । एसियन लाइफ इन्स्योरेन्स कम्पनी विवादमा परेका बेला पहिलो पटक सिइओमा नियुक्त भएका श्रेष्ठले सुधारका धेरै काम गरेका थिए ।

जनता बैंक नेपालको नाफा दोब्बर वृद्धि भएको छ-कुमार लम्सालसँगको अन्तरवार्ता

काठमाडौं, १६ साउन । जनता बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कुमार लम्सालले सम्हालेको एक वर्ष भयो । उहाँको नेतृत्वमा बैंकमा कति सुधार भयो ? के कस्तो प्रगति भयो ? असार मसान्तको वित्तीय विवरण कस्तो छ ? जनता बैंक नेपाल र माछापुच्छ्रे बैंकबीच करिव ७ महिनासम्म चलेको मर्जरको प्रक्रिया तोडिएको छ । राष्ट्र बैंकले तोके अनुसार चुक्ता पुँजी ८ अर्ब पुर्याउने उदेश्यले उक्त मर्ज प्रक्रिया अगाडि बढेको थियो । मर्ज तोडिएपछि अब जनता बैंकले कुन बाटो अपनाउँछ ? फेरी मर्जरको प्रक्रियामा जान्छ वा हकप्रद तथा बोनस सेयर जारी गरेर पुुँजी वृद्धि गर्न तयार हुन्छ ? प्रस्तुत : जनता बैंकका प्रमुख कार्यकारी अधिकृत लाम्सालसँग गरिएको विकास वहस: कुमार लम्साल, प्रमुख कार्यकारी अधिकृत,जनता बैंक नेपाल लिमिटेड गत आर्थिक वर्षमा जनता बैंकको वित्तीय प्रगति कस्तो भयो ? आर्थिक वर्ष २०७२/७३ मा जनता बैंक नेपालको खुद नाफा दोब्बर भन्दा बढी छ । आर्थिक वर्ष २०७१/७२ मा १५ करोड नाफा भएकोमा गत आर्थिक वर्षमा ३० करोड भन्दा बढी खुद नाफा भएको छ । मेरो विचारमा यो राम्रो हो । विजनेस ग्रोथ कस्तो छ ? कर्जा करिव २ अर्बले बढाएर साढे २० अर्ब बनाएका छौं । निक्षेप करिब २३ अर्ब रुपैयाँ छ । कर्जा निक्षेप अनुपात करिब ७६ प्रतिशत छ । खराव कर्जा अनुपात करिब १ प्रतिशतमा झरेको छ । अरु वाणिज्य बैंकको तुलनामा जनता बैंकको पोर्टफोलियो सानो देखियो, किन ? पुराना बैंकसँग तुलना गर्दा पक्कै पनि सानो हो । यो बैंक खुलेको पनि करिब ६ वर्ष मात्र भयो । अहिले बैंकले राम्रो गति लिन लागेको छ । गत आर्थिक वर्षमा खराव कर्जा उल्लेख्य मात्रामा असुली भएको छ । शंकास्पद कर्जालाई बाहिर पठाएर बैंकलाई सफा गर्ने काम भएको छ । चालु आर्थिक वर्षको व्यवसायिक योजना के छन् ? यो त सार्वजनिक गर्ने विषय होइन । के चाँहि भन्न सकिन्छ भने हामी प्रुडेन्ट बैकिङ गर्दै अगाडि बढ्छौं । ग्राहकलाई गुणस्तरीय सेवाको साथै लगानीकर्तालाई डिसेन्ट रिटर्न (सन्तोषजनक नाफा) दिने हिसावले काम गर्छौं । गत आर्थिक वर्षको पर्फमेन्सबाट बैंकका सञ्चालकहरु उत्साहित भएको मैले पाएको छु । आगामी आर्थिक वर्ष अझ राम्रो गर्न सकिन्छ भन्ने छ । अलि फरक विषयमा कुरा गरौं । जनता र माछापुच्छ्रे बैंकबीच मर्ज तोडिनुको कारण के थियो ? त्यो मैले पनि बुझ्न सकेको छैन । मुख्य विवाद स्वाप रेसियोमा हो ? स्वाप रेसियोको बारेमा मर्जबारे सैद्धान्तिक सहमतिको क्रममै एउटा सहमति भएको थियो । माछापुच्छ्रेको प्रतिसेयर मूल्य १२१ रुपैयाँ र जनताको ८२ रुपैयाँमा मर्ज गर्न सकिन्छ भन्ने सहमति थियो । डीडीए रिपोर्टमा १० प्रतिशत तलमाथि हुँदासम्म १२१ र ८२ लाई नै मान्ने भन्ने थियो । डीडीए रिपोर्ट आयो । १० प्रतिशतको सीमा भित्र नै डिडिए रिपोर्ट आयो । तर उनीहरु पूर्वसहमति अनुसार १२१ र ८२ मान्न तयार भएनन् । हाम्रो तर्फबाट केही लचकता अपनायौं । प्रतिसेयर २/३ रुपैयाँमा कम्प्रोमाईज पनि गर्यौं । नेगोसियसन भयो । दुबै बैंकका मर्जर कमिटिका साथीहरुले सहि गरेर अनुमोदन पनि गर्नुभयो । त्यसपछि आएको विवादलाई स्वाप रेसियो विवाद भन्न मिल्छ ? विवाद स्वाप रेसियोमा होइन । केही दिनपछि माछापुच्छ्रे बैंकबाट अचानक चिठ्ठी आयो । स्वाप रेसियो माछापुच्छ्रेको १०० र जनताको ४५ हुँदा मान्य हुन्छ भने मर्ज हुने, मान्य नभए मर्ज नहुने भनेर चिठ्ठी आयो । चिठ्ठीमा के पनि लेखियो भने ‘७ दिन भित्र हुन्छ वा हुन्न भनेर जवाफ दिनु, ७ दिन भित्र जवाफ नदिए मर्ज सम्बन्धी सम्झौता स्वत भाँडिन्छ ।’ जवाफ नदिए पनि मर्ज क्यान्सिल हुन्छ भनेर चिठ्ठी आयो । हामीले जवाफ दिनु पनि परेन । त्यो भनेको मर्ज एकतर्फी रुपमा भाँडियो । मर्ज तोडिँदा जनता बैंकले के पाठ सिक्यो ? त्यसबाट जनता बैंकले पाठ सिक्नु पर्ने विषय केही पनि छैन । मर्ज तोडिन्छ भनेर हामीले सोचेका थिएनौं, अप्रत्याशित रुपमा माछापुच्छ«ेले एकतर्फी रुपमा मर्ज तोड्यो । अरुको विचार कुन विन्दुमा परिवर्तन हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन । हाम्रा कारणले समस्या भएको भए त्यसबाट पाठ सिकेर परिवर्तन गरौं भन्न हुन्थ्यो । मर्जको प्रक्रियामा कति मूल्य चुकाउनु पर्यो ? मर्ज प्रक्रियामा भएको नगद खर्चको हिसाव हामीले एक रुपैयाँ पनि खर्च बोहोर्नु परेन । सबै खर्च माछापुच्छ्रे बैंकले बेहोर्यो । मर्ज सम्बन्धी सम्झौतामा जो मर्जबाट बाहिरन चाहान्छ, उसैले सबै खर्च बोहोर्ने भन्ने थियो । दुबै बैंकले शुरुमा २५/२५ लाख जम्मा गरेका थियौं । डीडीए खर्च, बैठक भत्ता लगायतका शिर्षकमा करिव ४८ लाख रुपैयाँ खर्च भएको रहेछ । मर्ज तोडिएपछि हामीले २५ लाख रुपैयाँ फिर्ता माग्यौं, माछापुच्छ्रे बैंकले सरलक्क फिर्ता गर्यो । त्यसमा विवाद भएन । मर्जर प्रक्रियामा रहँदा शाखा विस्तार गरिएन । विजनेश फोकस कम भयो होला । केही कर्मचारी छोडेर गए, मर्ज प्रक्रियामा छौं भनेर तत्काल नयाँ कर्मचारी भर्ना लिएनौं । कर्मचारीहरुको पदोन्नतिका काम रोकिए होला । अरु ठूलो नोक्सानी भएन । मर्ज तोडिएपछि जनता बैंकले पुँजी वृद्धि योजना के बनाएको छ ? यो वर्ष हामी करिव २० प्रतिशत बोनस सेयर दिन्छौं । ५० प्रतिशत हकप्रद सेयर जारी गर्दैछौं । मर्जको विषयमा पनि कुरा भईराखेका छन् । सरसर्ती हेर्दा केही वाणिज्य बैंकहरुले २०७४ असार मसान्तसम्ममा ८ अर्ब रुपैयाँ पुँजी पुर्याउन पर्याप्त कसरत नगरेको देखिन्छ । पुँजी वृद्धिको लागि समय थपिने संकेत राष्ट्र बैंकबाट आईसकेको हो ? मलाई त्यस्तो लाग्दैन । अरुको बारेमा म केही भन्न सक्दिन । तर पुँजी वृद्धि गर्न पर्याप्त प्रयास गरेन भनेर जनता बैंकलाई भन्न मिल्दैन । हामी गम्भिरता पूर्वक माछापुच्छ्रे बैंकसँग मर्ज गर्ने भनेर लागेका हौं । त्यसको लागि भर मग्दुर प्रयास भएकै हो । दुर्घट्ना भयो, मर्ज भएन । त्यो आफ्नो ठाउँमा छ । त्यसपछि पनि हामी हरेश खाएका छैनौं । हामीले आफ्नो तर्फबाट प्रयास जारी राखेका छौं । मर्जमा गएन भने जनता बैंकका सेयरधनीहरुले थप पुँजी लगानी गरेर ८ अर्ब चुक्ता पुँजी पुर्याउन सक्छन् ? सक्छन् । त्यस विषयमा सञ्चालक समितिमा छलफल भएको छ । दुई किसिमको विचार आएको छन् । हामी आफै लगानी गरेर ८ अर्ब पुर्याउँ भन्ने विचार पनि आएको छ । होइन, त्यसो गर्दा लगानीको रिटर्न आउन ढिला हुन्छ, पुँजीसँगै व्यापार पनि वृद्धि गर्न मर्ज उपयुक्त विधि हो भन्ने विचार पनि आएको छ । कुनै बैंकसँग मर्ज भएन भने जनता बैंक आफै पुँजी थपेर अगाडि बढ्छ । अहिलेको मर्जको अभ्यास कस्तो छ ? वाणिज्य बैंक वा विकास बैंक ? सबै प्रकारका बैंक तथा वित्तीय संस्थासँग कुरा भईराखेको छ । यसमा हामी खुल्ला छौं । राष्ट्र बैंकले व्याजदर करिडोर लागू गर्दैछ । त्यसको प्रभाव वित्तीय बजारमा कस्तो पर्ला ? नेपालको सन्दर्भमा पहिलो पटक व्याजदर करिडोर लागू हुन लागेकोले यस्तो प्रभाव पर्छ भनेर पूर्वानुमान गर्न कठिन छ । तर यसले बैंकको व्याजदर निश्चित विन्दुभन्दा तल जाने वा निश्चित विन्दुभन्दा माथि जाने ट्रेण्डलाई रोक्छ भन्ने आशा हामीले गरेको छौं । नेपालमा अरु क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रमा दक्ष जनशक्ति छन् । अरु क्षेत्रको तुलनामा बैकिङ क्षेत्र सिस्टममा चलेको देखिन्छ । तैपनि बैंकको व्याजदर किन यति धेरै अस्थिर ? जहिले पनि बैकिङ क्षेत्रलाई बजारले लतारिरहेको देखिन्छ, किन ? बैंकलाई मात्र होइन, बजारले सबैलाई लतार्छ । बजार नै निर्णयक हो । बैंकको व्याजदर निर्धारण पनि बजारले गर्ने हो । हामीले के भुल्नु हुन्न भने हामी सीईओहरु व्यक्तिगत रुपमा अनुभवी भएपनि बैंकहरुको संस्थागत अनुभव लामो छैन । नेपालको बैकिङ इतिहास नै छोटो छ । निजी क्षेत्रको बैंक खुलेको करिब ३० वर्ष भयो । बैंकहरुबीच प्रतिस्पर्धा हुन थालेको १०/१२ वर्ष मात्र भयो । गएको एक दशकलाई हेर्ने हो भने भारतमा निक्षेपको व्याजदर ८ देखि ११ प्रतिशतको बीचमा रह्यो । तर निक्षेपको व्याजदर कहिले १३ प्रतिशत, कहिले २ प्रतिशत, कर्जा कहिले १८ प्रतिशत, कहिले ६ प्रतिशत हुन्छ, किन ? मैले माथि नै भने नेपालमा बैंकहरुको संस्थागत अनुभव कम छ । दोस्रो भारतको बजारको साईज र नेपालको बजारको साईजमा ठूलो अन्तर छ । नेपालको वित्तीय बजारले यस्तो चरण पनि पार गर्यो कि ३ अर्ब रुपैयाँको लागि बैंकहरुबीच तानातान भयो । सानो बजार भएकोले ३ अर्बले पनि बैंकको व्याजदर अस्थिर बनायो । विस्तारै बजारको आकार बढ्दै छ । बजार ठूलो हुँदै जाँदा व्याजदर स्थिरता पनि बढ्दै जान्छ । पछिल्लो दुई महिनामा कर्जा र निक्षेप दुबैको व्याजदर बढेको छ, अगामी दिन कस्तो होला ? विगत २/३ महिनामा संस्थागत निक्षेपकर्ताको व्याज बढेको थियो । नयाँ मौद्रिक नीतिले त्यसलाई रोक्छ । बैंकहरुले कुल निक्षेपको बढीमा ५० प्रतिशत मात्र निक्षेप लिन पाउने व्यवस्था गरिएको छ । त्यसको असर केही बैंकलाई पर्दैन, केही बैंकलाई पर्छ । अब संस्थागत निक्षेपको माग कम हुन्छ र व्यक्तिगत निक्षेपको माग बढ्छ । संस्थागत निक्षेपको व्याजदर वृद्धि रोकिएला, व्यक्तिगत निक्षेपको व्याज बढ्न सक्छ । कुल कर्जाको २ प्रतिशत रकम विपन्न वर्गमा बैंकहरुले प्रत्यक्ष लगानी गर्नुपर्छ भन्ने नीति प्रति बैंकहरुको किन असहमति ? राष्ट्र बैंक र बैंकहरुबीच मतभेद एउटा पाटो भयो । तर राष्ट्र बैंकले ल्याएको नीति, निर्देशन पालना गर्नैपर्छ । स्वेच्छिक रुपमा काम गर्दा नाफाको सम्भावना बढी हुन्छ र काम गर्न पनि सजिलो हुन्छ । बाध्यकारी भएर काम गर्दा केही अप्ठ्यारा हुन्छन् । बुझाईमा पनि केही समस्या देखियो । विपन्न वर्गको लागि काम गर्ने भनेर राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई अनुमति दिँदै आयो । धेरै लघुवित्तहरु खुलेका छन् । उनीहरुले राम्रै काम गरेको भन्ने सुनिराखेका छौं । अहिले राष्ट्र बैंकले फेरी त्यहि काम वाणिज्य बैंकले पनि गर्नुपर्छ भन्यो । लघुवित्तले काम गरिरहेको ठाउँमा वाणिज्य बैंकलाई किन प्रतिस्पर्धी बनाउन खोजियो ? नीति बनाउनेले विचार गर्ने विषय हो । विपन्न वर्गमा विनाधितो गरिने कर्जा लगानीको कार्यमा वाणिज्य बैंकहरुसँग विज्ञता छैन । नयाँ नीतिसँगै वाणिज्य बैंकहरुले पनि त्यस क्षेत्रमा ध्यान दिनुपर्ने भयो । के पनि भुल्नु हुँदैन भने विपन्न वर्गमा गरिएको लगानीबाट नाफा नै हुदैँन भन्ने पनि छैन । त्यो क्षेत्रमा काम गर्दा नाफा पनि देखिन्छ ।