विकासन्युज

जनता बैंकले ५०% हकप्रद सेयर दिने, बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट नियुक्त

काठमाडौं, २६ साउन । जनता बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेयर निस्कासन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । नियुक्त सम्बन्धि सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र एनसिएमका प्रबन्ध सञ्चालक वजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । हकप्रद सेयर दिने निर्णय बैंकको छैठौं बार्षिक साधारणसभाले पारित गरिसकेको छ । हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ६ करोड रुपैयाँ रहेको छ भने हकप्रद सेयर जारी गरेपछि एक अर्ब ३ करोड रुपैयाँ बढ्ने बैंकले जनाएको छ । बैंकका अनुसार गत आर्थिक वर्षमा बैंकले ३२ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

भारतमा निर्देशित कर्जाः कृषिमा १८, विपन्नमा १० र एसएमइमा ७.५ हुनै पर्ने

काठमाडौं, २६ साउन । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई विपन्न बर्ग अन्तरगत आफ्नो कूल कर्जाको २ प्रतिशत प्रत्येक्ष लगानी गर्नु पर्ने ब्यवस्था गरेको छ । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले औपचारिक रुपमै यस्तो ब्यवस्था कार्यान्वयन गर्न नसक्ने जानकारी दिए पछि बैंकर्स र राष्ट्र बैंकविच विवाद उत्पन्न भएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आफ्नो कूल कर्जा लगानीको २० प्रतिशत रकम निर्देशित कर्जा लगानीको ब्यवस्था गरेको छ । यसमध्ये कृषि र जलविद्युत क्षेत्रमा १५ प्रतिशत र विपन्न बर्गमा ५ प्रतिशत लगानी गर्नुपर्नै ब्यवस्था छ । विपन्न बर्ग अन्तरको ५ प्रतिशतमध्ये २ प्रतिशत बैंकहरुले प्रत्येक्ष लगानी गर्नुपर्ने ब्यवस्था पछि बैंकर्स र राष्ट्र बैंकविच विवाद उत्पन्न भएको हो । तर भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरविआइ) ले बाणिज्य बैंकहरुलाई कुन कर्जा लगानीको ४० प्रतिशत रकम आफूले भनेको क्षेत्रमा लगानी गर्न भनेको छ । आरविआइले ७ जुलाई २०१६ मा निर्देशन जारी गर्दै कुल कर्जाको ४० प्रतिशत तोकिएको क्षेत्रमा लगानी गर्न भनेको छ । सो निर्देशन अनुसार २० भन्दा बढी शाखा भएका स्वदेशी बैंकहरुले ४० प्रतिशत कर्जा तोकिएको क्षेत्रमा लगानी गर्नुपर्नेछ । यसमध्ये कृषि क्षेत्रमा मात्रै कूल कर्जाको १८ प्रतिशत लगानी गर्ने पर्नेछ । साना तथा मझौला उद्योगहरुलाई कूल कर्जाको ७ दशमलब ५ प्रतिशत कर्जा दिनु पर्ने ब्यवस्था छ । विपन्न बर्गको लागि भने १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने ब्यवस्था गरिएको छ । २० भन्दा कम शाखा हुने बैंकहरुले निर्देशित कर्जा ४० प्रतिशत पुर्याउनको लागि ५ बर्षको समय दिइएको छ । सो अनुसार आर्थिक बर्ष २०१५/१६ देखि प्रत्येक बर्ष २ प्रतिशतका दरले बढाउदै लैजान आइरविआइले निर्देशन दिएको छ । गत आर्थिक बर्ष २०१५/१६ मा निर्देशित कर्जाको अंश यस्ता बैंकहरुको लागि ३२ प्रतिशत तोकिएको छ ।

एनआइविएलले किन्ने सम्झौता भएको २ दिन पछि एस डेभलपमेन्ट बैंकको सेयर कारोवार कसरी सम्भव भयो ?

काठमाडौं, २६ साउन । एस डेभलमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्झौता भइसकेको २ दिनपछि सेयर कारोवार भएको छ । बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुने र एकले अर्काे खरिद हुने अवस्थामा यस्तो कार्यमा संलग्न संस्थाको सेयर कारोवार यस्तो सम्झौता भएको दिनदेखि नै सेयर कारोवार रोक्ने ब्यवस्था छ । गत आइतवार भएको सेयर कारोवारको विवरण नेप्सेको साइटमा यसरी राखिएको छ । एस डेभलमेन्ट बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरिद गर्ने सम्बन्धि सम्झौता गत शुक्रवार नै भएको थियो । तर शुक्रवार सम्झौता भइसकेपनि गत आइतवार एस डेभलपमेन्ट बैंकको ४ कारोवारबाट ३४३९ कित्ता सेयर खरिद विक्री भएको छ । यस्तो कारोवार नियमत पाइदैन । नेपाल स्टक एक्सचेन्जका सहायक प्रवक्ता मुराहरि पराजुली प्राविधिक कारणले यसरी कारोवार भएको बताउछन् । शुक्रवार बेलुका सम्झौता भएपनि आइतवार मात्रै नेप्सेलाई जानकारी आएको र सो कम्पनीको सेयर कारोवार रोक्का भएको जानकारी दिने बेलासम्ममा सो कारोवार भइसकेको उनले बताए । गत शुक्रवार एनआइविएलले एस डेभलपमेन्ट बैंक खरिद गर्ने सहमति पत्रमा हस्ताक्षर गर्दै एनआइविएलका अध्यक्ष पृथ्बीबहादुर पाँडे र एस डेभलमेन्ट बैंकका अध्यक्ष योगेन्द्र शाक्य ‘आइतवार सम्झौता भएको पत्र आइपुग्यो, तोक लगाएर आइटि डिपार्टमेन्टसम्म पत्र पुग्दा र आइटी विभागले त्यसको जानकारी ब्रोकरलाई गराउदासम्म कारोवार भइसकेको रहेछ,’ पराजुलीले भने । त्यस्तो कारोवार रद्द गरिने उनको भनाइ छ । गत आइतवार एस डेभलमेन्ट बैंकको सेयर प्रतिकित्ता ४४५ रुपैयाँमा कारोवार भएका थियो ।

भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो

मोरङ, २६ साउन । पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो । माग गरेअनुसारको पेट्रोल उपभोक्ताले सहजै पाउन भन्ने उद्देश्य राखेर निगमको क्षेत्रीय कार्यालयले सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको निगमका पूर्व क्षेत्रीय प्रमुख दिनेश यादवले बताए । “अब पूर्वक्षेत्रमा पेट्रोलको अभाव हुनेछैन”, प्रमुख यादवले भने, “उपभोक्ताले माग गरेअनुसारकै पेट्रोल उपलब्ध गराउन निगम तयार छ ।” निगमले यसअघि बरौनी रिफाइनरीबाट मात्र पेट्रोल आयात गरिरहेको थियो । बरौनीबाट दैनिक १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर आयात हुने पेट्रोलले माग पूरा गरिरहे पनि सहजता भने थिएन । बरौनी र सिलिगुढीबाट दैनिक आउने २० ट्याङ्करको कुल दुई लाख ४० हजार लिटर पेट्रोल पूर्वको मागभन्दा उच्च देखिन्छ । बरौनी रिफाइनरीबाट दैनिक ३५ ट्याङ्कर डिजेलसमेत आयात भइरहेको छ । त्यस्तै, आवश्यकताअनुसार मट्टितेलको पनि आयात भइरहेको निगमले जनाएको छ । हाल निगमको भण्डारमा ५५० केएल पेट्रोल र चार हजार केएल डिजल मौज्दात रहेको निगमले दाबी गरेको छ । यसैबीच, निगमले ट्याङ्करको व्यवस्थित पार्किङस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । निगमको हाताभित्रै पार्किङस्थलको निर्माण पूरा गरेर सडकमा देखिएको ट्राफिक समस्या समाधान गर्ने निगमको योजना छ । निगमको पूर्व क्षेत्रीय कार्यालयले गत चैत २७ गते सार्वजनिक सूचनासहितको टेन्डर आह्वान गरेपछि शिवालय एनसी निर्माणसेवा जेभी, काभ्रेले ४८ लाखको लागतमा पार्किङस्थल निर्माणको ठेक्का लिएको हो । पूर्व क्षेत्रीय प्रमुख यादवले आउँदो भदौसम्ममा पार्किङस्थलको निर्माण कार्य पूरा भइसक्ने र असोजको पहिलो साताबाटै सञ्चालनमा आउने बताए । कुल १२ कट्ठा जमिनमा निगमको हाताभित्रै ट्याङ्करको पार्किङस्थल निर्माण भइरहेको छ । भारतको बरौनी रिफाइनरीबाट पेट्रोलियम पदार्थ बोकेर आएका सयौँ ट्याङ्करलाई पार्किङस्थलमा व्यवस्थित ढङ्गले राखिने निगमले जनाएको छ । पार्किङस्थलमा एकै पटक २०० वटा ट्याङ्कर अट्नेछन् । सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौती बनिरहेको यार्डलाई व्यवस्थित बनाउने क्रममा जग्गामा ग्राभेल, घेरबार गरिनेछ भने पार्किङ स्थलमा सुरक्षा पोस्टसमेत राख्ने योजना छ । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको सङ्ख्या हाल २२५ को हाराहारीमा छ । रासस

काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाफा ३२० प्रतिशतले बृद्धि, राइट ब्याकले गर्यो कमाल

काठमाडौं, २६ साउन । काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाफा ३२० प्रतिशतले वृद्धि भएको छ । बैंकले २०७३ असार मसान्तसम्मा ३० करोड २ लाख नाफा आर्जन गरेको हो । जुन २०७२ असार मसान्तसम्ममा बैंकले कमाएको नाफा भन्दा ३२० प्रतिशतले बढि हुन आउँछ । बैंकले २०७२ असार मसान्तसम्मा जम्मा ७ करोड १८ लाख नाफा आर्जन गरेको थियो । तर २०७३ असार मसान्तसम्ममा भने बैंकले २३ करोड ४ लाखले नाफा बढाउन सफल भएको हो । यद्यपी बैंकको सो नाफामा ३० करोड ३६ लाख रुपैंयाँ भने राइट ब्याकबाट प्राप्त भएको देखिन्छ । बैंकले आफ्नो खराब कर्जालाई ७ दशमलब ९५ प्रतिशतबाट घटाएर शुन्य दशमलब ९३ प्रतिशतमा सिमित गराएको छ ।

मेलम्ची नगरपालिकामा १५ जनालाई जागिर

काठमाडौं, २६ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा १५ जनाका लागि जागिर खुलेको छ । मेलम्ची नगरपालिकाले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै खुल्ला र आरक्षित कोटामा १५ जनाको दरखास्त आव्हान गरेको हो । जस अनुसार प्राविधिक क्षेत्रको छैठौं तहमा एक जना, प्रशासनको पाँचौ तहमा १ जना, पाँचौं तहको प्राबिधिक सहायक तहमा २ जना सव इञ्जिनियर, प्रशासन तर्फ चौथो तहमा ८ जना, असिसटेन्ट सव इञ्जिनियर २ जना र अमिन १ जना रहेको छ । एसएलसी देखि स्नातक तह उतिर्णले आवेदन दिन सक्नेछन् । भदौं १५ गते भित्र आवेदन दिइ सक्नुपर्नेछ । नगरपालिकाले परिक्षा मिति समेत तोकिसकेको छ ।

यामाहाको ‘सेफ राइडिङ साइन्स’ कार्यक्रम

काठमाडौं, २६ साउन । यामाहा मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले काठमाडौंस्थित युनिभर्सल कलेजमा सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लु केही वर्षदेखि कलेज तथा सार्वजनिक स्थानहरुमा ‘यामाहा सेफ राइडिङ साइन्स’ (वाइएसआरएस) कार्यक्रम आयोजना गर्दै आएको थियो । उमेरका कारण कलेज विद्यार्थीहरु सबैभन्दा बढी सडक दुर्घटनाको जोखिममा हुने गर्छन् । यसलाई मध्यनजर गर्दै एमएडब्लुले युवा चालकलाई लक्षित गरी सचेतना कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीलाई दुर्घटनाका कारण, यसबाट बच्ने उपाय, सवारी हाँक्दा अपनाउनुपर्ने सावधानी, जटिल ट्राफिक अवस्थालाई मूल्यांकन गर्ने वैज्ञानिक उपाय, ‘राइडिङ पोस्चर’, ‘ब्रेक टिप्स’ र ट्राफिक नियम पालनाको आवश्यकताबारे समेत जानकारी गराइएको थियो । कार्यक्रममा सिकारु चालकलाई विशेष तालिम दिइएको थियो भने ४२ जनाले टेस्ट राइडमा सहभागी भएका थिए । ‘वाईएसआरएसमार्फत विद्यार्थीहरुले सानाभन्दा साना कुराहरु सिकेका छन् जसलाई सामान्यतया बेवास्ता गरिने गरिन्छ । तर यस्तै साना बेवास्ताले ठूलो दुर्घटना निम्त्याउने गर्छन्,’ युनिभर्सल कलेज बीबीए/बीबीएस प्रोग्राम कोर्डिनेटर सौरभ रेग्मीले भने । अत्याधुनिक एफआई प्रविधिजडित एफजेड–एस एफआई र एफजेड एफआई अहिले नेपाली बाइकरको रोजाइमा परेका छन् । यीबाहेक एमएडब्लुले आर१५, आर१५ भी २, स्यालुटो, रे जेड र फेसिनो लगायतका दुईपांगे विक्री गर्दै आएको छ । बेजोड पावर, पर्फर्मेन्स र माइलेजका कारण यामाहा बाइक सबै उमेर समूहमा लोकप्रिय मानिन्छन् ।

एनएमबी बैंक पनि अर्ब कमाउने सूचिमा नाफा १४० प्रतिशतले बढेर १२० करोड

काठमाडौं, २६ साउन । एनएमबी बैंक पनि १४० प्रतिशतले नाफा बढाउँदै अर्ब कमाउने बैंकको सूचिमा परेको छ । बैंकले २०७३ असार मसान्तसम्माम एक अर्ब २० करोड नाफा आर्जन गरेको हो । यो नाफा २०७२ असार समान्तमा बैंकले कमाएको भन्दा १४० प्रतिशतले बढि हुन आउँछ । यद्यपी बैंक २०७३ असार मसान्तसम्म आर्जन गरेको नाफामा ६३ करोड ५५ लाख रुपैंयाँ राइटब्याकबाट प्राप्त गरेको हो । बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा ५० करोड ३८ लाख नाफा आर्जन गरेको थियो । ४ अर्ब ४८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ५३ करोड रुपैंयाँ रहेको छ ।बैंकको प्रति सेयर आम्दानी २८ रुपैंयाँ ६६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ९१ पैसा रहेको छ । बैंकले एक दशमलब ७४ प्रतिशतको खराब कर्जाको जोखिम वापत ५२ करोड ४८ लाख प्रोभिजन गरेको छ । बैंकले ६४ अर्ब ९४ करोड रुपैंयाँ निक्षेप संकलन गरेर ५३ अर्ब ८५ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब १७ करोड रहेको छ भने ब्याज खर्च २ अर्ब ठ करोड रहेको छ ।