विकासन्युज

सिभिल होम्समा २१ जनालाई जागिरको अवसर

काठमाडौं, ८ भदौ । सिमिल होम्स प्रालीमा २१ जनाका लागि जागिर खुलेको छ । कम्पनीले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न पदमा २१ जनाका लागि जागिर खुलाएको हो । सरु गर्न लागिएको नयाँ प्रोजेक्टका लागि चिफ टेक्निकल अफिसर एक जना, प्रोजेक्टर मेनेजर २ जना, सिनियर इञ्जिनियर २ जना, वाटर एण्ड स्यानिटेशन इञ्जिनियर एक जना, प्रोक्युरमेन्ट अफिसर ४ जना, रिकभरी अफिसर २ जना, एकाउण्ट अफिसर ६ जना, डाइनामिक सेल्स अफिसर एक जना, एचआर अफिसर एक जना तथा अध्यक्षका लागि एक जना सेक्रेटरी मागेको हो । अपेक्षा गरिएको तलब तथा सुबिधा उल्लेख गर्दै सात दिन भित्रै आवेदन दिन सिभिल होम्सले आग्रह गरेको छ ।

महिन्द्रा मोजो सार्वजनिक गर्न भारतीय राइडर नेपालमा

काठमाडौं, ८ भदौ । नाडा अटो शोमा महिन्द्रा कम्पनीको महिन्द्रा मोजो ३०० सिसिको मोटरसाइकल सार्वजनिक गर्न भारतीय राइडरहरुको टोली काठमाडौं हिडिसकेको छ । नेपाली बजारमा नयाँ प्रडक्ट लञ्च गर्न भारतस्थित पुनेका दक्ष बाइक राइडरहरु नेपाल हिडेका हुन् । उनीहरु भारतबाटै मोजो बाइक चढेर नेपाल आउँदैछन् । मोजो राइडर्स् सारथ शेनोय र डेनियल डेरिक भारतको पुनेबाट महिन्द्रामोजो मै काठमाडौंमा रहेको नाडा अटो शोमा आउन लागेका हुन् । उनीहरुको यात्राको प्रारम्भ भने पिएस अशोक (सिनियर भाइस–प्रेशिडेन्ट, आर एण्ड डि)ले गरेका थिए । भारतको पुनेबाट २३ अगस्ट २०१६ मा बाइक चढेका उनीहरु इन्दौर, झाँसी, लखनउ, गोरखपुर र बीरगंज हुँदै २८ अगस्ट काठमाडौं आइपुग्नेछन् ।

चौधरी ग्रुपमा २५ जनालाई जागिर खुल्यो

काठमाडौं, ८ भदौ । चौधरी ग्रुपमा २५ जनाका लागि जागिर खुलेको छ । चौधरी ग्रुपले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा २५ जनाका लागि आवेदन खुल्ला गरेको हो । बिबिएस, बिटेक, बिई, सिए र एमबिए उतिर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् । चौधरी ग्रुपका अनुसार कर्पाेरेट फाइनान्स हेड, कार्यकारी कर्पाेरेट फाइनान्स, हेड एकाउन्टेन्ट, एचआर मेनेजर, कमर्सियल हेड, प्रडक्सन हेड, आइटी प्रमुख, आर्किटेक्ट, अपरेशन हेड, प्रडक्सन इन्चार्ज लगायतका पदमा आवेदन मागिएको हो । छनौटमा परेकाहरुले चौधरी समुहको टोबाको, ब्रुअरी, गेष्ट हाउस, इलेक्ट्रिोनिक्स लगायतका क्षेत्रमा काम गर्नुपर्नेछ । सेप्टेम्बर २ तारिख भित्र आवेदन दिईसक्नुपर्ने चौधरी समुहले जनाएको छ ।

सानिमा माई हाइड्रोले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, ८ भदौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि भदौ ३१ गते बार्षिक साधारण सभा डाकेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड ५० लाख रुपैंयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको पुँजी दुई अर्ब ११ करोड रुपैंयाँ पुग्नेछ । सोही साधारण सभाले कम्पनीको आगामी कार्यकालका लागि पाँच सदस्यिय नयाँ नेतृत्व समेत चयन गर्नेछ । हालसम्म कम्पनीले २२ मेगावाट क्षमताको माई जलविद्युत आयोजना र माई ७ मेगावाटको माई क्यासेट जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर उत्पादन आरम्भ गरिसकेको छ ।

आरएसडीसीको शेयरको शेयर आवेदन आज अन्तिम दिन, मागभन्दा बढी आवेदन

काठमाडौं ७, भदौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि खुला गरेको शेयर विक्री आजबाट बन्द हुने भएको छ ।यो संस्थाले यहि भदौ ५ गतेदेखि साधारण शेयरको आवेदन खुला गरेको थियो । संस्थाले एक सय रुपैया अंकित चार लाख कित्ता शेयर सर्वसाधारणका लागि निस्काशन तथा विक्री खुला गरेको थियो । सर्वसाधारण आवेदकबाट माग गरेको भन्दा बढी शेयर खरिदका लागि आवेदन परेकोले आज बुधबार बैंकिङ समयपछि बन्द गरिने आरएसडीसीले जानकारी दिएको छ । यो संस्थाको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल हो । आरएसडीसी नेपाल राष्ट्र बैंकबाट घ वर्षको इजाजतप्राप्त संस्था हो ।

फेसबुकले बनाउँदैछ बैवाहिक जीवन धरापमा, रोमान्टिक सम्बन्धमा गम्भीर असर

काठमाडौ‌, ८ भदौ। फेसबुकबाट तपाईंलाई फाइदा भइरहेका बेला यसैले तपाईंको जीवनमा हानी पनि गरिरहेको थाहा नहुन सक्छ। फेसबुकको सुरक्षामा भएको सानो पनि लापरबाहीले तपाईंलाई साइबर अपराधबाट पीडित बनाउन सक्छ । यही सन्दर्भमा हालै भएको सर्भेका अनुसार फेसबुकको लतले बैबाहिक जीवनमा समस्या ल्याइरेहको देखाएको छ । एक सर्भेका अनुसार फेसबुक चलाउने लगभग ४७ प्रतिशत मानिसले आफू कुनै न कुनै बेला भावनात्मकरुपमा धोकाको शिकार भएको स्वीकारेका छन् । सर्भेले फेसबुकका कारण भावनात्मक सम्बन्ध धेरै प्रभावित भएको पनि पत्ता लगाएको छ । लगभग पाँच हजार फेसबुक प्रयोगकर्तामाझ गरिएको यस सर्भेले फेसबुकले रोमान्टिक सम्बन्धमा गम्भीर असर पारिरहेको देखाएको छ । यस सर्भेका लागि ३३ वर्षको आसपासमा उमेरका भएका ५ हजार फेसबुक प्रयोगकर्ताहरुलाई चुनिएको थियो। १२ अप्रिलदेखि १५ अप्रिलसम्म गरिएको यस सर्भेबाट निकालिएको निचोडको नौ कुरा थाहा पाउनुस् । १. सर्वेका क्रममा करिब २६ प्रतिशत मानिसले फेसबुककै कारण आफ्नो जीवनसाथीबाट उपेक्षित भएको महुसस गरेको बताएका थिए । फेसबुक चलाएकै विषयलाई लिएर आफ्नो जीवनसाथीसँग झगडा हुने गरेको कुरा उनीहरुले बताएका थिए । अर्कातिर जीवनसाथीबाट भन्दा बढी फेसबुकबाट आफूहरुलाई ज्यादा निकटता  र आफ्नोपन महसुस हुने गरेको पनि सर्भेमा सहभागीले बताएका खुलेको छ । २. सर्भेमा करिब ४४ प्रतिशत मानिसले फेसबुकले आफूहरुको रोमान्टिक जीवनलाई बर्बाद पारिरहेको बताएका थिए । कयौं पटक उनीहरुका जीवनसाथीहरु समयलाई सदुपयोग गर्ने भन्दा पनि फेसबुकमा स्टाटस अपडेट गर्दै दिन बिताउन मन पराउने गरेको बताएका थिए । ३. ४७ प्रतिशत फेसबुक प्रयोगकर्ताहरुले आफूहरु फेसबुक चिटिङ्गको शिकार भएको पनि बताएका छन् । फेसबुक साथी खोज्ने या साथीसँग नजिक रहिरहने माध्यम त भएको छ तर फेसबुककै कारण नचाहिँदो सम्बन्ध स्थापित हुने सम्भावना पनि उत्तिकै धेरै रहेको छ। ४. ६७ प्रतिशत मानिसले एक भन्दा धेरै बिबाहोत्तर सम्बन्ध तथा धेरैजसो सम्बन्धबिच्छेदका लागि पनि महत्वपूर्ण भूमिका फेसबुकले नै खेलिरहेको बताएका थिए । ५. सर्भेका क्रममा करिब ४६ प्रतिशत मानिसले ईर्ष्या र शंकाका कारण आफूले आफ्नो जीवन साथी या प्रेमीको फेसबुक क्षणक्षणमा हेर्ने गरेको बताएका थिए । ६. करिब २२ प्रतिशत मानिसले फेसबुककै कारण आफूहरुलाई नचाहिँदो अवस्थामा पनि प्रेम या शारीरिक सम्बन्ध राख्ने सम्भावना या परिस्थिति बढाएको बताएका थिए । ८. करिब ३२ प्रतिशत मानिसले फेसबुककै कारण सेक्स लाइफ पनि पहिले जस्तो नरही बिग्रन पुगेको बताएका थिए । सर्भेका सहभागीहरुले पटक पटक जीवन साथीको फेसबुक हेरिरहने बानीले सेक्स लाइफमा गहिरो असर परेको प्रतिक्रिया दिएका छन् । ९. करिब १७ प्रतिशत महिलाले आफूहरु फेसबुककै माध्यमबाट बिहेपछि पनि या अर्को प्रेमसम्बन्धमा रहिसकेपछि पनि आफ्ना पूर्वप्रेमीको नजिकमा रहिरहेको बताएका थिए । रिसर्चका निर्देशक टिम रोलिन्सका अनुसार फेसबुक साथी खोज्ने या साथीसँग नजिक रहिरहने माध्यम त भएको छ तर फेसबुककै कारण नचाहिँदो सम्बन्ध स्थापित हुने सम्भावना पनि उत्तिकै धेरै रहेको छ। उनले फेसबुकले नै मानिसहरुको माया नै मायाले भरिएको सम्बन्धमा भिलेनको काम भने गरिरहेको निचोड सुनाए ।

चोरका अनेक दाउ – होस गर्नुस्, क्रेडिट कार्डको नम्बर चोरेर एकाउन्टको पैसा सकाउलान !

काठमाडौं, ८ भदौ। प्रहरीले एक व्यक्तिलाई विदेशीको क्रेडिट कार्ड डिटेल चोरी गरेर अनलाइन पेमेन्टबाट लाखौंको सामान किनेको अभियोगमा पक्राउ गरेको छ । गत जेठदेखि पटक पटक गरी हिमालयन बैंकबाट अनलाइन पेमेण्ट सुविधा लिएको नियोटेरिक नेपाल न्यूरोड र जावलाखेलबाट जापानी नागरिकको नाममा जारी क्रेडिट कार्डको नम्बरमार्फत विद्युतीय समान किनेको अभियोगमा एक युवालार्इ प्रहरीले समातेको हो । अर्काको नाममा जारी क्रेडिट कार्डको नम्बर चोरेर सामसुङ, हुवावे र लेनोभोका महंगा मोवाइलहरु अनलाइबाट खरिद गरी ठगी गरेको अभियोगमा बागलुङको गलकोट-९, घर भई हाल बालाजुस्थित बागलुङ प्याराडाईज होटल एण्ड रेष्टुरेण्टमा बस्ने गरेका तेजिन्द्र केसी गत एक गते प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । केसीलाई जापानमा बस्ने नेपाली साथीले जापानी नागरिकको क्रेडिट कार्डको नम्बर लगायतका विवरणहरू भाइबरमार्फत पठाएका थिए । त्यही विववरणको दुरूपयोग गर्दै केसीले अनलाइन पेमेण्ट गरी विभिन्न ब्राण्डका मोबाईल खरिद गर्ने गरेको खुलेको छ । केसीले खरिद गरेका मोबाइलहरु आफूले सापट लिएका व्यक्तिहरुलाई नियोटेरिकको न्यूरोड शाखामा लिन पठाउने गरेको ब्यूरोको अनुसन्धानले देखाएको छ । किनिएका मोबाइल फोनहरु केसीले सिधै साथीहरूलार्इ दिई सापटी तिर्ने गरेको ब्यूरोले जनानएको छ । केसीले अनलाइन पेमेन्टबाट किनिएका मोबाइल फोन केही म्रूल्य घटाई पुन: बेचेको पनि खुलेको छ । ब्यूरोले केसी ले जापान पठाइदिन्छु भनेर तथा अन्य प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट रकम लिई ठगी गरेको पनि जानकारी दिएको छ । ब्यूरोले केसीबाट ठगिएकाहरूलार्इ सम्पर्क गर्न पनि भनेको छ ।

चीनले गर्यो नाकामा कडाइ, केरुङ र तातोपानी जान पनि भिसा चाहिने

काठमाडौं ८, भदौ । चीनको तातोपानी र केरुङ जान पनि नेपालीले अब भिसा लिनुपर्ने भएको छ । सुरक्षाको कारण देखाउँदै चीनले नेपालसँगका नाकामा कडाइ सुरु गरेको हो । यसअघि तातोपानी र केरुङ नाकाबाट अस्थायी सीमा पास लिएर सीमा क्षेत्रका बजार जान सकिन्थ्यो । तर, सीमा क्षेत्रमा तरुकरीलगायत अवैध गतिविधि बढेको भन्दै चीनले कडाइ गर्न थालेको हो । केरुङ मात्र होइन, नेपालसँग प्रयोगमा नआएका अन्य नाकामा पनि चीनले सुरक्षा व्यवस्था बलियो बनाउँदै लगेको छ । तर, नेपालतर्फ भने सुरक्षा अवस्था निकै फितलो भएकाले अवैध कारोबार गर्नेलाई सहज छ । भारतको नाकाबन्दी तथा तोपानी नाका बन्द भएपछि चीनसँगका अन्य नाकाबाट तस्करीलगायत गतिविधधि बढेका छन् । समाचार स्रोत नयाँ पत्रिका दैनिक ।