प्राइम कमर्सियल बैंकको नाफा २९ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब नजिक

<p>काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार ५ करोड रुपैयाँ समायोजनपछि बैंकको वितरण योग्य नाफा १ अर्ब ८९ करोड २० लाख रुपैयाँ रहेको छ । यस्तो नाफा अघिल्लो आर्थिक वर्ष १ अर्ब ४६ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०७३/७४ [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार ५ करोड रुपैयाँ समायोजनपछि बैंकको वितरण योग्य नाफा १ अर्ब ८९ करोड २० लाख रुपैयाँ रहेको छ ।

यस्तो नाफा अघिल्लो आर्थिक वर्ष १ अर्ब ४६ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०७३/७४ तुलनामा आर्थिक वर्ष २०७४/७५ मा बैंकले २९ प्रतिशतले नाफा बृद्धि गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसा छ जुन अघिल्लो वर्षको तुलनामा ३४ पैसा बढी हो ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड छ भने जगेडा कोषमा ३ अर्ब ७१ करोड छ ।

असार मसान्तमा बैंकको वासलात ९६ अर्ब ६ करोड रुपैयाँ बराबर भएको छ । बैंकले असार मसान्तसम्ममा ८१ अर्ब ३१ करोड निक्षेप संकलन गरेको छ भने ७० अर्ब ९२ करोड कर्जा सापटी दिएको छ । त्यस्तै, विभिन्न सेयरमा ७ अर्ब ६६ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको क्यापिटल एडेक्वसी १२.५४ प्रतिशत छ । खराव कर्जा शुन्य दशमलव ६६ प्रतिशत छ भने सीडी रेसियो ७५ प्रतिशत छ । बेसरेट १०.४७ प्रतिशत छ ।

Share News