६०० मेगावाट विद्युत उत्पादन गर्न पुग्ने पैसानेपालमै
काठमाडौं, १४ भदौ । विभिन्न वित्तिय संस्था तथा कोषहरुले ६०० मेगावाट विद्युत उत्पादन गर्न पुग्ने पैसा नेपालमै रहेको जानकारी सरकारलाई दिएका छन् । उनीहरुले बजारबाट तत्कालै ८८ अर्ब ६० करोड रुपैैयाँ लगानी गर्न आफुहरु तयार रहेको जानकारी उर्जा मन्त्रालयलाई दिएका हुन् । ती संस्थाहरुले प्रत्येक बर्ष थप ५४ अर्ब ६० करोड रुपैंया जलविद्युत क्षेत्रमा मात्रै लगानी गर्न सकिने जानकारी समेत उर्जा मन्त्री जनार्दन शर्मालाई दिएका हुन् । हाल कर्मचारी सञ्चय कोषसँग तत्काल ३२ अर्ब र बर्षेनी थप २० अर्ब लगानी गर्न सक्ने श्रोत रहेको छ भने नागरिक लगानी कोषले तत्काल २९ अर्ब र बर्षेनी थप १५ अर्ब रुपैंयाँ जलविद्युत क्षेत्रमा लगानी गर्न सक्ने जनाएको छ । त्यस्तै, नेपाल टेलिकमले तत्कालै १० अर्ब र बर्षेनी थप १० अर्ब जलविद्युत क्षेत्रमै लगानी गर्न सकिने जनाएको छ । त्यसबाहेक नेपाली सेनाको कोषमा १० अर्ब र नेपाल प्रहरीको कोषमा ६० करोेड रुपैंयाँ रहेको छ । सेनाले बर्षेनी थप २ अर्ब र प्रहरीले ३० करोड लगानी गर्न सक्ने जनाएको छ । एचआइडिसिएलले तत्कालै १० अर्ब रुपैंयाँ र बर्षेनी थप ५ अर्ब लगानी गर्न सक्ने स्पष्ट पारेको छ । राष्ट्रिय बीमा संस्थानले पनि अहिले ५ अर्ब र बर्षेनी थप २ अर्ब रकम उपलब्ध गराउने जनाएको छ । यी श्रोतहरुमा रहेको रकमलाई जलविद्युतको विकासमा फास्ट ट्रयाकबाट लगानी गर्नेबारे योजना बनिरहेको उर्जा मन्त्री जनार्दन शर्माले बताएका छन् । समाचारः अन्नपूर्णपोष्टबाट
विदेश उड्ने जहाजका चार लाख सिट खाली
काठमाडौं, १४ भदौ । अन्तराष्ट्रिय उडान भर्ने २९ वटा बायु सेवा कम्पनीको चार लाख सिट खाली भएको छ । जहाजको क्षमता अनुसार यात्रु नपाउँदा गत आर्थिक वर्षमा नेपाल हुँदै अन्तराष्ट्रिय उडान भर्ने ती कम्पनीहरुको चार लाख सिट खाली भएको हो । २९ कम्पनीले बार्षिक ३६ लाख १३ हजार जनालाई बोक्न सक्छन् । तीमध्ये गत आर्थिक वर्षमा जम्मा ३२ लाख १७ हजार यात्रुलाई मात्रै उडान गराएका हुन् । नेपालमा उडान भर्ने कम्पनीहरुले सातामा २१ वटासम्म उडा भर्न पाउँछन् । नेपालले हालसम्म ३८ देशसँग हवाई सेवा सम्झौता गरेको छ भने १५ वटा मुलुकसँग उडान भरिरहेको छ । समाचारः अन्नपूर्णपोष्टबाट
दशैंका लागि ४९ हजार खसीबोका र च्याङग्रा ल्याइदै
काठमाडौं, १३ भदौ । दशैलाई लक्षित गरेर यस बर्ष उपत्यकाका लागि ४९ हजार खसीबोका तथा च्याङग्रा ल्याइने भएको छ । खाद्य संस्थान र निजी क्षेत्रले ४९ हजार भन्दा बढि खसीबोका र च्याङग्राको व्यापार गर्ने लक्ष्य राखेका हुन् गत वर्षको दशैंमा ४१ हजार खसीबोका तथा च्याङग्राको कारोबार भएको थियो । खाद्य संस्थानले २५ सय खसीबाका तथा च्याङग्रा ल्याउने भएको छ भने बाँकी सबै निजी क्षेत्रबाट आपुर्ति हुनेछन् । संस्थानले लाहान, हेटौडा, सुर्खेत तथा नेपालगञ्ज लगायतका क्षेत्रबाट स्थानिय खसीबोका तथा मुस्ताङबाट च्याङग्रा ल्याउने तयारी गरेको छ । घटस्थापनाका दिनदेखि बिक्रि आरम्भ गर्ने संस्थानले जनाएको छ । निजी क्षेत्रबाट आपुर्ति हुने खसीबोकाको बिक्रि भने त्यसअघि देखि नै आरम्भ भैसक्नेछ । समाचारः अन्नपूर्णबाट
होटेलमा वित्तिय संस्थाको ४० अर्ब लगानी
काठमाडौं, १४ भदौ । होटल क्षेत्रमा बैंक तथा वित्तिय क्षेत्रको लगानी ४० अर्ब पुगेको छ । बैंक तथा वित्तिय कम्पनीले आर्थिक वर्ष २०७१÷७२ मा होटल क्षेत्रमा गरेको लगानी भन्दा १० प्रतिशतले वृद्धि गरेर ४० अर्ब पुर्याएका हुन् । सो अवधीमा होटल क्षेत्रमा वित्तिय संंस्थाको लगानी ३० अर्ब ११ करोड रहेको थियो भने हाल ३९ अर्ब ९० करोड पुगेको छ । यो लगानी करिब ३३ प्रतिशतले बढि हो । होटल एसोसियसन अफ नेपाल(हान)का अनुसार हाल २५० वटा होटल सञ्चालनमा रहेका छन् । समाचारः कान्तिपुर दैनिकबाट
सिटिजन्स बैंकले २५.७८ प्रतिशत लाभांश वितरण गर्ने, हकप्रद सेयरले बोनस नपाउने
काठमाडौं, १३ भदौ। सिटिजन्स बैंक इन्टरनेसनलले २५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २४.४९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । ‘भदौ १३ गते बसेको संचालक समितिको २१४ औं बैठकको निर्णय बमोजिम आ.व २०७२/७३ को वितरण योग्य मुनाफाबाट २०७३ आषाढ मसान्तको चुक्ता पूँजी ३ अर्ब ६ करोड ५२ लाख ३३ हजार ८१७ रुपैयाँको २४.४९ प्रतिशतले हुने ७५ करोड ०६ लाख ७५ हजार ७६२ रुपैयाँ बराबरको बोनस शेयर र सोमा लाग्ने करको लागि १.२९ प्रतिशतले ३ करोड ९५ लाख ०९ हजार २५१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ’ बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सञ्चालक समितिको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको साधारण सभाबाट स्वीकृत भए पश्चात मात्र वितरण हुने छ । आर्थिक वर्ष २०७२/७३ मा बैंकले खुद नाफा १ अर्ब १० करोड ९८ लाख आर्जन गरेको थियो । आर्थिक वर्षको अन्त्यमा निश्काशन गरेको हकप्रद सेयरले भने गत आर्थिक वर्षको नाफाबाट लाभांश नपाउने भएको छ ।
लक्ष्मी बैंकको नयाँ शाखा मध्य पश्चिमको रुकुम र जाजरकोटमा
काठमाडौं, १३ भदौ । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा रुकुमको चौरझारी र जाजरकोटको खलङ्गामा शुभारम्भ गरेको छ । सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले मध्य पश्चिमको चौरझारी र खलङ्गामा सो शाखा सञ्चालनमा ल्याएको हो । यस शाखाको विस्तार सँगै बैंकले बैकिंङ्ग क्षेत्रमा पिछडिएका क्षेत्रका ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादान गर्ने लक्ष्य राखेको छ । साथै, बैंकले शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । बैंकका अनुसार अब बैंकको शाखा संजाल ५२, २ विस्तार काउन्टर अनि ७१ वटा एटिएम पुगेको छ । यी शाखाहरुका साथै बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देश भरि विस्तार गर्ने लक्ष्य लिएको छ । बैंकका अनुसार आ.व. २०७१/७२ मा ४८ अर्ब ८५ करोड निक्षेप र ४० अर्ब ३५ करोड रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अर्ब रुपैयाँ रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोड रुपैयाँको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।
हुन्डाईको दशैं–तिहार योजना, गाडी खरिदमा ६ लाखसम्मको छुट
काठमाडौं, १३ भदौ । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहार योजना अन्तर्गत हुन्डाई फेस्टिभ डिलाइट योजना घोषणा गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडिको खरिदमा उपहार र नगद छुट पाउनेछन् । यो योजना भाद्र १३ गते देखि लागु गरिएको छ । हुन्डाई गाडिको खरिदमा हरेक ग्राहकले ६ लाखसम्मको छुट र १ वर्षको लागि बीमा प्राप्त गर्नेछन् । त्यसैगरी लक्ष्मी हुन्डाईले आफ्नो ग्राहकहरुका लागि सय तोला सुनको उपहारको घोषणा गरेका छन् । १०० जना भाग्यमानी विजेताहरुले एक–एक तोला सुन प्राप्त गर्नेछन् । भाग्यशाली विजेताको घोषणा योजनाको अन्त्यमा लक्की ड्र मार्फत गरिनेछ । यो योजनाको बम्पर पुरस्कार हुन्डाई क्रेटा र हुन्डाई इलाट आइ२० रहने छ । दुई जना भाग्यशाली विजेताहरुले बम्पर पुरस्कार जित्ने मौका पाउनेछन् । भाग्यशाली विजेताहरुको घोषणा लक्की ड्र मार्फत गरिने छ । हुन्डाई नेपाल अधिराज्यभरी १६ वटा शोरुम रहेका छन् जसमध्ये १३ वटा काठमाडौं उपत्यका बाहिर छन् भने ३ वटा उपत्यका भित्र रहेको कम्पनीले जनाएको छ । आउदै गरेको चाडपर्वको आगमनसंगै हुन्डाई शोरुमलाई, दशै–तिहार चाडपर्वको अनुभूति गराउने गरी सजाइने छ । विगतका दिनहरुमा जस्तै लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ग्राहकहरुलाई आगामी दिनमा अझ उच्चस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ ।
नेपाली अटोबजारमा नयाँ ब्राण्डको प्रवेश, रेनो क्विड र डस्टर सार्वजनिक, मूल्य १६ लाख र ३५ लाख
काठमाडौं, १३ भदौं । फ्रान्सेली बहुदेशीय अटोमोबाइल कम्पनी रेनोका कारहरु नेपाली बजारमा प्रवेश गरेको छ । व्यावसायिक समूह विशाल ग्रुप अन्तरगतको एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालमा रेनोको क्विड र डस्टर सेगमेन्टको कारहरु भित्र्याएको छ । रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानी र विशाल ग्रुपका निर्देशक निकञ्ज अग्रवालले नयाँ गाडी सार्वजनिक गरे । रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानी र एडभान्स अटोमोबाइल्स प्रबन्ध निर्देशक निकञ्ज अग्रवालले नयाँ गाडी सार्वजनिक गरे । उक्त कार्यक्रममा बोल्दै सुमित सहानीले भने,ूरेनो द्रूत गतिमा अगाडि बढिरहेको विश्वव्यापी अटोमोटिभ ब्राण्ड हो । हामीले रेनो ब्राण्डलाई सार्क क्षेत्रका महत्वपूर्ण देशहरुमा लैजाने प्रयास गरिरहेका छौं । त्यसैक्रममा हामी नेपालमा पहिलो बितरकको रुपमा एडभान्स अटोमोबाइल्स प्रालिको समूद्घाटन गर्न यहाँ उपस्थित भएका छौं ।’ एडभान्स अटोमोबाइल्स काठमाडौं थापाथलीमा सविधा सम्पन्न शो रुमबाट बिक्री शुरु गरेको जनाएको छ । यस कम्पनीले कालोपुल र परोपकारमा अर्कशप सञ्चालनमा ल्याएको जानकारी दिएको छ । एडभान्स अटोमोबाइल्स प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले रेनो क्विडको मूल्य १६ लाख र डस्टर ३५ लाख रुपैयाँ पर्ने बताए । उनले रेनो क्विड र डस्टर साँचिक्कै अन्तर्राष्ट्रिय कार भएको बताए । यी गाडी नाडा अटो शो २०७३ मा प्रदर्शनीमा राखिने भएको छ । रेनो समूहले सन् १८९८ देखि कारहरु उत्पादन गर्दै आएको छ । सन् २०१५ मा २८ लाख गाडिहरु १२५ देशहरुमा बिक्री गरेको छ । यसका ३६ वटा उत्पादन क्षेत्रहरु रहेका छन । विशाल समूह नेपालमा ठूलो व्यवसायिक समूहमध्ये एक हो । यसले समूहले बैंकिंग, बीमा, जलविद्युत, सिमेन्ट, फलाम र इस्पात, ब्रुअरी, होटल्स तथा रिजोर्टस् र बितरणको क्षेत्रमा संलग्न छ