ट्रायल पास भैसकेका २६ जनासँग घुस माग्ने यातायात कार्यालयका दुई जना पक्राउ

<p>काठमाडौं । ट्रायल परिक्षा पास भैसकेका २६ जना परीक्षार्थीहरुसँग घस माग्ने यातायात व्यवस्था कार्यालय ठूलोभर्&#x200d;याङका दुई जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठ रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानले पक्राउ गरेको हो । अख्तियारका अनुसार छब्बीस जना परीक्षार्थीहरुबाट राजश्व रकम बाहेक थप [&hellip;]</p>

काठमाडौं । ट्रायल परिक्षा पास भैसकेका २६ जना परीक्षार्थीहरुसँग घस माग्ने यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङका दुई जना कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठ रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानले पक्राउ गरेको हो । अख्तियारका अनुसार छब्बीस जना परीक्षार्थीहरुबाट राजश्व रकम बाहेक थप रकम १६ हजार लिइसकेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुमाथी थप अनुसन्धान भैरहेको आयोगका प्रवत्ता रामेश्वर दंगालले जानकारी दिए ।

Share News