नक्कली पर्वतारोहीमाथि छानविन, दुई शेर्पा फरार, कर्मचारीलाई चेतावनी
काठमाडौं १५, भदौ । भारतीय जोडीमाथि छानविन शुरु भएपछि उनीहरुको सहयोगीका रुपमा खटिएका शेर्पा फुर्तेम्बा शेर्पा र फुर्वा शेर्पा फरार भएको मन्त्रालयको भनाई छ । ‘उनीहरुको खोजी र अनुसन्धान जारी छ’, मन्त्रालयका सहसचिव उपाध्यायले भने, ‘सम्पर्क अधिकृतका रुपमा खटिएका कर्मचारी र प्रमाणपत्र दिने अधिकारीलाई चेतावनी दिइएको छ ।’ विभागका अनुसार सन् २००१र०२ मा पनि एक जना बेलायती नागरिकलाई नक्कली तस्वीर प्रयोग गरी आरोहणको दाबी गरेको अभियोगमा तीन वर्षको प्रतिवन्ध लगाइएको थियो । तर, प्रमाणपत्र खारेज भएको इतिहास भने पहिलो हो । भारतीय जोडीमाथिको प्रतिवन्धले नेपालमा गैरकानूनी गतिविधि गर्नेमाथि कारवाही हुन्छ भन्ने सन्देश प्रवाह भएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव घनश्याम उपाध्यायको भनाइ छ । आरोहीहरुका अनुसार शेर्पा सहयोगी र सम्पर्क अधिकृतलाई रकम खुवाएर मिलेमतोमा आरोहणको प्रमाणपत्र लिने आरोही धेरै हुन्छन् । तर, नेपालमा नक्कली तस्वीर प्रमाणित गर्ने उच्च प्रविधिको अभाव र उजुरी नआएपछि यस प्रकारका गतिविधिको छानविन हुँदैन । नक्कली आरोहण निरुत्साही गर्न शेर्पा सहयोगीको भूमिका महत्वपूर्ण हुने श्रेष्ठले बताए । नयाँ पत्रिका दैनिकबाट ।
जापानमै लुके नौ गैरखेलाडी, क्रिकेटका नाममा मानवतस्कर
काठमाडौं १५, भदौ , काठमाडौं–क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौजना गैरखेलाडीले काठमाडौं फर्कने टिकट जापानबाटै रद्द गराएको खुलेको छ । १५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ । अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश फर्किएका छैनन् । ती गैरखेलाडीले पहिलै नै बुकिङ गरिसकेको आफ्नो फर्कने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको छ । गत १५ जुलाईमा जापानमा आयोजना भएको होण्डा कप क्रिकेट प्रतियोगितामा सहभागि हुन गएका १८ जनाको टोली जापान गएको थियो । त्यो टोलीमा सातजना क्रिकेटर, दुइजना पदाधिकारी र नौ जना गैरखेलाडी थिए । सोही गैरखेलाडी जापानमै लुकेर बसेका हुन । जापानमै लुकेका गैरखेलाडी रामसुर बुढा सञ्जिव बुढा रोमी सरङ्कोटी राना सूर्य बानियाँ नरेन्द्र बुढा सुन्दरकुमार ओली श्यामकुमार पुन डेन्डी शेर्पा लक्ष्मण छन्त्याल अन्नपूर्ण पोष्टबाट
हेलिकोप्टर चढेर मन्त्री स्कूल उद्घाटनमा, हेलिकोप्टर अवतरण हुँदा वृद्ध घाइते
काठमाडौं १५, भदौ । वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरेर गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब एक सय ५० किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेको भवन उद्घाटन गर्न मन्त्री गौचन एकलाख रुपैयाँ बढी तिरेर हेलिकोप्टर चार्टर गरेर पुगेका हुन् । उनी मङ्गलबार दिउँसो एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका थिए । मन्त्री चढेको हेलिकोप्टर अवतरण हुँदा हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले ९ का ९० बर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको छ । गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् । ‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भने, ‘आफू उद्घाटन गर्दै हिड्दिन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडकभडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उनले टिप्पणी गरे । अर्का स्थानीयबासी रज्मदिन मियाँले असन्तुष्टि व्यक्त गरे । ‘एक करोड ५५ लाख खर्च गरेर विद्यालय भवन बनाइदिने संस्थाका अध्यक्ष, उपाध्यक्ष सबै गाडीमा आएका छन् । तर मन्त्री एक घण्टा बस्न हेलिकोप्टरमा आउनु भयो’ मियाँले भने, ‘हेलिकोप्टर उडाउने पैसाले मन्त्रीले कुनै गाउँको विद्यालय भवन बनाउन सहयोग गरेको भए राम्रो हुनेथियो ।’अन्नपूर्ण पोष्टबाट ।
तलबसँगै रोग भित्र्उँछन् पेशाकर्मी, ७५ प्रतिशत पेशाकर्मी दीर्घ रोगी भएको प्रतिवेदन सार्वजनिक
काठमाडौं, १४ भदौ । नेपालमा व्यवसायजन्य(पेशागत) स्वास्थ्य र सुरक्षाका विषयमा चेतना नभएका कारण ७५ प्रतिशत कामदारमा दीर्घकालिन रोग देखिएका छन् । वाँकी २५ प्रतिशतमा भने केही न केही प्रकारका रोग आफूले गरि आएको पेशाकै कारण उत्पन्न हुने गरेको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द (रेस्फेक) ले गरेको दु्रुत अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदन सम्वन्धि मंगलवार भएको कार्यक्रममा रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले ७५ प्रतिशत दीर्घ रोगीमध्ये ३२ प्रतिशतमा आँखाको समस्या, १३ प्रतिशतमा हाडको समस्या र १२ प्रतिशतमा पेटसम्वन्धि रोग रहेको छ । नेपालमा पेशागत (व्यवसायजन्य) रोगका बारेमा पर्याप्त जानकारी नभएकाले शारीरिक श्रमिक र बौद्धिक श्रमिक पनि उत्तिकै मात्रामा रोगी हुँदै आएको कार्यक्रममा बताइयो । उद्योग, कार्यालय, कलकारखाना, विद्यालयलगायतका औपचारिक क्षेत्रमा काम गर्ने कामदार र कर्मचारीमा समेत रोगको भयावह स्थिति रहेको छ भने निर्माण, घरेलु कामदार, कृषिलगायतका अनौपचारिक क्षेत्रमा रहेको असंगठित कामदारहरुको पेशागत स्वास्थ्य झनै पीडादायी अवस्थामा रहेको छ । व्यवसायजन्य स्वास्थ्यसम्वन्धि अध्ययनकर्ता जीवन लोहनीले लुगा, खाने भाडा निकै समस्या रहेको बताए । ६८ प्रतिशतले सुरक्षा सामग्रंीको प्रयोग नै नगरिकन धुलो धुवाँमा काम गर्ने गरेको तथ्यांक पेश गरे । उनका अनुसार ५३ प्रतिशत कामदार चर्को ध्वनी प्रदुषणमा काम गर्न वाध्य छन् । औपचारिक क्षेत्रमा काम गर्ने वौद्धिक पेशाकर्मीमध्ये १७ प्रतिशत एउटै शैलीमा दिन भरी काम गर्छन भने ३३ प्रतिशत एउटै ठाउँमा बसेर काम गर्छन् । यो तथ्यांकले भविष्यमा चर्कोखाले स्वास्थ्य समस्या पैदा हुने पक्का पक्की हुने लोहनीको ठहर छ । व्यवसायजन्य स्वास्थ्यका एकमात्र विज्ञका रुपमा रहेका काठमाडौं मेडिकल कलेजका प्राडा सुनिलकुमार जोशीले सन् २००० देखि यसवारेमा आफूले वहस पैरवी, स्वास्थ्य परिक्षण र प्रशिक्षण दिंदै आए पनि यसवारे आवश्यक चेतना जागृत गर्न कठिनाइ भइरहेको र नीतिगत स्पष्टता पनि सरकारले दिन नसकेको जानकारी दिए । उनका अनुसार व्यवसायजन्य स्वास्थ्य भनेको प्राथमिक कुरा हो। मानवअधिकार हो । काम गरेपछि ज्याला तलवसँगै रोग पनि लिएर आउने गरेको र सोही रोगका कारण समयअगावै मृत्यु वा दीर्घरोग बोक्नुपर्ने अवस्था नेपालमा रहेको उनले जानकारी दिए । रोगको कारक तत्व आफ्नै पेशा भएकाले यसको उपचारको जिम्मा पनि पेशाबाटै हुनुपर्ने उनको धारणा रहेको छ । नेपालमा खुटा भाँच्यो भने उपचार आफैले गर्नुृपर्छ । कथंकदाचित क्षतिपुति १ लाख पाएपनि कामबाट निस्कनु पर्ने र जीवनभर अपांग भइ बाच्नुपर्नै अवस्था रहेको छ । उनले भने, ‘यसर्थ जिविकोपाजनको जिम्मा कसले लिने त भने कुरा नीतिगत स्पष्टता आवश्यक छ । उनका अनुसार श्रम ऐनले पेशागत रोग लागेको छ भने रिकडिङ्ग र रिपोटिङ्ग गर्नुपर्छ भनेको छ । तर व्यवसायजन्य रोग भनेर कसले कसरी पत्ता लगाउने र कहाँ रिपोटिङ्ग गने भने छैन । उनले अगाडि भने, ‘ पेशागतजन्य सुरक्षा गर्ने भए स्वास्थ्य र श्रम मन्त्रालयले जिम्मा लिनुपर्छ । नेपालमा मलेरियाका लागि अरबौ रुपैयाँ खर्चन्छ । तर पेशागत स्वास्थ्यबाट मनेको संख्या मलेरियाभन्दा दोब्बर छ । यसमा कसैंको चासो देखिएको छैन ।’ स्वास्थ्य मन्त्रालयका सहसचिव दिपेन्द्ररमण सिंहले खाने समयलाई छोट्याएर काममा डट्ने प्रवृत्ति हटाएर आवश्यकता अनुसार आरा मगर्ने समय छुट्याउन मात्र सके पनि धेरै रोगबाट आक्रान्त नहुने बताए । पेशागत स्वास्थ्य र सुरक्षासम्वन्धि नीति बनाउने काम भइरहेको जानकारी दिंदै उनले यथासिघ्र यसले मुर्त रुप पाउने जानकारी दिए ।
पुनर्स्थापनाका कार्यक्रमहरुलाई स्थानीयकरण गरिने
काठमाडौं, १४ भदौ । पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी पञ्च वर्षिय योजनाको खाका (पिडिआरएफ)लाई स्थानीयकरण गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको पिडिआरएफका आधारमा गाविस, जिविस र नगरपालिकाहरुमा योजना बनाइने र सोही अनुसार पुनर्निर्माण र पुनर्स्थापनाका योजनाहरु अघि बढने भएका छन् । प्रशिक्षकहरुलाई प्रशिक्षण दिन आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण र पुनर्स्थापनाका कामहरु अघि बढाउनका लागि पिडिआरएफलाई स्थानीय योजनासँग एकीकृत गर्न आवश्यक भएको र सोही अनुसार प्राधिकरण अघि बढेको बताए । पिडिआरएफलाई सुरुमा जिल्ला विकास समिति र नगरपालिकाका आवधिक योजनामा समावेश गर्दै गाविसका योजनालाई पनि समावेश गर्नुपर्छ, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने । स्थानीय तहको आवश्यकतालाई हेरेर योजनाहरु बनाउने र आवश्यक परे पिडिआरएफलाई संशोधन गर्दै जाने प्राधिकरणको योजना छ । एकीकृत पुनर्स्थापना योजना कार्यान्वयनले जोखिममा रहेका समुहहरु, शारीरिक रुपमा अशक्त, एकल महिला, महिला घरमुली भएका परिवार, नीजि क्षेत्र लगायत जिल्लाका सबै सरोकारवालाहरुको आवश्यकता समेट्ने र स्थानीय तहमै आर्थिक पुनर्स्थापनामा लगायतमा सहयोग पुर्याउनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, राष्ट्रिय योजना आयोग र संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा अघि बढने कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले प्राविधिक सहयोग गर्नेछ । प्रशिक्षकहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा प्राधिकरण, स्थानीय विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका दुई दर्जन अधिकारी सहभागी छन् । प्रशिक्षण लिएपछि उनीहरुले जिल्ला तहमा पुगी अरुलाई प्रशिक्षण दिनेछन् । त्यसपछि गाउँ विकास समितिसम्म छलफल अघि बढाउने कार्यक्रम रहेको छ ।
वनस्पति तेलको विदेशमा अत्यधिक माग
काठमाडौं, १४ भदौ । नेपालमा उत्पादित विभिन्न किसिमका जडीबुटीबाट उत्पादन भएको तेलको विदेशमा अत्यधिक माग हुने गरेको छ । नेपालमा उत्पादित मेन्था, लेवन ग्रास, सिट्रोनेला, धसिङ्गरे, पामारोजा, टिमुर, क्यामोमाइललगायत वनस्पतिजन्य तेलको विदेशमा अत्यधिक माग छ । वनस्पति विभाग प्राकृतिक सम्पदा अनुसन्धानका प्रमुख ज्योति जोशी (भट्ट)ले आव २०७२/७३ मा ९५० सेवाग्राहीले उत्पादन गरेको तेल विदेश निर्यात गर्न नापजाँच गरेको जानकारी दिए । “नापजाँच गरेको तेल व्यापार र अनुसन्धानका लागि बिक्री हुने गरेको छ,” उनले भने । नेपालमा उत्पादित जडीबुटीजन्य तेल फ्रान्स, क्यानडा, अमेरिका, जर्मनी, अष्ट्रेलिया, भारतलगायत देशमा निर्यात हुँदै आएको छ । वन ऐनअन्तर्गत बहुमूल्य जडीबुटीलाई साइटिस सूचीमा राखेको छ । साइटीस सूचीमा रहेका जीडबुटी खरी, पैयुँ, भोटेचाँप, सुनाखरी, लौठसल्ला, गुन्सीलगायत हुन् । साइटीस सूचीमा रहेका यी वनस्पतिको बिक्री वितरणमा रोक लगाइएको छ । रासस
महिन्द्राको सुप्रो भ्यान र म्याक्सिट्रक सार्वजनिक
काठमाडौं, १४ भदौ । नेपाल अटोमोबाइल डिलर्स एशोसिएशनको एघारौं संस्करणको नाडा अटो शो २०१६ मा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले आफ्ना कमर्शियल श्रेणीका गाडीहरुको प्रदर्शन गरिरहेको छ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड १६.९ अर्ब अमेरिकी डलर सम्पत्ति भएको महिन्द्रा ग्रूपअन्तर्गतको एक कम्पनी हो । नाडा अटो शो मा महिन्द्राले दुई नयाँ गाडीहरु सुप्रो भ्यान र सुप्रो म्याक्सिट्रक सार्वजनिक गरेको छ । कम्पनीको अनुसार सुप्रो भ्यान आकर्षक स्टाइल र प्रशस्त स्पेश भएको आठ सीटयुक्त प्यासेञ्जर गाडी हो । यो टुर एण्ड ट्राभल सेगमेण्टको सवारी हो जुन ठूलो परिवारका लागि पनि उत्तिकै उपयोगी छ । सुप्रो म्याक्सिट्रक एक अत्याधुनिक सामान ढुवानी गर्ने साधन हो जस्ले १ टल बराबरको भार वहन गर्न सक्छ । यो शहर भित्र वा नजीकका शहरहरुबीच सामान ढुवानी गर्न उपयोगी हुने कम्पनीले जनाएको छ । गाडी सार्वजनिकको अवसरमा महिन्द्रा एण्ड महिन्द्र लिमिटेडका उपाध्यक्ष तथा इण्टरनेशनल अपरेशन्स – एएफएस (दक्षिण एशिया)का प्रमुख सञ्जय जादवले भने, “नेपाली जनता तथा उपभोक्ताहरु सामु हाम्रा अटोमोबाइल प्रडक्ट सार्वजनिक गर्नका लागि नाडा अटो शो सबैभन्दा उपयुक्त अवसर हो । यो मेलाले हाम्रा उत्पादनको बारेमा उपभोक्तालाई जानकारी दिन र उनीहरुको आकांक्षा तथा चाहनाको मापन गर्न सहयोग गर्दछ । हामीले सदैव नयाँ र इन्नोभेटिभ प्रडक्ट ल्याउने प्रयास गरेका छौं । सुप्रो त्यसैको एक कडी हो ।” दुगड ब्रदर्श एण्ड सन्स प्रा. लि.का अध्यक्ष मोतीलाल दुगडले भने, “विगत दुई दशकदेखि महिन्द्रासँग जोडिन पाउनु दुगड ब्रदर्श एण्ड सन्सका लागि गर्वको विषय हो । हामी उपभोक्तालाई गुणस्तरीय प्रडक्ट उपलब्ध गराउन प्रतिवद्ध छौं । त्यसैले नेपाली उपभोक्ताका लागि थप छनोट सिर्जना गर्नका लागि हामीले सुप्रो नेपाल भित्र्याएका हौं । सुप्रो भ्यान एक बहुआयामिक सवारी हो जसले विभिन्न प्रकारका व्यवसाय तथा घरायसी प्रयोजनमा सहयोग पु¥याउने छ ।” दुगडका अनुसार सुप्रो भ्यान ठूलो परिवारका लागि व्यक्तिगत सवारी साधन हो जसलाई व्यापारीहरुले व्यक्तिगत र व्यावसायिक काममा प्रयोग गर्न सक्छन् । टुर तथा ट्राभल कम्पनीहरुका लागि पनि यो सजिलो यातायातको साधन हो भने किसानका लागि यो अतिरिक्त आयको स्रोत हो । अर्को उत्पादन सुप्रो म्याक्सिट्रक व्यवसाय र ढुवानीकर्ताहरुका लागि उपयोगी गाडी हो ।
नेपाली हजयात्रीलाई सिटिजन्स बैंक इन्टरनेसनलको विशेष सुविधा
काठमाडौं, १४ भदौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मुस्लिमहरुको पवित्र धार्मिक स्थल मक्का/मदिनामा जाने तीर्थालु नेपाली हजयात्रीहरुको सुविधाको आवश्यक पर्ने साउदी रियाल सटही सुविधा प्रदान गरिरहेको जनाएको छ । हजयात्रीहरुको सुविधाको निमित्त बैंकले घण्टाघर स्थित पञ्चकश्मिर ताकिया मस्जिदमा काउण्टर राखि साउदी रियाल सटही सुविधा प्रदान गरिरहेको छ । नेपाली हजयात्रीले आफ्नो राहदानी तथा टिकटबापत अधिकतम साउदी रियाल ९ हजारसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।