यातायातबाट ठगिने दिन सकियो, अब स्मार्ट कार्डबाटै भाडा तिर्ने सुविधा

<p>काठमाडौं । अब सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुहरु ठगिने दिन सकिएको छ । तोकिएको भाडादरभन्दा २/४ रुपैयाँ बढी तिर्दै आइरहेका यात्रुहरुले अब जति रुपैयाँ भाडादर हो त्यति नै रुपैयाँ तिर्न सक्ने भएका छन् । किनकी अब सार्वजनिक यातायातमा इ-टिकेटिङ तथा स्मार्ट कार्डको सेवा सुविधा लागू भइसकेकाे छ । जसले भाडादर जति हो त्यति नै रुपैयाँको [&hellip;]</p>

एन क्लाउडले दिगो सार्वजनिक यातायतमा सुरुवात गरेको टिकटको नमुना

काठमाडौं । अब सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुहरु ठगिने दिन सकिएको छ । तोकिएको भाडादरभन्दा २/४ रुपैयाँ बढी तिर्दै आइरहेका यात्रुहरुले अब जति रुपैयाँ भाडादर हो त्यति नै रुपैयाँ तिर्न सक्ने भएका छन् । किनकी अब सार्वजनिक यातायातमा इ-टिकेटिङ तथा स्मार्ट कार्डको सेवा सुविधा लागू भइसकेकाे छ । जसले भाडादर जति हो त्यति नै रुपैयाँको टिकट काट्छ अर्थात १३ रुपैयाँ भाडामा १५ रुपैयाँ लिँदै आइरहेका सहचालकहरुबाट यात्रुहरु ठगिने छैनन् ।

नेपाल बैंकको सहकार्यमा एन क्लाउड प्रालिले  नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ-टिकेटिङ तथा स्मार्ट कार्ड सेवा प्रविधि भित्र्याएको छ।

यो प्रविधि हाललाई साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा लागू हुँदैछ। यस प्रविधिमा क्यास टिकेट प्रिन्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ। निकट भविष्यमा स्मार्ट कार्डलाई अन्य क्षेत्र जस्तै पेट्रोल पम्प, पसल, पार्किङ, स्कूल तथा कलेजमा प्रयोग गर्न सकिनेछ।

एन क्लाउडले दिगो सार्वजनिक यातायात प्रा. लि. मा सुरुवात गरेको स्मार्ट कार्डको नमुना

स्मार्टकार्ड के हो ?

स्मार्टकार्ड एक प्रकारको कन्ट्याक्टलेस कार्ड हो जसबाट सजिलै भुक्तानी गर्न सकिन्छ। स्मार्ट कार्ड अन्तर्राष्ट्रिय स्तर अनुरुप पैसाको सट्टा अहिलेको प्रविधि अनुसार प्रयोग हुने कार्ड हो। यो कार्ड बसका सहचालकहरुसँग किन्न सकिनेछ। कार्डमा पैसा सकिएको अवस्थामा बसकै सहचालकहरुबाट रिचार्ज गर्न सकिनेछ।

दिगो सार्वजनिक यातायातमा भाडा तिर्दा दुई तरिकाबाट पैसा तिर्न सकिने छ। पहिलो तरिकामा सहचालकलाई पैसा दिएर वा सहचालकसँग भएको डिभाइसमामा कार्ड ट्याप गरेर टिकट लिन सकिने छ। दोस्रो तरिकामा बसको ढोकामा राखिएको डिभाइसमा भाडा दर थिचेर कार्ड ट्याप गरेर पैसा तिर्न सकिन्छ। यसमा टिकट प्रिन्ट हुँदैन र यो केवल कार्ड भएको ग्राहकहरुले मात्र प्रयोग गर्न सक्नेछन्।

कार्ड रिचार्ज गर्न र कार्डमा ब्यालेन्स हेर्न सहचालकले प्रयोग गरेको डिभाइसमात्र प्रयोग गर्न सकिनेछ।

Share News