सेयर बजारमा सामान्य अंकको सुधार, ८१ करोडको करोबार, ३ कम्पनीको सेयर मूल्य १० प्रतिशले बृद्धि
काठमाडौं, १३ असोज । बुधबार घटेको सेयर बजार बिहीबार भने सामान्य अंकले सुधार भएको छ । बिहीबार नेप्से परिसूचक ४ दशमलब २८ अंकले बढेर १७५३ अंकमा पुगेको छ । सो दिन १४२ कम्पनीको ९२ लाख ६९ हजार कित्ता सेयर ८१ करोड २४ लाख ७४ हजार रुपैयाँमा किनबेच भएको छ । बिहीबार बैंक अफ काठमाडौं लुम्बिनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ज्योति विकास बैंक र कुमारी बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी निर्धन उत्थान बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । सो दिन कारोबार भएका ८ समूह मध्ये ३ समूहको परिसूचक उकालो लागेका छन् भने अन्य समूहको परिसूचक ओरालो लागेका छन् । उत्पादनमूलक, बैंकिङ् र होटल समूहको परिसूचक क्रमशः १८, १२ र ६ अंकले बढेका हुन् । बीमा र विकास बैंकको क्रमशः १९ र १८ अंकले घटेका छन् भने अन्य बाँकी समूहको सूचक सामान्य २ अंकले घटेको छ । बिहीबार नेपाल बङ्गलादेश बैंकको ८ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सनराइज बैंकको ४ करोड र एभरेष्ट बैंक, शिखर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ बैंकको प्रति कम्पनी करिब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
मञ्जुश्रीले १४ प्रतिशत बोनस दिने
काठमाडौं, १३ असोज । मञ्जुश्री फाइनान्सले लगानीकर्तालाई १४ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि शून्य दशमलब ७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको कम्पनीको १३०औँ सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीको निर्णय राष्ट्र बैंकद्धारा स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरे पछि सेयर धनीले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात फाइनान्सको पूँजी २८ करोड ५७ लाख रुपैयाँ पुग्ने छ ।
२ अर्ब ९६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, ९ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत
काठमाडौं, १३ असोज । बिहीबार मात्र २ अर्ब ९६ लाख ६२ हजार ०६१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सिटिजन बैंकको १ करोड ६८ लाख कित्ता सेयर र प्रभु बैंकको ६४ लाख १७ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यसैगरी, स्टान्डार्ड चाटर्ड बैंकको ५६ लाख ४२ हजार कित्ता सेयर र रिलायन्स फाइनान्सको ७ लाख ४२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन फेवा विकास बैंकको ९ लाख ४६ हजार ६७७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब फेवा विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।
टिभीएसका दुई नयाँ शो–रुम वीरगञ्ज र बालाजुमा सञ्चालन
काठमाडौं, १३ असोज । शंकर ग्रुप अन्र्तगतको ‘टिभीएस मोटर कम्पनी’ को नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले दुई नयाँ आधुनिक शो–रुम वीरगञ्ज र बालाजुमा सञ्चालनमा ल्याएको छ । दुवै शो–रुम मार्फत टिभीएसका बाइक तथा स्कुटरका सबै रेञ्जहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त शो–रुममा टिभीएस अपाचे आरटीआर २००, ४ भी, अपाचे आरटीआर १६०, अपाचे आरटीआर १८०, जुपीटर, वीगो, जेष्ट, स्पोर्ट १००, फिनीक्स १२५ तथा स्टार सिटी प्लस ११० लगायत रहेका छन् । गत असोज १० गतेदेखि सञ्चालनमा आएका दुवै शो–रुममार्फत ग्राहकलाई फाइनान्स तथा एक्सचेञ्जको सुविधा समेत उपलब्ध हुनेछ । कम्पनीले ७१औँ शो–रुम नेपालको उद्योग नगरी वीरगञ्जमा सञ्चालनमा ल्याएको हो । वीरगञ्जमा टिभीएस मोटरसाइकलको आधिकारीक बिक्रेताका रुपमा म्याक्स अटो प्रालि अनुबन्धित भएको हो । उक्त शो–रुमको आलोक काब्राले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा एक र्यालीको समेत आयोजना गरिएको थियो । उक्त र्यालीमा ५० जनाको सहभागिता रहेको थियो । त्यस्तै, कम्पनीले आफ्नो ७२ औं शो–रुमका रुपमा राजधानी काठमाडौको बालाजुमा नयाँ शो–रुम सञ्चालनमा ल्याएको हो । शो–रुम सञ्चालनका लागि आवर मोटर प्रा. लि. आधिकारिक बिक्रेताका रुपमा अनुबन्धित भएको छ । उक्त शो–रुमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली सिनेमा क्षेत्रका कलाकार/नायक शिव श्रेष्ठले गरेका थिए ।
समावेशिताको नमूना प्रस्तुत गर्दै सिन्धुपाल्चोकमा नमुना युवा संसद
सिन्धुपाल्चोक, १३ असोज । सिन्धुपाल्चोकमै पहिलोपटक नमुना युवा संसद् आयोजना गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा युवाहरुको भूमिका खोज्न आयोजना गरिएको नमुना युवा संदमा युवाहरूले संसदीय प्रक्रियामार्पmत् आफ्ना र जिल्लाका महत्वपूर्ण मुद्दाहरू उठान गरेका थिए । समावेशीताको उत्कृष्ठ नमुना प्रस्तुत गरिएको नमुना युवा संसदको आयोजना नेपाल युवा संस्था सञ्जाल(आयोन)ले राष्ट्रिय युवा परिषद्को जिल्ला युवा समितिसँगको सहकार्य र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहयोगमा गरेको हो । व्यवस्थापिका–संसद्का चारजना माननीय सदस्यहरू स्थानीय शेर बहादुर तामाङ तथा अमृत बोहरा, राजीव विक्रम शाह र रुपा महर्जन दुई दिने अभिमुखीकरण तथा एकदिने नमुना युवा संसद्को दौरानमा आई युवालाई सबै तहका निर्णय प्रक्रियामा सहभागी भई संसद् र सरकारलाई जवाफदेही बनाउन आग्रह गरेका थिए । व्यवस्थापिका संसद् र संसदीय प्रक्रियाका सम्बन्धी दुई दिने तालिम कार्यक्रम सम्पन्न गरी उक्त नमूना युवा संसद्को अभ्यास सिन्धुपाल्चोकका युवाहरूले गरेका थिए । उक्त नमुना युवा संसद्मा युवाहरूले अनौपचारिक निर्वाचन प्रक्रियामार्पmत् निर्वाचित गरेका मन्त्रिमण्डलमा ५० प्रतिशत भन्दा बढी महिला मन्त्रीहरू, २५ प्रतिशत भन्दा बढी दलित मन्त्रीहरू रहेका थिए ।
विराटलक्ष्मी विकास बैंकले १८ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, १३ असोज । विराटलक्ष्मी विकास बैंकले १८ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि बैंकले शून्य दशमलब ९७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पूँजी ४२ करोड ५३ लाख रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको पूँजी ५० करोड ४० लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको प्रतिकित्ता सेयर करिब ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
निर्धन उत्थान बैंकले ३१ प्रतिशत लाभांश दिने, पूँजी ५९ करोड ९७ लाख रुपैयाँ पुग्ने
काठमाडौं, १३ असोज । निर्धन उत्थान बैंकले सेयरधनीलाई ३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस सेयर र ११ दशमलब ५८ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ४९ करोड ९७ लाख रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको पूँजी ५९ करोड ९७ लाख रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब २ हजार १३० रुपैयाँमा किनबेच भइरहेको छ ।
आर्थिक सहायता तथा उपचार खर्च नियन्त्रण गर्न एकद्वार प्रणाली अबलम्वन गरिँदै
काठमाडौं, १३ असोज ।सरकारले बढ्दै गएको आर्थिक सहायता तथा उपचार खर्चलाई नियन्त्रण गर्न एकद्वार प्रणाली अबलम्वन गर्ने भएको छ । विशेषः गरी विपन्न नागरिकहरुको आर्थिक सहायता तर्थात उपचार खर्च सम्बन्धि मापदण्डमा टेकेर राज्यको रकम जथाभावी दुरुपयोग भएपछि सरकारले एकद्वार प्रणाली मार्फत खर्च गर्ने व्यवस्था मिलाउन लागेको हो । एकद्वार प्रणाली मार्फत सहायता वितरण गर्ने व्यवस्था गरिएमा हाल हुँदै आएको मनोमानीे खर्च केहीहदसम्म न्यूनीकरण हुने अर्थ मन्त्रालयले बताएको छ । व्यवस्थापिका संसद्को संसदिय समितिले पनि खर्चलाई व्यवस्थित गर्न मापदण्डका आधारमा मात्र खर्च वितरण गर्न निर्देशन दिएको र बढ्दो खर्चलाई न्यूनीकरण गर्न अब ५ लाख रुपैयाँ भन्दा बढी सहयोग दिन नमिल्ने गरी कार्यक्रम बनाउन लागिएको अर्थ सचिव शान्तराज सुवेदीले बताए । ‘हुनत मन्त्रीपरिषद्ले चाहेमा यस्तो खर्चको सम्बन्धमा सिधै निर्णय पनि गर्न सक्छ, तर पनि लक्षित नागरिकसम्म यस्तो सेवा पु¥याउन, खर्चको सदुपयोग गर्न तथा खर्चलाई व्यवस्थित गर्न एकद्वार प्रणाली लागू गर्न आवश्यक छ ,’सुवेदीले भने । सम्बन्धित क्षेत्रबाट मापदण्डका आधारमा सहयोग रकम दिँदा सहयोग रकम दुरुपयोग नहुने उनको भनाइ छ । स्वास्थ्य सम्बन्धी समस्याको लागि स्वास्थ्य मन्त्रालयनै सहयोग प्रदान गर्दा ऊ निश्चित नियममा बाधिने हुन्छ र उसले खर्चलाई कस्छ,’ उनले भने ‘जथाभावी खर्च हुन पाउँदैन ।’ यस्तै गरी अबदेखि सहयोग सम्बन्धित मन्त्रालयलेनै एकद्वार प्रणालीमार्फत आवश्यक रकम सहयोग गर्ने छन् । जसका लागि आर्थिक सहायता आवश्यक छ उनीहरु विरामी पर्दा पनि आफैं उपचार गर्नुपर्ने वा उपचार नपाएर मर्नुपर्ने अवस्था छ भने यता राज्य कोषको ढुकुटी भने पहुँचवाला तथा हुनेखानेलाई सहयोग गर्दै रितिदै गएको छ । तर, राज्यले आर्थिक सहायताका नाममा आफ्ना कार्यकर्ताहरु पोस्ने काम गरिरहेको छ ।कमजोर अवस्थाका विपन्नहरुलाई दिने बाहानामा तयार पारिएको आर्थिक सहायता एवं उपचार खर्चको कोषबाट सुविधा लिनेमा हुने खाने तथा पहुँचवाला अग्रपङ्तीमा देखिएपछि सरकारले अब उप्रान्त मापदण्ड भित्र पर्नेलाई मात्र आर्थिक सहायता गर्ने व्यवस्था गर्न लागेको हो । आर्थिक र उपचार शीर्षकमा वितरण हुने रकम र सो रकम लिने व्यक्तिको आर्थिक हैसियत हेर्दा चरम दुरुपयोग भएको सम्बन्धमा सम्बन्धित क्षेत्रका जानकारहरु बाटै आवज उठ्दै आएको छ । विभिन्न जिल्लाबाट काठमाडौं आएर बेखर्ची भई घर फर्किन समस्या परेका, आकस्मिक सानोतिनो उपचार गराउन नसक्ने भई समस्यामा परेका व्यक्तिलाई सक्कल नागरिकता तथा जनप्रतिनिधि वा अन्य कुनै सिफारिसका आधारमा अधिकतम १० हजार रुपैयाँ सहायता उपलब्ध गराउन सक्ने व्यवस्था मापदण्डमा गरिए पनि यहाँ लाख लाख रुपैयाँ विना प्रक्रिया पुगेका कागजात सहयोग दिने गरेको गृहका ती अधिकारीले बताए । उपचार गर्न नसक्ने अवस्थाका सर्वसाधारण र साँच्चिकै आर्थिक सहयोग आवश्यक परेकाहरूको निर्णय गर्ने केन्द्रसम्म पहुँच नहुँदा सत्तासँग सम्पर्क भएकाहरूले नै सो शीर्षकमा पैसा लिने गरेको गृहका एक अधिकारीले बताए । मापदण्डले मुलुकलाई महत्वपूर्ण योगदान पु¥याएका वा आर्थिक रूपले अति विपन्न अर्थात आफै उपचार गर्न नसक्ने व्यक्तिलाई क्यान्सर, हृदय रोग, अल्जाइमर, पार्किन्सन्स वा मिर्गौलाजस्ता कडा रोगको उपचार अभाव भए सहयोग दिन सकिने प्रवन्ध गरेको छ ।