काठमाडौं । यसपालिकाे नाडा अटो शोमा सुबारा कम्पनीले अनौठो कार सार्वजनिक गरेको छ । कम्पनीले सुवारा गाडीको छतमा जुनकुनै ठाँउमा बास बस्न मिल्ने गरी जापानीज प्रविधिको सिल्पिङ ब्याग ल्याएको छ । कारमा यस्ताे सुविधा संभवत पहिलाे हाे ।
छोटो सवारीमा सजिलै प्रयोग गर्न सकिने सो ब्याग नेपालमै पहिलो पटक आएको कम्पनीकी सेल्स म्यानेजर रोसी श्रेष्ठले बताइन् । उनका अनुसार सो प्रविधिलाई जोड्नका लागि अनिवार्य रुपमा गाडीमा हुटको जडान गर्नु पर्नेछ ।
कम्पनीले यो ब्यागको ४ लाख रुपैंया तोकेको छ । लामो यात्राको लागि यो निकै फलदायी हुनेछ । रातिको समयमा यो ब्यागले सजिलै हावाहुरी र पानीबाट बचाउन सक्छ ।