विकासन्युज

गरिमा बिकास बैंकले १० प्रतिशत व्याजदरमा अटोलोन दिँदै, १२ बर्ष भित्रमा तिरे पुग्ने

काठमाडौं। गरिमा विकास बैंकले यूनाईटेड टेर्डस् सिन्डिकेट्स तथा आधिकारीक डिलरहरुबाट खरिद गरिएका टोयटा व्राण्डका सम्पूर्ण सवारी साधनहरुमा १०.५ प्रतिशत ब्याजदरमा सवारी कर्जा (अटोलोन) दिने भएको छ । बैंकले टोयटा गाडी खरिदका लागि १२ वर्षका लागि १४४ महिनाको सरल किस्तावन्दी कर्जा दिने भएको हो । यस सम्बन्धमा बैंक र यूनाईटेड टेर्डस्बीच सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकाल र यूनाईटेडका तर्फबाट महाप्रबन्धक महेशकुमारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

२० प्रतिशत बजार ओगट्ने लक्ष्य छ-प्रविण खतिवडा

टाटा मोटर्सका प्यासेन्जर सेगमेन्ट नेपाली बजारमा कहिलेदेखि आएको हो ? टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले सन् २००० देखि नै नेपाली बजारमा ल्याएका हौं । बजारमा ठूलो परिवर्तन आएको भने सन २०१० बाट हो । त्यतिबेला केहि नयाँ प्रडक्ट ल्याएका थियौं जसले बजारमा तरंग ल्याएको थियो । ठूलो फड्को भने होराइजन नेक्स्टको प्रडक्टका रुपमा जेष्ट, बोल्ट, टियागो र नेक्सनसम्म आईपुग्दा देखिएको हो । प्रविण खतिवडा, जनरल मेनेजर, सिप्रदी ट्रेडिङ प्रा.लि. (पिभिबियु युनिट) अब पुरानो इण्डिकाको युगको अन्त्य भैसकेको छ । अब नयाँ युगको आरम्भ भैसकेको छ । कस्टुमरहरुले परिवर्तन महशुस गरिसकेका छन् । सन २०१२ देखि भने हामीले आक्रामक रुपमा बजार बिस्तार गरिरहेका छौं । प्यासेञ्जर सेगमेन्टमा कति प्रकारका गाडी छन् ? हामीले कारमा ४ वटा र जिपमा ४ वटा प्रडक्ट बेचिरहेका छौं । कारमा टियागो, टिगोर, जेष्ट, बोल्ट छन् । जीपमा सुमो, स्टर्म, हेक्जा र नेक्सन गरि चार वटा प्रडक्ट बजारमा छन् । टाटाले प्यासेञ्जर सेगमेन्टमा बजारको कति हिस्सा ओगटेको छ ? कमर्सियल भेइकलमा हामी एक नम्बरमै छौं । प्यासेञ्जर सेगमेन्टमा चाँही हामी टप ३ ब्राण्ड भित्र पर्छाै । सन २०२० सम्ममा नेपालको कुल बजारको २० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएका छौं । अहिले हामीले कुल बजारको १६ प्रतिशत बजार ओगट्न सफल भैसकेका छौं । अहिले बजारमा धेरै माग भएको ह्याच सेगमेन्ट हो । त्यसमा हामीले टियागो दिएका छौं । रुचाईएको अर्काे सेगमेन्ट भनेको कम्प्याक्ट सियुभी हो, त्यसमा हामीले जिप जस्तै नेक्सन ल्याएका छौं । बजार नेटवर्कको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? बिक्रीपछिको सेवाको नेटवर्क र सुबिधा कस्तो छ ? हाम्रो २० वटा शोरुम देशभर फैलिएका छन् । सर्भिका लागि २५ वटा नेटवर्क छ । धनगढीदेखि मुस्ताङसम्म हाम्रो सर्भिस नेटवर्क छ । टाटाको स्ट्रेन्थ भनेकै सर्भिस नेटवर्क हो । हाम्रो सर्भिस सबै भन्दा सस्तो छ । भारतबाट आउने गाडीहरुले सर्भिसमा धेरै मूल्य लिनै सक्दैनन् । हामीले त एक दिन स्पेयरको अभावमा गाडी एक दिन पनि खाली बस्नु पर्दैन् । शोरुममा भन्दा पनि वर्कसपमा लगानी गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । बाटोमा गाडी बिग्रदा नजिकको वर्कसपले हेर्नु पर्छ भन्ने मान्यताका साथ काम गरिरहेका छौं । बजारमा अरु कम्पनीका प्यासेञ्जर भेईकल भन्दा के कारणले टाटाका गाडी फरक छन् ? टाटाका गाडी किन्नुस, जिरो अफ रोडमा बस्नुस भन्ने हाम्रो आव्हान हो । तराईदेखि हिमालको मुस्ताङसम्म सर्भिस नेटवर्क बनाएका छौं । स्पेयर नपाउने समस्या छैन् । नेपालभरी जहाँ सुकै गाडी गुडाउन सकिन्छ, बिग्रिएमा तुरुन्तै मर्मत गर्न सकिन्छ । सर्भिसमा धेरै ध्यान दिएका छौं । विश्वस्तरिय गाडी र शोरुमको स्थापना गरिसकेका छौं । टेस्ट ड्राइभका लागि गाडी घर लिएर जानुस, मन परेपछि किन्नुस् भनिरहेका छौं । सर्भिस र स्पेयर्समा हामीले कस्टुमरलाई ढुक्क हुने वातावरण बनाईसकेका छौं । प्रतिष्पर्धामा मूल्यले ठूलो महत्व राख्छ, टाटाको मूल्य श्रृंखला कस्तो छ ? टाटाले भोल्युममा विश्वास गर्छ । धेरै मूल्य राखेर गाडी बजारमा टिक्न सकिन्न । केहि कम्पनी बर्षमा २५÷३० वटा गाडी बेचेर पनि बसिरहेका छन् । हामीले त गत वर्ष नै १९ सय वटा गाडी बेचेका थियौं प्यासेन्जर सेगमेन्टमा । मूल्यमा प्रतिष्पर्धी हुन सकिएन भने बजारबाट हराइन्छ नै । न्युनतम २२ लाखदेखि ९२ लाखसम्मका प्यासेञ्जर भेइकल बेचिरहेका छौं । उपभोक्तालाई अतिरिक्त सुबिधा के के छन् ? हामीले मुक्तिनाथ विकास बैंकसँग सहकार्य गरेर सुमोमा २ सय जनालाई रोजगारी दिने भनेका छौं । एक सय जनालाई रोजगारी दिईसक्यौं । कतार र मलेसियाबाट आउनु भएका थप एक सय जनाले ड्राइभिङ सिकिरहेका छन् । यसमा हामीले १०.५ प्रतिशत ब्याजदरमा ऋण दिलाएका छौं । नेक्सनका लागि स्ट्याण्र्ड चाटर्ड बैंकसँग सहकार्य गरेका छौं । बैंकको डाउनपेमेन्ट र नयाँ करका दरहरुले बजारमा कस्तो प्रभाव पारेको छ ? ३५ प्रतिशत डाउनपेमेन्ट नगरी गाडी किन्न सकिन्न । बैंकले पनि धेरै छानेर मात्रै ऋण दिईरहेका छन् । यो नीतिले पनि गाडीहरुको बजारमा प्रभाव पारेको छ । नयाँ करका दरहरुका कारण सुमोको मूल्य मात्रै ८ लाखले वृद्धि भएको छ । भन्सार, अन्त शुल्क, सिसीमा कर लगाइएको छ । हामीले त पुरानो दरमा नयाँ गाडी दिने प्रयास गरिरहेका छौं । बैंकको नीति र नयाँ बजेटका कर नीतिले गाडीको बजारमा प्रभावित बनाएको छ । नयाँ कर नीतिले ५० हजार देखि १० लाखसम्म गाडीका मूल्य वृद्धि भएको छ । नयाँ करको दर आउनु भन्दा अघि नै धेरै गाडी नेपाल भित्रिसकेका थिए । ती गाडी सकिएपछि नेपालको गाडीको बजारमा धेरै समस्यामा पर्छ । हिजो ३० लाखमा पाउने सुमो आज ४० लाख हाराहारीमा पुगेका छ, अब सुमो चलाएर पेट पाल्ने अवस्था रहन्न । हामीले अर्काे एक बर्षमात्रै सुमो ल्याउँछौं, त्यसपछि सुमोको आयात बन्द हुन्छ । सरकारले सुमोको हत्या नै गर्यो । नाडा अटो शोमा कस्ता नयाँ प्रडक्ट आउँछन र अफर के आउँदैछ ? नाडा अटो शो र दशैं अफर करिब उस्तै हुन्छन् । नाडामा गाडी किन्ने र दशैँमा नयाँ गाडी किनिहाल्छन भन्ने छैन् । नाडामा बुक गरिएको गाडी बैंकको प्रक्रिया पुर्याउँदा दशैसम्म पुग्छ नै । टिगोरको विद्युतिय कार सार्वजनिक गर्दैछौं । भारतमै पनि सरकारलाई मात्रै उपलब्ध गराईएको यो गाडी नेपालमा हामीले कस्टुमरलाई देखाउने र नेपालको बाटोमा गुडाएर परिक्षण पनि गर्छाै । उकालो, ओरालोमा कति गुड्छ भनेर हेर्ने हो । भारतमा सार्वजनिक बिक्रीका लागि खुल्ला गरिएपछि मात्रै नेपालमा ल्याउँछौं । नेक्सनको क्रेज भन्ने नयाँ प्रडक्ट आउँदैछ । अटोमेटिक ट्रान्समिसन(एएमटी)मा पनि नयाँ प्रडक्ट ल्याउँदैछौं । विद्युतिय सवारी साधन प्रतिको मोह बढेको देखिन्छ, यसलाई पूर्वाधारले सहयोग गर्छ ? चीनले २०२० र भारतले २०२५ सम्मको लक्ष्य निर्धारण गरेर विद्युतिय सवारी साधनको प्रवद्र्धन लक्ष्य राखेका छन् । चीन र भारतमा विद्युतिय गाडी मात्रै चलाउने हो भने नेपालले पनि विद्युतियमा जानुको विकल्प छैन् । यिनै २ वटा देशमा बनेको गाडीले नै हाम्रो ८० प्रतिशत बजार ओगटेको छ । जब हामीले नै विद्युतिय गाडी मात्रै बेच्ने दिन आयो भने त आफैंले चार्जिङ स्टेशन बनाउनुपर्ने हुन्छ । सुपर चार्जर निर्माण गरेर ३० मिनेट देखि ४५ मिनेटमा चार्ज गरिसक्ने गरि स्टेशनहरुको निर्माण गरिनुपर्छ ।

अमेरिका विरुद्ध आर्थिक र सैन्य गठबन्धन बनाउँदै चीन र रुस

रूस । चीन र रुसले अमेरिका विरुद्ध सैन्य तथा आर्थिक गठबन्धन बनाउन सुरु गरेका छन् । चीनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका विरुद्ध गठबन्धन तयार पारेका हुन् । अब यी दुई मुलुकले मस्को र बेइजिङले द्धिपक्षिय व्यापारमा डलरको प्रयोग गर्ने छैनन् । चीन र रुसले व्यापारका क्रममा अब डलरको साटो आफ्नै मुद्राको उपायेग गर्नेछन् । रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समयमा दुई देशका प्रमुखबीच यस्तो सहमति भएको हो । रुसले शितयुद्धपछि आयोजनाको गरेको सबै भन्दा ठूलो सैन्य अभ्यासमा ३ हजार भन्दा बढी चिनियाँ सेनाहरुले सहभागीता जनाईरहेका छन् । संयुक्त सैन्य अभ्यास र द्धिपक्षिय व्यापारमा डलरलाई निषेध गरेर यी दुई मुलुकले अमेरिका विरुद्ध गठबन्धन बनाएका हुन् । अमेरिकाले चीन र रुसमा उत्पादिन समानहरुमा कर वृद्धि गरेपछि सम्बन्ध चिसिँदै आएको छ । यो निर्णयले बैङ्किङ सेवाको स्थायित्वलाई बढाउने र निर्यात तथा आयातका गतिविधिलाई सुरक्षित बनाउने उनले बताए । पछिल्लो चरणमा अमेरिकी प्रतिबन्धको घोषणाले रसियाली मुद्रा रूबल तथा अमेरिका चीनबीचको व्यापार युद्धका कारण चिनियाँ मुद्रा युआनमा गिरावट आउन थालेपछि उनीहरूले राष्ट्रिय मुद्रालाई नै व्यापारमा प्रयोग गर्ने छलफललाई अगाडी बढाएको पुटिनले बताए । रासस

एनसीसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. बीच बैंकास्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री गरिनेछ। सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्रुडेन्सियल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए।

टीभीएस अपाचे आरआर ३१० अब नेपालमा

काठमाडौँ। नाडा अटो शोमा टीभीएस ले आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० सार्वजानिक गरेको छ। टीभीएस मोटर कम्पनीको, टीभीएस अपाचे आर आर ३१०, टीभीएस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति हो। टीभीएस अपाचे आरआर ३१०, आकर्षक डिजाइन, सुपर शकिशाली इन्जिन, सर्वोत्कृष्ट पर्फर्मेन्स र राइडिड्ड डाइनामिक्सले भरिपूर्ण मोटरसाइकल हो। टीभीएस अपाचे आर आर ३१०, ३१२ सीसी सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन जसले दिन्छ ३४ पी एस २ ९७०० आर पी एम र २७।३ एन एम आर पी एम। सटिक रेस शिफ्टको अबुभव गर्न सकिने ६–स्पिड गियर बक्स भएको यो मोटरसाइकलको अधिकतम स्पिड १६० किलोमिटर प्रति घण्टा रहेको छ ।

अमेरिकी करबृद्धिबाट जोगिन चीन छाड्दै विदेशी लगानीकर्ता, गम्भिर चुनौतीमा चिनियाँ अर्थतन्त्र

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करबृद्धिबाट जोगिन ठूलो संख्याका चिनीया कम्पनीहरुले नयाँ तरिका अपनाउन थालेका छन् । “चीनमा निर्मित” को साटो बस्तुका उत्पादनका लोगोहरुमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको छ । राष्ट्रपति ट्रम्पले करिब ५० अर्ब डलर बराबरका चिनीया बस्तुमा २५ प्रतिशत करबृद्धि गरेको घोषणा गरेलगत्तै विश्वकै दुई सर्वाधिक ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच केही महिनादेखि व्यापारिक तनाव चुलिएको छ । अमेरिकी घोषणा लगत्तै चीनले पनि प्रतिशोध स्वरुप अमेरिकी आयातमा करबृद्धि गरेको छ । शेन्जेनमा सूचीकृत मोटरसाइकलको पार्टपूर्जा बनाउने एच१ कर्पले गत महिना नै भियतनामबाट उत्पादन थाल्नुपर्ने एउटा प्रमुख कारण करबृद्धि हो भन्ने बारेमा लगानीकर्तालाई जानकारी दिएको थियो । कम्पनीले करबृद्धिका असरबाट बच्न उत्पादन कटौती पनि गर्ने बताएको छ । ट्रम्पले अगस्ट महिनामा विद्युतीय बाइक सहित मोटरसाइकल र त्यसका पार्टपूर्जामा नयाँ कर लगाउने घोषणा गरेका थिए । बाइकदेखि टायर, प्लास्टिकदेखि टेक्स्टाइलसम्मका चिनीया कम्पनीहरुले कारखानाहरु अन्य देशतर्फ स्थानान्तरण गरिरहेका छन् । सरकारलाई जानकारी दिएरै स्थानान्तरण गरिएका यी कम्पनीको मुख्य उद्देश्य नै अमेरिका प्रवेश गर्ने वस्तुमाथि लाग्ने अतिरिक्त कर हो । राष्ट्रपति ट्रम्पले गत साता मात्र करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामग्रीमा करबृद्धि गर्ने चेतावनी दिएका थिए । “विश्वभरका कम्पनीहरुले आफ्नो आपूर्ति व्यवस्थामा समीक्षा गर्नुपर्ने अवस्थामा सिर्जना भएको छ,” क्रिस्टोफर रोजर्सले भने । हालैका वर्षहरुमा आपूर्ति प्रणाली चीनले अन्यत्र स्थानान्तरण गरिरहेको छ किनभने चीनभित्रै पनि श्रमिक र वातावरण संरक्षणको लागतमा वृद्धि भइरहेको छ । चीन अहिले कतिपय व्यवसायका लागि त्यति आकर्षक मानिन्न । विज्ञहरु र कम्पनीहरुको भनाइमा करबृद्धिले आगोमा घिऊ थपेको छ । “चीन–अमेरिका व्यापार असमझदारीले विश्वव्यापी आपूर्ति प्रणालीमा तिब्र प्रभाव पार्ने निश्चित छ,” डब्लुटिओ स्टडीजका अनुसन्धान निर्देशक कुई फानले बताए । “अत्यधिक श्रमिक आवश्यक पर्ने कारखानाहरु पलायन हुँदा त्यसले बेरोजगारी समस्या निम्त्याउँछ र यस विषयलाई गम्भीरतापूर्वक विचार गरिनु आवश्यक छ ।” कारखाना अन्यत्र सार्दैमा अमेरिकाको समग्र व्यापार घाटामा कमी ल्याउन मद्दत नगर्ने फानले बताए। खेलौना निर्माता कम्पनी हास्ब्रो, क्यामेरा निर्माता ओलम्पस, जुत्ता निर्माता डेकर्स एन्ड स्टीभ म्याडेन समेतका अरु पनि महत्वपूर्ण कम्पनीहरु चीनबाट पलायन हुन लागेकाले बेइजिङलाई चिन्तित तुल्याएको छ । कमैमात्र छलफल गरिने चिनीया कारखानाहरुले यस्तै रबैया अपनाउन थालेका छन् । झेजियाङ हाइलाइड न्यू मेटेरियल कम्पनीले आफ्ना उत्पादनहरु अमेरिका र अरु मुलुकमा निकासी गर्दछ । अमेरिकी करबृद्धिले यो कम्पनीलाई पनि असर पारेको छ, र अरु २०० अर्ब डलर बराबरका चिनीया सामानमा करबृद्धि घोषणा भए यस कम्पनीको उत्पादनमा धेरै ठूलो प्रभाव पर्नेछ । “अहिले हाम्रो सम्पूर्ण उत्पादन चीनमै भइरहेको छ । करबृद्धि समेतका जटिलताबाट बच्न हाम्रो कम्पनीले लामो छलफल पश्चात भियतनाममा नयाँ कारखाना खोल्न लागेको छ,” कम्पनीका उपाध्यक्षले बताए । उनले करिब १५ करोड ५० लाख लगानीबाट कारखानाको उत्पादनलाई नियमित गर्न सकिने बताए । करबृद्धिको प्रभावबाट बच्न कतिपय तयारी पोशाक उत्पादकहरु म्यान्मार, थाइल्यान्डतर्फ पलायन भएका छन् भने विद्युतीय मोटर उत्पादक एक कम्पनी मेक्सिको गएको छ । त्यस्तै सर्बियामा करिब एक अर्ब डलरमा लिङलोङ टायरले कारखाना स्थापना गर्न लागेको छ । टायर निर्मातामाथि अमेरिकी करबृद्धिले सबैभन्दा बढी समस्या सिर्जना गरेको छ । अन्तर्राष्ट्रिय व्यापारिक अबरोधहरु हटाउन कारखानाहरु अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्थामा कतिपय देशहरु रहेका छन् । रासस

साफ च्याम्पियनसिप : सेमिफाइनलका खेल आज

काठमाडौँ। बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता माल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ । समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ । नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने बताउनुभयो । नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ ।

गोदावरी भिलेज रिसोर्ट र होटेल ग्रिनवीच भिलेजमा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौं। मुक्तिनाथ विकास बैंक लि. र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोल बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा के्रडिट कार्ड भएका सबै ग्राहकहरुलाई उक्त होटेलको सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा १०% विशेष छुट दिने व्यवस्था भएको छ। उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल र गोदावरी भिलेज रिसोर्ट÷होटेल ग्रिनवीच भिलेजको तर्फबाट प्रवन्ध निर्देशक श्री प्रबिन आचार्यले हस्ताक्षर गर्नु भएको छ । यो सुविधा लिन यस विकास बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्ष सम्म प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।