विकासन्युज

अमेरिकी राष्ट्रपति पदकाे प्रतिष्पर्धामा हिलारी क्लिन्टन अगाडि

न्युयोर्क, २ कात्तिक । अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पलाई लिएर गरिएको मत सर्वेक्षणमा सोमबार पनि हिलारी क्लिनटन नै अगाडि देखिएकी छिन् । आगामी नोभेम्बर ८ मा हुने गइरहको यस निर्वाचनको सर्वेक्षणको क्रममा हिलारीका नजिकका प्रतिद्वन्द्वीका रुपमा रहेका अर्का उम्मेदवार डोनाल्ड ट्रम्प पछाडि नै परेका छन् । किनीपियाक विश्वविद्यालयले गरेको एक यस सर्वेक्षणका अनुसार कोलोराडो, फ्लोरिडा, पेन्सिल्भिनियामा क्लिन्टन अगाडि देखिएकी छिन् भने ओहिओमा ट्रम्प अगाडी छन् । महिला विरुद्धका विवादित अभिव्यक्तिका कारण ट्रम्प अझ पछाडि परेका सर्वेक्षणकर्तो जनाएका छन् । सिएनएन र फक्स न्युजले गरेको सर्वेक्षणमा उनका पछिल्ला अभिव्यक्ति, विगतका गलत गतिविधि सार्वजनिक हुनुले नै ट्रम्प पछाडि पर्नुको प्रमुख कारण भएको जनाइएको छ । करिब एक हप्ता अगाडि मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयमा आयोजित दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहसमा पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिएको थियो । सन् २००५ मा रेकर्ड गरिएको उक्त टेपमा स्थानीय एक बसमा अमेरिकी एनबीसी टेलिभिजन कार्यक्रम प्रस्तोता बिल्लि बुश र ट्रम्पसँगै यात्रा गरिरहेको बखत कुराकानी भएको दृष्य देखाइएको थियो । कुराकानीको क्रममा ट्रम्पले “तिमी चलचित्र (हलिउड) का एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरे पनि हुन्छ” भनेका रहेछन् । साथै, कुराकानीकै क्रममा बुशले तपाईं पनि केटीहरु खेलाउन माहिर हुनुहुँदो रहेछ भन्दै दुबै जनाले महिलाहरुका नितम्ब, तिघ्रा, पिँडुलाको चर्चा गरेका सार्वजनिक भएको थियो । “महिलालाई जे गरेपनि हुन्छ” भन्ने अभिव्यक्तिले कोही पनि महिलालाई उनको स्वीकृतिबिना अङ्गालोमा कस्ने वा चुम्बन गर्ने जस्ता यौनजन्य दुव्र्यबहार गरे हुन्छ भन्ने अर्थ लाग्छ भन्ने अडान लिइ क्लिन्टनले कस्सिएर ट्रम्पलाई आच्छु आच्छु पारेकी थिइन् । क्लिन्टनको यस अडानले दर्शकबाट समर्थनको ओइरो पायोे र ट्रम्प तत्काल सो बिगतको घटनाका लागि माफी माग्न बाध्य भए । निर्वाचनको ठीक एक महिनापूर्व सञ्चालित यस कार्यक्रमले विजयको गन्तव्यतर्फ क्लिन्टनको थप कदम बढेको अनुमान गरेका छन् । एजेन्सी

नेपाल उद्योग वाणिज्य महासंघ फेरी विवादमा फस्याे, कात्तिक ४ काे विशेष साधारणसभा अन्याैलमा

काठमाडौं, २ कात्तिक । कात्तिक ४ गतेका लागि आह्वान गरिएको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित हुने सम्भवना बढेकाे छ । महासंघकाे  विधान संसाेधन गर्नकाे लागि बाेलाइएकाे उक्त  विशेष साधारणासभा  विधिसम्मत नभएकाे भन्दै महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार र  महासंघका कार्यकारिणी सदस्य गोविन्द घिमिरेले विशेषसाधारणसभा राेक्न अन्तरिम आदेशको माग गर्दै अदालत दर्ता गराएकाे उजुरी माथि सुनुवार्इ गर्दै  उच्च अदालत, पाटन ललितपुरले विशेष साधारणसभाकाे प्रक्रिया यथास्थितिमा राख्न अादेश दिएकाे छ । अदालतले रिट निवेदनमा विपक्षी बनाइएका सबैलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।अदालतमा परेको रिटमा उद्योग वाणिज्य महासंघ, कार्यकारिणी समिति, , महासंघका निमित्त महानिर्देशक मिना श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय काठमाण्डौ लगायतलाई विपक्षी बनाइएको छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीश भीमकुमार ओझाको एकल इजलासले विशेष साधारणसभाविरुद्ध कात्तिक ३ गते बुधबारसम्मका लागि अन्तरिम आदेश दिएको हो । अदालतले बुधबार नै अन्तरिम आदेशको बिषयमा छलफल गर्नुपर्ने आवश्यकता औंल्याउँदै विपक्षीहरुलाई समेत बोलाएकाे छ । कात्तिक ३ गतेकाे छलफलमा महासंघकाे  विशेष साधारणासभाकाे बैधानिक रूपमा हुन लागेकाे दावी पेश गर्ने र साधारणासभा सुचारू रूपमा हुने महासंघका उपाध्यक्ष किशाेर प्रधानले बताए । अध्यक्ष पशुपति मुरारका निवेदनमा उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिले गैरकानूनी ढंगले संविधानप्रदत्त अधिकार र महासंघको विधानलाई समेत बेवास्ता गर्दै विशेष साधारणसभा आह्वान गरिएको र विधान संसोधनको नाममा खुल्ला प्रतिस्पर्धालाई बेवास्ता गरी वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने खेल भएको तर्क गरिएको थियो । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा र अधिवक्ताहरु टिकाराम भट्टराई र गोपालदत्त पाण्डेयले बहस गरेका थिए । याे पनि पढ्नुहाेस् : महासंघलार्इ चुनाव लाग्याे, भवानी राणालाई अध्यक्ष बनाईदै, उपाध्यक्षमा कडा प्रतिस्प्रर्धा हुने

बङ्गलादेशका कलेजमा नेपाली विद्यार्थी ठगिए, चिकित्सा शिक्षा दिने आठ वटा कलेजमा नेपाली विद्यार्थी पठाउन रोक

काठमाडौँ, २ कात्तिक । शिक्षा मन्त्रालयले अवैध र गुणस्तरमा कमजोर मानिएका बङ्गलादेशका चिकित्सा शिक्षाका आठ संस्थामा नेपाली विद्यार्थी पठाउन रोक लगाएको छ । दक्षिण एसियाली मुलुकमा मेडिकल शिक्षामा राम्रो मानिएको सो मुलुकका केही शैक्षिक संस्थाले गैरकानुनी काम गरी विद्यार्थी अलपत्र पारेको पाइएपछि ‘नो अब्जेक्सन लेटर’ (सहमतिपत्र)मा रोक लगाएको हो । बङ्गलादेशको शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले केही मेडिकल कलेजलाई निलम्बित गरी भर्ना रोक्का गराएका बारे ढाकास्थित नेपाली दूतावासमा पत्र आएपछि शिक्षा मन्त्रालयले भर्ना रोक्का गराउन सहमतिपत्र नदिने निर्णय गरेको हो । त्यहाँका अवैध मानिएका शिक्षण संस्थामा ढाकाका आइबिएआइए विश्वविद्यलय ढाका, क्युइन्स विश्वविद्यालय र चटगाउँका अन्तर्राष्ट्रिय इस्लामिक विश्वविद्यालय, बिजिसी ट्रस्ट विश्वविद्यालय छन् । यस्तै निलम्बित निजी मेडिकल कलेजमा नर्थेन मेडिकल कलेज, नाइटिङ्गेल मेडिकल कलेज, सिटी मेडिकल कलेज, बिजिसी ट्रस्ट मेडिकल कलेज छन् । नेपालका कतिपय शैक्षिक परामर्श केन्द्रले अवैध कलेजमा पनि विद्यार्थीसँग सस्तो शुल्क भन्दै पठाउने गरेका कारण समस्या आउने गरेको पाइएको छ । शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले त्यहाँका केही शिक्षण संस्थाले आफूखुसी शुल्क लिने, तोकिएको मापदण्ड पूरा नगर्ने र विद्यार्थीलाई अन्योलमा पारी प्राज्ञिक जीवन र लगानीसमेत धरापमा पारेको भन्ने गुनासो आउने गरेको र सम्बन्धित सरकारसँगको सञ्चारका आधारमा नियमन गराइएको बताए । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा दीलिप शर्माले त्यहाँको सरकारले अवैध र मापदण्डविपरीत भित्र पारेकामा आफूहरुले पनि विद्यार्थी नपठाउने बताउँदै हाल केही विद्यार्थीबाट त्यस्ता शिक्षण संस्थाबारे गुनासो आउने गरेको बताउनुभयो । शर्माले आवश्यक क्षमताभन्दा बढी विद्यार्थी लिने केही मेडिकल कलेजबारे गुनासो आएको छ, त्यसबारे शिक्षा मन्त्रालयसँग समन्वय हुने जनाउनुभयो । त्यहाँको सरकारी कलेजको स्तरमा भने कुनै प्रश्न नआएको बताए । तर नेपाल चिकित्सक सङ्घका अध्यक्ष मुक्तिराम श्रेष्ठले सार्क मुलुकमा बङ्गलादेशुक मेडिकल शिक्षामा राम्रो मानिएको बताए । कानुनबमोजिम नचलेकाका सम्बन्धित सरकारले आवश्यक निर्णय गर्ने भए पनि आफूहरुको जानकारीमा विद्यार्थीबाट गुनासो नआएको उनको भनाई छ । सो मुलुकमा एमबिबिएसमा भर्ना प्रवेशका लागि लागि ७.५ ग्रेड ल्याउनुपर्ने प्रावधान छ । चीन र रसियापछि बङ्गलादेशको चिकित्सा शिक्षा राम्रो मानिन्छ । नेपाली विद्यार्थी चिकित्सा शिक्षाका लागि बङ्गलादेश, चीन, रसिया, भारत, इजिप्टलगायतका मुलुक पनि पुग्ने गरेका छन् । हाल शिक्षा मन्त्रालयबाट वार्षिक करिब २५ हजार विद्यार्थीले विदेशमा उच्च शिक्षाका लागि नो अब्जेक्सन लेटर लिने गरेका छन्, जसबाट वार्षिक १२ अर्ब रुपैयाँ भन्दा बढी पुँजी पलायन हुने गरेको छ । रासस

इन्डोनेसियन पुँजीबजारको अध्ययन भ्रमणपछि धितोपत्र बोर्डकाे निष्कर्ष, बचत संस्कृतिलाई लगानी संस्कृतिमा बदल्नु पर्ने

काठमाडौं, २ कात्तिक । बचतको संस्कृतिलाई लगानीको संस्कृतिमा परिवर्तन गर्न लगानीकर्ता प्रशिक्षण कार्य विशेष महत्वका साथ सञ्चालन गर्नुपर्ने आवश्यकका नेपाल धितोपत्र बोर्डले औल्याएको छ । साथै बजार सहभागीहरु सरोकार व्यक्ति तथा संस्थालाई समेत नियममार्फत जिम्मेवार बनाउनु पर्ने आवश्यकता बोर्डले औल्याएको छ । विश्वको विकसित तथा उदीयमान धितोपत्र बजारको अध्ययन भ्रमण गर्ने गराउने क्रममा इन्डोनेसियाको पुँजीबजार, बैकिङ्ग, बीमा र पेन्सन योजनाको एकीकृत नियमन निकाय इन्डोनेसिया फाइनान्सियल सर्भिस अथोरिटी (ओजेक) तथा इन्डोनेसियन पुँजीबजारको अध्ययन भ्रमणको लागि धितोपत्र बोर्डको समन्वयमा एक हप्ते अध्ययन भ्रमण सम्पन्नपछि धितोपत्र बोर्डले उक्त निष्कर्ष निकालेको हो । बोर्डको सञ्चालक समिति सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा गरिएको उक्त अध्ययन भ्रमणमा बोर्डका विज्ञ सदस्य नीलबहादुर सारु मगर, बोर्डका निर्देशक डा. नवराज अधिकारी, नागरिक लगानी कोषका अध्यक्ष तथा पूर्व शिक्षा सचिव महाश्रम शर्मासहितका बोर्ड सदस्यहरु र मुख्य व्यवस्थापकको सहभागिता रहेको थियो । त्यस्तै, धितोपत्र बजारको नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईओएससीओको पूर्ण सदस्यता प्राप्तिको तयारी कार्यलाई प्रभावकारी बनाउनको लागि तत्सम्बन्धी कार्यको जिम्मेवारी एक ‘प्रतिवद्ध टिम’लाई दिनुपर्ने र बोर्डको पुँजीबजार सम्बन्धी नियमन स्वायत्ततामा वृद्धि गर्नु पर्ने जनाएको छ । इन्डोनेसियाको विकसित धितोपत्र बजार एव्ां वित्तीय क्षेत्रको स्वायत्त एकीकृत नियमन निकायबाट पुँजीबजार एवं नियमन सम्बन्धी विभिन्न पक्षहरुको अध्ययन गर्ने क्रममा धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईओएससीओको एशोसियट सदस्य नेपालले साधारण सदस्यता प्राप्त गर्न गर्नुपर्ने तयारी, धितोपत्र व्यापारी, बजार निर्माता सम्बन्धी व्यवसाय संचालन पूर्वाधार तथा व्यवस्था, लगानीकर्ता शिक्षा, धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षणका विविध पक्षहरु र पुँजीबजार तथा पेन्सनकोष सञ्चालन गर्ने महत्वपूर्ण संस्थाहरु सम्बन्धी जानकारी प्राप्त बोर्डले जनाएको छ । अध्ययन भ्रमणको क्रममा लगानी कम्पनीको रुपमा रहेको सूचिकृत कम्पनी नागरिक लगानी कोषले प्रदान गर्ने विभिन्न सेवाहरु र योजनाको सहभागीहरुको सुरक्षाको लागि कोषको गतिविधिहरुको अनुगमन तथा सुपरिवेक्षण हुनुपर्ने तथा धितोपत्र व्यापारीको कार्य गर्न नागरिक लगानी कोषमा उच्च दक्ष व्यवसायिक जनशक्तिको व्यवस्था एवं आन्तरिक सुशासनमा सुधार हुनुपर्ने ज्ञानबोध भएको बोर्डले जनाएको छ ।

बोनस सेयर सूचिकरणमा गडबढी भेट्टिएपछि लुम्बिनी फाइनान्सको सेयर कारोबार बन्द

काठमाडौं, २ कात्तिक । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको सेयर कारोबार बन्द गराएको छ । सिडिएसले मंगलबार नेप्सेलाई पत्र लेख्दै उक्त फाइनान्सको कारोबार बन्द गराएको हो । स्रोतका अनुसार उक्त फाइनान्स कम्पनीको बोनस सेयर सूचिकरणको क्रममा गल्ती भेटिएपछि कारोबारमा रोक लगाएको हो । उक्त गल्ती कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटलबाट भएको हो । बोनस सेयर सूचिकरणको क्रममा केही सेयरधनीको बोनस सेयर हुनु पर्नेभन्दा कम विवरण बुझाएको स्रोतले बतायो । सामान्य प्राविधिक कारणले सेयर कारोबार रोकिन गएकोले त्यसलाई सच्याएर तत्काल सेयर कारोबार खुलाउन पहल भएको लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले बताए । एक दुई दिनमा नै सेयर कारोबार खुला हुने उनले बताए ।

कतार एयरवेजको अल सफ्वा फष्ट लाउन्ज ‘सेभेन स्टार लग्जर हस्पिटालिटी एण्ड लाइफस्टाइल अवार्ड’द्वारा सम्मानित

कतार, २ कात्तिक । कतार एयरवेजको हमाद अन्तरराष्ट्रिय विमान स्थल स्थित विशेष अल सफ्वा फस्र्ट लाउन्जलाई बहुप्रशिक्षित सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्डबाट सम्मानित गरिएको छ । सेभेन स्टार लग्जरी हस्पिटालिटी एण्ड लाइफस्टाइल अवार्ड्सले मारबेला स्पेनमा १५ अक्टोबरमा आयोजित अवार्ड कार्यक्रम मार्फत कतार एयरवेजलाई सो अवार्डबाट सम्मानित गरेको हो । ‘अस्कर्स अफ लग्जरी’का रुपमा सम्मान प्राप्त उक्त अवार्ड वितरणका लागि संस्थाले उत्कृष्ट हस्पिटालिटी र लाइफस्टाइल ब्राण्ड्स मध्यबाट सर्वोत्कृष्टको छनोट गरी ‘सिल अफ एक्सिलेनसी’ सम्मान प्रदान गरिन्छ । कतार एयरवेजको अल सफ्वा फस्र्ट लाउन्ज‘सिल अफ एक्सिलेनसी’ अवार्ड प्राप्त गरी सिल अफ एक्सिलेन्सी प्राप्त संस्थापनाहरुको एलिट क्लासमा समाहित हुने अवसर प्राप्त गर्ने विश्वकै पहिलो लाउन्ज हुन सफल भएको छ । ‘अल सफ्वा फस्र्ट लाउन्जलाई प्रतिस्थित सेभेन स्टार अवार्डद्वार सम्मानित गरिएकोमा हामीलाई निकै गर्वको महशुस भएको छ ’कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकरले भने ‘ हामी आकासका साथै जमिनमा समेत आफ्ना उपभोक्तालाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्न सँधै प्रयासरत छौँ । आफ्ना प्रयासका लागि सम्मानित हुन पाउँदा भविष्यमा आफ्ना सोव तथा सुविधा थप सुदृढ गर्दै लैजान हामीलाई थप प्रेरणा मिलेको अनुभव गरेका छौँ ।’ दोहाको म्यूजियम अफ ईस्लामिक आर्टद्वारा अभिप्रेरित कतार एयरवेजको अल सफ्वा फस्र्ट लाउन्जमा ईस्लामिक लोक कला स्थापना गरिनुका साथै विभिन्न कलाकृतिहरु दोहाको राष्ट्रिय सङ्ग्रहालय मार्फत ल्याएर निरन्तर सहकार्यको अङ्गका रुपमा प्रदर्शनीमा राखिएका छन् । यात्रुहरुले आ ला कार्टे डायनिङ, फूल विजनेश सेन्टर, लग्जरी स्पा, सिनेम्याटिक मिडिया तथा गेम्स रुम तथा पारिवारिक क्षेत्रको मज्जा समेत लिन सक्छन् । यहाँ स्थित प्राइभेट रुमहरुमा बेड, टीभी, डेस्क तथा शावर सहितको नीजि बाथरुम समेत उपलब्ध गरिएका छन् । साथै, उपभोक्ताले कतारको अरेबियन हस्पिटालिटीका साथै उपलबध गरिएका लग्जरियस स्पेसको मज्जा समेत लिन सकिने कम्पनीले जानकारी दिएको छ । सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्ड र सिल अफ एक्सिलेनसी पाउनु निकै सम्मानको कुरा रहेको बताउँदै कतार एयरवेजका वरिष्ठ उपाध्यक्ष –कस्टमर एक्स्पेरियन्स) रोसेन डिमिट्रोभले उपभोक्तालाई यात्राको समयमा सर्वोत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको अथक तथा निरन्तर प्रयासको पहिचान गरेको अनुभव भएको बताए । सञ्चालनको पहिलाृ बर्षमै रहेको अल सफ्वा फस्र्ट लाउन्जले उपभोक्तालाई लग्जरीको अनुपम अनुभुति प्रदान गरिरहेको र भविष्यमा थप अझ बढी यात्रीलाई अझ गुणस्तरिय अनुभव प्रदान गर्न कम्पनीलाई अभिप्रेरित गरेको उनले बताए । कतार एयरवेजको ए३८० विमानको प्रिमियम फ्लिटको फस्र्ट क्लास मार्फत लण्डन, पेरिस, बैंकक्, चीनको ग्वाङचाउ र भरखरै सिड्नीमा यात्रा गर्ने यात्रुका लागि अल सफ्वा लाउन्ज उपलब्ध रहेको छ । सिड्नीमा सेप्टेम्बर १५देखि ए३८० सेवा सुचारु गरिएको हो । सेभेन स्टार फस्र्ट क्लास लाउन्ज अवार्डका साथै कतार एयरवेजले यसै बर्ष वल्र्ड्स बेष्ट बिजनेश क्लास, बेष्ट बिजनेश क्लास एयरलाइन लाउन्ज र बेष्ट एयरलाइन स्टाफ सर्भिस ईन मिडल ईष्ट अवार्डपनि प्राप्त गरिसकेको छ ।

अशोक लेलैण्डद्वारा भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको अनावरण

काठमाडौं, २ कात्तिक । हिन्दुजा ग्रुप अन्तर्गतको फ्ल्याग्शिप ब्राण्ड, अशोक लेलैण्डले भारतको पहिलो सर्किट इलेक्ट्रिक बसको आफ्नो चेन्नाई अवस्थित कर्पाेरेट अफिसमा अनावरण गरेको छ । पूर्णतया इण्डियामा डिजाइन तथा इन्जिनियरिङ्ग गरिएको उक्त बस भारतीय रोड तथा लोडको अनुसार जिरो एमिशन भेहिकलको रुपमा अनावरण गरिएको हो । भारतको तामिल नाडुका चिफ सेक्रेटरी अम्बुज शर्मा आइ.ए.एसका अनुसार – “भारतको पहिलो तथा भारतमै निर्मित पूर्णरुपमा विद्युतीय बसलाई सर्वसाधारणको यातायातका लागि प्रयोगमा ल्याउन पाएको एउटा निकै ठूलो उपलब्धी हो र अशोक लेलैण्डले यो कामयाबी हासिल गरेकोमा हामी एकदमै खुशी छौं । यस गाडीले सरकारको ८ लाख करोडको फ्यूल आयात घटाउने लक्ष्यलाई सहायता गर्ने र स्वच्छ भविष्यको लक्ष्य प्राप्तिमा सहयोग गर्नेछ ।” उक्त बसलाई सन् २०२० सम्म इलेक्ट्रिक/हाइब्रिड भेहिकलको संख्या २०५ ले बढाउने लक्ष्य लिएको नेशनल इलेक्ट्रिक मोबिलिटी प्लान अनुरुप बजारमा ल्याइएको हो । जिरो टेलपाइप एमिशन तथा न्यून ध्वनि प्रदुषण बाहेक उक्त बसले संचालन खर्च पनि न्यून बनाउने छ । अशोक लेलैण्डका म्यानेजिङ्ग डाइरेक्टर विनोद दशारीका अनुसार – “यस बसले ग्राहकहरुलाई करीब ४–५ वर्ष भित्रमा पे—ब्याक प्रदान गर्नेछ । यो सर्किट बसको सिरिजको अनावरणले अशोक लेलैण्डको भारतको टेक्नोलोजिकल इन्नोभेसन प्रयोग गरी सान्दर्भिक तथा वर्गमै उत्कृष्ट समाधानहरु भारत लगायत विश्वलाई नै पस्कने प्रतिबद्धता अझै प्रमाणित गरेको छ ।” अशोक लेलैण्डले हाल १२ टन बसको वर्गमा ६०५ बजार ओगट्न सफल छ ।

राष्ट्रिय वाणिज्य बैंकको बोर्ड छ तर सुविधा छैन

म्याग्दी, २ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकद्वारा पश्चिम क्षेत्रको दरवाङ बजारमा सञ्चालित शाखारहित बैंकिङ सेवा प्रभावकारी बन्न सकेको छैन । उक्त ठाउँमा बैंकको बोर्ड राखिएको छ, तर सुविधा भने शून्य छ । द्वन्द्वकालमा विस्थापित बनेको दरवाङ शाखा पुनःस्थापना गर्नुअघि वाणिज्य बैंकले शाखारहित बैकिङ् सुविधा उपलब्ध गराउन स्थानीय ओम पुनलाई आधिकारिक जिम्मेवारी दिएको थियो । तर, पुनले शाखाको ‘उद्घाटन’ नभएको भन्दै काम नगरेपछि सो क्षेत्रका सेवाग्राही मारमा परेका छन् । उद्योग वाणिज्य सङ्घ दरवाङ इकाइका अध्यक्ष मोतीराज उपाध्याय गौतमले शाखारहित बैकिङ सुविधामा धेरै सेवा पाइने भए पनि दरवाङबाट त्यो पाउन नसकेको बताए । उक्त शाखा पुनःस्थापना गर्न दरवाङ क्षेत्रका उद्योगी व्यवसायीले जिल्लास्थित सरोकारवाला निकायलाई निरन्तर माग गर्दै आएका छन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको दरवाङका व्यवसायीले शाखा पुनःस्थापनाका लागि वार्षिक आठ करोडदेखि १० करोड रुपैयाँसम्म निक्षेप सङ्कलन गर्ने प्रतिबद्धता जनाएका थिए । वाणिज्य बैंक म्याग्दी शाखाका प्रबन्धक धुव्रराज पनेरुले आफू आउनु पूर्व नै दरवाङमा पुनलाई जिम्मेवारी दिइएको बताए। रासस