विकासन्युज

चिसो बढ्न थाल्याे , राजधानीकाे तापक्रम ८.६ डिग्रीमा झर्यो

काठमाडौ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ८.६ डिग्रीमा झरेको छ । तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार चिसो क्रमिकरुपमा बढ्ने क्रममा रहेको छ । तापक्रम घटेपछि उपत्यकामा बिहान र बेलुकी बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको उनले बताए । लामो समयसम्म पानी नपरेकाले धूलोका कारण वायुमण्डल प्रदूषित भएको मौसमविद् अर्यालले बताए । अझै केही दिन पानी नपर्ने बताइएको छ । उपत्यकाको अझै तापक्रम घटेर शून्य डिग्रीमा पुग्ने अनुमान गरिएको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिकलाई सजग गरिएको छ । रासस

असनबाट यसरी भित्रिदै छ तिहार(फोटो फिचर)

  तिहारले व्यस्त असन बजार । तिहार नजिकिदै गर्दा आफ्नो पसल सजाउदै एक व्यापारी पसलमा ढाका टोपी छान्दै महिला दिदीबहिनीहरुः प्राय भाई टिकामा आफ्ना दाजुभाईलाई दिदीबहिनीले ढाका टोपी उपहार दिने चलन परापुर्व देखि चल्दै आएको छ । चाडपर्वको मौका छोप्दै आफ्नो पढाई खर्च निकाल्न असनको गल्लीमा रंग बेच्दै एक बालक र संगै एक माला व्यापारी माला मिलाउदै । तिहारमा विशेष गरि धनकी देवी लक्ष्मीको पुजा गरिने परम्परा रहेको छ । असनमा बिक्रीका निम्ति सजाएर राखिएका लक्ष्मी भगवानका तस्विर । रंग किन्ने ग्राहक पर्खदै पसल अघि एक बालिका: तिहारमा भाईटिकाका निम्ति सात रंगको प्रयोग गरिन्छ । साथै, अहिले नेपालमा पनि रंगौली बनाएर लक्ष्मी पुजा गर्ने चलन बढेको हुदा रंगको प्रयोग पनि बढेको छ । भाईटिकामा दिदिबहिनीले आफ्ना दाजुभाईको सत्रु नास हुन् / पराजित हुन भन्ने उद्धेश्यले ओखर फुटाएर खुवाउने चलन रहेको हुदा यो फलको पनि बिशेष महत्व रहेको छ । भाईटिकाका लागि मखमली फुलको माला बेच्न पसलमा माला मिलाउदै पसल साउनी भाईको आयु पनि मखामलिफुलाको जस्तै अमर होस् ,भाईको जिवन कहिले नोईलाओस भन्ने विश्वासले यो फुलको माला लगाईदिने प्रचलन छ । सडक किनारमा बेच्न राखिएको रातो माटोः रातो माटोले घर लिपेर सफा गरने र लक्षमी भित्राउने चलन रहेको छ ।

६२ लाख रुपैंयाको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला, ४४ हजारले गरे अवलोकन

काठमाडौं । १२औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ । तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैंयाको फूल बिक्री भएको थियो । उक्त मेलाको अन्तिम दिन आइतबार मात्र ५ हजार बढीले अवलोकन गरेका छन् । आइतबार मात्र साढे ११ लाख रुपैंयाको फूल बिक्री भएको मेलाको आयोजक फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ । प्रदेश नं ३ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांक भन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ । मेलामा पहिलो दिन ९ हजार ५ सय अवलोकनकर्ता पुग्दा करिब १३ लाख रुपैंयाको कारोबार भएको थियो । दोस्रो दिन १२ हजार बढीले अवलोकन गरेको मेलामा १६ लाख ५० हजार बढीको कारोबार भएको थियो । तेस्रो दिन शनिबार १७ हजार अवलोकनकर्ता पुगेको मेलामा २१ लाख रुपैंयाको कारोबार भएको थियो । चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बराबरको कारोबार हुने अपेक्षा गरिए पनि ६२ लाख रुपैंयाभन्दा बढीको कारोबार भएको हो । प्रदर्शनीमा ४५० भन्दा बढी जातका फूलका ४८ वटा कक्ष समावेश थिए । प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो । ‘रोपेर फूल गोदावरी सजाआैँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी बिक्री भएका छन् । २०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्य स्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक गत आर्थिक वर्षको अन्त्य सम्ममा ४३ जिल्लामा विस्तार भइसकेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन खोल्यो ७ नयाँ शाखा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एकैदिन ७ वटा नयाँ शाखाहरुको उद्घाटन गरेको छ । कम्पनीले धनगढी, महेन्द्रनगर, दैलेख, डडेल्धुरा, टिकापुर, नेपालगंज, सुर्खेत, दैलेखमा थप शाखाहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो । धनगढी शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र प्रदेश न. ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी, कम्पनीको नायब कार्यकारी अधिकृत निराजन कंडेलको साथमा महेन्द्रनगर शाखाको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, डडेल्धुरा शाखाको अमरगढ़ी नगरपालिकाका मेयर बिशेश्वरप्रसाद ओझा, दैलेख शाखाको जिल्ला समन्वय समितिका कायम मुकायम प्रमुख बालकृष्ण केसी र प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेल, टिकापुर शाखाको टिकापुर महानगरपालिकाका उपमेयर केशरी विष्ट रावल, नेपालगंज शाखाको नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, सुर्खेत शाखाको प्रदेश न.६ का आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला बुढाथोकीले उद्घाटन गरेका थिए ।

मुटूरोग पत्ता लगाउने नयाँ प्रविधी भित्रिदै, घरमै बसेर प्रयोग गर्न सकिने

काठमाडौं। स्वास प्रश्वासमा धिमा गती हुने लक्षण पछि अस्पताल आईपुग्दासम्म विरामीको उपचारको लागि धेरै ढिला भइसकेको हुनसक्छ यसर्थ यस्ता मुटूको रोगीहरुको जीवन सुरक्षणको लागि वारम्बार अस्पताल धाउन नपर्ने गरी घरैबाट उपचारको थालनी गरेर यस्ता रोगको लक्षण पत्ता लगाउने नयाँ प्रविधी बजारमा आउन लागेको छ। बजारमा छिटै आउन लागेको नयाँ प्रविधि भेस्टले विरामीको कपडाको माथि लगाएर फोक्सोमा भएको कृयाकलापलाई परिक्षण गर्ने गर्दछ । जब मुटूले राम्ररी रगत प्रवाह गर्न छोडछ,  तब स्वास प्रश्वासको तथा अन्य कारणले फोक्सोमा तरल पदार्थ थुप्रिन थाल्छ । यो प्रकृया विरामीले चालै नपाई एक दुई हप्ता अघिनै शुरु भईसकेको हुन्छ तसर्थ उपचारको लागि हतारिनु भन्दा यो नयाँ प्रविधि फोक्सोमा भेस्ट प्रयोग गरेर ३ मिनेटमै लक्षणहरु थाहा पाउन सकिन्छ । जसको सहयोगमा सुचना प्रवाह गर्ने र औषधी उपचार, खानपिनमा सयमता लगायत सजगता अपनाउन सकिन्छ । हरेक मुटू रोगीले विशेषत पर्यावरणीय दुषितबाट जोगीनु पर्ने कुरामा विशेष जोड दिनपर्छ। भारत सरकारबाट पंजाब रत्नको उपाधीबाट सम्मानित भईसकेका विश्वविख्यात हृदय रोग विशेषज्ञ डा. रजनिश कपुर  जटिल हृदय सम्बन्धि कार्यशाला गर्न नेपाल आएका थिए। उनको भनाई अनुसार सबै व्यक्तिहरु हृदयधातका कारण मर्दैनन् प्रायजसो ह्दय रोगका विरामीहरु हृदयले राम्रो संग रगत प्रवाह नगर्ने समस्याका कारण पिडीत छन् । उनले हरेक मनिसले तनाव रहित जीवनशैलि बाँच्नको लागि प्रसस्त फलफूल तथा सागसब्जी खाने, नियमित व्यायाम गर्ने धुम्रपान तथा मद्यपान त्याग्ने प्रसस्त झोलिलो पदार्थ पिउने, पर्याप्त मात्रा सुत्ने र तनाव रहित जीवन जिउनुपर्ने कुराको जोड दिएका छन् । अध्ययन अनुसार प्रत्येक बर्ष नेपालमा ४ मध्ये १ जना मृत्युको कारण हृदय रोग हुने गरेको छ । हृदय रोग जोखिम कारकहरुको बृद्धिले गर्दा  २०३० सम्ममा यसले  मृत्यु दरको ३५% ओगटने अनुमान गरिएको छ हृदय रोग बृद्ध उमेरका मानिसहरुमा बढि प्रभावित हुन्छन र मधुमेह र मोटोपनाको कारण पनि हृदयरोगको व्यापक बृद्धि भइरहेको छ भनेर डा. कपुरले भन्नु भएको छ । हृदय रोगको मूत्यु दर कम गर्नको लागि आधुनिक उपचार विधिद्वारा मेदान्त अस्पताल सधैनै प्रथम स्थानमा छ र रहिरहने छ भनेर डा.कपुरले भनेका छन्। एफ. एफ. आर. प्रविधिको प्रयोगले अनावश्यक स्टेन्टिङ रोक्दछ । २१ औं सताब्दीको नविनतम प्रविधि जसलाई ओसिटी हो र जसले स्टेन्ट्स हरुको सहि व्यवस्थापन गर्न सहायता गर्छ जसले गर्दा शत प्रतिशत मुटुमा रगतको प्रवाह गरी र उपचारमा ५ गुणासम्म दक्षता ल्याउँछ । वाईपास सर्जरी गरी जोखीमपूर्ण भएका विरामीहरुमा यो ज्यादै उपयोगी छ भनेर उनी भन्छन्। मिनिएचर प्रविधिको हृदय रोगीहरुका लागि एक वरदान हो भनेर डा. कपुर भन्छन् यस प्रविधिमा विरामीको विभिन्न हृदयको चेम्बरहरुमा थुप्रै सेन्सरहरु सटिक रुपमा राखिन्छ जसले मुटुको समन्वय बढाउँछ यी सेन्सरहरुले रगतमा अक्सीजनको मात्रा, शारिरिक गतिविधि, शरिरको तापक्रम, एडे«नलाइन र हार्मोनका स्तरलाई अनुगमन गरेर यसलाई स्वस्थ मुटुको गति सरह चलाउन मद्दत गर्दछ ।

सानिमा जनरल इन्स्सोरेन्स र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लिमिटेडबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्वन्धमा बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ । कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब रुपैयाँ र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्ष भित्र ३० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।

माथिल्लो तामाकोसीमा आइतबारसम्म ४ अर्बको आवेदन, कतिले भरे आईपीओ ?

काठमाडौं । माथिल्लो तामाकोसीको साधारण सेयर (आईपीओ) खुलेको तेस्रो दिनको कार्यालय समयसम्म करिब ४ अर्ब रुपैंयाको आवेदन परेको छ । आइतबार ५ बजेसम्म अपडेट अनुसार ३ अर्ब ९९ करोड ७३ लाख रुपैयाँको आवेदन परेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए । उनका अनुसार सो समयसम्म २ लाख ६ हजार ९९१ जनाले तामाकोसीको आईपीओका लागि आवेदन दिएका छन् । मागभन्दा बढी आवेदन परेपछि निर्धारित समयमै आईपीओ निष्कासन बन्द हुने भएको छ । आईपीओ भर्ने अन्तिम दिन सोमबारसम्म तोकिएको छ । कम्पनीले सर्वसाधारणका लागि चुक्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ गत बिहीबारदेखि निष्कासन गरेको छ । कोषका अनुसार आईपीओका लागि न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिने पाइने छ । नेपाल धितोपत्रबाट स्वीकृती प्राप्त सी–आस्वाका सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आईपीओ भर्न सकिने कोषले जानकारी दिएको छ । आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दाले भर्न नपाउने भएका छन् । तामाकोसीले निष्कासन गर्न लागेको यो अन्तिम आईपीओ हो । स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ । आयोजनाले यसअघि नै सञ्चय कोषका स्थानीयबासी र सञ्चयकर्ता समेत गरी ५ लाख भन्दा बढीलाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ ।

स्पर्स लघुवित्तको ३२.५ प्रतिशत आईपीओ पारित, पुँजी ८ करोड २९ लाख पुग्ने

काठमाडौं । सपर्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३२.५ प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । आइतबार सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम जारी पुँजीको ३२.५ प्रतिशतले हुन आउने २ करोड ६९ लाख रुपैयाँ बराबरको २,६९,६३० कित्ता साधारण सेयर सर्वसधारणलाई निष्कासन गर्ने छ । हाल कम्पनीको जारी पुँजी ८ करोड २९ लाख रुपैयाँ रहेको छ । विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, जारी पुजीलाई वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई ७०ः३० को अनुपातबाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने तथा थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित भएको छ । जनता बंैक नेपाल लि, मेगा बैंक नेपाल लि. र ७५ जना व्यवसायिक तथा प्रतिष्ठित व्यक्तित्वहरुले प्रर्वद्धन गरेको यो वित्तीय संस्थाले हाल २० वटा शाखा मार्फत करिब १२,००० सदस्यहरुलाई ४६ करोड कर्जा लगानी गरेको छ । साथै, कम्पनीले करीब ९ करोड रुपैयाँ बचत संकलन गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले बताए । १० करोड रुपैयाँ अधिकृत पुँजी रहेको वित्तीय संस्थाको हाल चुक्ता पुँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई सेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजी ८ करोड २९ लाख रुपैयाँ पुग्नेछ ।