नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा प्रकाश अधिकारी निर्वाचित
काठमाडौं, २ पुस । नेपाल जेसिजको ४३ औं राष्ट्रिय महाधिबेशनले दमक जेसिजका पूर्व अध्यक्ष प्रकाश प्रसाद अधिकारीलाइ राष्ट्रिय अध्यक्षमा निर्बाचित गरेको छ । नेपालभरका १ सय ३८ जेसिज शाखाबाट आएका प्रतिनिधीहरुबाट ६ सय ५७ मत ल्याउँदै अधिकारी बिजयी बनेका हुन् । यसैगरि सोही सभाबाट कार्यकारिणी उपाध्यक्षमा कैलाश खाकी, बिनोद सुवेदी, श्रीधर बस्याल र शुशिल कुमार श्रेष्ठ बिजयी बनेका छन् । त्यस्तै उपाध्यक्षमा अतुल प्रसाइ, शोभा खरेल, राजु पौडेल, हेमराज खनाल, भिम गिरी, बिकास मानन्धर, बिकाश महर्जन, संगिता खड्का, शुशिला शाही, सन्तोष रौनियार, रामसरण सिलवाल र मंजरी घिमीरे बिजयी भएका छन् । महाधिबेशनमा मतदान अधिकृत पूर्व राष्ट्रिय अध्यक्ष गेहेन्द्र प्रसाद दाहालले बिजयी घोषणा गरेपछि नबनिर्बाचित अधिकारीले सपथ पछि महासचिबमा भरत प्रसाइ, कानुनि सल्लाहकार राजाबाबु शाह र कोषाध्यक्षमा आनन्द अधिकारीलाई मनोनित गर्दै सभाबाट अनुमोदन समेत गराएका थिए । राष्ट्रिय महाधिबेशनको उद्घाटन पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए । सो कार्यक्रममा नेपाल जेसिजका संस्थापक अध्यक्ष भेष बहादुर थापा लगायत अन्य पूर्व अध्यक्षहरुको उपस्थिती थियो ।
राजाको पालामा तयार योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने सरकारको तयारी, कर्मचारी र सरकारले १०/१० प्रतिशत योगदान गर्ने
काठमाडौं, २ पुस । सरकारले योगदानमा आधारित पेन्सन पट्टाको व्यवस्था गर्न नयाँ तयारी शुरु गरेको छ । भण्डै १० वर्षअघि राजा ज्ञानेन्द्रको पालामा तयार गरिएको योगदानमा आधारित पेन्सन प्रणाली अध्यदेशलाई वर्तमान सरकारले मस्यौदा विधेयकको रुपमा अगाडि बढाएको हो । वर्षेर्नी बढ्दै गएको पेन्सन भारले राज्य व्यवस्थाको खर्च प्रणालीमा असर देखिने भएपछि अर्थ मन्त्रालयले पेन्सन कोष स्थापनाको मस्यौदा तयार पारेर राय, सुल्लाह, सुझावका लागि कानुन मन्त्रालय पठाएको हो । देश संघीयतमा जाँदा कर्मचारी बढ्नुका साथै चालू खर्च पनि बढ्ने भएकाले सरकारले खर्च कटौती गर्न नयाँ व्यवस्था लागू गर्न लागेको हो । कर्मचारीको तलबबाट १० र राज्यका तर्फबाट १० प्रतिशत रकम राख्ने गरी नयाँ पेन्सन व्यवस्था गर्न लागेको छ । मस्यौदाले कानुनी रुप पाएपछि अर्थ मन्त्रालयले पेन्सन फण्डमा योगदान गर्नका लागि ‘नयाँ मोडालिटी’ बनाउने भएको छ । सरकारले चालु आवको बजेट मार्फत योगदानमा आधारित पेन्सन फण्ड स्थापना गर्ने सोही फन्टबाट नयाँ नियुक्त कर्मचारीका लागि पेन्सनको व्यवस्था गर्ने बताएको थियो । सेवानिवृत्त कर्मचारी तथा उनीहरूमा आश्रित परिवारका लागि प्रत्येक वर्ष ठूलो धनराशी खर्च हुँदै आएको बताउँदै अर्थसचिव शान्तराज सुवेदीले भने ‘अब आफ्नो स्रोतबाट पेन्सनभार थेग्न नसक्ने अवस्थामा राज्य पुग्न लागि सकेको छ ।’ देश रुपान्तरण भएर संघीयतामा जाँदा कर्मचारी बढी लाग्नुका साथै चालू खर्च पनि बढ्ने निश्चित छ । यसको दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक भएको ठहर गर्दै राज्यले नयाँ व्यवस्थाअनुसार निवृत्त कर्मचारीलाई सेवा सुविधा विस्तार गर्न लागेको हो । कानुनबाट मस्यौदा आएपछि मन्त्रालयगत छलफल गरी मन्त्रिपरिषद्मा उक्त मस्यौदा पठाउने सचिव सुवेदीले बताए । उनका अनुसार मस्यौदाले कानुनी आधार पाएपछि नियुक्ति हुने निजामती, जंगी, प्रहरी र शिक्षकले पेन्सन पाउने छैनन् । उनीहरूका लागि छुट्टै कोष व्यवस्था गरिनेछ । ’यस्तो कोषमा सरकार र कर्मचारी दुवैको योगदान रहनेछ, सोही कोषबाट आफूले गरेको योगदानको आधारमा रकम पाउने छन् ।’ ११ वर्ष अगाडि नै नयाँ नियुक्त भएका कर्मचारीको रकम समेत कट्टी योगदानमा आधारित पेन्सन व्यवस्था अध्यादेशमार्फत ल्याउन तयारी गरेको पनि थियो । तर, राजाका पालामा ल्याएको अध्यादेश भनी संसद्ले पारित नगरेपछि मस्यौदा त्यतिकै थन्किएको थियो । नयाँ नियुक्त भएका कर्मचारीको २०६२ देखि कोषका लागि रकम कट्टी गरिएको पनि थियो । २०६६ सम्म पनि अध्यादेशमार्फत ल्याउन लागिएको योगदानमा आधारित पेन्सन व्यवस्था अनुसार कट्टी गरिएको रकम कर्मचारीले नै फिर्ता लगेका थिए । त्यतिबेला रकम नागरिक लगानी कोषमा जम्मा गरिएको थियो । अस्थिर राजनीति र ठोस निर्णय लिन नसक्दा अहिले यो भार थामिनसक्नु भएको हो । विकास निर्माणमा खर्चिनुपर्ने ठूलो रकम अनुत्पादक क्षेत्रका लागि छुट्याउनुपर्ने वाध्यता राज्यलाई छ । सरकारले बजेटमार्फत सेवानिवृत्त कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्ने भन्दै ४२ अर्ब १० करोड बजेट विनियोजन गरेको छ । यो रकममध्ये ३५ अर्ब सेवानिवृत्त निजामती कर्मचारी, सेना र प्रहरीका लागि हो भने सात अर्ब १० करोड रुपैयाँ शिक्षकका लागि भएको निवृत्तभरण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । निवृत्तभरण व्यवस्थापन कार्यालयका अनुसार हरेक आवमा जस्तै चालू आवमा नौ हजार सेवानिवृत्त कर्मचारी थपिनेछन् । अहिलेसम्म सुविधा पाउनेको संख्या दुई लाख २१ हजार पुगेको छ ।
मन्जुश्री फाइनान्सले २० प्रतिशत बोनस बोनस सेयर दिने निर्णय, साढे तीन करोड रुपैयाँको बोनस सेयर गर्दै
काठमाडौं २, पुस । मञ्जुश्री फाइनान्स लिमिटेडले हालको चुक्ता पूँजी ६८ करोड ९२ लाख रुपैयाँको १४ प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ । यो बैंकले १४ प्रतिशतका दरले ६८ करोड ९२ लाखमा साढे तीन करोड रुपैयाँ बोनस सेयर थप गर्ने भएको छ । यो बोनस सेयर जारी गरेपछि फाइनान्सको चुक्ता पूँजी ७२ करोड ४३ लाख हुने भएको छ । फाइनान्सको शुक्रबार बसेको संचालक समितिको बैंठकले बोनस सेयरको स्वीकृति गर्ने, उपयुक्त वित्तीय संस्थासँगको मर्जर वा एक्विजिसनको स्वीकृतिका लागि बैंकले साधारण सभाबाट पारित गराउने निर्णय गरेको छ । फाइनान्सले आगामी पुस २९ गते बोलाएको नावौ वार्षिक साधारण सभामा प्रस्तुत गर्ने विशेष प्रस्तावमार्फत यस्तो निर्णयको स्वीकृति लिने भएको छ । साधारण सभाबाट गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय अवस्थाको प्रस्ताव पनि पारित गराउने जानकारी फाइनान्सले दिएको छ ।
भार्गव विकास बैंकले २० प्रतिशत बोन सेयर दिँदै, पुस २३ गते साधारण सभा आव्हान
काठमाडौं २, पुस । भार्गव विकास बैंकले चुक्ता पूँजी १२ करोड रुपैयाँको २० प्रतिशत वोनस सेयर जारी गर्ने भएको छ । बैंकको संचालक समितिबाट भएको बोनस सेयरको स्वीकृति गर्ने, उपयुक्त वित्तीय संस्थासँगको मर्जर वा एक्विजिसनको स्वीकृतिका लागि बैंकले साधारण सभावबाट पारित गराउने भएको छ । बैंकले सो साधारण सभाबाटै विशेष प्रस्तावमार्फत यस्तो निर्णयको स्वीकृति लिने भएको छ । बैंकले पुस २३ गते शनिबार नेपालगन्जको कृष्ण होटलमा साधारणसभा बोलाएको छ । सभाबाट गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय अवस्थाको प्रस्ताव पनि पारित गराउने भएको छ ।
जातीय आधारमा दुव्र्यवहारदेखि हत्यासम्म शिक्षित वर्ग नै अगाडि, समाज चेतन व्यवहार अचेतन
काठमाडौं २, पुस । कथित बोक्सीको आरोपमा काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले दिसा खुवाउँदै २२ मंसिरमा निर्घात कुटपिट गरे। यही कारण लक्ष्मीको २४ मंसिरमा मृत्यु भयो। त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार कुटाइकै कारण लक्ष्मीको मृत्यु भएको पुष्टि भएको छ। घटनामा संलग्नलाई काभ्रे प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको छ, लक्ष्मीको शव शिक्षण अस्पतालमा छ। आठ वर्षअघि ललितपुरमा यही प्रकृतिको घटना भएको थियो। ७ चैत ०६५ मा प्युटार–७ की ४५ वर्षीया कल्लीकुमारी विकलाई भञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापिका विमला थापाको टोलीले दिसा खुवाउँदै कुटपिट गरेको थियो। यद्यपि, उनी बाँच्न सफल भइन्। पीडक थापा पक्राउ परिन्, तर अदालतले सामान्य धरौटीमा रिहा गर्यो। राष्ट्रिय दलित आयोग र समता फाउन्डेसनले तयार गरेका अनुसन्धान विवरणहरूमा जातीय छुवाछुतका घटनामा अपेक्षित कानुनी कारबाही हुन नसकेको उल्लेख छ। शिक्षित भनिएकाहरू नै दुव्र्यवहारका घटनामा संलग्न रहेको र कतिपय घटनामा प्रहरीले उजुरी नै लिन मानेको देखिँदैन। देश छुवाछुमुक्त भइसक्दा पनि जातीय विभेद तथा बोक्सीको नाउँमा कुटपिट गर्ने, दिसा खुवाउने, गाउँबाट बहिष्कार गर्नेदेखि बर्बरतापूर्वक हत्या गर्नेसम्मका दर्जनौँ उदाहरण छन्। काभ्रे पाँचखालका अजित मिजार र पराजुली थरकी युवतीबीच २५ असार ०७३ मा प्रेमविवाह भयो। युवतीको परिवारले मिजारविरुद्ध प्रहरीमा बालविवाहको उजुरी दियो। २७ असारमा उनीहरूबीच सम्बन्धविच्छेद गराइयो। २८ असारमा मिजार बेपत्ता भए। केही दिनमै धादिङ गजुरीमा उनको शव फेला पर्यो। प्रहरीले परिवारलाई जानकारी नदिई मिजारको शव गाड्यो। तर, दलित अधिकारकर्मी र आफन्तको दबाबमा शव उत्खनन गरी ३ साउनमा शिक्षण अस्पतालमा पोस्टमार्टम गरियो। मिजारको हत्या पुष्टि भए पनि प्रहरीले लामो समयसम्म मुद्दा दर्ता गर्न मानेन। अहिले प्रहरीले युवतीकी आमालाई मात्र थुनामा राखेको छ। मिजारको शव पाँच महिनादेखि शिक्षण अस्पतालमै छ। नयाँ पत्रिका दैनिकबाट ।
नेपालमा आइएनजिओको मनपरी, पुनर्निर्माण गर्ने काममा अपूर्ण र अस्पष्ट विवरण पेश
काठमाडौं २, पुस काठमाडौं । भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजिओले आफूखुसी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन्। आठ आइएनजिओले त प्राधिकरणको स्वीकृतिसमेत लिएका छैनन्। धेरैले प्राधिकरणलाई प्रगति विवरण बुझाएका छैनन्। बुझाउनेहरूको पनि विवरण अपूर्ण र विवादास्पद छ। प्राधिकरणका एक कर्मचारीले करिब ५० प्रतिशत संस्थाले विवरण बुझाएको, तर अपूर्ण र विवादास्पद रहेको जानकारी दिए। प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले आइएनजिओले सम्झौताअनुसार प्रगति विवरण बुझाउन अटेर गरेको बताए। प्राधिकरणले प्रगति विवरण बुझाउन आइएनजिओहरूलाई पत्रसमेत काटेको छ। विवरण नबुझाएका आइएनजिओको काम पनि प्रस्ट भएको छैन। प्राधिकरणले पनि सबैको अनुगमन गर्न सकेको छैन। ‘प्राधिकरणले अनुगमन गर्न नसकेको सत्य हो,’ प्रवक्ता थपलियाले भने, ‘स्थानीय तहबाट गुनासोहरू आइरहेका छन्।’ जिल्लामा काम गर्दा आइएनजिओले स्थानीय एनजिओसँग सहकार्य गर्नुपर्ने हुन्छ। तर, अधिकांश आइएनजिओले आफूखुसी स्थानीय संस्था छनोट गर्ने गरेका छन् भने कार्यविधि अटेर गरेर जिल्लामा आफ्नै कार्यालय खोलेका छन्। केहीले आफूअनुकूलका स्थानीय एनजिओसँग मात्र सहकार्य गरेका छन्। अमेरिकाको केयर इन्टरनेसनल नामक आइएनजिओले केयर नेपाल नामक आफ्नै एनजिओबाट काम गरिरहेको छ। प्लान इन्टरनेसनलले पनि प्लान नेपालमार्फत काम गरेको छ। आइएनजिओले स्थानीय तहमा एनजिओको सहकार्यमा काम गर्नुपर्ने प्राधिकरणको कार्यविधि छ। तर, बेलायती सहयोगको हेल्प एज इन्टरनेसनल नेपाल र अक्सफाम, जर्मनीको टेर्देस होम्मेस, अमेरिकाको इन्टरनेसनल मेडिकल क्रप्सलगायतका आइएनजिओले स्थानीय सहयोगी संस्थाविना नै काम गरिरहेका छन्। हेल्पएज इन्टरनेसनल नेपालको १ अर्ब ४५ करोड रुपैयाँको तीनवर्षे प्रोजेक्ट छ भने अक्सफामको २ अर्ब ४० करोडभन्दा बढी रकमको ४० महिनाको प्रोजेक्ट सञ्चालनमा छ। प्राधिकरणका अनुसार १० करोड ६० लाख रुपैयाँबराबरको प्रोजेक्ट सञ्चालन गरेको क्याथोलिक रिलिफ सर्भिस नामक अमेरिकी संस्थाले पनि कुन एनजिओसँग काम गर्ने भन्ने खुलाएको छैन। क्यानडाको सेन्टर फर इन्टरनेसनल स्टडी एन्ड कर्पोरेसनले १ करोड १४ लाख रुपैयाँबराबरको प्रोजेक्ट चलाइरहेको छ। चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नामक चिनियाँ आइएनजिओले एक करोड रुपैयाँबराबरको प्रोजेक्ट सञ्चालन गरे पनि नेपाली सहयोगी संस्थाबारे खुलाएको छैन। एक करोड रुपैयाँबराबरको क्रिश्चियन एड आइएनजिओले स्थानीय सहयोगी संस्थाविनै काम गरिरहेको छ। भूकम्पप्रभावित जिल्लामा काम गर्न पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका केही आइएनजिओले कार्यविधिविपरीत धर्म प्रचार गरेको आरोप लागेको छ। मनोसामाजिक परामर्श, सरसफाइ तथा आपत्कालीन व्यवस्थापन सहयोगलगायतका शीर्षकमा काम गर्न अनुमति लिएका संस्थाले धार्मिक गतिविधि गरेको आरोप लागेको प्राधिकरणका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार धर्मप्रचारको आरोप लागेका केही आइएनजिओलाई प्राधिकरणले अप्रत्यक्ष रूपमा स्पष्टीकरण मागेको छ। प्राधिकरण स्रोतका अनुसार गोरखामा कार्यरत वल्र्डभिजन इन्टरनेसनल नामक आइएनजिओले चेस नामक एनजिओमार्फत धर्म प्रचार गरेको तथा सीपमूलक तालिम पनि बीचमै छोडेको गुनासो स्थानीयले गरेका थिए। सोही आधारमा प्राधिकरणले १९ मंसिरमा पत्र काटेर वल्र्डभिजनसँग ‘किन कारबाही नगर्ने’ भनेर स्पष्टीकरण मागेको छ। खानेपानी, शिक्षा, जीवनस्तर सुधारलगायतका कार्यक्रम सञ्चालनको स्वीकृति लिएका क्रिश्चियन एड नेपाल, फिन चर्च एड फाउन्डेसन नेपाल, पिस विन्डस्, लुथरन वल्र्ड, कारितास नेपाललगायतका संस्थाले पनि धर्म प्रचार गरेको गुनासो आएको प्राधिकरण स्रोतको भनाइ छ। यी संस्थाले करिब ६ अर्ब रुपैयाँबराबरको कार्यक्रम भूकम्पप्रभावित जिल्लामा सञ्चालन गरेका छन्। कार्यविधिअनुसार स्वीकृति लिएनन् भूकम्पप्रभावित जिल्लामा कार्यक्रम सञ्चालन गर्न आइएनजिओले समाज कल्याण परिषद् र पुनर्निर्माण प्राधिकरण दुवैबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ। तर, परिषद्बाट स्वीकृति लिएकामध्ये आठ आइएनजिओले प्राधिकरणबाट स्वीकृति लिएका छैनन्। नयाँ पत्रिकादै निकबाट ।
लेखामा उजुरीको चाङ, तीन महिनासम्म पनि सभापति चयन भएन आर्थिक अनियमितता बढ्न सक्ने
काठमाडौं २, पुस । संसद्को सार्वजनिक लेखा समिति नेतृत्वविहीन भएको तीन महिना बितिसक्दा पनि सभापति चयन प्रक्रिया नबढेको भन्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका छन् । लेखा समिति आबद्ध केही सांसदहरूले समितिका क्षेत्राधिकारका धेरै सार्वजनिक महत्वका घटनाक्रम बढेको अवस्थामा समिति नेतृत्वविहीन भएको भन्दै चाँडोभन्दा चाँडो सभापति चयन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । समिति सदस्य रामहरि खतिवडासहित सांसदहरू दिलनाथ गिरी, मीना पुनलगायतले सभापति चयन प्रक्रियाका लागि सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराएका हुन् । तत्कालीन सभापति जनार्दन शर्मा मन्त्री बन्नुभएपछि समिति सभापतिविहीन छ । सार्वजनिक लेखा र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा छलफल गर्ने मुख्य जिम्मेवारी पाएको संसद्को सार्वजनिक लेखा समितिले चार महिनादेखि नेतृत्व पाउन सकेको छैन । सभापति नहुँदा समितिमा पुराना उजुरी थन्किएका छन् । चार महिनायता नयाँ उजुरी पनि दर्ता भएका छैनन् । ज्येष्ठ सदस्यबाट बैठक सुरु भएपछि एक महिनाभित्र स्थायी सभापति चयन गर्ने प्रक्रियामा दलीय सहमति नहुँदा समितिले सभापति पाउन नसकेको हो । ज्येष्ठ सदस्यबाट बैठक सुरु भएपछि एक महिनाभित्र स्थायी सभापति चयन गर्ने प्रक्रियामा दलीय सहमति नहुँदा समितिले सभापति पाउन नसकेको हो । गोरखापत्र दैनिकबाट ।
दीपाश्री दीपकराज ‘डिप लभ’मा, श्रीमान श्रीमती नभएरै २३ वर्षदेखि मायालु मित्र
काठमाडौं २, पुस । कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाबीच २३ वर्षदेखि मित्रता कायम छ । दीपा नाट्यकर्मी, आरजे, हास्यअभिनेत्री हुँदै निर्देशक बनेकी छिन् । दीपाले निर्देशन गरेको ‘छक्का पन्जा’ चलचित्रले प्रदर्शनीको सयौँ दिन पूरा गरेको छ । दीपकराज नाट्यकर्मी, आरजे, हास्यअभिनेता हुँदै निर्माता बनेका छन् । साढे दुई दशकदेखिको उनीहरूको सम्बन्ध फेरिएको छैन । ‘रिल लाइफ’ मा मात्र होइन, ‘रियल लाइफ’मा पनि उनीहरू धेरै निकट छन् । अझ भनौँ, पर्दामा देखिएजस्तै साँच्चै दीपकराज–दीपा श्रीमान्–श्रीमती नै हुन् कि भन्ने धेरैमा भ्रम देखिन्छ । उनीहरू एक–अर्कालाई केयर गर्छन्, सम्मान गर्छन् र माया पनि गर्छन् । उनीहरू मान्दैनन् कि माया सिर्फ विवाहका लागि गरिन्छ । दुवैको स्पष्ट धारणा छ, ‘विवाहभन्दा माथि पनि सम्बन्ध हुन्छ । हो, हामीबीच त्यही सम्बन्ध छ ।’ अर्थात् उनीहरूबीच ‘डिप लभ’ छ । पहिलो भेट ०४८ सालमै दीपाश्री निरौलाले ‘अग्निपथ’ टेलिफिल्म खेलेकी थिइन् । यसबाट थोर–बहुत परिचित थिइन् उनी । तर, विराटनगर बसेर होइन काठमाडौंमा हिरोइन बन्नु थियो उनलाई । संयोगवश, कलाकार मदनदास श्रेष्ठले दीपाश्रीलाई रेडियोको नाटकमा खेलाउन काठमाडौं बोलाए । आमाबाबुलाई मनाएर ०५१ सालमा उनी काठमाडौं आइन् । दीपाश्री रेडियो नेपाल पुगिन् । त्यहाँ कलाकार बन्न चाहनेहरूको ठूलो भीड थियो । त्यहीँ थिए, दीपकराज गिरी पनि । तर, दीपाश्रीले उनलाई वास्ता गरिनन् । दीपकराज भने दीपाश्रीलाई देख्नेबित्तिकै प्रभावित भए । ‘म त पहिले नै उनको फ्यान थिएँ । देख्दा पनि राम्रो लाग्यो । अग्ली गोरी, आकर्षक खालकी,’ दीपकराज ती दिन सम्झँदै भन्छन्, ‘म त त्यहाँ नाटकको अडिसनका लागि गएको थिएँ ।’ तर, त्यस दिन उनीहरूको चिनापर्ची हुन सकेन । दीपकराजलाई दीपाश्री निकै घमण्डीजस्तो लाग्यो । मन परेन दीपाश्रीलाई १३ वर्षको उमेरदेखि नै दीपकराज गाउँमा नाटकमा खेलिरहन्थे । उनलाई हिरो बन्ने भूत चढेको थियो । दीपाश्रीले रेडियो नेपालको ‘द गेस्ट’ नाटक गर्ने भइन् । दीपकराज पनि सोही नाटकका लागि छानिए । त्यही वेला दुईबीच चिनापर्ची भयो । सो नाटकमा दीपाश्री बच्चाको भूमिकामा थिइन् भने दीपकराज नोकरको । दीपाश्रीलाई दीपकराज त्यति राम्रो लागेन । ‘अत्यन्तै फोहोरी, कपडा पनि कहिल्यै नधुने । लामो कपाल । दाँत उछिट्टिएको । रातो रङको कोठे सर्ट लगाउने र कम्मरमाथि बेल्ट बाँध्ने । दीपकराज मलाई मन नै परेन,’ दीपा ती दिन सम्झँदै भन्छिन् । तर, त्यतिवेला काठमाडौंमा नाटक खेलेर बाँच्नु चानचुने कुरा थिएन । नियमित नाटक हुँदैनथ्यो । रेडियो नेपालमा नाटक गरेर जीवन चलाउने पैसा नपाइने भएकाले सुरु भयो दुवैको काठमाडौंमा संघर्ष । दीपकराज रेडियो ढुकेर बस्ने, दीपाश्री खाजा कुर्ने दीपकराज काठमाडौं दहचोकनिवासी हुन् । उनी बिहान साढे ५ बजे नै घरबाट हिँड्थे अनि रेडियो नेपालमा आएर नाटक गर्थे । रेडियो नेपालमा नाटक सकिनासाथ दीपक नेपाल टेलिभिजन ढुकेर बस्थे । ‘रेडियो नेपालकै क्यान्टिनमा चिया खाइन्थ्यो । अनि टेलिभिजनमा गए घाम तापेर बस्थेँ । सन्तोष पन्तलगायत दाइहरू आए भने उठेर नमस्ते गरिहाल्थेँ । कसले कहाँ बुम समाउन बोलाउँछ वा काम लगाउँछ भनेर कुरेर बस्थेँ । बेलुकी ६ बजेतिर टेम्पो चढेर घर फर्कन्थेँ,’ दीपकराज संघर्षका ती दिन सुनाउँछन् । उता, दीपाश्रीको अवस्था पनि त्यस्तै थियो । दिदीको घरमा बस्थिन् उनी । त्यहाँ अप्ठ्यारो अनुभव गरेपछि बिजुलीबजारमा छुटै कोठा लिएर बस्न थालिन् । उनी बिजुलीबजारकी रेणु भट्टराईलाई कहिल्यै बिर्सिन्नन् । उनले कोठा लिएर बस्नेबित्तिकै दीपाश्रीलाई एउटा आरी र स्टोभ दिएकी थिइन् । त्यसपछि पछ्यौरालाई गाँठो पारेर पर्दा बनाइन् र कोठामा बस्न थालिन्, दीपाश्री । उनको चिनजानको दायरा बिस्तारै फराकिलो बन्दै थियो । त्यही समयमा शान्तिप्रिय, अनन्त वाग्लेलगायतसँग उनको चिनजान भएको थियो । ‘डिल्लीबजारमा शान्तिप्रिय दाइको अफिस थियो,’ त्यो घटनाले दीपाश्रीलाई सुस्केरा हाल्न बाध्य बनाउँछ, ‘२ बज्यो कि उहाँको अफिसबाहिर पुगिहाल्थेँ र बसिरहन्थेँ । अनि उहाँहरूले खाजा खाने वेला मलाई पनि खुवाइहाल्नुहुन्यो । चिउरा र चना खान पाइन्थ्यो ।’ गोजीमा दाम नहुँदा उनका पैताला काठमाडौंका गल्लीहरूसँग निकै परिचित छन् । यतिसम्म कि एकपटक दसैँमा दीपाश्री घर जानै सकिनन् किनकि उनीसँग गाडी भाडा थिएन । घरमा बुबालाई व्यस्त भएकाले नआउने जानकारी दिइन् । मातृत्व प्रेम त पहिल्यै गुमाइसकेकी थिइन् दीपाले । त्यो दसैँमा काठमाडौंमा एक्लै बसेर खुब रोइन् दीपाश्री । ‘जब बुबाले थाहा पाउनुभयो अनि खुब रोएँ,’ दीपाश्री भन्छिन्, ‘पछिपछिको दसैँमा घर जान कहिल्यै छुटाइनँ ।’ तर, उनले यस्तो कुरा कहिल्यै पनि अरूलाई सेयर गरिनन् । मान्छेले कमजोरी थाहा पाए भने हेप्न थाल्छन् भन्ने लाग्थ्यो उनलाई । दीपकराज र दीपाश्री प्रेमी–प्रेमिका दीपाश्रीमा हिरोइन र दीपकराजमा हिरो बन्ने चाहना झन्झन् उत्कर्षमा पुग्दै थियो । ०५२ सालको एक दिन दीपकराजले दीपाश्रीलाई एउटा प्रस्ताव राखे, ‘मैले रामविलास र धनियाँको कार्यक्रमको तयारी गरेकोे छु, तिमीजस्तै क्यारेक्टर खोजिरहेको थिएँ । तिमी धनियाँ बनिदिनुपर्यो ।’ दीपाले भनिन्, ‘त्यस्तो क्यारेक्टर गर्न मैले कहाँ सक्छु र रु’ तर, दीपकराजले कन्भिन्स गराइछाडे र उनीहरूले सुरु गरे, रेडियो नेपालमा अर्को नाटक रामविलास–धनियाँ । नाटकमा दीपकराज गरिब हुन्थे भने दीपा असाध्यै धनाढ्य । उनीहरू प्रेमी–प्रेमिका थिए । रामविलासले गरिब भएका कारण धनियाँलाई बिहे गर्न सकेका हुँदैनथे । धनियाँको बुबाआमाले धेरै सम्पत्ति भएको केटा खोज्थे । रामविलास भन्थ्यो, ‘म पैसा कमाएर ठूलो घर बनाएपछि बिहे गर्छु है ।’ धनियाँले भन्थिन्, ‘छिटो बिहे गर्नुप¥यो । यत्रो नाटक गरिएको छ, रेडियोमा काम गरिरहेका छौँ । अब त पुगेन र रु’ नाटकको स्क्रिप्ट दीपकराज लेख्थे । त्यो कार्यक्रम रेडियो नेपालकै सबैभन्दा चर्चित थियो । ‘स्रोताहरूले हामीलाई साँच्चिकै प्रेमी–प्रेमिका ठान्दा रहेछन्,’ दीपाश्रीको अनुहारमा आश्चर्यको भाव झल्कन्छ, ‘बोराका बोरा चिठी आउँथे । तीन–चार घन्टा लगाएर चिठी छान्थ्यौँ । र, उत्कृष्टलाई वाचन गथ्र्यौं । मलाई त चिठी फाल्न पनि माया लाग्थ्यो ।’ पछि त उनीहरूलाई कार्यक्रमको स्क्रिप्ट नै आवश्यक परेन । उनीहरू नाटकमा साँच्चिकै प्रेमी–प्रेमिका हुन्थे । प्रेममै डुब्थे । जुन अभिनय श्रोताले निकै मन पराएका थिए । त्यो कार्यक्रमले उनीहरूलाई थप नजिक्यायो । दीपाश्रीले दीपकराजजीबाट दीपकराज भन्न थालिन् । दीपकराज भने दीपाजी नै भनी सम्बोधन गर्थे । बिस्तारै दीपाश्री दीपकराजप्रति आकर्षित हुन थालिन् । दीपकराजले पनि दीपालाई निकै केयर गर्न थाले । नारीप्रतिको सम्मान देखेर दीपाश्री उनीप्रति नतमस्तक नै थिइन् । त्योभन्दा बढी दीपकराजको लेखन कला र ‘कन्भिन्सिङ पावर’प्रति बढी प्रभावित थिइन् दीपाश्री । ‘उसको केयर गर्ने शैली अर्कै प्रकारको थियो,’ दीपाश्री भन्छिन् । दीपाश्री र दीपकराज चार वर्ष रेडियो नाटकमा मात्र सीमित रहे । त्यसपछि दीपाश्रीले देवीलगायतको सिरियलमा अभिनय गर्न थालिन् । दीपकराज पनि ट्वाक्क टुक्क, काउकुती, तैं चुप मै चुपलगायतका सिरियलमा अभिनय गर्न थाले । फिल्मी यात्रा चार वर्षपछि रेडियो नेपालमा रामविलास–धनियाँको कार्यक्रम बन्द भयो । त्यसपछि दुवै हिरो–हिरोइन बन्ने दौडमा आ–आफ्नो ढंगले बाटो लागे । दीपाले नासो, गाउँलेलगातका फिल्म खेलिन् । चमत्कार, चौतारीलगायतको फिल्म दुवैले सँगै अभिनय गरे । ती फिल्ममा दीपा हिरोइन, दीपक भिलेन थिए । उनीहरू आ–आफ्नो तरिकाले फिल्म खेले, चर्चामा आइरहे । २०५३ सालमा दुवैले गाईजात्रा गरे, तर छुट्टाछुट्टै रूपमा । दीपकराजकै आग्रहमा २०५४ सालबाट उनीहरूले सँगै गाईजात्रा गर्न थाले । दीपकले लेखेको त्यो गाईजात्रा निकै चर्चित भएको थियो । त्यसपछि उनीहरूले निरन्तर गाईजात्रामा अभिनय गरिरहेका छन् । श्रीमान्–श्रीमतीको यात्रा फिल्म टेलिफिल्ममा अभिनय गर्ने भएकाले दुवैलाई खाना र कोठाभाडा तिर्न समस्या थिएन । २०६० सालको एक दिन दीपकराजले भने, ‘अब मिलेर काम गरौँ दीपा । हामीलाई गाईजात्रा र रामविलास–धनियाँमा पनि राम्रै भएको हो क्यारे ।’ दीपालाई पनि राम्रै होलाजस्तो लाग्यो । त्यसै भनिदिइन्, ‘गरौँ न त ।’ ४ भदौ २०६० बाट सुरु भयो टेलिशृंखला, ‘तीतो सत्य’ । जसमा दीपाश्रीको श्रीमान् बने दीपकराज । हिजो आजको कुरा र कसौटी जिन्दगी नामक टेलिशृंखलाबाट प्रभावित थिए, दीपकराज । त्यसैले त्यस्तै धारको कथामा ‘तीतो सत्य’ टेलिशृंखला प्रसारण भयो । त्यो सफलता अहिले पनि दीपाश्रीको अनुहारमा देखिन्छ । भन्छिन्, ‘१३ भागसम्ममा त दर्शकले हामीलाई लगनगाँठो नै कसिदिएका थिए ।’ पाँचौँ भागमै उनीहरूले निकै चर्चा बटुलिसकेका थिए । अहिले पनि मान्छेहरूले भन्छन्, ‘दीपा र दीपकराज साँच्चैका श्रीमान्–श्रीमती होइनन् र रु’ दर्शकलाई यस्तो छाप पार्नु उनीहरूको खुबी थियो । छिनमै रिसाउने, छिनमै खुसाउने तीतो सत्यताका दीपकराजले निर्देशक र कथाको पाटो हेरिरहेका हुन्थे भने दीपाश्री व्यवस्थापन र सहायक निर्देशक । काम गर्ने वेला उनीहरूको निकै झगडा हुन्थ्यो । चित्त बुझेन कि दीपाश्री पड्किहाल्थिन् । दीपकराज पनि के कम झन्किहाल्थे । दुवै आगो । कहिले दुई–तीन दिनसम्म पनि बोल्दैनथे । तर, नबोलेर सुख थिएन । कामले गर्दा बोलिहाल्नुपथ्र्यो । दीपकराज भन्छन्, ‘म पनि कडा, ल काम नगर्ने भने नगरौँ भनिदिन्थेँ ।’ दीपाश्री भन्छिन्, ‘तर दीपकराजले नै बढी फकाउँथ्यो मलाई ।’ तर, उनीहरू हरेक काम सहकार्यमै गर्थे । मिलेरै स्क्रिप्ट लेख्थे, प्लानिङ गर्थे । कहिले चिया पसलमा । कहिले दीपाको कोठामा, कहिली दीपकराजको घरमा । उनीहरूको बजारमा जे हल्ला चले पनि दीपकराजको घरमा यही कारणले कहिल्यै श्रीमतीसँग कचकच परेन । निकै बुझक्कड छिन् उनकी श्रीमती । दीपा त गौप्राणीकै संज्ञा दिन्छिन् । किनकि काम गर्ने कुरामा जोसँग पनि सहकार्य गर्न सकिन्छ भन्ने धारणा राख्छिन्, दीपकराजकी श्रीमती । दीपकको घर पनि नबिगार्ने, बिहे पनि नगर्ने दीपाश्री दीपकराजलाई स–सानो कुरामा केयर गर्छिन् । दीपकराजले पनि उसरी नै केयर गर्छन् । हिजोआज त पशुपतिको डाँडामा ध्यान गर्न पनि एकाबिहानै सँगै पुग्छन् । उनीहरूको मित्रताको डोरी निकै बलियोसँग गाँसिएको छ । कतिवेला को कहाँ छन् भनेर अपडेट भइ नै रहेका हुन्छन् उनीहरू । यति लामो समयसम्म सम्बन्ध टिकिराख्नुको कारण बताउँछन् दीपकराज, ‘एक त हामी लेडिज जेन्स भएकाले प्रगतिप्रति कसैको ईष्र्या हुँदैन । अर्को कुरा हामीमा पारदर्शिता छ ।’ उनीहरू एक अर्कालाई निकै माया गर्छन् । दीपाश्री भन्छिन्, ‘हामीले बिहे गर्न माया गरेको हौइनौँ । तर, म उसलाई गहिरो माया गर्छु । दुःख नपाओस् भन्ने लाग्छ । सहयोग गरिरहुँजस्तो लाग्छ । मैले भन्दा अझ बढी उसले माया गर्छ ।’ दीपकराजलाई पनि त्यस्तै लाग्छ । साँच्चिकै भन्दा उनीहरू ‘डिप लभ’मा छन् । एकअर्कालाई भित्रैदेखि माया गर्छन् । अब दीपाश्री बिहे नगर्ने मुडमा पुगिसकेकी छन् । अब कसैको पर्फेक्ट श्रीमती बनेर बस्न सक्दिनँ झैँ लाग्छ दीपाश्रीलाई । अब दीपाश्रीको शब्दकोषमा बिहे भन्ने शब्द नै छैन रे १ ‘मलाई जीवनमा दीपकबाहेकको अर्को व्यक्तिले आकर्षित नै गरेन,’ उनी भन्छिन् । तर, दीपकराजको तर्क अर्कै छ । भन्छन्, ‘मेरोभन्दा करिअरको बढी माया गर्छिन् उनी ।’ नयाँ पत्रिका दैनिकबाट ।