६ वर्षमा पनि बनेन कमलविनायक-नगरकोट सडक, स्थानीयवासी आक्रोशित
नगरकोट । ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक-नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ । राजधानी नजिकैबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै धेरै हिमाल एवम् सूर्योदयको दृश्य देखिने नगरकोट आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । सडक अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा समिति सभापति कल्याणीकुमारी खड्काले सन् २०२० को नेपाल भ्रमण वर्षअगावै सडक कालोपत्र पूरा गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिए । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले ठाउँ ठाउँमा खाल्डाखुल्डी भएको सडकमा दुर्घटना भई धेरैले जीवन गुमाउनु परेको, पर्यटन व्यवसायमा नकारात्मक प्रभाव परेकाले अब थप भएको समयमा निर्माण पूरा नगरे कडा कदम चाल्न बाध्य हुनुपर्ने बताए । रु ३७ करोड ८७ लाखमा शैलुङ कन्स्ट्रक्सनले निर्माण जिम्मा पाएको सडक किनारमा बनेका ड्रेनलगायत संरचना गुणस्तरीय नहुँदा सम्पन्न नभई भत्कन थालेको सडक निर्माण दबाब समिति संयोजक राजकुमार लामिछानेले गुनासो गरे ।
वैदेशिक रोजगारीको नाममा ठगी, अढाई लाखदेखि चार लाखसम्म उठाएर भरत र भोपाल फरार
गाईघाट । वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिएका छन् । जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल थापाले जिल्लाका साउने, खाबु, त्रियुगा नगरपालिका, जाँते, लाफागाउँ, चुहाडे क्षेत्रका तीन दर्जन युवालाई विदेश पठाइदिने भन्दै करोडौँ रकम असुलेर बेपत्ता भएपछि आफूहरु ठगिन पुगेको पीडित युवाको गुनासो रहेको छ । जिल्लाका पीडितमध्येका हरिबहादुर कार्कीका अनुसार कसैलाई युरोप, कसैलाई दुबई र अफगानिस्थान पठाइदिने भनेर आफूहरुबाट रु अढाइ लाखदेखि चार लाखसम्म रकम उठाएर मगर र थापा अहिले सम्पर्कविहीन भएका छन् । अर्का पीडित अमृत आलेमगरले काठमाडौँस्थित सिनामङ्गलमा रहेको भेरी ओभरसिज मार्फत आफूहरुलाई विदेश पठाइदिने भन्दै आफूहरुबाट रकम असुलेर उनीहरु अहिले सम्पर्कविहीन भएको कारण आफूहरुको रकम डुबेको बताए । केही पीडित युवाले न्यायको लागि जिल्ला प्रशासन उदयपुरमा समेत निवेदन दिएको र आफूहरुलाई ठगी गर्नेविरुद्ध कारवाहीको लागि निवेदन दिएको बताउँछन् । यस विषयमा उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का भन्नुहुन्छ, “केही युवा आफूहरु ठगिएको गुनासो लिएर प्रशासनमा आएको तर पठाउने कम्पनी आधिकारिक हो कि हैन, ती पठाउने व्यक्ति सम्बन्धित कम्पनीका हुन् कि हैनन भनेर बुझ्न र आधिकारिकता र कारवाहीका लागि क्षेत्रीय श्रम कार्यालय विराटनगरमा जान सुझाव दिएको छु ।” पीडित युवामा जिल्लाका विभिन्न स्थानका इन्द्र मगर, रामबहादुर मगर, गोविन्द मगर, सुपबहादुर मगर, अम्बर रिमाल, अमृत आले, हरिबहादुर कार्की, डम्बर मगर रहेका छन् । त्यसैगरी राजेश श्रेष्ठ, पूर्णथापा मगर, रामकुमार मगर, खगेन्द्र मगर, बमहादुर राईसहित तीन दर्जन युवा वैदेशिक रोजगारी पठाइदिने नाममा दलालबाट ठगिन पुगेको पीडितले बताएका छन् । विदेश पठाइदिने भन्दै पटक–पटक सबैबाट रु चार लाखसम्म रकम सङ्कलन गरेर अब तयारी रहनु भनेर उनीहरु हाल मोबाइलसमेत स्विचअफ गरेर बेपत्ता भएपछि आफूहरु ठगिएका रहेछौँ भनेर जानकारी भएको पीडित युवाले बताएका छन् । रासस
नेको इन्स्योरेन्सको साधारण सभा भदौ १४ मा, १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरिने
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा भदौ १४ गते हुने भएको छ । साउन १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । साथै बैठकले साधारण सभा प्रयोजका लागि भदौ ३ गतेदेखि साधारण सभा नभएसम्मको लागि सेयरधनी दाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ । साधारण सभाबाट १२ प्रतिशत अर्थात १४ करोड ११ लाख ५३ हजार ४ सय ८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिने कार्यसूची रहेको कम्पनी सचिव विष्णुप्रसाद धितालले जनाएका छन् ।
प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा भदौ १ गते, बुक क्लोज कहिले ?
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारण सभा भदौ १ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले दियालो लर्डस प्लाला, आर्दशनगर वीरगञ्जमा दिउँसो ३ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजका लागि साउन २० गतेदेखि भदौ १ गतेसम्म कम्पनीको सेयर दाखिला, खारेज दर्ता बन्द(बुक क्लोज) रहने कम्पनीले जनाएको छ । साधारण सभाले आव २०७४/०७५ को वार्षिक प्रतिवेदन र आव २०७४/०७५ को नाफा नोक्सान तथा आयव्यय हिसाव र सोही अवधिको नगद प्रवाह विवरण छलफल सहित पारित गर्ने कार्यसूची रहेको छ ।
कस्तो होला तारा अधिकारीको मायाको घर ?
काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत मायाको घर… बजारमा आएको छ । उनको शब्द रचनाको गीतमा स्वर प्रमोद खरेल र संगीत उमेशराज खड्काको छ । गीतमा संगीत संयोजन किरण कँडेलको छ । गीतको भिडियोमा मरिस्का पोखरेल, कुशल अधिकारी र दिनेश बुढाथोकीलाई देख्न सकिन्छ । भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई शिव ढकालले खिचेका हुन् । भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । चन्द्र बिनायक फिल्म्समा भिडियोको पोष्ट प्रोडक्सनको काम भएको छ । गीतकार अधिकारीको यो गीत सपना एल्बममा समावेश छ । गीत लेख्नु सौख भएको बताउँदै गीतकार अधिकारीले एल्बम भने अन्य गीतहरुको रेकर्डिङ सकिएपछि ल्याउने बताईन् । यो उनको दोस्रो गीत हो ।
वीर अस्पताल स्थापनाको १३० औं वर्षमा, उपकरणहरु निजीसित पार्टनरसिपमा चलाउने स्वास्थ्यमन्त्रीको चेतावनी
काठमाडौं। वीर अस्पताल आफ्नो स्थापनाको १३० औं बर्षमा प्रवेश गरेको छ। यही अवसरमा विरले आफ्नो १३० औं वार्षिकउत्सव मनाएको छ। वार्षिकउत्सवको अवसरमा उपप्रधान मन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पतालका कर्माचारीलाई अस्पतालमा भएका मेसिनहरुलाई हेल्चेक्राइ नगरी प्रयोग गर्न आग्रह गरेका छन्। उनले भने,’मेसिन किन्नु भन्दा पनि त्यसको प्रयोग र संरक्षण गर्नु महत्वोपूर्ण रहेको छ।’ मन्त्री यादवले अस्पताललाई चाडैं नै प्राविधिक रुपमा चुस्ततुरुस्त बनाउने र बिरामीहरुले फोन मार्फत नै डाक्टरसँग समय लिने व्यवस्था गर्ने बारे जानकारी दिए। मन्त्री यादवले अस्पतालका कर्माचारीले मेसिनहरुमा बढी हेल्चेक्राइ गरेको अवस्थामा सार्वजनिक निजी साझेदारीमा लैजान वाध्य हुने चेतावनी समेत दिए। यस्तै कार्यक्रममा पुर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको पनि उपस्थिती रहेको थियो। अधिकारीले वीर अस्पताललाई सामान्य रुगा, खोकी जाँच्ने अस्पतालबाट मुक्त गरेर अन्य बिशेष सेवा दिन योग्य बनाउन आवश्यक रहेको बताए। वीर अस्पतालको आफ्नै एउटा ईतिहास रहेको र यहाँ सामान्य रुगा,खोजीको उपचार गर्न आवश्यक नरहेको धारणा राखे। उनले भने,’म बिरामी हुँदा मैले वीर अस्पतालकै भिआईपी कक्षमा ढुक्कसँग उपचार गर्न पाउँ।’ यस्तै अस्पतालका निर्देशक केदार सेन्चुरीले अस्पतालको प्रगति विवरण र भावी योजना प्रस्तुत गरेका छन्। सेन्चुरीले आव २०७५/७६ मा ४ लाख २२ हजार ८०१ सेवाग्राहीले आकस्मिकसहित बहिरङ्ग सेवा, ६ हजार ८ सय ७७ जनाले आकस्मिकसहित शल्यक्रिया सेवा र १३ हजार १ सय ५९ जनाले अस्पतालमा भर्ना भई उपचार सेवा लिएको बताए। वीर अस्पतालले अस्पतालकाृ सरसफाई,फोहरमैला व्यवस्थापन गर्ने, इलेक्ट्रोनिक मेडिकल रेर्कड राख्ने, २० बेडको आइसियु सेवा संचालन गर्ने, आगामी कार्ययोजना रहेको सेन्चुरीले सुनाए। बिरामीको सहजताको लागि सेचुरिले राष्ट्रिय ट्रमा सेन्टर र विर अस्पताल जोड्ने सव-वे बनाउन निकै आवश्यक भएको बताए। विं सं १९४७ श्रावन १२ गते स्थापना भएको नेपालको ईतिहासमै सबैभन्दा जेठो अस्पताल हो। १५ शैया बाट शुरु भएको यस अस्पताल अहिले ४६० शैयाको क्षमता भएको अस्पताल बन्न सफल बनेको छ। सन् १९३३ मा नेपालकै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुलको सुरुवात पनि विर अस्पतालबाटै सुरु भएको हो। यधपी सबैभन्दा जेठो र सरकारको प्राथमिकतामा परेको अस्पताल भएता पनि वीर अस्पताललाई लिएर धेरै विवादहरु र सेवाग्राहिको गुनासो आउने गरेको छ।
धोवीखोला करिडोरमा टोयोटाद्वारा वृक्षारोपण
काठमाडौँ । नेपालका लागि टोयोटा मोटर्सका आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटले स्थानीयबासीको सहकार्यमा धोवीखोला करिडोरमा वृक्षारोपण गरेको छ । युनाइटेड ट्रेडर्सको संयोजनमा सो क्षेत्रमा एकै पटक ३ सय ६० वटा रुख रोपिएको हो । आनन्दनगर धुम्बाराही बैजनीपुलदेखि पहेँलो पुलसम्मको धोवीखोलाकरिडोरका दुवै तर्फ सो बिरुवाहरु रोपिएको हो । उक्त स्थानमा रोपिएकाविरुवा करबीरका हुन् । धेरै अग्लो नहुने करबीर जातकाविरुवा सधै हरियो रङ्गको हुने र गुलाबी रङ्गको फुलफुल्ने जातको विरुवाहो । टोयोटाको यो सानो प्रयासले स्वस्च्छ तथा हराभरा सहर बनाउन मद्दत पूग्ने कम्पनीले विश्वास लिएको छ । उक्त वृक्षा रोपण कार्यक्रममाप्रदेश सांसदहरुज्युहरु नारायन सिलवाल, सीता अधिकारी तथा बैद्य अर्गनाइजेशनका प्रेसिडेन्ट सुरज वैद्यको समेत उपस्थिति रहेको थियो । सहरलाई स्वच्छ राख्ने सरकारी योजनामा टोयोटा तथा युनाइटेड ट्रेडर्सले सानो प्रयास गरेको कम्पनीका अध्यक्ष सुरज वैद्यले बताए ।
प्रदेश ३ का मुख्यमन्त्री र गोर्खा इको प्यानलका प्रतिनिधिबीच छलफल
काठमाडौँ । प्रदेश ३ सरकारको नयाँ भन्ने भवनहरु निर्माण सम्बन्धी विसयमा मुख्यमंत्री र गोर्खा इको प्यानलका प्रतिनिधिबीच निर्माण सम्बन्धी छलफल भएको छ । मुख्यमन्त्री र प्यानलका प्रतिनिधि मण्डलबीच हेटौँडास्थित मुख्यमन्त्री कार्यालयको सभाकक्षमा छलफल भएको हो । मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश ३ भित्र आबश्यक रहेको भवन, सभाहल र बिभिन्न प्रयोजनको निमित निर्माण हुने घरहरुमा प्रयोग हूने उपकरण र निर्माण सामग्रीहरु स्वदेश मैं बनेको राम्रो हुने बताए । गोर्खा इको प्यानलको निर्माण सम्बन्धी प्रस्तुति आफुलाई प्रभावित पारेको मुख्यमन्त्री पौडेलले प्रशंसा गरेका हुन् । नेपालको परिपेक्षमा बढ्दो व्यापार घाटाको बेला स्वदेशमा बनेको निर्माण सामग्री यदि स्थायी र टिकाउ भए प्रयोगमा ल्याउन सकिने जिकिर गर्दै स्वदेशी निर्माण सामग्रीको बढावा दिन समेत आग्रह गरे । उनले इको प्यानलको बढ्दो प्रयोगले समय र पैसा दुबैको बचत हुनेमा आफू विस्वस्त रहेको प्रतिक्रिया दिएका हुन् । छलफलमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीईओ इन्जिनियर कृष्णभक्त दुवालले आधुनिक निर्माण जगतममा स्वदेशमै बनेको सामग्री प्रयोगले अब अत्याधुनिक सभा हल, भवन र घर निर्मान गर्न सक्ने बताए । दुवालले अहिले सम्म गोर्खा इको प्यानलले नेपालको मनागङ्ग मुस्ताकदेखी पहाड़मा र तराईमा समेत बिभिन्न स्कूल, का‘लेज, सभागृह र बिभिन्न प्रयोजनको घर निर्माण गरेको प्रोजेक्ट पावर पा‘इंट नै प्रस्तुत गरेका थिए । छलफलमा प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुङ्गेल, प्रमुख सचिव आनन्दराज ढकाल , भवन विभागका निमित्त प्रमुख इञ्जीनियर सञ्जय पाण्डेय, आर्किटेक रामामान्धर, मानव विकास केन्द्रका प्रमुख कुन्दन झा लगायतको उपस्थिति थियो ।