विकासन्युज

प्रदेश ३ का मुख्यमन्त्री र गोर्खा इको प्यानलका प्रतिनिधिबीच छलफल

काठमाडौँ । प्रदेश ३ सरकारको नयाँ भन्ने भवनहरु निर्माण सम्बन्धी विसयमा मुख्यमंत्री र गोर्खा इको प्यानलका प्रतिनिधिबीच निर्माण सम्बन्धी छलफल भएको छ । मुख्यमन्त्री र प्यानलका प्रतिनिधि मण्डलबीच हेटौँडास्थित मुख्यमन्त्री कार्यालयको सभाकक्षमा छलफल भएको हो । मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश ३ भित्र आबश्यक रहेको भवन, सभाहल र बिभिन्न प्रयोजनको निमित निर्माण हुने घरहरुमा प्रयोग हूने उपकरण र निर्माण सामग्रीहरु स्वदेश मैं बनेको राम्रो हुने बताए । गोर्खा इको प्यानलको निर्माण सम्बन्धी प्रस्तुति आफुलाई प्रभावित पारेको मुख्यमन्त्री पौडेलले प्रशंसा गरेका हुन् । नेपालको परिपेक्षमा बढ्दो व्यापार घाटाको बेला स्वदेशमा बनेको निर्माण सामग्री यदि स्थायी र टिकाउ भए प्रयोगमा ल्याउन सकिने जिकिर गर्दै स्वदेशी निर्माण सामग्रीको बढावा दिन समेत आग्रह गरे । उनले इको प्यानलको बढ्दो प्रयोगले समय र पैसा दुबैको बचत हुनेमा आफू विस्वस्त रहेको प्रतिक्रिया दिएका हुन् । छलफलमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीईओ इन्जिनियर कृष्णभक्त दुवालले आधुनिक निर्माण जगतममा स्वदेशमै बनेको सामग्री प्रयोगले अब अत्याधुनिक सभा हल, भवन र घर निर्मान गर्न सक्ने बताए । दुवालले अहिले सम्म गोर्खा इको प्यानलले नेपालको मनागङ्ग मुस्ताकदेखी पहाड़मा र तराईमा समेत बिभिन्न स्कूल, का‘लेज, सभागृह र बिभिन्न प्रयोजनको घर निर्माण गरेको प्रोजेक्ट पावर पा‘इंट नै प्रस्तुत गरेका थिए । छलफलमा प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुङ्गेल, प्रमुख सचिव आनन्दराज ढकाल , भवन विभागका निमित्त प्रमुख इञ्जीनियर सञ्जय पाण्डेय, आर्किटेक रामामान्धर, मानव विकास केन्द्रका प्रमुख कुन्दन झा लगायतको उपस्थिति थियो ।

कुमारी बैंकको ‘परिवार सुरक्षा बचत खाता’ शुरु, २६ लाखसम्मको बीमा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ बचत खाता ‘कुमारी परिवार सुरक्षा बचत खाता’ शुरु गरेको छ । नेपालमै पहिलो पटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य (बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य, आमा वा बुवा आफैँ, तथा दुई सन्तान)को स्वतः बीमा हुने प्रावधान छ । यो बचत खातामा न्यूनतम रू. १०,००० मौज्दात हुनु पर्नेछ । वार्षिक ६.५० प्रतिशत ब्याजदर लागू हुने यो खातामा निम्न विशेष सुविधाहरू रहेका छन् । यस खातामा रु २६ लाखसम्मको परिवारको बीमा गरिएको छ । जसमा दम्पत्तिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरिक अशक्तता बीमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बीमा, परिवारको औषधोपचारको बीमा सुविधा पनि उपलब्ध गरेको छ । यस खातामा इन्टरनेट बैंकिङ्ग निःशुल्क, मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड(पहिलो वर्ष निःशुल्क) र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुनेछ । कुमारी बैंक लिमिटेडले हरेक वर्गका ग्राहकका लागि उच्च सुविधायुक्त सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

बैतडीमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बिस्तार

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाटन नगरपालिका वडा न. ६ एयरपोर्ट रोडमा बैतडी शाखा उद्घाटन गरेको छ । उक्त शाखाको पाटन नगरपालिका मेयर केशवबहादुर चन्दले आइतबार उद्घाटन गरे । उक्त कार्यक्रममा बैतडी जिल्लाका पूर्व उप-सभापतिहरु, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागिता रहेको थियो ।

गभर्नरले मलाई सोध्नुभयो-‘एनआईसी एशिया बैंकको १० लाख कित्ता सेयर उठाएछौ, के भईराछ यहाँ भित्र ?’

शशिकान्त अग्रवाल उद्यमीसँगै सेयर बजारका खेलाडी पनि हुन् । सेयर बजारमा गिरावट छ । उनी भने ठूला ठूला सेयर कारोबारमा संलग्न छन् । बजार विकास कसरी होला ? नयाँ लगानीकर्ताले कस्ता कम्पनीको सेयर किन्ने ? खराव अवस्थामा पनि कसरी लाभ लिने ? मेरियट होटलबारे कुरा गरिसकेपछि हामीले सेयर बजारबारे केही प्रश्न गरेको थियौं । प्रस्तुत छ उनीसँगको सेयरवार्ता । सेयर बजारमा निकै तल गयो । यसको कारण के-के हुन सक्छन् ? पुँजी बजारमा परिपक्वता छैन । दोस्रो बजारमा सेयर किन्दा प्रतिफल ज्यादै कम छ । पहिला बैंकबाट ६-७ प्रतिशत व्याजमा ऋण पाउँदा सेयर बजारमा लगानी गरेर फाइदा हुन्थ्यो । मुद्दतिमा ५-६ प्रतिशत भन्दा कम व्याज दिन्थे बैंकहरुले । त्यो अवस्थामा लगानीकर्ताले सेयर बजारमा पैसा लगानी गरेका थिए । अहिले बैंकहरुले निक्षेपमा १० प्रतिशत व्याज दिन्छन् । ऋणपत्रहरुमा १० प्रतिशतभन्दा बढी व्याज छ । बैंकबाट सेयर कर्जा लिनुपर्यो भने १३ प्रतिशतभन्दा कममा पाइदैन । यो अवस्थामा सेयर बजारमा लगानी गरेर फाइदा नै छैन । सेयरमा रेट अफ रिर्टन नै भएन । यो अवस्था कहिलेसम्म रहन्छ ? बैंकको व्याज नघटेसम्म सेयर बजार बढ्दैन । आज बैंकले २ प्रतिशत व्याज घटाओस्, भोलि सेयर बजार ५० अंकले बढ्छ । दुई दिनमा १०० अंकले बढ्छ । अहिले बजारमा पैसाको सर्कुलेशन नै कम छ । दैनिक सेयर कारोबार नै ५० करोडको हाराहारीमा छ । यो त निकै कम हो नि । बजारमा सुनसान नै छ । तत्काल बैंकले व्याज घटाउने सम्भावना छ ? म देख्दिन । मौद्रिक नीतिले सबै बैंकलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नै पर्छ भनेको छ । ऋणपत्रको व्याज १० प्रतिशतभन्दा माथि छ । यसले निक्षेप र कर्जा दुबैको व्याज घटाउन मद्दत गर्दैन । दोस्रो, राष्ट्र बैंकले चालु आर्थिक वर्षमा २१ प्रतिशत कर्जा विस्तार गर्ने भनेको छ । यति धेरै कर्जा विस्तार गर्ने लक्ष्य राष्ट्र बैंकको छ भनेपछि बैंकहरुले लगानी बढाउने नै भए । बैंकमा कर्जामा माग पनि धेरै छ । यस्तो अवस्थामा लगानी योग्य पुँजीको अभाव नै हुन्छ बैंकलाई । त्यसैले तत्काल व्याज घट्छ जस्तो मलाई लाग्दैन । खराव परिस्थितिमा पनि राम्रा कम्पनीको सेयर किन्दा फाइदा हुन्छ भनिन्छ । अहिले कस्ता कम्पनीको सेयर किन्दा राम्रो हुन्छ ? म सेयर विश्लेषक पनि होइन, ठूलो लगानीकर्ता पनि होइन । तर म के भन्छु भने उत्तेजनामा आएर सेयर किनबेच गर्नुहुन्न । राम्रो पर्फमेन्स भएको, राम्रो व्यवस्थापन भएको कम्पनी छान्नुपर्छ । प्रतिफल ५ प्रतिशत दिने नराम्रो कम्पनी भन्दा ४ प्रतिशत प्रतिफल दिने राम्रो कम्पनी छान्नुपर्छ । सुरक्षित कम्पनी हुनुपर्छ । अहिले कस्ता कम्पनीमा सेयर लगानी गर्दा सुरक्षित हुन्छ ? यस्तो कुरा गर्न मलाई थाहै हुन्न । हुन त मिडियाले मलाई ठूलो सेयर कारोबारी भनेर पनि लेखे । तर म दोस्रो बजारमा सेयर किनबेच गर्ने मान्छे होइन । मलाई इच्छा नै छैन । तपाईले ‘म ठूलो सेयरको कारोबारी होइन’ भन्नुहुन्छ । तर नेप्सेको जिम्मेवार अधिकारीहरुले तपाई नै यो देशको सबैभन्दा ठूलो सेयर खेलाडी हो भन्छन् । डाटाले त्यहि देखाउँछ रे त ? त्यो हुँदै होइन । म सेयर कारोबार गर्ने मान्छे नै होइन, म कसरी ठूलो सेयर कारोबारी  ? नेप्सेले डाटा सार्वजनिक गरोस् न यो देशका ठूला सेयर कारोबारीहरुको नामसहित । मैले कुनै पनि आर्थिक वर्षमा ५ करोड भन्दा बढीको सेयर किनबेच गरेको रेकर्ड तपाईले पाउनुहुन्न । लुकाउनु पर्ने विषय पनि होइन । लुकाउन सक्ने विषय पनि होइन । बैंकको व्याज नघटेसम्म सेयर बजार बढ्दैन । आज बैंकले २ प्रतिशत व्याज घटाओस्, भोलि सेयर बजार ५० अंकले बढ्छ । ५ करोड भन्नु भएको कि ५ अर्ब ? ५ करोड नै भनेको हो । प्रमोटर सेयरको कुरा चै फरक हो । हालसालै मैले प्रभु बैंकको १२ करोड रुपैयाँ बराबरको सेयर बेचेँ । केही समय अघि शिखर इन्स्योरेन्सको पनि ५ करोडको सेयर बेचेको थिएँ । तर ती सबै सेयर प्रमोटरबाट पब्लिक भएको सेयर बचेको हुँ । कारोबारी भएको भए म ती सेयर होल्ड गर्थे । म पब्लिक सेयर लिएर बस्दिन । प्रमोटर सेयरमा त लगानी गरिरहेको हुन्छु । जस्तै, अब हिमालयन बैंकको १०-१२ प्रतिशत प्रमोटर सेयर पब्लिक सेयरमा कन्भर्ट हुँदैछ । पब्लिक सेयरमा कन्भर्ट भएपछि म २५-३० करोडको सेयर बेच्छु । एनआईडीसीले नविल बैंकको प्रमोटर सेयर बेच्ने भयो । मैले करिव ३० हजार कित्ता अक्सनमा लिएँ । हकप्रद बोनस गर्दा अहिले ९० हजार कित्ता भयो होला । यो पनि पब्लिकमा कन्भर्ट हुँदैछ । अब म यो सेयर पनि बेच्छु । सेयर कारोबारी भनेको त कस्तो भने आज ८ करोडको सेयर किन्यो, भोलि १० करोडको बेच्यो । कारोबारी भनेको यस्तो हो । म त्यस्तो कारोबारमा छैन । तपाईले नेप्सेका जिएमको कुरा गर्नु भयो । अस्ति मलाई गभर्नरले फोन गर्नुभयो । उहाँ मेरो नजिकको साथी हुनुहुन्छ । ‘के हो तिमी त । एनआईसी एशियाको १० लाख कित्ता सेयर उठाएछौं । के छ त्यहाँ त्यस्तो  ?’ मैले भने– गभर्नर साव, तपाई त राष्ट्र बैंकको गभर्नर । तपाईसँग त सहि तथ्याङ्क हुनुपर्ने हो । मैले एनआईसी एशियाका जम्मा ८० हजार कित्ता सेयर लिएको हो । १० लाख के ? डेढ लाख कित्ता पनि लिएको छैन । कत्रो हल्ला भएको ? मैले केही क्ल्यू पाए । ५०-६० रुपैयाँ फाइदा हुन्छ भन्ने चाल पाए । केही महिनामा ४०-५० रुपैयाँ फाइदा भयो । सबै बेचिदिए । त्यस्तो अपरच्युनिटी पाए भने अहिले पनि किन्छु । तर ५-१० रुपैयाँ खानको लागि डे टु डे सेयर किनबेच गर्दिन । म सेयर विश्लेषक पनि होइन, ठूलो लगानीकर्ता पनि होइन । तर म के भन्छु भने उत्तेजनामा आएर सेयर किनबेच गर्नुहुन्न । तपाईले सेयरबजारमा घाटा खानुपरेको कम्पनी ? केही कम्पनीमा घाटा हुन्छ । ग्राण्ड बैंकको प्रमोटर सेयर लिए । शुरुमा होइन, पछि लिएको । किन्दा किन्दा धेरै नै थियो । तर, बैंक व्यवस्थापन ज्यादै फितलो भयो । त्यसको व्यवस्थापन ज्यादै खराव रहेछ । भित्रभित्रै ध्वस्त भएको रहेछ । त्यो बैंक सस्तोमा मर्ज गराउन मैले धेरै प्रयास गरे । त्यतिमा पनि मर्ज नगरेको भए बैंक रन हुन्नथ्यो । पब्लिकको निक्षेप पनि डुब्थ्यो । सेयरधनीको पैसा पनि पुरै डुब्ने थियो । धन्न त्यो बैंक प्रभुले थाम्यो । पब्लिकले निक्षेप पनि फिर्ता पाए । हाम्रो लगानी पनि बच्यो । अहिले त प्रभु बैंक राम्रो भयो । त्यसमा गरेको लगानी १२ वर्षपछि उठ्यो । त्यसबाट फाइदा चाहिँ भएन । ग्राण्ड बैंकको पतनको कारण के थियो ? खराव व्यवस्थापन । भित्र भित्र मुसाले जस्तै प्वालै प्वाल पारेको रहेछ । फेब्रिकेटेड व्यालेन्सिट रहेछ । खराव ऋणीलाई पनि नयाँ कर्जा दिएर कर्जाको व्याज उठाईरहेको रहेछ । नयाँ सीईओ आएपछि त्यो सबै खुल्यो । ग्राण्ड बाहेक तपाईले लगानी गरेको खराव कम्पनी ? कुमारी बैंक पुरानो बैंक हो । यसमा गरेको लगानीले पनि प्रतिफल दिएन । यसको व्यवस्थापन चुस्त दुरुस्त भएन । कहिले व्यवस्थापन राम्रो भएन । कहिले बोर्डले, प्रमोटरले अनावश्यक हस्तक्षेप गरे । अहिलेको सीईओ राम्रो मान्छे हुनुहुन्छ । उहाँले राम्रो गर्नु हुन्छ कि भन्ने आशा छ । होटल मेरियटको व्यवस्थापन अमेरिकी ब्राण्डलाई, ‘रिस्क लिन चाहिन’: शशीकान्त अग्रवाल  

विराटनगर भन्सारले उठायो लक्ष्यभन्दा कम राजश्व

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा कूल रु ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार राजश्व सङकलन गरेको छ । रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सो भन्सार कार्यालयले उक्त अवधिमा लक्ष्यको तुलनामा रु चार अर्ब २४ करोड २४ लाख ३० हजार राजश्व सङकलन कम भएको भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिएका छन् । उनले गएको फागुन महिनादेखि आयात घट्नु, जोगवनी र बथनहाबीचमा अवस्थित पुलमा अवरोध आउनुजस्ता कारणले लक्ष्यको तुलनामा कम राजस्व सङकलन भएको बताए । कार्यालयले सो अवधिमा साउनमा १०० दशमलव ६८ प्रतिशत, भदौमा ९५ दशमलव २५, कात्तिकमा १०७ दशमलव ४४, मङ्सिरमा १०१ दशमलव ५०, पुसमा १०० दशमलव शून्य चार, माघमा ९७ दशमलव १४, फागुनमा ९५ दशमलव शून्य दुई, चैतमा ९४ दशमलव ३७, वैशाखमा ९२ दशमलव १८, जेठमा ९१ दशमलव ६४ र असारमा सबैभन्दा कम ९० दशमलव शून्य तीन प्रतिशत राजश्व सङ्कलन गरेको छ । सङ्कलित राजश्वमा भन्सार महसुल रु १५ अर्ब ४७ करोड दुई लाख ४८ हजार, मूल्य अभिवृद्धि कर रु २० अर्ब ८५ करोड १९ लाख चार हजार र अन्तःशुल्क रु एक अर्ब ९६ करोड ७३ लाख ३६ हजार छन् । सो अवधिमा भन्सार नाकाबाट कूल रु २० अर्ब २७ करोड ११ लाख ३५ हजार मूल्य बराबरको १० किसिमका सामान निकासी भई कूल रु तीन खर्ब २३ अर्ब ४१ करोड ३३ लाख ४७ हजार मूल्य बराबरको १० किसिमका सामान आयात भएको कार्यालयले जनाएको छ । आयात र निर्यातको यो असन्तुलनले हामी नेपाली परनिर्भरतामा बढी केन्द्रित भएको अनुमान सहजै लगाउन सकिन्छ । रासस

गत आवमा १३ खर्ब २१ अर्ब व्यापार घाटा: १४ खर्ब १८ अर्ब आयात, ९७ अर्बको निर्यात

काठमाडौं । गत आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब ४२ करोड व्यापार घाटा भएको छ । वस्तुु तथा सेवा आयातको तुलनामा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिदै गएको हो । गत आर्थिक वर्षमा कुल १५ खर्ब १५ अर्ब वैदेशिक व्यापार भएको छ । सो अवधिमा १४ खर्ब १८ अर्ब रुपैयाँ विदेशी वस्तु तथा सेवा नेपाल भित्रिएका छन् भने जम्मा ९७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । देशको आन्तरिक उत्पादनले आम आवश्यकता धान्न नसकेपछि व्यापार घाटा चुलिदै गएको भन्सार विभागले जानकारी दिएको छ । अघिल्लो २०७४/७५ मा कुल व्यापार घाटा ११ खर्ब ६३ अर्ब थियो । गत आवमा आइपुग्दा १३.५५ प्रतिशतले व्यापार बढेर १३ खर्ब २१ अर्ब पुगेको हो । अघिल्लो आवमा १२ खर्ब ४५ अर्बको वस्तु तथा सेवा नेपाल भित्रिएको थियो भने ८१ अर्ब ३५ करोड निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा व्यापार घाटा अनुपात भने घटेको छ । गत आवमा आयात निर्यात अनुपात १४.६ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो अनुपात १५.३ रहेको थियो । अघिल्लो आवको तुलनामा आयात १३.९३ प्रतिशतले बढेको छ भने निर्यात १९.३६ प्रतिशतले घटेको छ । कुल वैदेशिक व्यापारमा आयातकोे हिस्सा ९३.६ प्रतिशत रहेको छ भने निर्यातको अंश ६.४ प्रतिशत रहेको विभागको तथ्यांक छ । अघिल्लो आवमा कुल व्यापारमा आयातको अंश ९३.९ प्रतिशत र निर्यातको अंश ६.१ प्रतिशत हिस्सा रहेको थियो ।

नेपालमा व्यापार सहज बनाउन भारतको सहयोग चाहिन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ब्यापार बढाउन भारतको सहयोग अति आवश्यक रहेको बताएका छन् । आइतबार राजधानीमा शुरु भएको नेपाल भारत पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै ओलीले नेपालको व्यापारमा लगानी बढाउन, दुई देशबीचको सम्बन्ध सुदृढ पार्न र व्यापार सहज बनाउन भारतको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न विकासका पूर्वाधारहरुका बारेमा बोल्दै उनले सडक, रेल र पेट्रोल लाईन सेवाको विस्तार गरेर दुई देशबीचको व्यापार तथा सम्बन्धलाई सहज र सुदृढ बनाउन वर्तमान सरकार लागि परेको बताए । उनले भारतबाट नेपालमा सहज ढंगले सामान ढुवानी गर्न पारवहन सहजीकरण गर्न भारतीय पक्षबाट सहयोगको अपेक्षा रहेको बताए । यसका साथै ओलीले भारतसँग नेपालको उच्च व्यापार घाटा भएको बताउँदै व्यापारमा पनि सन्तुलित हुनु पर्नेमा पनि जो्ड दिए । कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले सम्बृद्ध नेपाल सुखी नेपाली नारा रहेको नेपालको विकास र समृद्धिका लागि भारत सहयोग गर्न सधैं सकारात्मक रहेको बताए । उनले नेपनल भारतको वाणिज्य सम्बन्ध सकरात्मक रहेको बताउँदै पेट्रोलियम पाइपलाइन र रेलवेबाट नेपालको आर्थिक विकासमा टेवा पुग्ने बताए । यस्तै कार्यक्रममा बोल्दै उद्योग वाण्ज्यि महासंघकी अध्यक्ष भवानी राणाले पारवहन सम्बन्धी समस्या समाधानका लागि सम्मेलनको आयोजना गरिएको बताईन् । कार्यक्रममा उद्योग तथा वाणिज्य क्षेत्रका विज्ञहरुको सहभागिता र छलफल रहने बताइएको छ । सम्मेलन सोमबारसम्म सञ्चालन हुनेछ ।

डिएन गिरीको अध्यक्षतामा नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाइटी गठन

काठमाडौं । बाँकेमा नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाइटी (एनआइपिएस) कार्य समिति गठन भएको छ । ९ जनाको सदस्यबाट गठन भएको उक्त एनआइपिएसकाे  नेतृत्व डि.एन. गिरीले लिएका हुन् । यसरी, उक्त कार्यक्रमले बाँके जिल्ला लगायत यस क्षेत्रको बीमा व्यवसायलाई अझ व्यवस्थित एवं परिस्कृत बनाई बीमा व्यवसायमा स्वच्छ प्रतिस्पर्धा कायम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । युनाइटेड इन्स्योरेन्सका डिएन गिरीको अध्यक्षतामा गठित समितिमा प्रिमीयर इन्स्योरेन्सका सागरराज शाक्य उपाध्यक्ष, त्यसैगरी, महासचिवमा प्रुडेन्सियल इन्स्योरेन्सका सुबोध श्रेष्ठ, सचिवमा राष्ट्रिय बीमा कम्पनीका नवीन शर्मा, कोषाध्यक्षमा सानिमा जनरल इन्स्योरेन्सका बसन्तराज घिमिरे चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा एभरेष्ट इन्स्योरेन्सका सन्जय गौतम (सन्जु बाबा), हिमालयन जनरल इन्स्योरेन्सका अन्जु सिग्देल, ओरेन्टल इन्स्योरेन्सका पि. अशोकन र प्रभु इन्स्योरेन्सका श्याम भक्त मल्ल रहेका छन् ।