विकासन्युज

सेञ्चुरी कमर्सियल बैंकद्वारा सिरुटार माविलाई कम्प्युटर हस्तान्तरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्यविनायक नपा वडा नं १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोख्रेललाई हस्तान्तरण गरे । कम्प्युटर हस्तान्तरण समारोहमा प्रदेश ३ सभाकासदस्य शशिजङ्ग थापा तथा विद्यालयका शिक्षकशिक्षिकाको पनि उपस्थिति थियो ।

स्ट्याण्डर्ड चार्टर्डले माइती नेपाललाई गर्यो ३७ लाख नगद र २० थान ल्यापटप सहयोग

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले माइती नेपाललाई ३७ लाख २२ हजार ५ सय १७ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकको दिगो पहलकदमी स्ट्याण्डर्ड चार्टर्डद्वारा भविश्य निर्माताहरु अभियान अन्तरगत सो सहयोग रकम हस्तान्तरण गरिएको हो । माइती नेपाललाई न्यून लागतको स्यानिटरी नेपकिन उत्पादन गर्ने कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रदान गरिएको हो । असायक युवतीहरु र महिलाहरुलाई स्यानिटरी नेपकिनको उत्पादनद्वारा शसक्तिकरण गराउने लक्ष्य राखेको छ, जसबाट महिलाहरुलाई महिनावारी हुँदा स्वच्छ सुरक्षित सरसफाईमा प्रोत्साहन मिल्नेछ । स्ट्याण्डर्ड चार्टर्डद्वारा भविश्य निर्माताहरु बैंकको एक त्यस्तो विश्वव्यापी पहल कदमी हो । जसले असमानताका मुद्दाहरुमा सरोकार राख्दछ र हाम्रो समुदायका युवावर्गका लागि बृहत् आर्थिक समावेशिताको प्रवद्र्धन गर्न चासो देखाउँछ । बैंकले यस योजना मार्फत न्यून आय भएका घर परिवारका विपन्न युवा वर्गहरुलाई शिक्षा, रोजगारमूलक र उद्यमशीलतामाथि केन्द्रित कार्यक्रमहरुमा सहायता प्रदान गर्ने गरेको छ । बुधबार माइती नेपालले आयोजना गरेको विशेष कार्यक्रममा सिएबीएम इभा एङ, आसियन एण्ड साउथ एशियाका सारोन लि, कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङका प्रमुख प्रनु सिंहले माइती नेपालका अध्यक्ष विश्व खड्का उक्त रकम र २० थान ल्याप टप हस्तान्तरण गरेका हुन् ।

अब सुमेरु अस्पतालले सरकारी शुल्कमै मिर्गौला प्रत्यारोपण गर्ने

काठमाडौं । मिर्गौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको सुमेरु सामुदायिक अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मिर्गौला प्रत्यारोपण गर्ने भएको छ । हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल, त्रिभूवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान , भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रसहित आठ अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने गर्दछ । साथै सरकारले डायोलासिस सेवाका लागि रु एक लाख दिने गर्दछ । ग्रामीण तथा मध्यमवर्गीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विसं २०६९ देखि सञ्चालनमा आएको उक्त अस्पतालले गत असार ३१ गते पहिलोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत गोरखाका विकास गुरुङ र रामेछापका सुकरानी मोक्तानको मिर्गौला निःशुल्क प्रत्यारोपण भएको उक्त अस्पतालले जनाएको छ । अस्पतालका गतिविधिबारेमा जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सुमेरु ग्रुप एवं सुमेरु अस्पतालका अध्यक्ष भरत महर्जनले भने, “सरकारी शुल्कमा यस अस्पतालले मिर्गौला प्रत्यारोपण गर्छ ।” मिर्गौला रोग विशेषज्ञ प्रा. डा. ऋषिकुमार काफ्लेसहित प्रा. डा. ऋषिकुमार काफ्ले, डा. वीरेन्द्र यादव, डा. किरण श्रेष्ठ, डा. राकेश बर्मा, डा. डिभी कार्की, डा. वेस अन्सारी, डा. राजेन्द्रकुमार अग्रवाल, डा. नवीन बस्नेत, डा. वर्षा श्रेष्ठ, डा. सन्तोष गुरुङ, डा. सञ्जीव आचार्यसहित डा. महालक्ष्मी देउजा र डा. अनिल ओझा प्रत्यारोपण कार्यमा संलग्न रहेका छन् । हाल अस्पतालले २५ हेमोडायलोसिस उपकरणबाट डायलोसिस गर्दै आएको छ । तीनसय श्यया क्षमताको अस्पतालमा १०० विशेषज्ञ चिकित्सक आबद्ध छन् । बल्ड ग्रुप म्याचिङ नहुने बिरामीको मिर्गौला प्रत्यारोपणका लागि प्लाज्मा फेरोसिस उपकरण जडान र सुविधा सम्पन्न एचएलए ल्याब टेष्ट सुविधा निकट भविष्यमा सञ्चालन गर्न लागेको उक्त अस्पतालले अन्तरराष्ट्रियस्तरको सुविधा सम्पन्न २०० श्ययाको मिर्गौला अस्पतालका साथै सबै प्रदेशमा मिर्गौला रोगसम्बन्धी सेवा केन्द्र स्थापना गर्ने योजनामा रहेको अध्यक्ष महर्जनले जानकारी दिएका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले मिर्गौला प्रत्यारोपण तथा अन्य सेवा विस्तारका सम्बन्धमा सकारकारको सहयोग रहने जानकारी दिए । रासस

कन्ट्री रेटिङ गर्न सरकार अघि बढ्यो

काठमाडौं । कन्ट्री रेटिङ नहुँदा विदेशबाट ऋण ल्याउन तथा वैदेशिक लगानी भित्र्याउन अप्ठ्यारो परेपछि सरकारले कन्ट्री रेटिङ गर्ने भएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कन्ट्री रेटिङ गर्न सरकारले आवश्यक प्रक्रिया अघि सारेको बताएका हुन् ।

संस्कृति ईन्टरनेसनल स्कुल बन्यो दक्षिण एसियामै आईपिसी मान्यता पाउने पहिलो विद्यालय

काठमाडौं। संस्कृति ईन्टरनेसनल स्कुलले नेपालको विद्यालय तहको प्राथमिक शिक्षामा नयाँ फड्को मार्न सफल बनेको छ। स्वयम्भुस्थित संस्कृति नेपालको विद्यालय शिक्षामा फड्को मार्दै अन्तरराष्ट्रिय प्राथमिक पाठ्यक्रम मान्यता प्राप्त गर्ने दक्षिण एसियाकै प्रथम विद्यालय हुन सफल बनेको हो। २०१४ देखी सकृय रुपमा शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको विद्यालय २०१६ देखी बेलायतको प्राथमिक तहमा प्रयोग हुने निकै नै चर्चित पाठ्यक्रम आईपिसी लागु गरेको थियो । पाठ्यक्रम लागु भएको ३ बर्ष पछि विद्यालयले बेलायतको फिल्डवोर्क एजुकेसन अर्थात आईपिसी संचालकको तर्फबाट मान्यता प्राप्त गरेको हो । आईपिसीले ३ बर्ष लामो अध्ययन र गएको जेठ महिनामा आँफै आएर विद्यालयको अभिभावक, बालबालिकासँग आँफै कुरा गरेर, निरिक्षण गरेपछी मात्र विद्यालयलाई मान्यता दिएको विद्यालयका अध्यक्ष रन्जित आचार्यले बताए ।आचार्यले आफुहरु नामको मात्र ईन्टरनेशनल नभएर काममा पनि ईन्टरनेशनल बन्न सफल भएको बताए। नेपाल सरकारले चाहे आफुहरुले यस पाठ्यक्रम अन्य विद्यालयमा पनि लागु गर्न मद्त गर्ने जनाए । आईपिसी अन्तरराष्ट्रिय प्राथमिक तहको निकै नै चर्चित पाठ्यक्रम शैली हो । ९३ देशमा लागु भएको यो पाठ्यक्रम ३ देखी १२ बर्षको बालबालिकाको लागि बनाईएको एउटा विस्तृत, विषयगत, रचनात्मक पाठ्यक्रम हो । यस् पाठ्यक्रमले के पढाउने भन्दा पनि कसरी पढाउने बिषयलाई बढी जोड दिने गरेको छ । यसले २१ औं शताब्दिका सिकारु विद्यार्थीहरुलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा बढी केन्द्रित रहेको छ। पाठ्यक्रम चर्चित र फरक हुनुको कारण यस पाठ्यक्रले बालबालिकालाई शैक्षिक रुपमा मात्र कसरी बलियो बनाउने भन्दा पनि जीवनसँग जुध्न कसरी शक्षम बनाउने, उनिहरुलाई सफल कसरी बनाउने भन्ने कुरामा जोड दिन्छ ।यसलाई विद्यालयले नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रमसँग जोडेर बनाएको छ । नेपाली पाठ्यक्रम एकदमै जटिल भएको र ज्ञानमा मात्र केन्द्रित भएको कारण आफुहरुले आईपिसीलाई त्यसैमा जोडेको स्कुलकी संचालिका दिप्ती आचार्यले बताईन् । यो पाठ्यक्रम विश्वोको ९३ देशमा लागु भएको पनि उनले जानकारी दिईन् । विद्यालयका अध्यक्ष रन्जित आचार्यले आफुहरु नामको मात्र ईन्टरनेशनल नभएर काममा पनि ईन्टरनेशनल बन्न सफल भएको बताए। नेपाल सरकारले चाहे आफुहरुले यस पाठ्यक्रम अन्य विद्यालयमा पनि लागु गर्न मद्त गर्ने जनाए । काठमाडौं महानगरपालिकाको वडा नं १५ का शिक्षा विभाग ईन्चार्ज आनन्द राम गौतमले बिहीवार एउटा कार्यक्रमको बिच विद्यालयलाई आईपिसी मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरेका थिए । गौतमले यो नेपालको लागि निकै नै गौरवको बिषय बताए र अन्य विद्यालयहरु पनि संस्कृति विद्यालयबाट केही सिक्नुपर्ने जोड दिए ।

स्वदेश मै उद्योग सञ्चालन गरौँ, व्यापार घाटा घटछः अर्थमन्त्री खतिवडा

काठमाडौं । नेपालको व्यापार घाटा घटाउनका गर्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापारभन्दा पनि उद्योगमा जोड दिनुपर्ने बताएका छन् । विदेशी वस्तु आयात गरेर व्यापार गर्नु परेकाले व्यापार घाटा वुद्धि भएको बताए । व्यापार घाटा कम गर्न अब व्यापारीहरुले स्वदेशी उद्योग सञ्चालन गरि बस्तु उत्पादन गर्नु पर्ने बताए । व्यापार घाटा कम गर्नका लागि अर्थमन्त्रीले स्वदेशी उद्योगको संरक्षण तथा बाहिरबाट आयात हुने अनावश्यक वस्तुहरुको खपतलाई न्युनिकरण गर्ने बताए । बिहीबार राजधानीमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै उनले आगामी दिनमा अब भन्सार प्रक्रियालाई सहज र सरल बनाइ अघि बढाउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन र उद्योगलाई संरक्षण गर्ने नीति लिएको बताएका हुन् । सरकार स्वदेशी बस्तु उत्पादनका लागि आवश्यक उपकरणहरु आयात गर्न सहजता प्रदान गर्न लागि परेको जानकारी दिए । सरकारले व्यवसायीले भन्सारहरुमा भोग्नु परेको विभिन्न समस्याहरुको न्युनीकरण र सहजतातिर समेत ध्यान दिएको जानकारी दिए । गत आर्थिक बर्षमा अघिल्ला बर्षहरुको तुलनामा बढि भन्सार भएका बस्तुको आयात घटेका कारण राजस्व संकलनमा दवाब सिर्जना भएको अर्थमन्त्री खतिवडाको भनाई छ । ‘गत आर्थिक बर्ष पेट्रोलियम पदार्थ, सवारीसाधन, विलासिताका बस्तुहरुमा कडाई गरिएका कारण यसको आयात घट्न गएको छ, उनले भने, ‘यी बस्तुहरुको आयातमा कमिका कारण राजस्व संकलनका लक्ष्यका केही दवाब सिर्जना भएको बताए ।’ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले प्रतिष्पर्धाको बजारमा कालाबजारी ऐनको कुनै आवश्यक नभएकाले र तत्काल खारेजी गर्नु पर्ने बताए । सरकारकाको सबै निर्णयहरु व्यापारी मान्न तयार भएपनि २०३३ सालदेखिको पुरानो कालाबजारी ऐनले व्यबसायीलाई असजिलो अवस्था सिर्जना गरेको भन्दै यसलाई तत्काल खारेज गर्नुपर्ने बताएका हुन् । त्यसैगरी अर्थसचिव राजन खनालले भन्सारमा सवारी जाँचपासका लागि विशेष प्रविधि जडान गर्न लागिएको बताए । प्रविधि जडानपछि भन्सारको अनुगमन प्रभावकारी हुने र व्यक्ति आफैं भन्सार शुल्क बुझाउनु जानु नपर्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले देशमा उद्योग चलाउनका लागि एसेम्बिलिङको आवश्यक भएको भन्दै यसका लागि काम गर्नुपर्ने बताए । भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले साना भन्सार कार्यालयमा कर्मचारी टिकाउन गाह्रो भएको बताए । भन्सार कार्यालयबाट चोरी पैठारी बढेको र यसले राजस्व चुहावट भइरहेको पनि बताए ।

बढ्दाे साइबर अपराध चुनौतीपूर्ण बन्दै

चितवन । पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा यहाँ आज आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् । अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो । महिला तथा बालबालिकालाई अपराधमा सामेल गर्न सजिलो हुने भएकाले अपराधीले उनीहरुलाई रोज्ने गरेको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिएका छन् । उक्त विषयमा कार्यपत्र प्रस्तोता उनले ब्यूरोमा एक हजार ४९८ सामाजिक सञ्जाल (फेसबुक) बाट गरिएका अपराधका सम्बन्धमा उजुरी परेको बताए । उजुरी परेसँगै अनुसन्धानका कठिनाइ भएपनि कतिपयमा उजरीमा सफलतासमेत मिलेको उनको भनाइ थियो । प्राय कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोग गरी सहजरुपमा फसाउने गरेको उनले बताएका छन् । सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, बेचबेखिन, फिरौती, धम्की, तस्करीलगायत अपराध हुने गरेको अर्यालले जानकारी दिए । अहिले नेपालमा ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको र तीमध्ये ९८ प्रतिशतले मोबाइलको प्रयोग गर्ने गरेको कार्यक्रममा जानकारी दिइएको थियो । सामाजिक सञ्जालको सही सदुपयोग गर्न नजान्दा आपराधिक क्रियाकलाप बढ्दै गएको पनि उनले जानकारी दिएका हुन् । हेटौंडास्थित प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले साइबर अपराध प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको बताए । त्यसैगरी, सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले पनि प्रविधिको सही सदुपयोग गर्न नजान्दा समस्या बढ्दै गएको बताइन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले समाजमा रहेका अपराधी पहिचान गरेर अपराध न्यूनीकरणका लागि नागरिक र प्रहरीबीच हातेमालो गर्नु जरुरी रहेको बताएका छन् । रासस

हामी कसैलाई सकसको वातावरण सिर्जना गरेर बजार तताउने काम गर्दैनौः डेपुटी गभर्नर शिवाकोटी

काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बैंकलाई सकसमा पारेर राष्ट्र बैंकले बजार तताउने काम नगर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित मौद्रिक नीति सम्बन्धि कार्यक्रममा बोल्दै उनले बैंकहरूलाई सकसमा पारेर मर्जरमा लैजान नचाहेको बताएका हुन् । ‘हामी कसैलाई सकसको वातावरण सिर्जना गरेर बजार तताउने अवस्था ल्याउँदैनौ,’ उनले भने ‘पहिला स्वच्छिक नभए बलपूर्वक मर्जर हाम्रो नीति हो ।’ मौद्रिक नीतिले मर्जर जाने बैंक तथा वित्तीय संस्थाको लागि सहुलियतको व्यवस्था गरेको छ । यसका साथै गत आव र अघिल्लो आवमा जस्तै लगानी योग्य पुँजी अभाव हुन नदिन समेत विभिन्न व्यवस्था गरेको उनले बताए । मौद्रिक नीतिको असर सम्बन्धि कार्यक्रममा डेपुटी गर्भनर शिवाकोटीले भने ‘बैंकलाई बचाउन निक्षेप तथा कर्जाबीचको ब्याजदर अन्तर(स्प्रेडदर) ४.४ प्रतिशत राखिएको हो । वित्तीय सुधार रणनीतिमा यदि चालु आवसम्म बैंकहरूको स्प्रेडदर ४.४ प्रतिशत नराखिएको भए मौद्रिक नीतिले ४.२५ प्रतिशत स्प्रेडदर कायम गरथ्र्यो । सरकारी व्यवस्थाको खिलापमा जान नसक्ने भएका हुँदा स्पेडदर अझ खुकुलो बनाइएको शिवाकोटीले जानकारी दिए । निश्चित प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएका बैंकहरुलाई मर्जरमा जान निर्देशन दिने भएको छ । राष्ट्र बैंकले शुन्य दशमलव ८ प्रतिशतभन्दा माथि सेयर स्वामित्व भएका सेयरधनीहरुको नामावली माग गरेको छ । राष्ट्र बैंकले ७ दिन भित्रमा सम्पूर्ण विवरण पेश गर्ने गरी आज बिहीबार निर्देशन दिएको हो । सोको विवरण आएपछि यसका लागि मर्जरका लागि राष्ट्र बैंकले मोडालिटी बनाउने उनले बताए ।