सर्लाहीका तीनै टोलमा क्यान्सरपीडित बढेपछि पानी परीक्षण शुरू
सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन् । तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ । जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन् । दूषित पानीका कारण टोलमा क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नं ५ का अध्यक्ष नागेन्द्र साहले बताउनुभयो । क्यान्सरपीडित तथा ज्यान गुमाउने अधिकांशलाई घाँटी र फोक्सोको क्यान्सर भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका डा. सविन अधिकारीले बताए । दूषित पानीका कारण क्यान्सर लाग्ने गरेको डा. अधिकारीले बताउनुभयो । उक्त टोलका दुई/तीन जनाको उपचार आफूले गरेको र सो टोलमा पिउने पानीमा समस्या रहेको विषय थाहा पाएको डा. अधिकारीले बताए । क्यान्सरपीडित टोलमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले पानी परीक्षण शुरु गरेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिडिइ राजेश कुशवाहले बताए । विभिन्न सञ्चारमाध्यममा समाचार गाउँमा पानीका कारण क्यान्सर भएको भन्ने समाचार आएलगत्तै विभागबाट पानी परीक्षणका लागि परीक्षण किटलगायतका सामानको व्यवस्थापन गरी पानी परीक्षणको काम शुरु भएको कुशवाहले बताएका छन् । पानी परीक्षणबाट टोलका चापाकलको पानीमा अत्याधिक मात्रामा आर्सेनिक फेला परेको छ । परीक्षणका क्रममा चापाकलबाट सङ्कलन गरेको पानीको नमूनाबाट ०.०६३ मिलिग्रामसम्म आर्सेनिक फेला परेको विभागका कर्मचारी मनोज अधिकारीले बताए । सामान्यतया मानव स्वास्थ्यका हिसाबले ०.०१ सम्मको पानी अत्यावश्यक अवस्थामा प्रयोग गर्न सकिने अधिकारीको भनाइ छ । पूरै गाउँमा रहेको चापाकल तथा स्थानीयले प्रयोग गर्ने पानीको स्रोतबाट नमूना पानी सङ्कलन गरिएको र उक्त पानीको आर्सेनिकसहित २७ थरीका पारामिटर परीक्षण गरिने विभागले जनाएको छ । खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले तत्काल शुद्ध खानेपानीको व्यवस्था गर्ने जनाएको छ । पानीमा देखिएको आर्सेनिकका कारण स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै उनीहरूलाई तत्काल शुद्ध खानेपानीको व्यवस्था गरिने आयोजनाका सिडिइ कुशवाहले बताए । वडामा खानेपानीको ठूला परियोजनासमेत सञ्चालन भइरहेकाले तत्कालका लागि टोलको दक्षिण क्षेत्रमा ठूलो बाोरिङ गाडेर मेसिनमार्फत प्रभावित टोलमा शुद्ध पानी वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । टोलका झण्डै ४ सय परिवारमा क्यान्सरको त्रास रहेको भन्दै चापाकलको पानी प्रयोग नगर्न चिकित्सकले आग्रह गरेका छन । विगत सात वर्षअघिदेखि टोलका केही चापाकलमा पहेँलो पानी आउने गरेको स्थानीय अमरलाल तामाङले बताए । उनका अनुसार नुहाउँदा जिउमा डाबर आउने र एलर्जी हुने, लुगा धुँदा सफा नहुने गरेको छ । वडा कार्यालयले १६ क्यान्सरपीडितलाई उपचारका लागि सिफारिस गरेको र त्यसमध्ये केही उपचारका क्रममा रहेका तथा केहीको मृत्यु भइसकेको वडाध्यक्ष साहले बताएका छन् । रासस
शाओमीको स्मार्टफोन ‘रेडमी ८ए डूअल’ नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाडौं । शाओमीले ‘रेडमी ८ए डूअल’ नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्लोबल टेक्नोलोजी लिडरले आइतबार औरा एक्सग्रीप डिजाइन र डूअल रियर क्यामेरा भएको रेडमी ८ए डूअल बजारमा ल्याएको हो । रेडमी ए सिरिजलाई अझै उत्कृष्ट बनाउन पहिलो पटक रेडमी ८ए डूअलमा डूअल क्यामेरा राखिएको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर रहेको छ जसलाई उत्कृष्ट पोट्रेटका लागि २ एमपी डेप्थ सेन्सरले समर्थन गरेको छ । हार्डवयरमा शाओमीको एआई सिन डिटेक्शन र एआई पोट्रेट मोड रहेको छ । यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेराले सहज बनाएको छ । रेडमी ८ए डूअलमा नयाँ औरा एक्सग्रिप डिजाइन रहेको छ जुन रेडमी ८ए मा प्रस्तुत गरिएको औरा वेभ ग्रिप डिजाइनमा सुधार गरिएको हो । औरा एक्सग्रिप डिजाइनले रियरमा रहेको मेस प्याट्रनले प्रिमियम अनुभव प्रदान गर्नुका साथै फिङगरप्रिन्टलाई नियन्त्रण गर्दै उत्कृष्ट पकड सक्षम गर्दछ । ६.२२ इन्च डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए डूअलमा १९ः९ एसपेक्ट रेसियो रहेको छ जसले इमर्सिभ अनुभव प्रदान गर्दछ । यसमा ५००० एमएएच उच्च क्षमताको दुई दिन टिक्ने ब्याट्रीका साथ १८ वाट फास्ट चारजिङ्ग (१० वाट चार्जर इनसाइड बक्स) छ । यसले टाइप–सी पोर्टका साथ रिभर्स चारजिङ्ग सर्पोट गर्दछ । पर्फमेन्सका लागि यसमा क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट छ । ३ जीबी प्लस ३२ जीबी भेरियन्टमा उपलब्ध रहेको यो स्मार्टफोनमा २ प्लस १ डूअल सिम स्लट छ । डेडिकेटेड माइक्रो एसडी कार्डले ५१२ जीबी सम्म स्टोरेज एक्सपानसनमा सर्पोट गर्दछ । रेडमी ८ए मा भएको कर्निग गोरिला ग्लास ५ र न्यानो कोटिङ्गले दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट सुरक्षित राख्दछ
श्रममन्त्री यादवले जलविद्युत तथा पर्यटन क्षेत्रमा लगानी गर्न मौरिससलाई गरे अनुरोध
काठमाडौं । श्रम¸रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव तथा संयुक्त कार्य समूहको प्रतिनिधिमण्डल मौरिसस भ्रमण गरेका थिए । मौरिसस भ्रमणका क्रममा मन्त्री यादवले नेपालको प्राथमिकता प्राप्त पूर्वाधार क्षेत्र, जलविद्युत तथा पर्यटन लगायतका क्षेत्रमा मौरिससवाट लगानीको लागि अनुराेध गरेका हुन् । मौरिससका प्रधानमन्त्री महामहिम जुगनाउथदले नेपालले अन्तराष्ट्रिय स्तरको सम्वाद आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै मौरिससको तर्फबाट सहभागिता रहने आश्वासन दिए । मौरिससका प्रधानमन्त्री महामहिम प्रविन्दकुमार जुगनाउथसंग पोर्टलुइस स्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा गत जुन २०१९ मा सम्पन्न श्रम समझदारीको कार्यान्वयन लगायत दुई देश वीच आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सो अवसरमा आगामी अप्रीलमा नेपालले आयोजना गर्ने सगरमाथा सम्वादमा प्रधानमन्त्री केपी शर्मा ओलीले महामहिम प्रधानमन्त्री जुगनाउथलाई गरेको निमन्त्रणा स्मरण गराउदै यस बर्ष ‘जलवायु परिवर्तन शीर्षकमा सम्वाद हुने जानकारी दिएको छ । मन्त्री राय यादव र मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महामहिम महेन् कुमार सिरुतनसँग भएको कुराकानीमा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरुको लागि रोजगारीको सम्भावनाका बारेमा बताए । नेपाली प्रतिनिधिमण्डललाई मौरिसस पक्षले त्यहाँ स्थापिकानेसनल एसेम्वलीको सभा सत्र्चालनको प्रत्यक्ष अवलोकन गराएको थियो । मानव श्रोत विकास तथा तालीम मन्त्री महामहिम सुदेश सत्कम कालिचरनसंग गत जुनमा सम्पन्न भएको श्रम समझदारीको प्रभावकारी कार्यान्वयका लागि दुवै पक्षवाट निरन्तर सहकार्य गर्दै जाने वषियमा छलफल भयो । उक्त अवसरमा सम्झौता अनुरुपको मर्यादित कामदार भर्नासंग सम्वन्धित सबै प्रकियाहरुका बिषयमा तथा सोसंग सम्वन्धित लागतहरुको बिषयमा समेत विस्तृत छलफल भयो । मौरिससस्थित रोजगारदाताहरुको संगठनका प्रमुख तथा प्रतिनिधिहरुसंग विदेशी कामदारको माग रहेका पूर्वाधार, होटल¸ उत्पादन¸ सुरक्षा¸ सेवा लगायतका क्षेत्रहरुका बारेमा विस्तृत छलफल भयो । सो अवसरमा मौरिसस पक्षले नेपाली कामदार पठाउँदा मर्यादित कामदार भर्ना प्रकृया अपनाउन जोड दिएको थियो । मन्त्री शयादव मौरिशसका श्रम¸ मानव श्रोत विकास तथा तालीम मन्त्री महामहिम सुदेश सत्कम कालिचरनको निमन्त्रणामा मौरिशसको औपचारिक भ्रमण रहेके थयार र मन्त्री यादवसंगै मन्त्रालयका सचिव विनोद के सी नेत्तृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त कार्य समूहको वैठकमा सहभागि रहेको छ ।
सरकारले माग्यो १५ सय शिक्षक, लाईसेन्स बिनै पढाउन सक्ने
काठमाडौं । विद्यालय पढाउनको लागि सरकारले १ हजार पाँचसय जना शिक्षक मागेको छ । शिक्षा मन्त्रालय अन्तगर्तको मानव तथा विकास स्रोत केन्द्रले शैक्षिक सत्र २०७७ को लागि शिक्षक मागेको हो । केन्द्रले १ वर्षको लागि १ हजार पाँचसय जना शिक्षक आवश्यक रहेको भन्दै शुक्रबार आवेदन खोलेको हो । स्नातक वा स्नातकोत्तर पास गरेका १८ वर्ष भन्दा माथि र ४० वर्ष ननाघेका नेपाली नागरिकले http://doe.sujitg.com.np/ मा जागिरको लागि आवेदन दिन सक्नेछन् । यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स) पनि चाहिँदैन। माघ २९ गते शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयबाट शिक्षण स्वयंमसेवक परिचालन कार्यविधि २०७६ स्वकृत भएको थियो । ईच्छुक व्यक्तिले फागुन २५ गतेसम्म केन्द्रको वेभसाईटमा उपल्ब्ध पोर्टल मार्फत अनलाईन निवेदन दिन सक्नेछन् ।
सेञ्चुरी बैंकले चितवनका विद्यार्थीलाई दियाे १२२ थान पोसाक
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको छ । बैंकको नारायणगढ शाखाले चितवनस्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयको २६औं वार्षिकउत्सव तथा अभिभावक दिवसका दिन पारेर उक्त सहयोग गरेको हो । उक्त पोसाक बैंकका हेटौंडा क्लस्टर प्रमुख शंकर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेशप्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देबी पाण्डेलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले कर्मचारीलाई दियो सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ । शनिबार आयोजित उक्त तालिम धनगढीमा सम्पन्न भएको हो । प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जना भन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरिएको थियो । गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरू कुन(कुन हुन, नियन्त्रणका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने, दण्ड जरीवाना कति छ आदि विषयमा विस्तृत जानकारी दिएको हो । कम्पनीका सहायक महाप्रबन्धक तथा मानव संसाधन विभाग प्रमुख सपना खरेलले प्रदान गरेको तालिममा नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराको पनि उपस्थिति थियो ।
हजारको तहमा पुग्न लागेको एभरेष्ट बैंकमा लगानी गर्नु कत्ति उत्तम ? (प्राविधिक विश्लेषण सहित)
काठमाडाैं । एभरेष्ट बैंक, २०५१ साल कात्तिक १ गतेदेखि सञ्चालनमा आएको हो । मुलुकमा वैदेशीक संयुक्त लगानीमा बैंकहरु सञ्चालनमा आइरहेको समयमा निरन्तर, बलियो र भरपर्दो नारा सहित यस बैंक सञ्चालनमा आएको हो । पञ्जाब नेशनल बैंक भारत र नेपालीहरुको संयुक्त लगानीमा सञ्चालनमा रहेको बैंकको नेतृत्व हालसम्म पनि भारतबाटै हुने गरेको छ । बैंकको प्रमूख कार्यकारी अधिकृतमा हाल पनि भारतको पञ्जाब नेशनल बैंकबाट आएका गजेन्द्र कुमार नेगी छन् । बैंकको ९४ शाखा र १ सय २२ वटा एटीएमबाट ग्राहकले सेवा पाइरहेका छन् । ८.४६ प्रतिशत बेस रेट रहेको बैंकले ग्राहकलाई अधिकत्तम ६ प्रतिशत जोडेर कर्जा दिइरहेको छ । त्यस्तै, निक्षेपमा ३.५० देखि ९.२५ प्रतिशतसम्म व्याज दिइरहेको छ । उपाधी बैंकले २००६ मा लण्डनको फाइनान्सियल टाइम्स्बाट बैंक अफ दी एयरको अवार्ड पाएको थियो । नेपालका आर्थिक पत्रिकाहरुबाट बैंकले विभिन्न समयमा अवार्डहरु पाएको छ । बैंकले २०१३, २०१८ र २०१९ मा बेस्ट म्यानेज्ड कमर्सियल बैंक, २०१८ मा क्यामेल रेटिङको आधारमा दोस्रो बैंकको उपाधी समेत पाएको छ । लगानी बैंकमा हाल लगानीमा थोरै परिवर्तन आएको छ । गत वर्ष पञ्जाब नेशनल बैंक भारत पछि सबैभन्दा धेरै सेयर हुनेमा होटल स्नो लायन रहेकोमा हाल प्रतिमा श्रेष्ठको लगानी दोस्रो स्थानमा छ । लगानी स्वामित्वको आधारमा होटल स्नो पछि बि के श्रेष्ठ (एनबी समूह)को लगानी देखिन्छ । बिके श्रेष्ठ बैंकको अध्यक्ष समेत हुन् । अन्य लगानी बैंकको सहायक कम्पनी छैन । तर, बैंकले फर्वाड कम्युनिटी माइक्रोफाइनान्समा २५ प्रतिशत (३१ करोड रुपैयाँ) सेयर लगानी गरेको छ । संस्थापक सेयर धनीको रुपमा छ । बैंकले अन्य केही लघुवित्त, होटेल लगायतमा गरेको लगानी ८५ करोड रुपैयाँ पुगेको छ । यो स्वामित्वको लागि नभई लगानी उदेश्यका आधारमा मात्र गरिएको लगानी हो । लाभांश बैंकले यस पटक गत वर्षको तुलनामा लाभांश दर केही बढाएर २५ प्रतिशत दिएको छ । पाँच वर्षमा बैंकको औसत लाभांश दर ३७.९९ छ । हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई ८६ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो रकम बैंकको चुक्ता पुँजीको आधारमा १० प्रतिशत हो । सेयर प्रिमियम रकम समेत जोड्दा यो दर १३ पुग्छ । आव अन्त्यमा यो दर अझ बढ्न सक्छ । वित्तीय अवस्था बैंकले चालु आवको दोस्रो त्रैमाशमा ५.५८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । यो रकम १ अर्ब ५० करोड रुपैयाँ छ । नाफा रकमको आधारमा बैंक नवौं स्थानमा छ । बैंकको अन्य आम्दानी बढ्दा र खराब कर्जाको लागि राखिने प्रावधान घट्दा समेत नाफाबढ्न सहयोग पुगेको हो । बैंकको व्याज आम्दानी १५ प्रतिशत र खुद व्याज आम्दानी करीब ९ प्रतिशतले बढेको छ । ७ अर्ब १७ करोड ब्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानीमा २ अर्ब ९० करोड पुगेको छ । खराब कर्जा अनुपात ०.१६ प्रतिशत छ । कर्जा नोक्सानको सम्भावनाको आधारमा बैंकले ८ करोड ९३ लाख रुपैयाँ प्रावधान राखेको छ । बैंकको जगेडा तथा सञ्चित कोषमा ४ प्रतिशतले कमि भएर ८ अर्ब ८२ करोड रुपैयाँ छ । कोष लागत केही बढेर ६.४४ पुगेको छ । बैंकमा ८ सय ९३ जना कर्मचारी छन् । बैंकको कर्मचारी खर्चमा करीब ११ प्रतिशतको वृद्धि छ । निक्षेप प्राथमिक पुजीको आधारमा कर्जा लगानी अनुपात ७५.०४ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ७ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात २४.८० प्रतिशत छ । यो दर २० भन्दा माथि ३० सम्म हुनु राम्रो मानिन्छ । रेटिङ बैंकलाई केयर रेटिङ नेपालले एए माइनस रेटिङ दिएको छ । सो क्रममा बैंकको सामर्थ्य र कमजोरीलाई निम्न अनुसार देखाएको छ । कर्जा र निक्षेपमा निरन्तरको वृद्धि क्षेत्रगत आधारमा निक्षेपको हिस्सा घटेर ४.५३ मा सिमित खुद व्याज मार्जिन घटेर ३.६४ कम लागतका निक्षेपको हिस्सा सामान्य घट्यो (हाल ३८.९५ प्रतिशत), समग्र क्षेत्रको औसत दर (४१.७७) कोषल लागतभने क्षेत्रगत आधारमा कम खराब कर्जा दर निकै न्युन खुद व्याज आम्दानी लगायतमा वृद्धि २० प्रमूख निक्षेपकर्ताको हिस्सा ३२ प्रतिशत, २० प्रमूख ऋणीको हिस्सा २३.९१ प्रवृत्ति बुलिश बैंकको सेयर मूल्य करिब एक वर्ष यताकै उच्च (८सय ८० रुपैयाँ) मा आएको छ । यसअघि बैंकले कप विथ ह्याण्डल आकृति बनाएर ८ सय ६० सम्म मूल्य पुग्न सक्ने देखाएको थियो । बैंकको सेयरमा दरिलो आकर्षण छ । ७ दिने सिम्पल मुभिङ एभरेजले २१ दिने रेखा लाई काटेर माथि लागेको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गरिरहेको छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे आगामी एक महिनामा ९ सय ७० मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ७ सयमा टेवा पाउने देखाउँछ । बैंकको सेयर कारोबारमा उच्च आकर्षण रहेको १४ दिने आरएसआई सुचकले संकेत गर्छ । यो ९३ स्केल मा छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । बैंकको सेयर मूल्यले अन्तिम दिन क्रमशः सेतो मैनवत्ति आकृति बनाएको छ । यसले मूल्य बुलिश प्रवृत्तिमै रहेको संकेत गर्छ । मूल्य बढ्न सक्ने संकेत कायमै देखिन्छ ।
पुस्तकमा गरिएको मूल्यवृद्धिको आज देशभर विरोध
काठमाडाैं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखी आज देशभर विरोध गरेका हुन् । नेविसङ्घले उपत्यकाका त्रिचन्द्र, नेपाल ल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए । महामन्त्री भट्टराईले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उल्लेख गरेका छन् । “सरकारले जनतालाई राहत दिनुपर्नेमा झन् महँगी बढाउँदै लगेको छ”, उनले भने । अर्का महामन्त्री मनोज वैद्यले नेविसङ्घले राखेका माग सरकारले पूरा नगरे निरन्तर आन्दोलन गर्ने बताए । रासस