सनराइज एनआरएन डिपोजिट खाता सञ्चालनमा, ९० प्रतिशतसम्म कर्जा पाइने
काठमाडाैं । सनराइज बैंक लिमिटेडले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई केन्द्रित गरी ‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ । यस खाताअनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सनराइज बैंकमा एफसिवाइ फिक्स्ड डिपोजिट खाता खोल्न सक्ने बैंकले जनाएको छ । जम्मा भएको सो रकम तोकिएको समय अवधिपछि बिनाझण्झट विदेशमा फिर्ता लैजान सकिने बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । दुई देखि पाँच वर्ष अवधिका लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वार्षिक चार प्रतिशत ब्याज दिने व्यवस्था गरिएको छ । विदेशमा पाइने ब्याजभन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकको विश्वास छ । यसका लागि विदेशबाटै अनलाइन खाता खोल्ने व्यवस्थासमेत रहेको बैंकले जनाएको छ । उक्त मुद्दती खाताका आधारमा ग्राहकले ९० प्रतिशतसम्मको कर्जासमेत लिन सक्नेछन् ।
एनसेलले ल्यायाे युवालक्षित ‘सही यो ! पावर सिम’ याेजना
काठमाडाैं । नेपाली युवाले अब एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रालीले विभिन्न सेवाहरूको बन्डलिङ सहित नयाँ स्टार्टर प्याक ‘सही यो १ पावर सिम’ ल्याएको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन् । पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक सय रुपैयाँ मुख्य ब्यालेन्सको खर्चमा डाटा बोनस पाउने यो सिमका विषेशता हुन् । यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन पाइने आकर्षक डाटा प्याकहरुबाट फाइदा लिन सक्नेछन् । ग्राहकहरूले कर सहित मात्र ९९ रुपैयाँमा बिहीबारबाट यो सिम लिन सक्नेछन् । यो सिम माग्राहकले २० रुपैयाँको मुख्य ब्यालेन्स सहित सात दिन समयावधि रहेको पाँच सय एमबी डाटा ९२५० एमबी फोरजी सहित०, १० मिनेट अन नेट टक टाइम र सय वटा अन नेट एसएमएस पाउनेछन् । सिमसँगै बन्डल भइ आउने पीआरबीटी (सेवा र स्वतः आउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ । यस नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सुरु गरेको दिनको मध्यरातभित्रै १०० रुपैयाँ वा त्योभन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन एक सय ५० एमबी डाटा बोनस र माइफाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् । प्रत्येक दिन पाइने एक सय ५० एमबी डाटाको समयावधि त्यही दिनको मध्यरातसम्म हुनेछ । माइ फाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माइ फाइभ नम्बरहरूमा बिना कुनै शुल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिनेछ । यसका साथै यो योजना अन्तर्गत ग्राहकले प्रत्येक सय रुपैयाँको खर्चमा पाँच सय एमबी (२५० एमबी अलटाइम र २५० एमबी फोरजी) बोनस डाटा १२ महिनासम्म प्राप्त गर्नेछन् । ‘सही यो१ पावर सिम’ प्रयोग गर्ने ग्राहकका लागि आकर्षक डाटा प्याक पनि छन् । ग्राहकले ८ज्ञठज्ञण्घ३ ९एस्ट्रिक्स १७१०३ ह्यास० डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन् । ग्राहकले करबाहेक एक सय १० रुपैयाँमा गेमिङ प्याक सुरु गर्न सक्नेछन्, जस अन्तर्गत सात दिन समयावधि रहेको दुई जीबी प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (प्ले लाइभ, गेम्स पार्क र गेम्स प्लस) निःशुल्क सुरु गर्न सक्नेछन् । त्यस्तै, ग्राहकले कर बाहेकमात्र एक सय ५ रुपैयाँमा म्युजिक प्याक सुरु गर्न सक्नेछन् । म्युजिक प्याक अन्तर्गत ग्राहकले सात दिन समयावधिको २ जीबी डाटा प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (हङ्गामा म्युजिक प्रो र दामी म्युजिक) निःशुल्क सुरु गर्न सक्नेछन् ।
हल्लाको पछि लागि अनावश्यक संचिति नगर्नुस् : मन्त्री भट्ट
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले अत्यावश्यिकिय वस्तुको अनावश्यक संचिति नगर्न आग्रह गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहयोगमा जनप्रशासन संघद्वारा आपुर्ती मन्त्रालयमा आज आयोजित कोरोनाको प्रभाव, आपुर्ति व्यव स्था विषयक अन्तर्कृया कार्यक्रम माझ मन्त्री भट्टले सो कुरा उल्लेख गरेका हुन । ‘हल्लाको पछी नलाग्नुस्, आपुर्ती व्यवस्थापनमा त्यस्तो कुनै समस्या छैन, सरकारले नियमनको कार्यलाई अझ प्रभावकारी बनाउदै लगेको छ, आत्तिनुपर्ने अवस्था छैन, त्यसैले अनावश्यक संचिति नगर्नुस् भन्ने आग्रह गर्छु’ उनले भने । साथै, मन्त्री भट्टले ग्यास, पेट्रोल जस्ता प्रज्वलनसिल पद्धार्थको संचितिले निम्त्याउन सक्ने दुर्घटना बारे ख्याल राख्न पनि ध्यानाकर्षण गराए । उनले चिनिया स्याउ र लसुनमा मुल्य बढेता पनि अन्य सामाग्रीको मुल्य नबढेको समेत बताए । उद्योग, वाणिज्य तथा आपुर्ती राज्यमन्त्री मोतीलाल दुगडले संकटपूर्ण अवस्थामा एक अर्कालाई दोषारोपण गर्नु भन्दा पनि साथ सहयोगको खाँचो रहने औल्याउदै बजारलाई चुस्त राख्न व्यवसायी, अधिकारकर्मी, आम उपभोक्ता लगायत सबैले मिलेर अघि बढनुपर्ने धारणा राखे । कार्यक्रम माझ जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटाले कोरोनाको प्रभावका कारण बजारमा आपुर्ती व्यवस्थापनमा समस्या र चुनौती देखा पर्न सक्ने हुँदा समस्या आउन नदिन सम्पूर्ण सरोकारवालाहरुले कर्तब्यबोध गर्दै अघि बढनुपर्ने सुझाव पेश गरे । अन्तर्कृया कार्यक्रम माझ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेशनसँग नौ महिना भन्दा बढि समय पुग्ने करिब २ अर्ब बराबरको नुनको भण्डारण रहनुका साथै अन्य अत्यावशिकिय सामाग्रीको पर्याप्त मात्रामा स्टक रहेको जनाउदै आम उपभोक्तालाई निर्धक्क रहन आग्रह गरे । कार्यक्रम माझ वाणिज्य तथा आपुर्ती व्यवस्थापन विभाग, औषधी व्यवस्था विभाग,खाद्य कम्पनी , उद्यमी व्यवसायी, उपभोक्ता अधिकारकर्मी लगायतले आपुर्ती व्यवस्थामा कोरोनाको प्रभाव, बजार नियन्त्रणको प्रयास, बजारमा देखिदै आएको समस्या, उच्च सतर्कताका लागि अपनाउनुपर्ने उपाय आदीका विषयमा मिश्रित धारणा राखेका थिए ।
चर्को आवाजमा मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएको भन्दै कारबाही गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले रोक लगाउन लागिएको जानकारी दिए । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र मात्र नभई देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरेको ढकालले जानकारी दिए । ठूलो आवाजका कारण ध्वनी प्रदुषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नुपरेकाले ती मोटरसाइकलहरुलाई कडाइ गर्नुपरेको छ । मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण कतिपय अपाङ्ग, असशक्त तथा बिरामीहरु तर्सिने गरेका छन् । ती बाइकहरु तीव्र गतिमा कुदाइने र त्यसमा ठुलो आवाज हुने भएकाले मुटुका बिरामी तथा कमजोर मुटु भएका मानिसहरु बेहोस समेत हुने गरेको पाइएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठअनुसार फाल्गुन महिनामा मात्र १८५ वटा मोटरसाइकल कारबाही गरिसकेको छ । त्यसरी समातिएका मोटरसाइकलहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना स्वरुप १ हजार देखि १५ हजार रुपैयाँ सम्म जरिवाना गराईएको छ । समातिएका मोटरसाइकलहरु मध्ये कम्पनीबाटै ठूलो आवाज आउने मोटरसाइकलहरुलाई चलाउन रोक लगाएको छ । त्यसैगरी मोडिफाइ गरेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकलहरुलाई भने पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाड्ने महाशाखाका प्रवक्ता श्रेष्ठले जानकारी दिए । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार ठूला आवाज निकाल्ने मोटरसाइकलहरुमा होण्डा डर्ट, हार्डफोर्ड भीआर, डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायतका बाइकहरु पर्दछन् । यस्ता गलत गरी चलाउने मोटरसाईकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निगरानीमा राखिएको महाशाखाले जनाएको छ । यस्ता किसिमका मोटरसाईकलहरू कतै गुदिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराईदिनुहुन सम्पूर्ण सर्बसाधरणहरूमा महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।
कोरोना प्रभावित उद्योगको अध्ययन गर्दै सरकार, उद्योगी भन्छन्ः प्याकेज चाहिँन्छ
काठमाडौं । सरकारले कोरोना भाइरसले उद्योग क्षेत्रमा पारेको प्रभावको अध्ययन गरिरहेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) ले नेपाली उद्योग क्षेत्रमा पारेको असर बारे सरकारले उद्योग क्षेत्रमा अध्ययन गरिरहेको हो । काेराना प्रभावित उद्योगीलाई कस्तो खालको प्याकेज दिने भनेर सरकारले अध्ययन गरिरहेकाे बताइएकाे छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योगको क्षेत्रमा परेको प्रभावको अध्ययन भइरहेको जानकारी दिए । देशमा सरकारले कालोबजारी हटाउने र आपूर्ति सहज बनाउने काममा लागिरहेको पनि मन्त्री भट्टले जानकारी दिए । ‘उद्योगीहरुले आएर हामीलाई राहत प्याकेज चाहियो भन्ने वितिकै राहत प्याकेज दिइहाल्नु पर्छ भन्ने छैन्, अर्थमन्त्रालय र राष्ट्र बैंकले अध्ययन गरिरहेको छ, अध्ययन पछिको प्रतिवेदनले नेपालको उद्योग कुन अवस्थामा छ र सरकारले कस्तो राहत प्याकेज दिनु पर्ने हो भन्ने जानकारी हुन्छ,’ मन्त्री भट्टले भने । विश्वभर नै कोरोनाको प्रभाव बढिरहेको छ । त्यसको प्रभाव नेपालमा पनि देखिएको छ । बजारमा बिचौलियाहरु सलबलाएका छन् सरकार कालोबजारी न्यूनिकरण गर्न लागिरहेको छ । याे संकटको समयमा जोखिम न्यूनीकरण तथा आपूर्ति सहजीकरणमा लाग्नुपर्ने निजी क्षेत्र भने कोरोना प्रभावित भन्दै सरकारसँग छुट, सुविधा तथा सहुलियत माग्न छलफल बढाइरहेका छन् । नेपालमा खासगरी उत्पादक मूलक क्षेत्र, होटेल,रेस्टुरेण्ट, एयरलाइन्स, सपिङ मल, अटोमोबाइल, सिनेमा हललगायत क्षेत्रमा कोरोनाको प्रभाव परेको निजी क्षेत्रका उद्यमीले बताएका छन । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट नेपालको आर्थिक क्षेत्रलाई पनि प्रभावित पारेकाले राहत प्याकेज अत्यावश्यक हुन गएको निजी क्षेत्रको भनाइ छ । कोरोना संक्रमणले आयात ठप्प रहेको, घरेलु ब्यवसाय पनि असर परेको र विभिन्न देशबाट आउने पर्यटकहरु बन्द भएकोले मन्दीको अबस्था देखिएकाले सरकारको राहत प्रदान गर्नुपर्ने उनीहरुकाे भनाइ छ । भुकम्प र नाकाबन्दीकोभन्दा विकराल अबस्था आउन सक्ने आँकलन निजी क्षेत्रको छ । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले उद्योग सञ्चालमा नै कोरोना भाइरसले समस्या परेको बताए । ‘सरकारले देशमा उद्योगीहरुको बैंकको ऋणको व्याज र सावाको समय सारी उद्योग सञ्चालनको लागि सहज र सरल बनाउनु पर्ने उनकाे भनाइ छ । नेपाल चेम्बर अफ कर्मशको वरिष्ट उपाध्यक्ष राजेन्द्र मल्लले धेरै देशमा कोरोनाको सक्रण भइसकेकोले अब नेपालमा पनि कतिखेर कोरोना आउछ भन्ने थाहा नभएकाेले त्यसका लागि सरकारले तयारी गर्नु पर्ने बताए । ‘हामीले आफ्नो देशमा उत्पादन हुने वस्तुलाई प्रथामिकता दिनु पर्छ, व्यापारी र सरकार भएर देशको संकटलाई साम्य पर्ने काम गर्नु पर्छ,’ मल्लले भने ।
त्रिविले पनि गर्यो सबै परीक्षा स्थगित गर्ने निर्णय (सूचनासहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले भोलीबाट हुने भनिएको सबै वार्षिक र सेमेस्टर प्रणालीका परीक्षाहरु स्थगित गर्न निणर्य गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले विश्वविद्यालयका सबै परीक्षा र नियमित कक्षाहरू चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको त्रिविका उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाले विकासन्यूजलाई जानकारी दिए । ‘एसईईदेखि सीटीभीटीसम्मका सबै परीक्षा स्थगित भए, हामीले मात्र यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु उपयुक्त देखिएन, त्यसैले परीक्षा स्थगित गर्नका लागि अहिले बैठक बस्यौं, बैठकमा सबैले स्थगित गर्ने भन्ने कूरा गरेपछि स्थगित गर्ने निर्णय गर्यौं’, उनले भने । उनले परीक्षासँगै त्रिविअन्तर्गतका सबै क्याम्पसहरुकाे पठनपाठन पनि बन्द गरिएको जानकारी दिए । शिक्षा मन्त्रलायले भने बुधबार साँझ नै एसईई लगायतका सबै परिक्षाहरु बन्द गर्न निर्णय गरेको थियो । तर, त्रिवि एक स्वायत संस्था भएकोले शिक्षा मन्त्रलायको निर्णयले त्रिविको परिक्षा रोकिने निश्चित नभएको भन्दै त्रिविले आज आपतकालिन बैठक बोलाएको थियो । त्रिविमा अहिले विभिन्न तह र संकायका परीक्षा सञ्चालन भइरहेको थियो । व्यवस्थापन संकायको स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेको छ । एमए दोस्रो सेमेस्टरको ९ चैत र चौथो सेमेस्टरको ७ चैतदेखि परीक्षा–तालिका सार्वजनिक भएको थियो ।
एकैदिन तोलामा १५ सय रुपैयाँले घट्यो सुन
काठमाडौं । एकै दिन सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बिहीबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै बुधबार प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी एकै दिनमा ३० रुपैयाँले घटेर ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
एक दशकसम्म पनि बनेनन् कर्णाली राजमार्गका तेह्र पुल
काठमाडौं । निर्माण कम्पनीका चरम लापर्वाहीका कारण कर्णाली राजमार्गमा विभिन्न १३ वटम पुल हालसम्म सम्पन्न हुनसकेका छैनन् । निर्माण थालिएको एक दशकसम्म ती कम्पनीले समयमा काम नगर्दा राजमार्गमा आवतजावत गर्ने यात्रुका दुःख अझै उस्तै छन् । गत असोजमा सम्पन्न गर्नुपर्ने ती पुलको म्याद पुनः थपिएको छ । म्याद थपसँगै निर्माणको काम अझै ढिलो हुने देखिएको छ । एक दशकदेखि निर्माण शुरु गरिएका करिब २० वटा पक्की पुलमध्ये सातवटा मात्र निर्माण सम्पन्न भएका छन् । अझै १३ वटा पुल निर्माण सम्पन्न हुन बाँकी रहेका छन् । अधिकांश पुलमा मुख्य ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा दिने पेटी ठेकेदारले केही रकम बचाएर अर्कालाई जिम्मा दिने प्रवृत्तिका कारण पुल अलपत्र बनेको स्थानीयवासीको गुनासो छ । साँघुरो सडक र निर्माणाधीन पुल समयमै नसकिएपछि यात्रु दैनिक हैरानी खेप्नुपर्ने बाध्यतामा रहेका छन् । दैलेख खण्ड हुँदै जुम्लासम्म पुग्ने सो राजमार्गका पक्की पुलको जिम्मा लिएका कम्पनीको अन्तिम म्याद गत असोजसम्म थप गरिएको थियो । सरकारले पुनः नयाँ निर्देशिका जारी गरेपछि अहिले चार महिनादेखि एक वर्षसम्मको समय थप गरिएको सुर्खेत सडक डिभिजन कार्यालयका सूचना अधिकृत देवेन्द्र भट्टराईले जानकारी दिए। उनले अन्तिम पटकका लागि म्याद थपिएको समयभित्र काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने बताए । सो राजमार्गको दैलेख खण्डका किटुखोला, जाक्सीखोला, पातलखोला, भट्टेखोला, पाल्तडाँलगायतका स्थानका पुल अझै निर्माण सम्पन्न हुनसकेका छैनन् । तल्लो डुगेश्वर सियाकोट जोड्ने लुवाखोलापुल सडकको सतहभन्दा होचो छ । रतिखोला पुल पनि अझै सम्पन्न भएको छैन । आठबीस नगरपालिका दैलेखका नगरप्रमुख खड्गराज उपाध्यायले तत्काल काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएको जानकारी दिए । उनले राजमार्गमा पर्ने पुल निर्माण लिएका कम्पनीलाई बोलाएर छिटोसक्न ताकेता दिएको बताए । यातायातलाई सहज र प्रभावकारी बनाउन नेपाल सरकार र विश्व बैंकले अर्बौं लगानी गर्दा नागरिकका समस्यालाई निर्माण कम्पनीले ध्यान नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । सुर्खेत सडक डिभिजन कार्यालयले दिएको जानकारीअनुसार पुल एउटै कम्पनीले विभिन्न कम्पनीसँग जेभी गरेर काम थालनी गरेको हो । रासस