विकासन्युज

ट्रम्पको मनोवृत्तिप्रति पूर्व राष्ट्रपति ओबामाको गरे आलोचना

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरे । उनले कोरोना भाइरस महामारीलाई नियन्त्रण गर्ने राष्ट्रपति ट्रम्पको अडानको कडा आलोचना गरेका हुन् । पूर्व राष्ट्रपति ओबामाले अमेरिकाले यस महामारीको सामना गर्ने तरिका पूर्ण रूपमा विपत्ति सिर्जना गर्ने जनाएका छन् । पूर्व राष्ट्रपति ओबामाले भनेका छन् कि नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बिडेनलाई समर्थन गरेर उनी ठूलो भूमिका खेल्न चाहन्छन । उनले यो बिडेनको लागि अभियान गर्न आफ्ना पहिलेका कर्मचारीहरुलाई प्रोत्साहित गर्न भनेका थिए । (सीएनएनकाे सहयाेगमा)

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख ९८ हजार २ सय ७६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८० हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ३६ हजार १ सय ८४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८० हजार ३७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख ४७ हजार ३ सय ९ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ भने अहिलेसम्म २ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय १० जना संक्रमित भएका छन् भने ३१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

 लिपुलेक सडकबारे नेकपाको आपत्ति, विवाद जटिलतर्फ नधकेल्न चेतावनी (विज्ञप्तीसहित)

काठमाडाैं ।भारतले लिपुलेकमा सडक निर्माण गरेकोबारे सत्तारुढ दल नेकपाले आपत्ति जनाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले शनिबार राति एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त कार्यको आपत्ति जनाएका हुन् । विज्ञतिप्मा कूटनीतिक माध्यमबाट सबै सीमा समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिइएको छ । साथै उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गरेर विवाद समाधान गर्नुपर्ने बताइएको छ । नेकपाले सडक निर्माण कार्य तत्काल रोक्न र विवादलाई थप जटिल बनाउने कुनै गतिविधि नलिन चेतावनी दिएको छ ।

उदयपुरमा थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या पुग्यो ११०

काठमाडौं । उदयपुरकाे थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। उदयपुरको भुल्केका थप एकजनामा कोरोना संक्रमण देखिएको हाे । उक्त संक्रमित महिला रहेकाे बताइएकाे छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।

सुन्दर बिहानी

२०१९ डिसेम्बर ३१ को एउटा सामान्य दिन बिरामी भए भन्दै एउटा मानिस गयो डाक्टरको छीन डाक्टरलाई लागेर शंका घोषणा गर्दियो यउटा रोग ल्याउन सक्छ प्रलय संसारमा यसले होउ है सावधान गलत समाचार फैलाएको भन्दै हालियो उसलाई जेल सुरु भयो अनि स्वतन्त्र भाईरसको एउटा खेल ।। मर्न थाले मान्छे भकाभक रोगी कुखुरा मरे सरी दबावमा आउन थाल्यो चिनिया सरकार रोकु यसलाई कसो गरी कोरोना भनि गरियो नामाकरण,डर लाग्दो त्यो भाईरसको बुझ्नु पर्थ्याे विश्वले त्यसै बेला ठूलो संकट आई सक्यो कहां चुक्यो सरकार र त झुक्यो सरकार तर झुकेनन् डाक्टर बचाउँछौ मान्छेहरुलाई जसरी नि ज्यानकै बाजी थापेर ।। कस्तो भाईरस हो भनि बभ्दा यो संसार भर फैलिसकेथ्यो एक दुई जना मरेपनि बचाउँ अरुलाई भन्दा धेरै ढिला भैसकेथ्यो राजा रंक केही भनेन यस्ले फैलियो सर्बत्र बन्द भए कल कारखाना अनि विकासका काम खलबलियो अर्थतन्त्र दिनरात अनि भोकप्यास नभनी छाडेर आफ्नाे घर लड्छौं हामी तपाँईहरुका लागि सबै बस्दिनु है आफ्नै घर गरे बिन्ती मान्छेहरु अनि सरकारलाई मान्दिनु यति भनि समयलाई चुनौती दिन खोज्ने देशहरु क्हां मान्थेर टन्टलापुर घामले सुकेको जंगलमा आगो सल्कींदा सरि बिरामी भए मान्छे एक, दुई, सयाैं, हजारौं अनि लाखौं गरि ।। लेखक कस्तो भाईरस हो भनि बभ्दा यो संसार भर फैलिसकेथ्यो एक दुई जना मरेपनि बचाउँ अरुलाई भन्दा धेरै ढिला भैसकेथ्यो राजा रंक केही भनेन यस्ले फैलियो सर्बत्र बन्द भए कल कारखाना अनि विकासका काम खलबलियो अर्थतन्त्र धाईए हरेक मठ मन्दिर पुकारिय सबै भगवान सुनेनन् बिन्ती सायद भगवानले पुग्यो यो हर घरदरवान ।। सक्रिय भए देशका शाशक अनि गरे सबलाई सावधान मरिन्छ आजै देखि नै बस घरभित्र यसलाई ठट्टा नठान कस्तो खाले भाईरस आज मान्छे सँग मान्छे छुट्याईदियो नझुक्दा समयमा उससँग सारा विश्व रुवाईदियो नभेट्नु मान्छे नगर्नु अंकमाल न त मिलाउनु हात मनबाट मान्ने हो माया र सम्मान बरु गरौं नमस्कार ।। हात धोई राखौं नजाऔं बाहिर बसौं घर खाई सिस्नु गुन्द्रुक नगरौं लापरवाही नगरौं भीडभाड फेरी मरिएला है खुत्रुक लाग्दैमा कोरोना मरिहालिंदैन झुटो भ्रम नपालौं यही हो मौका भनि भ्रष्टचार गर्दै आफ्नो ईज्जत नफालौं चन्द्रमा छुने सामर्थ्य राख्ने देशले हात उठाए सक्छौ भने जोगाईदेउ मानव सभ्यता भन्दै सबलाई गुहारे ।। खटे प्रहरी अनि डाक्टर हामी डट्छौं पहिले भनि आएकी देबता उनीहरुको भेषमा आशाका किरण बनि बसिदियौं घरभित्रै हामी नगरी भीडभाड अटेरी बनि कष्ट भयो मेरा सन्तानलाई भनि कुनै दिन गर्जिएलिन प्रकृति पनि हट्छ एकदिन यो प्रलयको बादल सुन्दर बिहानी आउनेछ जित्यौं सबले यो भाईरसलाई भनी कोईली रम्दै गाँउनेछ ।। [email protected]

शक्तिको आडमा पीसीआर परीक्षण !

काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी छ । यो महामारीको न्युनिकरण र जोखिम कम गर्नको लागि विभिन्न देशले विभिन्न विधिबाट उपचारमा तिव्रता दिइरहेका छन् । उनीहरुले धेरै मानिस तथा कोरोनाका शंकास्पद व्यक्तिहरुको निगरानी गरेर कोरोना परीक्षणको दायरामा बढाइरहेका छन् । नेपालले पनि कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनको समयमा शंंकास्पद मानिसहरुलाई परीक्षणको दायरामा पनि ल्याइरहेको छ । यो समयमा कोरोनाका सम्भावित व्यक्तिलाई परीक्षणको दायरामा ल्याई बढीभन्दा बढी परीक्षण गर्नु पर्ने अवस्थामा यही बेला एउटा घिनलाग्दो प्रवृति देखिएको छ । अहिले कोरोना भए नभएको पत्ता लगाउने एउटा प्रभावकारी उपाय पीसीआर परीक्षण नै हो । तर, त्यही पीसीआर परीक्षण पनि शक्तिको आडमा प्रयोग भइरहेको बुझिएको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा धेरै जसो व्यक्तिको पीसीआर परीक्षण शक्ति र पहुँचका आधारमा हुने गरिएको पाइएको हो । एउटा प्रसंग जोडौं । केही दिन अगाडि दार्चुला घर भई हाल काठमाडौं बस्दै आएका एकजना विद्यार्थी आफुलाई कोरोना भाइरसँग मिल्ने केही सम्भावित लक्षण देखा परेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगे । उनलाई उच्च ज्वरो थियो । अलिकति खोकी पनि लागिरहेको थियो । घाँटी पनि दुखिरहेको थियो । उनमा यी लक्षणहरु देखा परेपछि उनका साथीहरुले पनि कोरोना जाँच्नको लागि सल्लाह दिए । उनी डरै डरले अस्पताल गए । कतै आफूमा कोरोना त देखिने होइन भन्ने उनमा भित्री त्रास उत्तिकै थियो भने उच्च ज्वरोले पनि उनलाई सताइरहेको थियो । उनी टेकु अस्पतालमा पुगे । टेक अस्पतालका डाक्टरले उनलाई सबै कुरा साेधे । उनको जवाफ पाएपछि उनलाई पीसीआर जाँच्न उचित नभएको डाक्डरले सुझाए । उनमा डर त थियो नै । तर, डाक्टरले नै परीक्षण गर्न आवश्यक छैन भनेर उनी घर फर्के । उनमा डर भने कायमै छ । तर उनी अहिले गृह जिल्ला दार्चुलामै गइसकेका छन् । यो त एउटा उदाहरण मात्र हो । यस्ता बिरामीहरु टेकु अस्पतलमा दैनिक दर्जनौं आउँछन् । तर, डाक्टरहरुले उनीहरुमा पीसीआर र आरटीडी परीक्षण गर्न आवश्यक देख्दैनन् र घर फर्काई दिन्छन् । धेरैको त आरटीडी परीक्षण त हुन्छ । तर पीसीआर परीक्षण हुँदैन । अहिले देखिएका धेरै बिरामीहरुमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको चिकित्सकहरु बताउँछन् ।  कोरोना भएका मान्छेमा पनि लक्षण नदेखिन सक्ने, परिक्षणबाट मात्र वास्तविकता थाहा हुने विज्ञहरूले बताउँदै अाएका छन् । तर नेपालमा काेराेनाकाे शंकामा परीक्षण गर्न अस्पताल जाँदा पनि उनीहरुको आरटीडी र पीसीआर परीक्षण नहुनु विडम्बना हो । तर यसैबीच पनि शक्ति र पहुँच भएकाहरुको भने सहजै आरटीडी मात्र होइन पीसीआर नै परीक्षण हुने गरिएको बुझिएको छ । अस्पतालमै आफूलाई लक्षण देखिएको छ भनेर परीक्षणका लागि जाने सर्वसाधारणको पीसीआर परीक्षण हुँदैन । त्यहाँ परीक्षण कीटको अभाव देखाएर घर फर्काइन्छ तर पहुँच भएकाहरु एक फोनका आधारमा परीक्षण हुने गरेकाे पाइएकाे छ । यसको एउटा उदाहरण हिजो र अस्ति सबै सांसदहरुको परीक्षण पनि हो । सांसद सबैको पीसीआर परीक्षण भएको थियो । यसमा सांसदहरूको परीक्षण नहुनु पर्ने भन्न खोजिएको होइन तर लक्षण देखियो भनेर अस्पताल पुग्नेहरुको पीसीआर परीक्षण गरिँदैन । उनीहरुलाई विना जाँच घर फर्काइन्छ । उनीहरुलाई किटको अभाव देखाइन्छ । तर, शक्ति भएकाहरुलाई न किटको अभाव हुन्छ नत लक्षण नै चाहिन्छ । तर, टेकु अस्पतालका निर्देशक डा. सागरराज भणडारी भने शक्तिको आडमा नभई आवश्यकताको आधारमा पीसीआर परीक्षण भइरहेको बताउँछन् । स्वास्थ्य जस्तो संवेदनशील विषयमा त्यस्तो नहुने उनको तर्क छ । उनले धेरै अस्पतालमा आएका शंकास्पद र अन्य अस्पतालबाट रिर्फर भएका बिरामीको मात्र उपचार हुने भएकोले साधारण लक्षण देखिएका वा कोरोना जाँच गर्नैको लागि भनेर आउनेको अवस्था हेरेर परीक्षण हुने गरेको उनले बताए । ‘आवश्यक परेमा नमुना संकलन गरेर पठाउने काम भइरहेको छ, लक्षण देखिएकाहरुको उपचार पनि गरिनै रहेका छौं, सबैको परीक्षण गर्न सम्भव पनि छैन,’ उनले भने । व्यक्तिको लक्षण र अवस्था हेरेर उपचार र पीसीआर परीक्षण हुने उनले बताए । ‘व्यक्तिमा लक्षण छैन, कसैसँग सम्पर्क पनि छैन भनेपछि अनावश्यक खर्च किन गर्ने, सबै नागरिकलाई पीसीआर परीक्षण गर्न मिल्दैन,’ उनले भने -‘विरामीकाे सबै लक्षण हेरेर हामी पठाउँदैनौं । अब धेरै मानिसको एकै पटक परीक्षणको दायरामा ल्याउनका लागि सबैको एकैपटक रगत संकलन गरेर एउटै मेसिनमा राख्ने र परीक्षण गरिने उनले बताए । यदि त्यसमा कोरोना पोजेटिभ देखिएमा पछि सबैको व्यक्तिगत रुपमा परीक्षण गरिने उनले बताए । हालसम्म १६ हजार ३ सय ९ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । आजसम्म ५५ हजार ९ सय ३० जनाको आरटीडी परीक्षण भएको उनको भनाइ छ । देशभर कुल १ सय ४३ आइसोलेसनमा छन् भने ३ सय ४० सम्भावित संक्रमित अर्थात रेड जोनमा छन् । उनीहरुलाई ट्रेसिङ गर्ने काम भइरहेको उनले बताए । ३१ जना निको भएर पनि घर फर्किसकेका छन् । आज मात्रै सरकारले कोभीड एनपी एप सञ्चालनमा ल्याएको छ । उनले अब पीसीआर परीक्षणको संख्या बढाएर धेरैलाई परीक्षणको दायरामा ल्याउने बताए । उनले हाल ५० हजारको हाराहारीमा पीसीआर कीट मौजाद रहेको बताए । सम्भावित व्यक्ति र जिल्लामा गएर परीक्षणको दायरा बढाउने उनले बताए ।

लकडाउनले नछोएको माथिल्लो तामाकोशी : यसरी हुँदैछ काम

काठमाडौं । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो । कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम केही समय प्रभावित भयो । एकाध दिन रोकिए पनि आयोजनाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम चालू नै राखिएको छ । लकडाउनले नागरिक घरभित्र छन् । मुलुकमा आर्थिक गतिविधि ठप्प प्रायः छ । यस्तो विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन् । प्रगति पनि लोभलाग्दो देखिएको छ । देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण स्थान राख्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम यतिखेर पनि जारी छ । लकडाउनमा पनि काम भइरहेको छ ? हो, आम मानिसले सोचेभन्दा भिन्नै तरिकाले माथिल्लो तामाकोशीको काम धमाधम भइरहेको छ । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयपछि त झन् आयोजनालाई थप सहज भएको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति भएको छ । कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी ११६ मिटर मात्रै छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये शुक्रबारसम्म ३५७ मिटर खण्डमा पाइप जडान कार्य भइसकेको छ । अब मात्रै १६ मिटरमा पाइप जडान गर्न बाँकी छ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले अब १५ दिनमा तल्लो ठाडो सुरुङमा पाइप जडानको काम सम्पन्न हुनेछ । सो काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरिरहेको छ । यस्तै कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले पनि लकडाउनको समयमा आफूलाई अब्बल सावित गर्ने प्रयास गरिरहेको छ । प्राप्त विवरणअनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये शुक्रबारसम्म २१० मिटरमा पाइप जडान भइसकेको छ । अब सो सुरुङमा मात्रै १०० मिटर पाइप जडान गर्न बाँकी छ । पाइप जडानको काम प्रभावकारीरूपमा अगाडि बढेको र एउटा पाइप जडानका लागि पाँच कार्य दिन लाग्ने गरी व्यवस्थापन मिलाइएको प्रवक्ता डा न्यौपानेले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजना भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर निर्माण सामग्रीको ढुवानीको प्रबन्ध गरिदिनुभएकाले पनि थप सहजता पैदा भएको छ । आयोजनाले अत्यावश्यक सिमेन्ट, रडलगायत सामग्रीको नियमित आपूर्ति गरिरहेको छ । आयोजनास्थलमा झण्डै ६ सय ५० श्रमिक हाल पनि कार्यरत छन् । यस्तै आयोजनामा बाँकी रहेको लाइनिङको र केमिल ग्राउटिङको कामसमेत जारी छ । केही श्रमिकले भने घर जान पाए हुन्थ्यो भन्ने माग आयोजनासमक्ष राखेका छन् । उनीहरुलाई उत्प्रेरित गरेर काममा लगाइएको जानकारी प्राप्त भएको छ । आगामी जेठ र असारको पहिलो सातासम्म पाइप जडानको काम सम्पन्न गर्ने लक्ष्य आयोजनाले राखेको छ । लकडाउनका कारण यही वैशाखमै पाइप जडानको काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही दिन काम बन्द हुँदा समयसीमा पर सरेको हो । यस्तै ठाडो सुरुङमा पाइप जडानका अलावा त्यसको गास (जोड्ने स्थान) मा पनि पाइप जडान गर्नुपर्ने काम बाँकी छ । सो काममा लागि थप १५ दिन लाग्ने भएकाले असारभरिमा निर्माणको काम सम्पन्न गर्ने तयारीमा आयोजना छ । यस्तै विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तम्तयारी हालतमा राखिएको छ । पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरणसमेत जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने छ । आयोजनामा कूल छ वटा विद्युत् उत्पादन गर्ने युनिट रहेका छन् । माथिल्लो तामाकोशी यस्तो आयोजना हो, जहाँ सुरक्षाका सम्पूर्ण उपाय अपनाएर लकडाउनमा समेत काम भइरहेको छ । जुन अन्य आयोजनाका लागि समेत अनुकरणीय देखिएको छ । काम भइरहँदा आयोजनाका पदाधिकारीलाई अन्य कुराले भन्दा पनि निर्माण सामग्रीको ढुवानी रोकिँदा भने समस्या आइलाग्छ कि भन्ने चिन्ताले सताएको थियो । सो समस्यासमेत हल भएकाले आयोजनाको गतिमा कुनै कमी आएको छैन । जिल्ला प्रशासन कार्यालय दोलखाले आयोजनालाई सहजीकरण गरिरहेको छ । अत्यावश्यक पास तथा अन्य सुविधासमेत उपलब्ध गराएको छ । आयोजनाको महत्व र गाम्र्भीयतालाई बुझेर जिल्ला प्रशासन कार्यालयले आवश्यक सहयोग गरेको छ । आयोजनामा कार्यरत श्रमिकलाई व्यक्तिगतरूपमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ । प्रवक्ता न्यौपानेका अनुसार बाँधतर्फको सिभिलको काम पूरा भएको छ । हाइड्रोमेकानिकल गेट राख्ने तयारी गरिएको छ । सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । पछिल्लोपटक यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेका कारण पनि थप सहजता भएको छ । आयोजनास्थलमा एक एम्बुलेन्स अनिवार्यरूपमा राख्नैपर्ने, निर्माणस्थलमा खटिएका कामदारलाई आइसोलेसनमा बसेजस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै आयोजनास्थलमा एक मेडिकल टिम अनिवार्यरूपमा राख्ने व्यवस्था गरिएको छ । कुनै स्वास्थ्य समस्या देखिनेबित्तिकै उपचारको प्रबन्ध गर्न व्यवस्था गरिएको छ । कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ । सोही आधारमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशीको काम चालू हालतमा छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको छ । मन्त्री पुनका अनुसार ठूला आयोजनामा काम गर्ने वातावरण गत चैत २० गतेदेखि नै मिलाइएको थियो । ऊर्जाका आयोजना मात्रै नभइ अन्य खालका उद्योग सञ्चालन गर्ने भन्ने निर्णय भएअनुसार नै प्रक्रिया अगाडि बढाइएको मन्त्री पुनको भनाइ छ । विशेषगरी कोरोनाको सङ्क्रमण फैलन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने विषय प्रमुख प्राथमिकतामा छ । अन्य नागरिकसँग घुलमिल नहुने वातावरण बनाउने, हरेक आयोजनामा एक एम्बुलेन्स र मेडिकल युनिट रहनैपर्ने व्यवस्था गरिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव चार प्रतिशत पुगेको छ । निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाको कामलाई निरन्तरता दिन अत्यावश्यक निर्माण सामग्री ढुवानीका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाइदिएको छ । यस्तै प्रसारण लाइन निर्माण र सवस्टेशनको कामसमेत सम्पन्न हुने चरणमा पुगेकाले आर्थिक समृद्धिको लक्ष्यमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको माथिल्लो तामाकोशीबाट एकाध महिनामा विद्युत् उत्पादन हुने विश्वास गर्न सकिन्छ । रासस

अमेरिकामा कुल जनसंख्या १४.७ प्रतिशत बेराेजगारी

वासिङ्टन । अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा बढेर १४.७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको जनाइएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा सात लाख दश हजार मानिसले रोजगारी गुमाएका थिए। कोरोना भाइरसको संक्रमण फैलिन जान थालेपछि सामाजिक दुरी कायम गर्नु पर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले करिब ३१ करोड घरमै बसेका छन् । हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको छ । अधिकारीहरुका अनुसार अमेरिकामा पहिलो पटक सवैभन्दा धेरै मानिसले बेरोजगारी भत्ताका लागि फाराम भरेका छन् । पछिल्लो विवरणमा ३ करोड ३० लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् । बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका व्याकेजहरु पनि घोषणा गरेको छ । रासस/एएनआई