विकासन्युज

एफएनसीसीआईले भन्योः अर्थतन्त्र कोमामा गयो, अब ‘स्टिमुलस’ प्याकेज चाहिँन्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्र कोमामा गएको बताएको छ । महासंघले प्रदेश महासंघका पदाधिकारीहरुसँग छलफलमा अहिले देशको अर्थतन्त्रमा एकदमै गिरावट आएको बताइए हो । देशको अर्थतन्त्र जोगाउनका लागि अब स्टिमुलस आर्थिक राहत प्याकेको आवश्यकता रहेको बताइएको छ । छलफलमा उद्योगी व्प्यवसायीहरुले अर्थतन्त्रलाई बचाउन सरकारले आगामी बजेटमार्फत् पर्याप्त स्टिमुलस प्याकेज ल्याउन दवाव लिनु पर्ने धारणा राखेका छन् । विश्व नै कोरोनाको त्रासमा रहेको अहिलेको समयमा विश्वका अधिकांश राष्ट्रले उद्योग व्यवसायसहित अर्थतन्त्रको संरक्षणका लागि महत्त्वपूर्ण राहत कार्यक्रम घोषणा गरिसकेको तर सरकारले भने अहिलेसम्म पनि आकर्षक स्टिमुलस प्याकेज ल्याउन नसकेको भन्दै आगामी बजेटमार्फत् त्यस्ता कार्यक्रम आउनेमा निजी क्षेत्र आशावादी रहेको महासंघले जनाएको छ । अब देशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनका लागि बैंक तथा उद्योगी व्यवसायीबीच सहकार्य हुनुपर्ने, विद्युत् डिमाण्ड चार्ज छुट दिनुपर्ने, अति संवेदनशील क्षेत्रलाई बढी निगरानीमा राखेर सामान्य जिल्लामा आन्तरिक रूपमै भए पनि आर्थिक गतिविधि चालु गर्नुपर्ने धारणा व्यवसायीहरुले राखेका छन् । लकडाउनको समयको बैंक व्याज मिनाहा गर्नुपर्ने, महासंघले सरकारमा पेस गरेको सुझाव कार्यान्वयनमा निरन्तर दबाब दिनुपर्ने, कृषि उत्पादन संकलन, सुरक्षित भण्डारण, आवश्यक मल बीउ–विजनको पर्याप्त आपूर्ति गर्न दबाब दिनुपर्ने र निजी क्षेत्रलाई पनि मल आयात गर्ने सुविधा दिनुपर्नेलगायतका माग महासंघको छ ।

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड -१९ प्रयोगशालामा नयाँ कोरोना संक्रमण पुष्टि भएकाे हो । जो नवलपरासी देवचुली नगरपालिका १२ निवासी ४९ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारी जानकारी दिएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे समाचार पनि पढ्नु हाेस् ।  स्वास्थ्य मन्त्रालयकाे नै गलत सुचना, संक्रमितको संख्या २ सय ४५ मात्रै

जेठ ५ गतेसम्म गोरखा सिल

गोरखा । जेठ १ गतेदेखि ५ गतेसम्म गोरखा जिल्ला प्रवेश गर्ने पाँच वटा नाका पूर्ण रुपमा बन्द गरी जिल्ला सिल हुने भएकाे छ । कोरोना भाइरस रोकथाम नियन्त्रण र व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय कमाण्ड पोष्ट, जिल्ला सुरक्षा समिति र कोरोना क्राइसिस मेनेज्मेन्ट सेन्टरको संयुक्त बैठकले उक्त निर्णय गरेको हाे । बैंक तथा वित्तिय संस्था, सरकारी कार्यलय पूर्ण रुपमा बन्द रहनेछन् । खाद्यन्न , तरकारी दुधजन्य पदार्थ सबै पदार्थ बोक्ने गाडिहरु पूर्ण रुपमा बन्द हुनेछन् । जिल्लामा प्रयाप्त खाद्यन्न भएकोले उक्त पसलहरु समय मिलाएर खोल्न छुट हुनेछ । मासुजन्य पसलहरु खुला हुनेछन् । अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । जिल्लाको आरुघाट, सिउरेनीटार, मझुवा, नयाँपुल, तुरतुरे गरी पाँच स्थानमा चौविसै घण्टा सुरक्षाकर्मी खटाई जिल्ला प्रवेशलाई निषेध गर्ने नीति जिल्लाको कमाण्ड पोष्टले लिएको छ । विरामी बोकेका भैपरी आउने प्रकोप, लास बोक्ने गाडिका लागि भने सवारी चलाउन सहजीकरण गर्ने भएको छ ।

महामारीको त्रास कम हुने वित्तिकै आक्रामक रुपमा व्यवसाय विस्तार गर्न तयार भएर बस्ने बेला हो

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका शिवनाथ पाण्डे अहिले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । चार्टर्ड एकाउन्टेन्ट पाण्डे नेपाल जीवन बिमक संघका अध्यक्ष पनि हुन् । बीमा समितिको ५२औं वार्षिकोत्सवको अवसरमा जीवन बीमा क्षेत्रमा देखिएका चुनौति तथा अवसर, बीमा समितिको काम कारबाहीको समीक्षा लगायतका समसामयिक विषयमा सूर्या लाइफ इन्स्योरेनस कम्पनीका प्रमुख कार्यकारी अधिकृत थत जीवन बिमक संघका अध्यक्ष पाण्डेसँग गरिएको कुराकानीः बीमा क्षेत्रको नियामक निकाय बीमा समिति ५२औं वाषिएकोत्वस मनाउँदैछ, यो अवस्थामा नेपाली बीमा क्षेत्रको मूल्यांकन कसरी गर्नुहुन्छ ? सर्वप्रथम त नियामक निकाय बीमा समितिलाई ५२औं वार्षिकोत्सवको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । नेपाली बीमा क्षेत्रको कुरा गर्दा सुरुवातदेखि नै बीमा समिति समितिकै रुपमा रहदै आएको छ । केही समयअघिसम्म पनि बीमाको पहुँच ७/८ प्रतिशतमै सिमित थियो । अहिले वैदेशिक रोजगारको समेत तथ्याङ्क हेर्दा बीमाको पहुँच २७ प्रतिशत पुगिसकेको छ । कोरोनाको असर नदेखिएको भए यो आर्थिक वर्षको अन्त्यसम्मा बीमाको पहुँच ३० प्रतिशत पुर्याउने लक्ष्य बीमा समितिले लिएको थियो । समितिको लक्ष्य अनुसार बीमा कम्पनीसहित सम्बद्ध पक्षले सोअनुसारका कार्य तय गरी काम गरिरहेका पनि थिए । नेपालमा बीमा ज्ञानको अवस्थामा अहिले ठूलो फड्को मारेको अवस्था छ । बीमा पहुँच बृद्धिमा २ वर्ष पहिले समितिले दिएको बिमकको नयाँ लाइसेन्सले पनि काम गरेको देखिएको छ । जीवन बीमाको कुरा गर्दा पहिला ९ वटा बीमा कम्पनीहरु थिए । पछिल्लो समय १० वटा कम्पनीहरुले लाइसेन्स पाए । कम्पनीको संख्या बढेसँगै व्यवसायमा प्रतिस्पर्धा बढेको छ । हिजोको दिनमा शहरी तथा अर्धशहरी क्षेत्रमा काम गरिरहेका कम्पनीहरु अहिले गाउँ–घर तथा दूर–दराजमा पुग्न थालेका छन् । सोही अनुसार बीमा चेतना पनि बढेको छ । कम्पनीको संख्यात्मक बृद्धिले बीमाको संञ्जाल बिस्तारदेखि रोजगारीको सिर्जना र बीमा पहुँचमा पनि वृद्धि भएको छ । जीवन बीमा कम्पनी १९ वटा पुग्दा कर्मचारीका रोजगारीदेखि राज्यले पाउँने करहरु समेत बढ्न थालेको छ । म आफैं पनि बीमा क्षेत्रमा प्रवेश गरेको ३ वर्ष मात्रै भयो । योबीचमा सल्भेन्सी रेसियोको कुरादेखि ,एनएफआएस लागू गर्ने, लगानीको क्षेत्र फराकिलो बनाउँने लगायतका सकारात्मक कामहरु धेरे भएका छन् । लगानी क्षेत्र फराकिलो भएको कारण बीमा कम्पनीहरुले प्रोजेक्ट फाइनान्सिङ गर्न पनि पाएका छन् । यस्तै, बीमा समितिकै पहलमा यो क्षेत्रसँग सम्बन्धितहरुको क्षमता अभिबृद्धिको लागि तालिमको सुरुवात भएको छ । बीमा एकेडेमी मार्फत दक्ष जनशक्ति उत्पादन गर्न तालिमले सघाउ पुर्याउछ । त्यस्तै, अभिकर्ताहरुले नै व्यवसाय भित्र्याउने भएकाले बीमा क्षेत्रको फ्रन्ट लाइनमा रहने अभिकर्ताहरुलाई समेत राम्रो तालिम दिन आवश्यक हुन्छ । अहिले अभिकर्ताहरुले पाउँने इन्सेन्टीभमा समेत पहिलेको तुलनामा वृद्धी भएको छ । नयाँ बीमा ऐनको लागि संसदीय समितिमा विधेयकमाथि छलफल चलिरहेको छ । पहिलेको बीमा समिति र अहिलेको बीमा समितिमा निकै फरक छ । जीवन बीमा कम्पनीकै तर्फबाट हेर्दा पनि करिब ३ खर्ब निक्षेप बैंकहरुमा राखिएको छ । त्यसले अर्थतन्त्रमा सघाउ पुर्याएको छ । त्यसबाट उद्योगधन्दा, राज्यको कर, अप्रत्यक्ष रुपमा बैकको लगानीका पाटोमा बीमा क्षेत्रले महत्वपूर्ण भुमिका खेलिरहेको छ । त्यसैले अहिलेको अवस्थामा नेपाली बीमा क्षेत्र राम्रो अवस्थामा रहेको महसुस गर्न सकिन्छ । बिमकको संख्यात्मक बृद्धिले नै बीमाको पहुँच बढेको भन्नुभयो, तर संख्यात्मक बृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धाको अवस्था सिर्जना भएको भन्ने गुनासो पनि आउन थालेका छन्, यसमा बीमा समितिले कसरी काम गरिरहेको महसुस गर्नुभएको छ ? कुनैपनि कुराको राम्रो–नराम्रो दुवै पक्ष हुन्छन् । त्यस्तै सबैले सिक्दै जाने पनि हो । अहिले बीमा पहुँच जुन रुपमा विस्तार भएको छ, यसको एउटा कारण कम्पनीहरुको संख्यात्मक बृद्धि पनि हो । नयाँ कम्पनी नथपिएका भए अर्धशहरी र ग्रामीण क्षेत्रमा बीमाको पहुँच विस्तार हुन अरु थप समय लाग्थ्यो । बीमा क्षेत्रमा बीमा कम्पनीले पाएको लाइसेन्स, बीमा समितिले ल्याएका बीमा चेतनाका कार्यक्रम, विद्यार्थीहरु माझ पुगेका बीमा, घुम्ती बीमा लगायतका कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ । यस्तै, केही अस्वस्थ प्रतिस्पर्धाको सवालमा भने नियामक निकाय आफैले नियमन गर्दै आएको छ । समितिले सर्कुलर मार्फत पनि कम्पनीहरुलाई यसो गर, त्यसो नगर भन्न सक्छ । फेरि बीमा क्षेत्रमा नियामक बाहेक धेरै सरोकारवालाको संलग्नता रहन्छ । जस्तो कि एक्चुरी, अडिटर, अभिकर्ता, संचारमाध्यमहरु तथा कर्मचारी युनियनहरु व्यवस्थापनको कामको मूल्यांकनमा हुन्छन् । यस्तै, संचालक समितिले पनि हेरिरहेको हुन्छ । यति धेरै संयन्त्रले प्रत्यक्ष रुपमा नै मुल्याङ्ककन गर्न सक्ने ठाउँ बीमा क्षेत्र रहेकाले अस्वस्थ प्रतिस्पर्धा र नकारात्मक कामको मौका नै रहदैन । बरु बीमा क्षेत्रमा अलि बढी प्रतिस्पर्धा भएको अवस्था भने हो । बढी प्रतिस्पर्धा हुँदा सावधानीका केही विषयमा केही हदसम्मको कम्प्रमाइज भयो कि भनेर शंका गर्न सकिएला । तर अस्वस्थ प्रतिस्पर्धा भने भएको छैन । पब्लिक कम्पनीमा अस्वस्थ काम गर्न कसैले चाहेर पनि त्यति सहज हुदैन । प्रतिस्पर्धा अलि बढी हुन सक्छ भन्ने विषयमा बीमा समितिले पनि अनुभूत गरेको जस्तो देखिन्छ । नयाँ कम्पनीलाई लाइसेन्स दिएर समितिले मर्जर र एक्वीजीसन सम्बन्धी कानुनी व्यवस्था सार्वजनिक गर्यो । समितिको यस्तो कार्यले पनि मर्जर र एक्वीजीसनलाई प्रोत्साहन गरेर कम्पनीको संख्या कम गर्न सहयोग गर्छ । तपाईं आफै पनि लामो समयसम्म नियामक निकाय नेपाल राष्ट्र बैंकमा बसेर काम गर्नुभयो, नियामकको रुपमा बीमा समितिलेले अहिले के कस्तो चुनौतिको सामना गरेको महसुस गर्नुभएको छ ? अहिले ४० वटा बीमा कम्पनीहरु संचालनमा छन् । कम्पनीका शाखा संजाल पनि धेरै छन् । त्यसैले बीमा समितिलाई कामको चाप भने परेको छ । तर, पनि समितिमा दक्ष जनशक्ति छ । समितिले प्रोफेसनल सिए, बीमा विज्ञ राखेर काम गर्दै आएको छ । पछिल्लो समय बीमा समितिले आवाशीय एक्चुरी समेत राखेको अवस्था छ । अनसाइड र अफसाइड निरीक्षण भइरहेको छ । नियामक निकायबाट हुने निरिक्षण र सुपरीवेक्षणले कम्पनीहरुलाई काम गर्न अझ बढी हौसला र आँट प्राप्त हुन्छ । कुनै गल्ती कमजोरी भए तत्काल सच्याउन सहयोग पुग्छ । नियामक निकायबाट प्राप्त हुने मार्गदर्शनलाई बीमा कम्पनीहरुले सुध्रिनै मौकाका रुपमा लिएका हुन्छन् । समितिले बीमा कम्पनीहरुबाट बीमा शुल्कको एक प्रतिशत रकम सेवा शुल्कको रुपमा लिने गरेको छ । यस्तै, केही विदेशी परियोजना पनि छन् । यस्तो कार्यले गर्दा समितिसँग आर्थिक स्रोतको अभाव पनि खासै देखिदैन । कम्पनीहरुको नियमनको सवालमा पनि कम्पलायन्स बेस्डबाट रिक्स बेस्डमा जाने भनिएको छ । यो पनि राम्रो कुरा हो । कम्पनीहरुको चुक्ता पुँजी २५ करोड तथा ५० करोड रुपैयाँबाट बढाएर १ अर्ब तथा २ अर्ब रुपैयाँ पुर्याइएको छ । यति भन्दाभन्दै पनि बीमा समितिले शाखा तथा क्षेत्रीय कार्यालय खोल्नु पर्ने काम बाँकी होला । जनशक्तिलाई अझै दक्ष बनाउनु पर्ने होला । विभिन्न समयमा देखिने नयाँ प्रकारका चुनौतिको सामना गर्न आफूलाई तयार अवस्थामा राख्नुपर्ने होला । विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएको छ, यसबाट नेपाल अछुतो रहेको छैन । यसले जीवन बीमा क्षेत्रमा के कस्तो असर पारेको छ ? यो अप्रत्यासित रुपमा आएको दैबीप्रकोप हो । बीमा कम्पनीहरुलाई यस्ता प्रकोपको बारेमा जानकारी लिएर आगामी दिनमा कसरी व्यवसाय बचाउने भन्ने कुरा सिक्न पाइयो । केही चुनौती त पक्कै छन् । हामी विश्व अर्थतन्त्रबाट अछुतो बनेर बस्नै सक्दैनौ । प्रत्यक्ष रुपमा जीवन बीमामा फ्रन्टलाईनबाट व्यवसाय ल्याउने अभिकर्ताहरु चैत ११ देखि लकडाउनमा छन् । अहिले भच्र्युअल मिटिङ् तथा डिजीटल सेमिनार भएको छ । अभिकर्ताहरुले पास पाएका छैनन् । यस्तो अवस्थामा बीमाको व्यवसाय प्रभावित हुन पुगेको छ । जेठपछि पनि व्यवसाय साधारण हुन सक्ने नसक्ने एकिन गर्न सकिने अवस्था छैन । व्यवसायकै लागि भनेर लकडाउन खुकुलो बनाउँन पनि मिलेन । कहिकतै लकडाउन खुकुलो जस्तो बनाउँदा विभिन्न केस दोहोरिएका छन् । विदेशी मुलुकहरुमा पनि लकडाउन दोहोरिएका छन् । गत अर्थिक वर्षको चैत, वैशाखमा जे जस्तो कमाई अहिले हुन सक्दैन । बीमा कम्पनीहरुले बीमाशुल्क संकलन गरेर बैकमा राखेर पाउँने व्याज, अभिकर्ताहरुको नविकरणहरुबाट पाइने शुल्क तत्कालका लागि रोकिदा बीमा कम्पनीहरुलाई व्यवसायिक असर परेको छ । यस्तै, बैक तथा वित्तीय संस्थाले दिएको व्याजदर साढे ९ प्रतिशतबाट घटेर साढे ७ प्रतिशतमा आएको छ त्योपनि आगामी वर्षका लागि घाटा नै हो । अर्कोतर्फ चैतदेखि बैखाशसम्म बीमा कम्पनीहरुले गर्नेपर्ने खर्चहरु कर्मचारी तलब, भाडा तथा अन्य नै मासिक करोडौं हुन्छ । कोरोना महामारीले संस्थागत रुपमा सिकाएको कुरा के हो ? कोरोना महामारीले हामीलाई सिकाएको पहिलो कुरा भनेको यस्तो अवस्थामा संस्थालाई कसरी निरन्तरता दिने भन्ने भन्ने हो । दोस्रो कुरा, कर्मचारीको बिदा, बिदा व्यवस्थापन छुटलगायतका कुराहरुपनि महत्वपूर्ण हुन्छन् भन्ने देखियो । कर्मचारी व्यवस्थापनको लागि ऐन, व्यवस्था, मार्गदर्शन, विनियमावलीहरु मार्फत हामीले धेरै कुरा सुधार गर्नु पर्छ भन्ने देखायो । अर्को भनेको प्रविधिको प्रयोग हो । कोरोना महामारीकै बेला डिजीटल प्लेटफर्ममार्फत हामी बढ्नु पर्छ भन्ने कुराको ढोका खुलेको हो । अब मान्छेलाई कुनैपनि बेलामा जोखिम आउँन सक्छ भन्ने कुराको सकारात्मक प्रभाव परेको छ । अब बीमा गर्नुपर्छ भन्ने कुराको जागरुकता पनि आएको छ । भोलि केही समयपछि अवस्था समान्य भएपनि कुनै किसिमका बीमाप्रति मानिसहरु सकारात्मक रहने देखिन्छ । अहिले बीमा समितिले के गर्दे हुन्थ्यो जस्तो लाग्छ ? हामीले आफ्ना अपेक्षालाई लिपिवद्ध गरेर समितिमा बुझाएका पनि छौं । नियामक निकाय हाम्रो अभिभावक पनि भएकोले आफ्ना कुराहरु राख्नु अस्वभाविक पनि होइन । हामीले बीमा समितिलाई जीवन बीमा कम्पनीहरुको अवस्था यस्तो छ, तपाइहरुले यस्तो गरिदिए हुन्थ्यो भनेर जानकारी गराइसकेका छौं पनि । पहिलो कुरा त बीमा समितिले लिने १ प्रतिशत शुल्क घटाउनु पर्छ भनेका छौं । बैकले व्याजदर घटाउँदा हामीलाई आर्थिक असर पर्नेभयो । त्यसका लागि १५ वर्ष वा ३० वर्षको लागि बण्डको आवश्यकता पर्यो भनेका छौं । खर्च कटौतिका कुराहरु छन् भने त्यसमा हेरफेर गर्न आवश्यक हुन्छ । अहिले नयाँ शाखा खोल्न त्यति उचित नहुनसक्छ । धेरै कम्पनीका शाखा कार्यालयहरु भएको स्थानमा शाखाहरु बन्द गर्ने हो कि, मर्ज गर्ने हो कि त्यतातिर पनि ध्यान दिन आवश्यक छ । भोलि सेवा दिनै पर्ने अवस्थामा कम्पनी नै पनि मर्ज गरेर अघि बढ्नु पर्ने हुनसक्छ । अभिकर्ताहरुको लाइसेन्सको समय चैतमा सकिदैछ । त्यसमा नयाँ व्यवस्था हुनुपर्यो भनेका छौं । यी कुराहरु भए बीमा कम्पनीहरुलाई राहात मिल्छ ? राहात मिल्ने भन्दापनि नियमनकारी निकायले आफ्नो संस्थाहरुलाई कानुनको दायरामा रहेर गर्न मिल्ने काम गर्दा उद्योग माथि जान्छ । बीमा समितिले नियामकभन्दा पनि सहजकर्ताको भुमिकामा रहने अपेक्षा गरिएकोले मिल्ने र सक्ने जति सहजता प्रदान गरिदिनुस भनेका हौं । जीवन बीमा कम्पनीहरुले बिमितलाई महामारीको बीचमा विशेष केही छुट दिएका छन् ? हामीले नियमनकारी निकायको दायरामा बसेर काम गरिरहेका छौँ । नयाँ बिमितका लागि कोरोना बीमा फ्रिमा दिने कुराहरु पनि भएको छ । यो व्यवसायिक रणनीति पनि हो । बीमा समिति या संघले सबैलाई एकै प्रकारले काम गर भन्न मिल्दैन । सबै कम्पनीले आआफ्नो रणनीति अनुसार काम गर्ने हो । बीमा क्षेत्रमा फ्रन्टलाईनमा काम गर्ने अभिकर्ताहरुलाई हामीले सुरक्षित रहनु भन्दै आएका छौँ । अभिकर्ता सुरक्षित भएनन् भने संस्था सुरक्षित हुदैन । अहिले हामीले मिल्ने ठाउँमा खर्च कटौति गर्दा तथा नयाँ योजना नल्याउँदा राम्रो हुने देखिन्छ । प्रविधिमैत्री भएर जानुपर्ने बाटो पनि अपनाउँनु पर्नेछ । कोरोना महामारी पछि भर्चुअल वोल्डको महत्व बढेको छ, जीवन बीमामा पनि सुचना प्रविधिको अधिकतम प्रयोग गर्न सकिदैन ? आजको दिनसम्म डिजिटल प्लेटफर्म मार्फत कुनैपनि पोलिसी बिक्री गर्न सकिदैन । नविकरण भने गर्न पाइन्छ । अन्य डिजीटल सेवा लिन नियमनकारी निकायले स्विकृति दिनु पर्यो, त्यसअघिका तयारी गर्नु पर्यो । यो अहिलेको नयाँ परिस्थितिले हामीलाई धेरै कुरा सिकाएको छ । सूर्या लाईफ इन्स्योरेन्सको अवस्था के छ ? हिजो मैले आफ्नो नेत्तृत्व सम्हाल्नु पूर्व ३२ करोड रुपैयाँको बीमाशुल्क थियो भने अहिले १ सय करोड रुपैयाँ पुगेको छ । सूर्या लाईफले लाभांश वितरण गर्ने, कर्मचारीलार्ई बोनश खुवाउँने, राज्यको कर तिर्ने लगायतका काम गर्दै आएको छ । अर्थात सबै सरोकारवालालाई केही न केही प्रतिफल दिएकै छौं । हिजो रोकिएका कामहरु आज ट्रयाकमा ल्याएका छौँ । एजिएम समयमा गर्ने लगायतका कानुनी कामहरु भएका छन् । हिजो ३÷४ अर्ब रुपैयाँ लगानी गरेको ठाउँमा अहिले ८÷९ अर्ब रुपैयाँ लगानी पुगेको छ । हिजोका हाम्रा प्रोडक्ट तथा आजको हाम्रो प्रोडक्ट फरक छन् । कोरोना महामारी पछि सूर्या लाईफको रणनीति के हो ? महामारीपछि हामीले सामान्य अवस्थाको जस्तै व्यवसाय भित्र्याउन पनि केही समय लाग्न सक्छ । लकडाउन कहिलेसम्म हो भन्ने सबैलाई डर छ, त्रास छ । आफ्नै घर–परिवारभित्रै त्रास भएको अवस्थामा व्यवसाय गर्नु भनेको सामान्य कुरा होइन । यस्तो अवस्थामा भित्री तथा बाहिरी स्रोत साधनलाई राम्रोसँग परिचालन गरेर अघि बढ्नुपर्छ । नयाँ प्रोडक्ट ल्याउनु पर्ने, अभिकर्ताको तालिम बढाउनु पर्ने या प्रविधिमैत्री बन्दै जाने केही कुरामा परिवर्तन गरेर अघि बढ्नु पर्छ । यो बीमा उद्योगले नै अपनाउँनु पर्ने कुरा हो । किनभने हामीलाई सामान्य रुपमा काम गर्न ६ महिना लाग्न सक्छ । कोरोना संकट कहिलेसम्म हो भन्ने यकिन भएको छैन । अहिले व्यवसायको योजना बनाउँने भन्दा पनि भोलिका दिनमा कसरी आफू अघि बढ्ने भन्ने तयारीमा बस्नु पर्छ ।

शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

काठमाडाैं ।  त्रिवि शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हाे । न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जानकारी दिएकाे छ ।

डब्लूएचओ भन्छः कोरोना सधैंभरि रहन पनि सक्छ

काठमाडाैं  । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना सधैं भरि रहन सक्ने पनि बताएकाे छ । बिहीबार संगठनका आपतकालिन निर्देशक डा‍‍. माइक रायनले कोरोना भाइरस सधैंका लागि कहिल्यै नजान सक्ने बताएका हुन् । उनले खोप पत्ता लागे पनि संक्रमणलाई पूर्णरुपमा नियन्त्रणमा लिन ठूलो बल आवश्यक पर्ने बताएका हुन् । अहिलेसम्म करिब ३ लाख मानिसले ज्यान गुमाइसकेको कोरोना भाइरसको संक्रमण ४३ लाख भन्दा बढी मानिसमा भइसकेको छ । संगठनले कोरोना भाइरसका कारण कैयौं मानिसको मानसिक अवस्थामासमेत असर परिरहेको बताएको छ । मानसिक स्वास्थ्यका क्षेत्रमा कम लगानी रहेका देशमा लकडाउनले समस्या उत्पन्न गराएको संगठनले उल्लेख गरेको हो । त्यसकारण संगठनले धेरै जसो देशहरुलाई मानसिक स्वास्थ्यका क्षेत्रमासमेत काम गर्न सुझाव दिएको छ । जेनेभामा भएको भर्चुअल सम्मेलनमा डा। रायनले ‘यो भाइरस हाम्रो समुदायको दोस्रो माहामारीका रुपमा रहन सक्ने र यो कहिलै नहट्न सक्छ’ भनेका छन् । उनले भनेका छन्, ‘एचआईभी गएको छैन्, यो भाइरस पनि यस्तै रहन सक्छ ।’ उनले जसरी दादुरा खोप बने पनि पूर्ण रुपमा हटेको छैन, त्यसैगरी खोप बने बनेपछि पनि कोरोना पनि त्यसरी नै रहिरहने बताएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस एडनम घेबरायसले भाइरसको नियन्त्रणका लागि प्रत्येकले आफ्नो क्षेत्रबाट कडाइका रुपमा सुरक्षाका उपायहरु अपनाउन आवश्यक रहेको बताएका छन् ।

पुनर्बीमा कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको सेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि दुबै संस्थाबीच बुधबार(बैशाख ३१ गते) सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) शंकर कुमार रायमाझी र आरबीबी मर्चेन्टका सीईओ बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु आरबीबी मर्चेन्ट मार्फत हुने छ । यसका साथै, पुनर्बीमा कम्पनीको हालै बाँडफाँड भएकाे प्राथमिक सेयर (आईपीओ) नेपाल स्टक एक्स्चेञ्जमा छिट्टै सूचीकृत गराउने तयारीमा आरबीबी मर्चेन्टका सीईओ प्याकुरेलले जानकारी दिएका छन् । कम्पनीले कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियाे । जसकाे बाँडफाँड चैत २६ गते बुधबार जारी रहेकाे लकडाउनकाे बीचमा भएकाे थियाे ।

२०४०

सन् २०४० मे १२ तारिकको दिन । राहुललाई निकै हतार छ । आफ्नो कृषि फार्ममा खेतालाहरू त्यसै पनि अल्छी देखेकाले राहुललाई कामदार नै फेर्ने मनसाय पनि छ । तर केही दिन ऊ व्यस्त हुने कुरा करिब दुई हप्ता अगाडि आएको मेलले भनिसकेको थियो । राहुलका अत्यन्तै मिलनसार साथीहरू आउँदैछन् । जमिर, बेन्जामिन र दिपेश चितवन एयरपोर्टमा ११ बजे ल्याण्ड हुने खबर दिपेशले बिहान सात बजे नै फोनमा बताएको थियो । बेन्जामिन अमेरिकाको साथी हो, जमिर अफ्रिकाको र दिपेश बुटवलको । सन् २०२० को कोरोना महामारीमा अमेरिकामा सँगै कृषि पढिरहेका यी चार दौँतरीले आँखै अगाडि मृत्युको पुल पार गरे । महिनौ दिनसम्म अपार्टमेन्टबाट बाहिर ननस्किेका यी दौँतरीले छिमेकमै कोरोनोले मृत्युवरण गरेको मानिसको अनुहार पनि देखेका थिए । बेन्जामिन र जमिरलाई कोरोनाको महामारीमा गुन्द्रुकको स्वादसँग प्रेम बस्यो । राहुलसँग मेल वा भिडियो कलमा प्राय बेन्जामिन र जमिरले गुन्द्रुकको बारे सोधिरहन्थे । उनीहरू नै आउँदैछन् भनेर राहुलले अलिबढी गुन्द्रुक भान्सामा श्रीमती रितुलाई जोहो गर्न लगाएको थियो । यो जमात लगभग बीस वर्षपछि फेरि भेट्दै थियो । राहुल र दिपेशको भने कृषि मन्त्रालयमा कहिलेकाहीँ भेट नभएको पनि होइन । तर बेन्जामिन र जमिरलाई भने राहुल र दिपेशले स्वदेश फर्केपछि भेटेका थिएनन् । नेपालबाट दिपेश र राहुल कृषि विषयमा उच्चशिक्षा हाँसिल गर्न अमेरिका पुगेका थिए । जमिर पनि अफ्रिकाबाट कृषि विषयमा नै उच्चशिक्षा हाँसिल गर्न अमेरिका आएको थियो । बेन्जामिन भने अर्कै सहरको भए पनि अमेरिकाकै रैथाने थियो । यी चार जनाको भेट युनिभर्सिटी अफ फ्लोरिडामा सन् २०१८ मा भएको थियो । पढाइमा अब्बल राहुलले पहिलो वर्ष नै युनिभर्सिटी टप गर्यो । दिपेश त यसै पनि नेपालको थियो, राहुलको नजिक पर्न उसलाई कुनै आइतबार पर्खनु परेन । बेन्जामिन र जमिर भने बिस्तारै राहुलको नजिक भए र यी चार जनाको दोस्ती कक्षाकोठामा मात्र सीमित भएन । एउटै अर्पाटमेन्ट सेयर गरेर बस्ने थाले । सँगै बस्न थालेपछि, यिनीहरूले पढाइको मात्र कुरा गरेनन् । पाठसँगै परिवारको, देशको, राजनीतिको, साहित्यको र कलेजमा आएका जमर्नीका दुई केटीहरूको पनि कुरा हुन थाल्यो । लेखक भलै उनीहरू कृषिका विद्यार्थी भए पनि रुची भने अनेक कुरामा थिए । अमेरिकाको अबको चुनाव कस्तो हुन्छ ? अफ्रिका अधिकांश देश आफैँ किन विकसित हुन सकेन ? चीनले कस्ता कस्ता कुरामा आफ्नो लगानी गर्दैछ ? आदि इत्यादि । जमिर लिबियामा आफ्नै कलेज खोल्ने , बेन्जामिन डिग्री मात्र लिने त्यसपछि विश्वभ्रमणमा निस्कने, राहुल र दिपेश भने अमेरिकामै सेटल हुने नेपाल नफर्कने सोचमा थिए । तर सँगै बस्दा सँगै खाँदा कुराकुरामा यी चारजना एक भए । चारैजनाले आफ्नो पढाइ सक्काएपछि अमेरिकामा नै एक विशाल कृषि फार्म खोल्ने योजना बनाए । बेन्जामिनको जग्गा प्रशस्त भएकाले उनीहरूलाई जग्गाको कुनै तनाव भएन । लगानीको कुरा बेन्जामिन त्यहीँको रैथाने भएकाले उसैले मिलाउने भयो । तर जमिर भने एक टाइम त कलेज पढाउने नै भनेर ढिट कसेर बसेको थियो । साथीकै नाताले अन्य तीनले उसलाई कलेज पढाउन छुट दिने पनि भएका थिए । कोठाभित्र आ–आफ्नो योजना बनाउँदै यिनीहरूले आफ्नो पढाइमा दिलोज्यान लगाएर मिहेनत गर्दै थिए । बेन्जामिनले आफ्नो बा आमासँग फार्मको कुरा गरिसकेको थियो । विश्व भ्रमणमा जान्छु भन्ने छोरो देशमै बस्छु भनेको सुन्दा बा आमा पनि खुसी नै थिए । कुरासँगै धेरै कुरा बितेर गए । पचास वर्षभन्दा लामो सयम महामारी नभोगेको विश्वले पुनः अर्को महामारी आउने संकेत सामाजिक सञ्जालमा सुरु भएको थियो । एड्स, स्वाइनफ्लु, इबोलाजस्ता महामारीमा अहिलेको जस्तो अत्याधुनिक समय थिएन । स्वास्थ्य क्षेत्रमा विश्व पछाडि नै थियो । तर अहिले यो अवस्था त्यस्तो छैन । विश्व चनाखो भएर बसेको छ भन्ने सोचले चारजना मध्ये कोही पनि घर नफर्कने निर्णयमा पुगे । केही दिनमा समय स्वस्थ्य भएपछि आफन्त भेट्न जाने योजना बनाएर आउँदै गरेको परीक्षाको लागि यी चारजना तयारीमा जुटे । चाइनाको वुहानबाट सुरु भएको कोभिड – १९ ले विश्वमा नै आक्रमण गर्यो । घरबाट लगातार फोन आउन थालेपछि राहुल र दिपेशले एयरलाइन्स कम्पनीलाई फोन गरे । एयरलाइन्सले सम्पूर्ण विमान सेवा बन्द भइसकेको र नेपालमा लकडाउन सुरु भएकाले नेपाल जाने विमान नपाइने कुरा बतायो । जमिरको लागि पनि विमान बन्द भएको थियो । बेन्जामिन गाडीमा जान सक्थ्यो तर उसले साथी नछाड्ने निणर्य गर्यो र घरमा फोन गरेर म सुरक्षित छु । म यतै बसेँ भन्ने जानकारी दियो । यी चारजनाको आँखा किताबमा भन्दा धेरै टिभी र इन्टरनेटमा बढी हुन थाल्यो । उनीहरूले सोचेको भन्दा धेरै नै फरक अवस्थामा विश्व गुज्रिरहेको थियो । वुहानमा मृत्यु हुने संख्या दिनमा दुइ गुणा र रातमा चारगुणाको हिसाबले बढिरहेको थियो । उनीहरूले स्वास्थ्य अवस्था संसारका धनाड्य देशमा मजबुद छ भनेको कुरा दिनानु दिन मान्छेको मृत्यु बढेको खबरले ती कुरा फेल भइसकेको बताइरहेको थियो । जमिरकी आमाले लगातार फोन गरे तापनि जान सक्ने अवस्था थिएन । अमेरिकामा कतै लकडाउन नभए पनि बाहिरका देश स्थीर भएर बसेका थिए । यो कुरा बुझाउन जमिरलाई लगभग चार दिन लागेको थियो । चीनको वुहान भर्खर तङ्ग्रिन लागेको थियो । कोभिड – १९ ले फेरि युरोपमा हमला बोल्यो । युरोपलाई कोरोनाको महामारीले हेर्दाहेर्दै तहस नहस बनाएको थियो । युरोपका केही देशले घुडा नै टेक्ने अवस्था आएको थियो । इटालीले केही दिनमा नै आफ्ना हजारौँ जनतालाई गुमाएको थियो । यो देखेपछि अन्य देशले सर्तकता अपनाएका थिए । तर संसारले युरोप शिक्षित छ, त्यहाँका जनता सभ्य छन् भनेर चिनिरहेको बेला त्यो महामारीमा युरोपले अरुले सोचेको कुरा पालन गर्न सकिरहेको थिएन । इटालीमा कयौँ मान्छेको मृत्यु भएपछि त्यहाँका मान्छेले सडकभर पैसा फ्यालेर “ धन केही होइन, बाँच्नु नै ठूलो कुरा रहेछ” भन्ने कुराको प्रमाण दिइसकेका थिए । चाइनाको दृश्य महामारीले बिस्तारै अमेरिकाको यात्रा तय गरिरहेको थियो । सबै त्रासमा थिए । बेन्जामिनका बा आमाले सबै यतै आउनु भनेर खबर पठाए पनि बाहिर निस्कने अवस्थामा अमेरिका थिएन । उनीहरू सबै अर्पाटमेन्टमा नै बस्ने निर्णयमा थिए । अमेरिकाका तत्कालिन शासकले आफ्नो देशको अर्थतन्त्रलाई असर गर्छ र अन्य शक्तिशाली देश आफूभन्दा माथि जाने डरले आफ्नो देशको जनतालाई बेवस्ता गर्दै लकडाउन नै नगरी बसेको अधिकांश देश र त्यहाँका बासिन्दाले आशंका गरेका थिए । लकडाउनलाई बेवस्ता गरेको नतिजा युरोपले भोगिरहेको थियो भने अमेरिका लकडाउन नै नगर्ने पक्षमा थियो । महामारीको समयमा धेरैभन्दा धेरै विज्ञले सूत्रको अनुसारभन्दै चीनलाई आफैँले विश्वमा शक्तिशाली बन्ने होडमा जैविक हतियार बनाएको हो भन्ने पनि आरोप लगाएका थिए । यी सबै कुराहरू राहुल, दिपेश, बेन्जामिन र जमिरले इन्टरनेटकै माध्यमबाट थाहा पाएका थिए । उनीहरू पनि खास कुरा के हो भन्ने पक्षमा वकालत गर्न असक्षम भएका थिए । विश्व त्यतिबेला डरको हावामा बाँचिरहेको थियो । श्वास लिए पनि बाँच्न नसक्ने अवस्थामा कति देश थियो । त्यसमा मुख्य अमेरिका नै रहेको थियो । यहाँ मृत्यु हुनेको संख्या हजारौँ पुगिसकेको थियो । दक्षिण काेरियाकाे एक दृष्य कोरोनाको महामारी ताका आफ्ना जनताभन्दा आफ्नो अर्थतन्त्रमा बढी ध्यान दिएको कुरा राहुलले मनमनै गुनेको थियो । “ यस्तो देशमा त कसरी बस्नु ?” भनेर उसले दिपेशलाई बताएको थियो । महामारी सकिएपछि नेपाल ने फर्कने कुरा उनीहरूले नेपाली भाषामा सबैको अगाडि भनेका थिए । नेपाली बुझ्ने राहुल र दिपेश मात्र भएकाले यिनीहरू के भन्दैछन भनेर बेन्जामिन र जमिरलाई केही थाहा थिएन तर पनि उनीहरू हासिँदिए । विश्व त्यतिबेला पुनः बामे सर्न थालिसकेको थियो । मान्छेहरू घरबाट निस्कन थालिसेकेका थिए । पंछीहरू मान्छेको आगमन भएपछि फेरि जङ्गल पस्न थालिसकेका थिए । सडकमा निस्केका जनवारहरू गाडीको चर्को हर्नले आफ्नो पुरानै बसोबासमा फर्कने तयारीमा थिए । विश्व फेरि पुरानै हुने अवस्थामा थियो । केही महिना अगाडि प्रति मिनेट ५ जनाको दरले मान्छे कोरोनाकै कारणले मर्दै थिए भने त्यो अनुपात घटेर प्रतिदिन २/३ मा आइसकेको थियो । विदेश बसेका प्राय सबै आफ्नो देश फर्कने योजनामा थिए र कति गइसकेका थिए । चार जनाले बनाएको योजनामा बेन्जामिन मात्र रहने भयो । तर म एक्लै गर्छु भन्ने आँटका साथ ऊ तयार भएको थियो । जमिर पनि लिबिया फर्कने पक्कापक्की भइसकेको थियो । दिपेश र राहुलले अमेरिकामा नै हुँदा नेपाल सरकारले खुलाएको कृषि स्वरोजगार कार्यक्रममा अनलाई फारम भरिसकेका थिए । राहुललाई अब नेपाल बद्लिएको कुरामा विश्वास भइसकेको थियो । दिपेश भने नेपालमा गएर कृषि त गर्ने तर के गर्ने भन्नेकुरामा नै अन्योलमा थियो । जे होला भन्ने आँटले नै उनीहरूले सामान प्याक गरे । जमिरको फ्लाइट राहुल र दिपेशको भन्दा तीन दिन पछाडि थियो । बेन्जामिन भने सबैलाई पठाएर मात्र आफ्नो स्टेट जाने भनेर बसेको थियो । उनीहरूले अघिल्लो रात आफ्ना पुराना दिन सम्झेर कटाउने भए । बेन्जामिन र जमिरले जर्मनीकी एन्जिला र मेरीलाई मेल पठाए । जुन मेलमा उनीहरूले आफ्नो प्रेम पोखेका थिए । राहुल र दिपेशलाई छाड्न बेन्जामिन र जमिर विमानस्थलसम्म आए । करिब तीनवर्षको मित्रता त्यसै सकिँदैन हामी फेरि भेट्छौँ भनेर राहुल र दिपेश नेपालका लागि उडे । बेन्जामिन र जमिरले आकाशमा कालो बादलले नछेकुञ्जृल विमान हेरिरहे । उनीहरू कुन विमान उडेका हुन भन्ने बेन्जामिन र जमिरलाई थाहा थिएन तर हेरिरहे । जमिर लिबिया फर्केपछि कलेज खोलेर बस्ने पक्षमा थियो । ऊ पनि आफ्नो सपनालाई पछ्याउँदै लिबिया रवाना भयो । बेन्जामिन गाई फार्मको लागि गाई खोज्न न्युजिल्याण्ड गयो । राहुल र दिपेशको भने कुरा भइरहन्थ्यो । के गर्दैछौ ? कसो गर्दैछौ ? कहाँसम्म पुग्यो योजना भन्नेकुरामा उनीहरू विषेश छलफल गरिरहन्थे । म्हामारी पछि देशमा आएको राजनैतिक परिवर्तनमा सारा देश खुसी थियो । सरकारी कामभन्दा ज्वरो आउने समय थिएन । मान्छेहरू आफ्नो देशलाई यति छिटै परिवर्तन भएकोमा गर्व गर्दथे । इटालीकाे एक दृष्य विश्वमा भएको परिवर्तन पनि हेर्न लायकको थियो । आणविक हतियारसँग डराउने दुनियाँ महामारी पछि जैविक हमला पनि हुनसक्छ भन्नेकुरा विश्व सर्तक थियो । स्वास्थ्यलाई विश्वले हेर्ने नजर कयौँ नजिक नबाएर राख्ने क्रम सुरु भएको थियो । यसका लागि युरोपले विशेष कदमहरू चालिरहेको थियो भने अमेरिकामा जनताले सरकारसँग गुमाएको विश्वासलाई पुन फर्काउन धेरै प्रयत्न गरिरहेको थियो । कोरोना पछि नेपालमा राजनैतिक अवस्थामा आएको परिवर्तनले विश्वलाई लोभ्याइरहेको थियो । महामारीमा उमेर ढल्केको सरकारले नेतृत्व गरेको खण्डमा सरकार धेरै ठाउँमा चुकेको उदाहरण प्रशस्त थियो । त्यसैले आफ्नो सत्ता युवा वर्गलाई दिएर तत्कालिन नेतृत्व गरिरहेका नेताहरू युवालाई सल्लाह दिइरहेका थिए । सत्ता युवाको हातमा परेपछि रोकिएका विकासको काम तीव्र गतिमा बढिरहेको भान हुन्थ्यो । महामारीपछि विभिन्न देशबाट फर्केका नेपालीहरू आफ्नै व्यवसायमा सक्रिय भएर लागेका थिए । भ्रष्टचार न्यूनमा झरिसकेको थियो । भारतले नेपाली बजार धानिरहेको समय कुनैबेला मात्र थियो भन्ने अवस्थामा नेपाल पुगिसेकेको थियो । नेपालमा उत्पादन भएका बस्तु जमर्नी, बेलायत, अमेरिका, फ्रान्सजस्ता ठाउँमा दैनिक रूपमा निर्यात हुन थालेको थियो । राहुलले करिब आठ बिघामा अङ्गुर खेती गरेको थियो । रसियाका वाइन कम्पनीसँग उसको सम्झौता भएपछि उसलाई बजारको कुनै आपत्ति भएको थिएन । राहुलले उत्पादन गरेको अङ्गुर रसिया जान्थ्यो । त्यसबाट राहुलको आम्दानी दैनिकजसो बढिरहेको थियो । कामदारको संख्या धेरै नै थियो । यता दिपेश भने तरकारी खेतीमा व्यस्त थियो । उसको तरकारी खेतीले प्रदेश नं ४ र ५ मा तरकारी खपत गर्न सक्ने ल्याकत राखेको थियो । बेन्जामिनले आफ्नै डेरी खोलेको थियो । जुन डेरी अमेरिका नै नम्बर वान बनेको थियो । जमिरले भने लिबिया तीनवटा कृषि कलेज खोलिसकेको थियो । महामारीले विश्वको अर्थतन्त्रमा दिएको धक्काले कल्पनै गर्न नसक्ने क्षति पुर्याएको थियो र बिस्तारै त्यो अर्थतन्त्र उठिरहेको थियो । कारण युवा नै थिए । विश्वमा युवा पुनः जागरुक भएर उठेका थिए । मानिसहरू एक कुनाबाट अर्को कुनामा बिस्तारै घुम्न थालिसकेका थिए । नेपालमा तीन ठूला संस्कृत विश्वविद्यालय स्थापना भएको थियो । त्यहाँ पढ्न विश्वभरबाट विद्यार्थी आउने क्रम जारी थियो । नेपाली भिषाको लागि सामान्य नेपाली भाषाको ज्ञान अनिवार्य बनाएपछि प्रत्येक देशमा नेपाली राजदूतावासले नेपाली भाषाको कक्षा सुरु गरेका थिए । कोरोनापछि मान्छेले प्रकृतिलाई प्रेम गर्न थालेका थिए । प्रकृतिले सृजना पनि गर्छ र विनाश पनि गर्छ भन्नेकुरा पाठ कोरोनाले सिकाएको थियो । र मान्छेहरू थोरै कुरामा खुसी हुन सिकेका थिए । संसार खुसी बन्न सिक्दै थियो । संसारभर प्रदुषण कम भएर जाँदै थियो । अगाडि ट्राफिक लाइट बलेपछि राहुलले आफ्नो गाडी रोक्यो । अमेरिका छाडेपछि धेरैकुरा सम्झदै आइरहेको राहुललाई लाइटले भङ्ग गरायो । ११ बजिसकेको थियो । दिपेशले लगातार फोन गर्दै थियो । राहुलले गाडी पार्क गर्यो । जमिर त्यसै त कालो झन कालो भएछ । बेन्जामिनको पेट लागेछ, कपाल फुल्न सुरु गरेछ । तीन जनामात्र आउने भनेका थिए तर राहुललाई पर्खने त्यहाँ अन्य तीन पनि थिए । सबैले आफ्ना श्रीमती पनि ल्याएका थिए । महामारीमा सँगै बाँचेकाहरूको फेरि मिलन भएको थियो । सबै पहिला घरभन्दा पनि अङ्गुर खेती हेर्न जाने भए र उतै लागे । झापा, हालः काठमाडौँ [email protected]