एफएनसीसीआईले भन्योः अर्थतन्त्र कोमामा गयो, अब ‘स्टिमुलस’ प्याकेज चाहिँन्छ

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्र कोमामा गएको बताएको छ । महासंघले प्रदेश महासंघका पदाधिकारीहरुसँग छलफलमा अहिले देशको अर्थतन्त्रमा एकदमै गिरावट आएको बताइए हो । देशको अर्थतन्त्र जोगाउनका लागि अब स्टिमुलस आर्थिक राहत प्याकेको आवश्यकता रहेको बताइएको छ । छलफलमा उद्योगी व्प्यवसायीहरुले अर्थतन्त्रलाई बचाउन सरकारले आगामी बजेटमार्फत् पर्याप्त स्टिमुलस प्याकेज [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्र कोमामा गएको बताएको छ । महासंघले प्रदेश महासंघका पदाधिकारीहरुसँग छलफलमा अहिले देशको अर्थतन्त्रमा एकदमै गिरावट आएको बताइए हो ।

देशको अर्थतन्त्र जोगाउनका लागि अब स्टिमुलस आर्थिक राहत प्याकेको आवश्यकता रहेको बताइएको छ । छलफलमा उद्योगी व्प्यवसायीहरुले अर्थतन्त्रलाई बचाउन सरकारले आगामी बजेटमार्फत् पर्याप्त स्टिमुलस प्याकेज ल्याउन दवाव लिनु पर्ने धारणा राखेका छन् ।
विश्व नै कोरोनाको त्रासमा रहेको अहिलेको समयमा विश्वका अधिकांश राष्ट्रले उद्योग व्यवसायसहित अर्थतन्त्रको संरक्षणका लागि महत्त्वपूर्ण राहत कार्यक्रम घोषणा गरिसकेको तर सरकारले भने अहिलेसम्म पनि आकर्षक स्टिमुलस प्याकेज ल्याउन नसकेको भन्दै आगामी बजेटमार्फत् त्यस्ता कार्यक्रम आउनेमा निजी क्षेत्र आशावादी रहेको महासंघले जनाएको छ ।

अब देशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनका लागि बैंक तथा उद्योगी व्यवसायीबीच सहकार्य हुनुपर्ने, विद्युत् डिमाण्ड चार्ज छुट दिनुपर्ने, अति संवेदनशील क्षेत्रलाई बढी निगरानीमा राखेर सामान्य जिल्लामा आन्तरिक रूपमै भए पनि आर्थिक गतिविधि चालु गर्नुपर्ने धारणा व्यवसायीहरुले राखेका छन् ।

लकडाउनको समयको बैंक व्याज मिनाहा गर्नुपर्ने, महासंघले सरकारमा पेस गरेको सुझाव कार्यान्वयनमा निरन्तर दबाब दिनुपर्ने, कृषि उत्पादन संकलन, सुरक्षित भण्डारण, आवश्यक मल बीउ–विजनको पर्याप्त आपूर्ति गर्न दबाब दिनुपर्ने र निजी क्षेत्रलाई पनि मल आयात गर्ने सुविधा दिनुपर्नेलगायतका माग महासंघको छ ।

Share News