स्वास्थ्य मन्त्रालयले भन्योः धुलिखेलमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण हुँदैछ, स्वाश्वप्रश्वासमा समस्या
काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण भए नभएको परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सो अस्पतालमा मृत्यू भएकी सिन्धुपाल्चोककी महिलामा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्ष्यण देखिएको छ । मन्त्रालयको नियमित प्रेस बिफिङमा प्रवक्ता डा. विकास देवकोटाले ती महिलाको मृत्युको कारण खोजी भइरहेको जानकारी दिएका हुन् । उनी २५ वैशाखमा टिचिङ अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएर घर गएकी थिइन् । ‘सिन्धुपाल्चोककी २९ वर्षीय एक महिला २१ वैशाखमा टिचिङ अस्पतालमा भर्ना हुनुभएको, वैशाख २४ गते नर्मल डेलिभरी (सुत्केरी) हुनुभएको र २५ वैशाखमा अस्पतालबाट डिस्चार्ज भएर घर जानुभएको जानकारी प्राप्त भएको छ, उहाँमा ज्वरो आउने तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र अवस्था निकै जटिल भएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको जानकारी प्राप्त भएको छ, उहाँमा कोरोना संक्रमण भए नभएको परीक्षण भइरहेको छ, परीक्षणबाट जे पुष्टी हुन्छ, सोको जानकारी गराउँने नै छौं,’ प्रवक्ता डा. देवकोटाले नियमित प्रेस व्रिफिङमा भने । २ जना संक्रमित थपिए यस्तै, नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ थपिएका संक्रमितमा काभ्रेका एक जना र महोत्तरीका एक जना रहेका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ । सम्बन्धित सामग्री धुलिखेल अस्पतालमा एक महिलाको मृत्यू, कोरोना संक्रमणको शंका, आकष्मिक कक्ष सिल
महोत्तरी र काभ्रेमा २ जनामा देखियाे कोरोना, संक्रमितको संख्या २ सय ७८ पुग्यो
काठमाडौं । महोत्तरी र काभ्रे जिल्लामा थप दुई जनाका कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीका ५२ वर्षिय र काभ्रेका २६ वर्षिय पुरुष कोरोना संक्रमित पुष्टि भएका हुन् । स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले याेसँगै काेराेना संक्रमितकाे संख्या २ सय ७८ पुगेकाे जानकारी दिएका छन् । हालसम्म २६ वटा जिल्ला कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । काभ्रेमा पहिलाे पटक काेराेना देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिँदै हालसम्म पिसिआर २६ हजार ६ सय ९१ र आरडिटी ६५ हजार ७ सात ४९ परीक्षण गरेको जनाएकाे छ । त्यस्तै १६ हजार ३ सय ६६ क्वारेन्टाइनमा रहेका छन्, भने ३ सय २० आइसाेलेसनमा उपत्यका भित्र ३२ जना र बाहिर २ सय ८८ जना रहेका छन् । ३ सय ११ जना रेड जोनमा परेकाे मन्त्रालयले जनाएकाे छ ।
वार्षिक नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिने
काठमाडौं । आगामी जेठ ६ गते वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने भएका छन् । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको दिउँसो १ बजे सिंहदरबारमा बसेको बैठकले साे निर्णय गरेकाे हाे । जस अनुुसार यहि जेठ ४ र ५ गते २ दिन छलफल हुने, सम्पुर्ण सुरक्षा सतर्कता अपनाएर बैठक सञ्चालन गर्ने, माननीयहरुलाई पहिले आफु बसेको सीट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने छ । जेठ ६ गते छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनेगरी व्यबस्था गर्ने निर्णय भएको हो । उक्त बैठकमा शुक्रबार संसदमा प्रस्तुत नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सञ्चानलका विषयमा केन्द्रीत भएको थियो ।
धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु, कोरोना संक्रमणको शंका, आकष्मिक कक्ष सिल
काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको मत्यु भएको छ । टिचिङ अस्पतालमा ८ दिनअघि सुत्केरी भएकी ती महिलालाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार साँझ मृत्य भएको अस्पताल स्रोतले जानकारी दिएको छ । धुलिखेल अस्पतालले मृत्युबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ । मृत्यु भएपछि अस्पतालले उनको स्वाब पुनः परीक्षणका लागि टेकु अस्पताल पठाइएको जनाएको छ । अस्पतालका अनुसार ती महिलामा कोरोना पोजिटिभ भए नभएको यकिन भएको छैन । ती महिला सिन्धुपाल्चोककी बासिन्दा रहेको खुलेको छ । अस्पतालले केही बेरमा विस्तृत जानकारी गराउने बताएको छ । उनको मृत्युलगत्तै जिल्ला प्रशासन कार्यालय धुलिखेलमा यतिबेला कोरोना नियन्त्रण कमाण्ड पोस्टको आकस्मिक बैठक सीडीओ कार्यालयमा बसिरहेको छ । अस्पतालमा उपचार गराएकी ती महिलाको मृत्यू भएपछि धुलिखेल अस्पतालको आकस्मिक कक्ष सील गरेर उनको उपचारमा संलग्न डाक्टार, नर्सलगायत स्वास्थ्यकर्मीको स्वाव संकलन गरिएको छ ।
बहुसंख्यक अमेरिकी घर बाहिरको काममा
वासिङ्टन । अमेरिकामा कोरोनाभाइरसको संक्रमण दिनप्रति दिन फैलिदै गएपनि बहुसंख्यकले आफ्नो घर बाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार हरेक दश जना मध्ये ६ जनाले आफ्नो घरभन्दा बाहिर काम गर्ने गरेका छन् । वासिङ्टन पोष्टले गत अप्रिलको अन्त्य तिर र मे महिनाको शुरुमा गरेको सर्वेक्षणले यस्तो देखाएको उनीहरुको भनाई छ । उनीहरुले झण्डै आठ हजार जनामा सर्वेक्षण गरेका थिए । उनीहरुको आफुले काम नगर्दा घर परिवारमा समस्या हुने गरेको पनि बताएका थिए । पछिल्लो विवरणअनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख ८४ हजार २ सय ८५ पुगेको छ भने मृत्यु हुनेको संख्या ८८ हजार ५ सय ७ जना पुगेको छ । हरेक तीन जना मध्ये एक जनाले हरेक हप्तामा कम्तीमा एक पटक कामका लागि घर छाड्ने गरेको पाइएको पनि सर्वेक्षणकर्ताहरुले जनाएका छन् । उनीहरु मध्ये धेरैले आफूलाई कोरोना भाइरसको संक्रमणको त्रास अत्यधिक हुने गरेको पनि बताएका छन् । उनीहरुलाई विषेश गरेर सार्वजनिक यातायातका साधन प्रयोग गर्दा संक्रमण हुने चिन्ता लाग्ने गरेको सुनाएका थिए । सर्वेक्षणका अनुसार कामका लागि घर छाड्ने झण्डै ३५ प्रतिशत अमेरिकी नागरिकहरुले सवै समय मास्क प्रयोग गर्ने गरेका छन् । त्यसैगरी ३९ प्रतिशतले कुनै कुनै बेला मात्रै मास्क प्रयोग गर्ने गरेका छन् । रासस/एएनआई
उत्तर प्रदेशमा दुई ट्रक ठोक्किँदा २४ जनाको मृत्यु
औरया । भारतको उत्तर प्रदेशमा दुई ओटा ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका सवै मजदुर रहेका जनाइएको छ । स्थानीय समयानुसार शनिबार बिहान ३.३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरु मध्ये अधिकांश विहार, झारखण्ड र पश्चिम बंगालका रहेको औरयाकी प्रमुख चिकित्सा अधिकृत अर्चना श्रीवास्तवले बताउनुभयो । उनले अरु १५ जनालाई सैफाई विजिआईमा पठाइएको पनि जानकारी दिए । “दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ, अरु २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ, गम्भीर घाइते मध्ये १५ जनालाई भने अन्यत्र अस्पतालमा लगिएको छ,” उनले भने । दुर्घटनामा परेकाहरु राजस्थानबाट विहार र झारखण्डतर्फ जाँदै गरेका मजदुर रहेको अर्चनाले बताए । यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले घटनाका बारेमा विस्तृत अध्ययन गर्न र प्रतिवेदन पेश गर्न प्रहरी उच्च अधिकारीहरुलाई निर्देशन दिइ । उनले दुर्घटनाप्रति दुःख पनि व्यक्त गरेका छन् । रासस/एएनआई
ट्रम्प भन्छन् : भारत हाम्रो असल मित्र राष्ट्र हाे, मिलेर कोरोनाविरुद्धको खोप पत्ता लगाउँछौं
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच फोनवार्ता भएको छ । प्राप्त समाचारअनुसार फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ । त्यस फोनावार्ताका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत अमेरिकाको एक असल मित्र राष्ट्र भएको बताए । अमेरिकामा राष्ट्रपति ट्रम्पले त्यहाँ रहेका भारतीय अमेरिकीहरुलाई सन्देश दिने क्रममा सो धारणा राखेका हुन्छ। त्यसक्रममा राष्ट्रपति ट्रम्पले भारत र अमेरिकाको एक असल मित्र राष्ट्र भएको भन्दै उनले भने, दुवै देश यतिखेर कोभिडको महामारीका विरुद्धमा लडिरहेका छौ र हामीले यस महामारीविरुद्धमा विजय प्राप्त गर्नका लागि एक आपसमा सद्भाव र शुभकामना पनि साटासाट गरेका छौं । अमेरिकाले भारतसँग निकै नजकिको सम्बन्ध कायम गरेर सहमति र सहकार्य गरिरहेको पनि उनले जानकारी दिए । राष्ट्रपति ट्रम्पले त्यस अवसरमा अमेरिकामा ठूलो संख्यामा भारतीय नागरिकहरु बसिरहेको र उनीहरु र अमेरिकी नागरिकबीच असल सम्बन्ध पनि रहेको बताए । कोभिडका विरुद्धमा पनि अमेरिका र भारतले आपसमा मिलेर सहकार्यका साथ काम गरिरहेको भन्दै यस महामारीका विरुद्धमा भारतीय र अमेरिकी वैज्ञानिकहरु मिलेर खोप पत्ता लगाउने कार्यमा पनि लागिपरेको जानकारी गराए । अमेरिकी राष्ट्रपति ट्रम्प यसैवर्षको फेबु्रअरीमा आफ्ना परिवारसहित भारतको भ्रमणमा आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गत वर्ष अमेरिकाको भ्रमणमा गएका थिए । कोभिड १९ को महामारी सुरु भएपछि पनि भारतले अमेरिकालाई केही औषधीहरु सहयोग गरेको थियो । त्यस सहयोगले पनि अमेरिका र भारतबीचको सम्बन्ध एक आपसमा सुमधुर बनाएको बताइएको छ । यता भारत पनि पछिल्ला केही हप्तामा कोभिडको महारमारीको चपेटामा परेको छ । यहाँ आजसम्म ८५ हजार ९ सय ४० जना संक्रमित भएका छन् । त्यहाँ २ हजार ७ सयभन्दा बढीको ज्यान गएको बताइएको छ । उता अमेरिका यो महामरीबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ज्यान जाने नागरिकको संख्या ८८ हजार ५ सय ७ जना पुगेका छन् । त्यसैगरी अमेरिकामा मात्र संक्रमणमा पर्ने नागरिकको संख्या १४ लाख ८४ हजार २ सय ८५ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । त्यसैगरी विश्वमा यस संक्रमणबाट ज्यान जानेको संख्या ३ लाख ८ हजार ६ सय ७६ जना रहेको छ । त्यसैगरी यस संक्रमणका पूरै संक्रमितको संख्या भने ४६ लाख २९ हजार ४ सय ७ जना पुगेको प्राप्त पछिल्लो समाचारमा बताइएको छ । रासस/एएनआई
वैदेशिक रोजगारीबाट फर्किएकालाई पूँजी
काठमाडौं । सरकारको नीति तथा कार्यक्रमलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सकारात्मकरूपमा लिएको जनाएको छ । खासगरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमै आत्मनिर्भर बनाउन शुरुआती पूँजी उपलब्ध गराउने सरकारको घोषणालाई सङ्घले सकारात्मकरूपमा लिएको जनाएको हो । विदेशमा सिकेको सीपलाई पूँजीको अभावका कारण स्वदेशमा लागू गर्न असमर्थ हुने नेपालीका लागि सरकारको यो घोषणाले मद्दत पु¥याउने र स्वदेशमै केही गर्न सकिन्छ भन्ने हौसला बढाउने विश्वास गर्न सकिने सङ्घका प्रवक्ता डिबी क्षेत्रीले बताए । वैदेशिक रोजगारीमा रहँदा नेपालीले सिकेको सीपलाई देशमै प्रयोग गर्न सक्ने वातावरण निर्माण हुनुपर्ने पक्षलाई सङ्घले विगतदेखि नै उठाउँदै आएको बताउँदै प्रवक्ता क्षेत्रीले त्यसका निम्ति सरकारको प्रभावकारी नीति आवश्यक पर्ने र अहिलेको सरकारले कम्तीमा त्यस विषयलाई सम्बोधन गर्न चाहनु सकारात्मक विषय भएको उल्लेख गरे । नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीसँग जोडिएको वैदेशिक रोजगारीको पक्षलाई समेटेर वैदेशिक रोजगारीबाट फर्किने दक्ष नेपालीलाई उद्यमशील बन्नका लागि शुरुआती पूँजी दिने विषय सकारात्मक रहेको र यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनले बताए । विगतमा घोषणा गरिएका नीति र कार्यन्वयन पक्ष मेल नखाएको धेरै उदाहरण रहेकाले शङ्का गर्ने ठाउँ पनि उत्तिकै रहेको भन्दै प्रवक्ता क्षेत्रीले सरकारले विदेशबाट नेपाल फर्किएका नेपालीको तथ्याङ्क राखेर उनीहरुले विदेशमा सिकेको सीपअनुरुपको उद्यम गर्नका लागि सघाउनुपर्ने जनाए । उनले सरकारले एउटा विधि बनाएर, उद्देश्यअनुरुपको काम भए÷नभएको अनुगमन गर्नेदेखि लिएर आवश्यक प्रबन्ध मिलाइदिनेसम्मको भूमिका खेल्न सक्ने खालको विभाग बनाइ त्यसमार्फत शुरुवाती पूँजीको परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए। उद्यमी बन्न चाहनेलाई कम्तीमा पनि रु १० लाख सहुलियत ब्याजमा शुरुआती सहयोग हुनुपर्नेमा जोड दिँदै प्रवक्ता क्षेत्रीले देशलाई आत्मनिर्भर बनाउने आधार कृषि क्षेत्रको वैज्ञानिकरणसँग सम्बन्धित उद्योग गर्न वैदेशिक रोजगारीबाट फर्किएकालाई प्रोत्साहित गर्नुपर्ने बताए । सरकारले कृषि उत्पादनमा नाफाको सुनिश्चितता दिने गरी नीति तथा कार्यक्रममा समेटेर विदेशबाट नेपाल फर्किएका नेपालीलाई समेत कृषि क्षेत्रमा जोड्न पहल गरेको मान्न सकिने प्रवक्ता क्षेत्रीको भनाइ छ । विश्वका अधिकांश मुलुकमा विभिन्न क्षेत्रमा नेपालीले श्रम गरिरहेको अवस्था छ । विदेशमा श्रम गरिरहेका समयक्रमस“गै नेपालमै फर्किने अवस्थाको निर्माण हुन सक्दा मात्रै देश आत्मनिर्भरताको बाटोमा अघि बढ्ने उल्लेख गर्दै मध्यपूर्वको ओमानमा रहनुभएका प्रवक्ता क्षेत्रीले स्वदेशमै उद्यम गर्न सकिने अवस्थाको निर्माण भए विदेशमा रहेका धेरै नेपाली खुशी हुने अवस्था बन्ने जनाए। अहिले कोभिड–१९ को विश्वव्यापी महामारीले विश्वभर नै बेरोजगारी दर बढेको छ । आन्तरिक रोजगारीको दर कम हुन जाँदा धेरै देशहरुले बाह्य जनशक्तिलाई आफ्नो श्रम बजारमा प्रयोग गर्ने क्रम पनि घट्दै जाने देखिन्छ । अहिले नै पनि धेरै देशहरुले भारी मात्रामा कर्मचारी कटौती गरेका छन् । कतिपय अवस्थामा स्वास्थ्य संवेदनशीलतालाई हेरेर पनि नेपालीहरु नेपाल फर्कन चाहिरहेका छन् भने अहिलेको यो जटिल अवस्थाले गर्दा सकभर विदेशमा आइ श्रम गर्न नपरे हुन्थ्यो भन्ने नेपालीको सङ्ख्या बढ्दो छ । यस पक्षलाई हेरेर सरकारले ल्याएको नीति सकारात्मक रहेको भन्दै प्रवक्ता क्षेत्रीले अब विस्तारै सरकारले देश बाहिर रहेका जनशक्तिलाई सीपका आधारमा वर्गीकरण गर्ने र स्वदेशमै अवसर निर्माण गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । नेपालको ठूलो जनशक्ति विदेशमा कृषि, निर्माण, हस्पिटालिटी, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रसँग सम्बन्धित श्रम बजारमा रहेको छ । यस्तै, गैरआवासीय नेपालीको लगानी नेपालमा बढाउन सरकारले उचित वातावरणको निर्माण गर्ने पक्षलाई यसपटक पनि जोड दिनु सकारात्मक पक्ष भएको र त्यसका निम्ति सरकारले गैरआवासीय नेपालीसँग जोडिएका अन्य विषयलाई पनि सम्बोधन गर्दै जानुपर्नेमा प्रवक्ता क्षेत्रीले जोड दिए । रासस