विकासन्युज

भविष्यको चिन्ताले वर्तमान खेर नफालौँ

कोरोनाले विश्वब्यापी रुपमा लाखौं मानिसको ज्यान लिइरहेको छ । विश्वका विभिन्न राष्ट्रहरुले यसको खोजी गरिरहँदा पनि अझै कुनै पनि देशले यसको औषधी पत्ता लगाउन सकेको छैन । कोरोना पहिलो पटक  नोभेम्बर १७ ,२०१९ मा चीनको हुबइ भन्ने प्रदेशको ५५ वर्ष कि महिलालाई देखिएको कुरा “चाइना मर्निङ पोस्ट”ले उल्लेख गरेको छ । चीनको यो शहरबाट सुरु भएको यो रोग विश्वभर फैलिएर लाखौंको ज्यान लिएर नकारात्मक असर पर्न थालिसकेको छ। विश्वको अर्थतन्त्र दशौँ वर्ष पछाडि धकेलिएको छ । विश्वका ठूल्ठूला राष्ट्रहरुले हार खाइसकेका छन् । कोरोनाबाट बच्न एउटै मात्र उपाए एक्लोपन र दूरी रहेको छ भन्न थालेका छन् । एक अर्कोसङ बस्न नहुने, संगै बसेर खान नहुने, एकले अर्कालाई छुन नहुने सुझावहरू सुझाइएकाे छ । विश्वभर फैलिएको यो महामारीले करोडौंको भविष्यमाथि प्रश्न गरेको छ । वैज्ञानिकहरु मौन छ्न् । अझै के कस्ता असर पर्छन् भन्ने कुराको खबर कसैलाई छैन । अब मान्छेमा न कुनै इच्छा छ, न कुनै उत्सुकता छ, केवल मनमा डर उत्पन्न हुन थालेको छ । झुटा खबर र त्यसले ल्याएको नकारात्मक प्रभावले विश्वभरी नै झन् धेरै असर देखिएको छ । अझै यस्तै भैराख्ने हो भने भोकमरी पैदा हुने कुरा निश्चित जस्तो नै देखिन्छ । एक पछि अर्कोसँग डर र आशंका उत्पति हुन थालेको छ । मनमा अनेकौं कुराहरू खेल्न थालेका छन्  । अझै के के हुने हो भनेर मानिहरु डराउन थालेका छन् जसको उत्तर कोहिसँग पनि छैन । कोरोना माहामारीबाट एक मात्र उपाए भनेको घर भित्र बस्ने, बाहिर ननिस्कने र सामाजिक दूरी कायम गर्ने रहेको छ । कोरोना चीनबाट सुरु भएर आज विश्वकाे २१० भन्दा धेरै राष्ट्रहरुमा पुगिसकेको छ । अचम्मको कुरा त के छ भने यो के बाट आयो भन्ने कुरा आजम्म पनि ठम्याउन सकिएको छैन । लेखक विभिन्न मानिसहरु आफ्नै आफ्नै प्रतिक्रिया दिँदै हिडिरहेका छन् । कोरोनालाई अर्को नाम कोभिड-१९  पनि भन्ने गरिएको छ । यो कुन रुपमा सर्छ भन्ने कुरा पनि ठ्याक्कै थाहा नहुने जस्तो देखिन्छ, यसको मुख्य लक्षण भनेको १०४ डिग्री फरेनहाइट भन्दा धेरै ज्वोरो आउनु, खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु भनिएता पनि कुनै कुनै ठाउँमा बोल्दा बोल्दै, हिँड्दा हिँड्दै लडेको र पछि ल्याब टेस्ट गर्दा कोरोनाले गर्दा मृत्यु भएको भन्ने कुरा अर्को शंकाको विषय बनेको छ । आज २१ औं शताब्दीमा आइपुग्दा  चन्द्रमामा जग्गा बिक्री हुने काम भैसक्दा एउटा आफ्नो आँखाले देख्न नसक्ने सुक्ष्म जीवले लाखौंको जान लिएको देख्दा विज्ञानको जगतमा पनि ठूलो प्रश्न खडा भएको विज्ञहरु बताउँछन् । एउटा आँखाले नदेख्ने जीवले यतिको बिनाश गर्छ भन्ने कुरा कतिको परिकल्पना भन्दा बाहिरको कुरा पनि हुन सक्छ । यसबाट हामीले शिक्षा हाँसिल गर्नुपर्छ “ठूला चिजहरु जसलाई हाम्रो आँखाले देख्छ ती भन्दा साना र आँखाले नदेख्ने चिजहरु नै बढी शक्तिशाली र खतरनाक हुने गर्छन् ।” त्यसैले हामीले कुनै पनि कुरालाई हेल्चेक्रर्याइ गर्नु हुँदैन । आखिर ठूलो घर जलाउने पनि एउटा सानो सलाईले नै त हो । हरेक दिन हजारौंको संख्यामा मानिसको मृत्यु भैरहँदा अब मेरो पालो कहिले आउने हो भनेर डर उत्पन्न हुनु सामान्य कुरा हो तर यहाँ डर र आशंकाले केवल विनाश गर्छ ।  हामीले घरभित्र बसेर सामाजिक दूरी कायम गर्यौ भने हामी कोहीसँग डराउनु पनि पर्दैन र हामीले कसैलाई शंका गर्नु पनि पर्दैन । हामी जनता आफैं सचेत र सजक भयौं भने कुनै पनि कुराले हामीलाई असर पुर्याउन सक्दैन । वैज्ञानिकहरु भन्छन् जो कमजोर छ, जसको रोक प्रतिरोधात्मक क्षमता कमजोर छ, जसले सानो सानो कुरा पचाउन नसक्ने र पाचन प्रणाली कमजोर छ उसलाई सबैभन्दा छिटो र सजिलोसँग असर गर्छ । यो सत्य हो जो कमजोर छ उसलाई नै हरेक कुराले सताउने गर्छ । जब ज्वोरो आउँछ, खोकी लाग्छ त्यहाँ पहिलेबाट नै एक किसिमको भाइरस हुन्छ र जब अर्को भाइरस त्यहाँ गएर सम्मिलित हुन्छ उनीहरू बलियो बनेर मानिसको अङ्गहरुलाई दबाउँदै अनेक किसिमको प्रभाव पार्दै मानिसको ज्यान लिने गर्छ । यसको मतलब यो हैन कि तन्दुरुस्त र हिस्टपुस्ट मान्छेलाई यसको असर पर्दैन । उनीहरुले पनि यसले मलाई असर गर्दैनन् भनेर योबाट बच्ने उपाए अपनाएनन् भने सबैभन्दा पहिले उनीहरू नै यसको शिकार हुन पुग्छन् । रोग त्यो पराक्रमी शक्ति जो जसले धनी-गरिव हेर्दैन, दुखी-सुखी हेर्दैन, पागल सद्दे हेर्दैन । जसले म हुँ  मलाई कसैले केही गर्न सक्दैन भन्ने घमण्ड बोक्छ उसलाई कसैले पनि बचाउन सक्दैन । कोरोनाले विश्वलाई असर पुर्याइ रहँदा अचम्मको कुरा के छ भने कोरोना चीनको जुन ठाउँमा नोभेम्बर १७,१०१९ मा पहिलो पटक देखिएको ठाउँमा आज कोरोना खोज्दा पनि नभेटिने अवस्था भएको छ । किनकी उनीहरूले यसलाई गम्भीर ढंगले लिएन भनेर यसले देश र जनतामा धेरै ठूलो असर पुर्याउने भन्दै करिब दुई महिना त्यो प्रदेश पूर्ण रूपमा बन्द गरिदिएका थिए र अरु राष्ट्रहरुले गरेको हेल्चेक्रर्याइको नतिजा आज तपाईं हामीसँग छ । हरेक देशका नेताहरुको आँखामा आँसु भन्दा अर्को कुनै पनि विकल्प छैन । रोग छ औषधी छैन, भोक छ अन्न छैन । जो सँग धैर्यता छ उ सँग सबै कुरा छ जो सँग धैर्यता छैन उ सँग केहि पनि छैन । चीनले धैर्य भएर घरमा बस्नु पछि सबै ठिक हुन्छ भनेर आफ्ना जनतालाई आवह्नान  गर्‍यो, जनता जिम्मेवार र आदर्श भएर आफ्नो घरमा नै बसे र थोरै मात्रमा लागेको कोरोना त्यही, विनास भएर सकियो र बाहिर संक्रमित हुन पाएन तर जो केही हुँदैन जे हुन्छ चीनमा नै हुन्छ भनेर अवहेलना गरे आज यो अवस्था भोग्न बाध्य छन् । कोरोना महामारीले एउटा ब्यक्ति, एउटा क्षेत्र, एउटा राष्ट्र मात्र नभएर सारा विश्वलाई नै उजाड बनाउने अवस्थामा पुर्याइसकेको छ । लाखौं कल-कारखाना बन्द भएका छन्, लाखौं ब्यक्ति परिवार बिहिन भएका छन्, करोडौंको संख्यामा अलपत्र परेका छन् । आफ्नो आफ्नो क्षेत्रमा असर पुर्याउन उसले सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको छ तर पनि यसको एउटै विकल्प छ घरमा बस्ने, सफा सुग्गर हुने, हात धोइराख्ने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने आदि । यसले विश्वब्यापी रुपमा आ-आफ्नो क्षेत्रमा धेरै असर गरे पनि सबैभन्दा ठूलो असर मानिसको दिमागमा गरेको छ । हरेकको दिमागमा एउटै कुरा आउन थालेको छ- कोरोना, क्वारेन्टाइन, स्यानिटाइजर, आइसोलेसन र यति जनाको मृत्यु । आखिर कहिले सम्म ? यी सबै कुरा बिर्सेर केही हुँदैन घरमा बसौं भनेर आफ्नो मनस्थितिलाई कठोर र मजबुत बनाएर हरेक कुराको समाना गर्छु भनेर यो बेलामा म केही नयाँ सिक्छु, कहि नयाँ सिकाउँछु भनेर लाग्नुपर्छ । यो माहामारी कुनै एक व्यक्ति र राष्ट्रको कमजोरीले आएको होइन । यो विश्वव्यापी रूपमा नै आएको समस्या हो र यो समस्याको समधान जो जे जसरी रहेका छन् त्यसैगरि सकेको सहयोग गरि आ-आफ्नो ठाउँ बाट गर्नु पर्ने हुन्छ । नेपालको सन्दर्भमा खाद्यन्यको समस्या छोटो समयमा देखा परेको तेस्रो पटक हो । अर्थात कि भूकम्प  र नाकाबन्दी पछिको यो अर्को महामारी हो । नेपाल र नेपाली जनताले बुझ्न पर्ने थियो । माहामारि र भोकमरी  समय समयमा आउँछ भनेर, काम गर्ने मान्छे सबै मजदुर हुन् जो शारीरिक रूपमा अपाङ्गता भएका हुन्छन् ती व्यक्ति वास्तव मै पीडित हुन्छन् । जो शारीरिक रूपमा सक्षेम हुन्छन् ती व्यक्ति काम गरेर खान सक्छन्, जस्ले काम गर्छ उसले थोर-बहुत कमाउँछन । मान्छे आफ्नो जीविकोपार्जन सहज गर्नलाई धेरै कमाएर हैन, आफ्नो मिहिनेतले कमाएको  पैसालाई सहि सदुपयोग  गरेर हो । जबकि कुनै मजदुरले लामो  समयदेखि जुन जुन ठाउँमा श्रम गरिरहेका छन् ती मजदूरलाई सम्बन्धित मालिकहरूले सकेको सहयोग  गर्नुपर्ने हुन्छ । सबैलाई राज्यले दिएर सम्भव हुदैन । मान्छे आफ्नो जीविकोपार्जन सहज गर्नलाई धेरै कमाएर हैन, आफ्नो मिहिनेतले कमाएको  पैसालाई सहि सदुपयोग  गरेर हो । जबकि कुनै मजदुरले लामो  समयदेखि जुन जुन ठाउँमा श्रम गरिरहेका छन् ती मजदूरलाई सम्बन्धित मालिकहरूले सकेको सहयोग  गर्नुपर्ने हुन्छ । सबैलाई राज्यले दिएर सम्भव हुदैन । जो वास्तविक पीडित हुन् उनीहरूलाई राहत दिनु नै पर्ने हुन्छ र राहत दिने क्रममा अन्जानमा कुनै पीडित छुटेको पनि हुन्छ, यो समस्य हो । यो  समस्यालाई समधान गर्न तपाईं हामीले देखेको  र बुझेको उपाय दिने हो । घरको कोठामा बसेर, विदेशमा रहेर अरुको विरोध  गर्ने हैन । समस्या देखाउन सजिलो  छ समधान गर्न गाह्रो छ । त्यसैले बिरोध मात्र होइन आफ्नो गतिला सुझाब दिउँ  । सङ्कटको घडीमा हामी सबैले सामान्य तरिकाले जीउन सिकौं  खान पान खर्च घटाऔं । यो समस्या लामो  समयसम्म रहन सक्छ । त्यसैले सादा जीवन उच्च विचार लिउँ बिरोध  हैन, सद्भाव बाडौँ । यस्तो अवस्थामा यसले करोडौंको संख्यामा नोक्सान पुर्याएको छ । भिन्न देशका लाखौं स्कुल, कलेजहरु बन्द भएका छन् । महिनौं देखि ठप्प भएका शैक्षिक संस्थाहरुले गर्दा बिध्यार्थीको भविष्यमा कस्तो किसिमको असर पर्ने हो भनेर विश्व चिन्तित छ । अभिभावक चिन्तित छन् । बिद्यार्थी स्वयम् चिन्तित छ्न । यत्तिका समयमा हामीले पढ्ने र सिक्ने कुरा धेरै थिए भनेर सबै निरास छन् र निकट भविष्यमा यसले कस्तो खालको समस्या सिर्जना गर्छ भन्ने कुरामा निकै ठूलो आशंका देखिएको छ । कोरोनाको प्रकोपसंगै अस्पताल जानुअघि आँखाबाट आँसु झार्दै एक नर्स जोडि । कल कारखाना बन्द भएपछि खाद्यान्न सामान निर्माण कार्य बन्द भएको छ र पहिले जस्तो आयात हुने अवस्था पनि छैन । अहिले पहिलेको बाँकी भएकोबाट चल्दै जान्छ जब सकिन्छ तब के गर्ने भनेर अझै थाहा छैन । भर्खरै प्राप्त जानकारी अनुसार एक वृद्ध जोडीले “लकडाउन”को कारण खाद्यान्न अभाव भएर यसरी बाँच्न नसक्ने भन्दै आत्महत्या पनि गरेका छन् । लाखौंको जनजीवन प्रभावित भएको छ । मानिसहरु लथालिङ्ग अवस्थामा परेका छन् । एक ले अर्काको ज्यान सुरक्षाको निम्ति, एकले अर्कालाई मद्दत गर्नका लागि हामी एक अर्कासँग टाढा बस्न पर्ने अवस्था आएको छ । विभिन्न खोज र अनुसन्धानले  कुनै पनि भाइरसको आयु चारदेखि पाँच महिनाको हुने र बिस्तारै त्यो आफैँ हराएर जाने उल्लेख गरेकाे पाइन्छ । तर आजको दिनसम्म कोराेना देखिएको चार महिना भन्दा धेरै बितिसक्दा पनि यसको न्यूनीकरण भने गर्न सकिएको छैन । दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । हरेक रास्ट्रहरुले आफ्नो क्षेत्रबाट सकेको पहल गरिरहेका छन् तर पनि कमै मात्रामा यसको न्यूनीकरण गर्न सकिएको छ । को कोहिले वा कुनै राष्ट्रले यो सानो सुक्ष्म जीवले हामीलाई केही बिगार्न सक्दैन भनेर हेलचेक्रर्याइ गर्‍यो उसले आफ्ना हजारौं जनता गुमाइसकेको छ । विश्वका कति राष्ट्रहरुमा यसको कुनै ठूलाे असर देखिएको छैन किनकी, उनीहरूले सुरुदेखि नै आवत जावतमा प्रतिबन्ध लगाएर पछि देखा पर्ने विपत्तिबाट आफूलाई पहिलेबाट नै वञ्चित गराएका थिए । आज अमेरिका, यूरोप जस्ता बिश्वका ठूला र शक्तिशाली राष्ट्रहरुको हातमा रगत र आँखामा आँसु छ । कारण उनीहरूले गरेको लापरबाही हो । आज सबैभन्दा धेरै मृत्यु हुनेको संख्यामा यिनीहरू छन् किनकी यो फैलिनु पूर्व नै यसलाई सहि ढंगले हेरेनन् । जे जस्तो अवस्था आए पनि अर्थतन्त्रमा असर पुग्न नहुने र यसले खासै ठूलो नकारात्मक असर नगर्ने भ्रम पालेर यो बाट बच्ने विधि अपनायनन् । आज आएर आफ्ना जनताको वियोगमा आँसु झार्न भन्दा अरु विकल्प छैन उनीहरूसँग । आजको महामारीले भोलिको हामीलाई धेरै असर गर्ने कुरा सत्य हो तर आज हामी रहेनौँ भने भोलिको कुरा हामीलाई थाहा हुँदैन । आज ऋण लागे भोलि तिर्न सकिन्छ, तर दिन लाग्यो भने फेरि फिर्न सकिँदैन । आजको यो अवस्थाले हामीलाई  धेरै पछाडी धकेलेको कुरा सत्य हो तर हामी फेरि उठ्न सक्छौं, फेरि त्यही स्थान हाँसिल गर्न सक्छौ आजको महामारीले भोलिको हामीलाई धेरै असर गर्ने कुरा सत्य हो तर आज हामी रहेनौँ भने भोलिको कुरा हामीलाई थाहा हुँदैन । आज ऋण लागे भोलि तिर्न सकिन्छ, तर दिन लाग्यो भने फेरि फिर्न सकिँदैन । आजको यो अवस्थाले हामीलाई  धेरै पछाडी धकेलेको कुरा सत्य हो तर हामी फेरि उठ्न सक्छौं, फेरि त्यही स्थान हाँसिल गर्न सक्छौ । त्यसैले आज हामीले सरकारले आवाहन गरेको लकडाउनको पालन नगरेर बाहिर भिड गर्दै निस्कने जो भने यसले हामीलाई नै असर गर्छ ।  श्रीमद्भागवत गीतामा भनिएको छ” भूत बितेर गयो, भविष्य आएको छैन, त्यसैले वर्तमान सुन्दर बनाउ ।” आजको तिम्रो कर्मले भोलिको भविस्य निर्धारण गर्छ । आज तिमीले जे पर्छ त्यो टर्छ भन्न थाल्यौ भने तिम्रो न वर्तमान सुन्दर हुन्छ, न भविस्य । तिमीलाई लड्नबाट कसैले जोगाउन सक्ने छैन । शिक्षा विकासको मूल जग हो, शिक्षा विना कुनै पनि कुरा सम्भव छैन । जति बाड्दै गयो त्यति बढ्दै जाने एक  मात्र चीज हो शिक्षा । अहिलेको कोरोना महामारीले सबैभन्दा धेरै असर परेको ठाउँ पनि शिक्षा हो ।  विद्यार्थी र अभिभावकमा डर उत्पन्न हुन थालेको छ । अब स्कूल/कलेज पठाउने कि नपठाउने भनेर । त्यो अलि पछिको कुरा भयो । आज तपाईं घरमा बस्दा कसरी कुन अवस्थामा बस्नु भएको छ । के गरेर दिन कटाउनु भएको छ । त्यो मुख्य कुरा हो । कोरोनाको प्रकोपबाट बचाइदेउ भनेर ईश्वरको शरणमा एक परिवार घरमा बस्दा पनि छिमेकका दुई- चार जना जम्मा गरेर तास खेल्ने, खाने, सुत्ने फेरि उठ्ने त गर्दै हुनुहुन्न नि ? त्यसले विनास गर्छ विकास हैन ।  त्यो बाहेक पनि हामीसँग धेरै घरमा बसिबसि गर्न सक्ने कामहरु छन् । किताब पढ्ने लेख्ने, आफ्ना बाबु-नानीहरुलाई विभिन्न सिर्जनात्मक क्रियाकलापमा लगाउने हो भने उनीहरूले कितावी ज्ञान मात्र नभएर जीवन बुझ्ने मौकासम्म पाउँछन् । केही सिक्छन्, उनीहरूले सिकेको केही नयाँ तपाईं हामीलाई सिकाउँछन् । खासमा भन्नुपर्दा कोरोनाले हामीलाई एउटा महत्त्वपूर्ण पाठ पनि सिकाएको छ जस्तो लाग्छ “कुनै पनि सानो कुरा भनेर हेलचेक्रर्याइ गर्नाले त्यसले वर्तमानमा असर नगरे पनि भविष्यमा धेरै ठूलो नकारात्मक असर सिर्जना गर्छ ।” आज तपाईंले कस्तो निर्णय लिनुहुन्छ त्यसको नतिजा तपाईंले केहि समय पछि मात्र पाउनु हुन्छ । आजको तीन दिन रमाएर पछिको पाँच वर्ष पछुताउन चाहनु हुन्छ कि, आजको तीन दिन सङ्घर्ष गरेर पछिको पाँच वर्ष खुशीसँग रहन चाहनु हुन्छ त्यो तपाईं आफैंमा भर पर्ने कुरा हो । ‘घरमै बसौं, सचेत रहौँ ।’ यो कुरा बिना काममा बाहिर डुल्न र घुम्न निस्कनेहरुका लागि हो । जसले बिहान काम गरेर राती परिवार र आफ्नो पेट पाल्छ्न उनीहरुको लागि पनि यो कुरा लागू होला र ? कहिलेसम्म बस्ने भित्र ? बाहिर आउँदा प्रहरीको लठ्ठी खाइएला भन्ने डर, भित्र बसौं भने छोराले बाबा कति दिन यसरी भोकै बस्ने भनेर सोध्छ । अझैसम्म पनि मान्छेको दिमागमा एउटा ठूलो भ्रम छ । केही बुझ्न खोज्नका लागि रोड र नजिकैको चिया पसलमा जानुपर्छ र त्यहीँ गएर धेरै कुरा सुन्न र बुझ्न सकिन्छ । तर त्यो सत्य हैन । तपाईं आफ्नै घरमा बसेर पनि खुशीहरु कमाउन सक्नुहुन्छ, आफ्नै परिवारसँग रमाउन सक्नुहुन्छ । ईन्टरनेटको माध्यमबाट विभिन्न कुराहरू सिक्न र सिकाउन सकिन्छ । आजको यो समयमा घरमै बसेर बसि बसि धेरै टाढा रहेका व्यक्तिहरुसँग अनुहार हेरिहेरि मज्जाले कुरा गर्न सकिन्छ र त्यहाँको हरेक गतिविधि नियाल्न सकिन्छ । हो ! गरिव र बिहान काम गरेर बेलुका चामल किनेर लगेर घरमा गुजारा चलाउने परिवारको लागि यो एकदमै कष्टपूर्ण नै हुन्छ त्यसको लागि सरकारले उनीहरूको मद्दत गर्नुपर्छ । आफ्नो जनताको लागि चाहिने उचित समानको सकेसम्म व्यवस्था गर्नुपर्छ । घरमै बसौं, सचेत रहौँ । यो कुरा बिना काममा बाहिर डुल्न र घुम्न निस्कनेहरुका लागि हो । जसले बिहान काम गरेर राती परिवार र आफ्नो पेट पाल्छ्न उनीहरुको लागि पनि यो कुरा लागू होला र ? कहिलेसम्म बस्ने भित्र ? बाहिर आउँदा प्रहरीको लठ्ठी खाइएला भन्ने डर, भित्र बसौं भने छोराले बाबा कति दिन यसरी भोकै बस्ने भनेर सोध्छ । होला कुनै कुनै ठाउँमा सरकार र सम्बन्धित निकाय पुगेको होला तर के देशको हरेक ठाउँमा यस्तै अवस्था छ हरेक ठाउँमा सरकारले पाइला राखेको छ त ? यो मुख्य ध्यानाकर्षण गर्नु पर्ने कुरा हो ।  “सरकारले आफ्नो ध्यानाकर्षण गर्नु पर्ने मुख्य कुरा के छ  भने बाहिर कोरोनाको डरले बाहिर ननिस्किएका जनता भित्र खान नपाएर भोकमरीले नमरुन् ।” कोरोना हटेर जान्छ त्यसलाई हामी आफैंले हटाउनु पर्छ, सचेत रहौ घरमा नै बसौं । भविस्यको चिन्ताले वर्तमान खेर नफालौँ । हिजो भएको कुरा भोलि फेरि नहोला भन्न सकिन्न जब सम्म हामी  छौं तब सम्म हामीसँग सबै छ ।

थप ६ करोडभन्दा बढी मानिस गरिबीको चपेटा: विश्व बैंक

काठमाडौं । विश्व बैंकले कोरोना भाइरस फैलिएसँगै विश्वभरी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताएको छ । विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारीका कारण अर्थव्यवस्थामा असर परी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताए । विश्व बैंकले महामारीको कारण उत्पन्न हुने आर्थिक संकट कम गर्न एक सयवटा विकासशील देशका लागि १ सय ६० अर्ब डलरको सहायता दिने घोषणा पनि गरेको हो । यो सहायता कार्यक्रम १५ महिनासम्म चल्ने जनाइएको छ । यी एक सय देशमा विश्वको ७० प्रतिशत र धेरैजसो अफ्रिकी देश रहेको पनि विश्व बैंकले जनाएको छ । सहयोगले विकासशील देशहरूले गरिब र जोखिममा रहका वर्गको रक्षा, स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, निजी क्षेत्रको अवस्था कायम राख्न र आर्थिक सुधारमा सहयोग पु¥याउने बैंकले जनाएको छ । विश्वमा नै कोरोना भाइरसको त्राससँगै गरिएको लकडाउनले अधिकांश व्यापार, व्यवसायहरु बन्द भएका छन् । व्यवसाय बन्द भएसँगै उत्पादन घट्नु तथा मानिसहरुको रोजगारी गुम्दा गरिवीको संख्या बढ्ने गइरहेको छ । कोरोनको संक्रमण अहिले बिश्वका २ सय १३ देशमा फैलिसकेको छ ।

कीर्तिपुरका चार जनाको आरडिटी पोजेटिभ

काठमाडाैं । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ । फ्रन्टलाइनमा कार्यरत १ सय ३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । बाँकी स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारको समेत परीक्षण गरिने नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिए । उनका अनुसार नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) र पिसिआर दुवै विधिबाट स्वास्थ्य परीक्षण गरिएको हो । आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर विधिबाट परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको नगरपालिकाले जनाएको छ । हाल उनीहरु सबैलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएको छ । यसअघि विदेश तथा अन्य स्थानबाट कीर्तिपुरमा आएर बसेका ११० जनाको आरडिटी विधिबाट स्वास्थ्य परीक्षण गरिएको थियो । रासस

मकालु वरुण राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा सङ्कलनमा रोक

खादबारी । सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनमा यस वर्ष रोक लगाइएको छ । कोरोना भाइरस सङ्क्रमण फैलन थालेको र यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिए । मकालु बरुण राष्ट्रिय निकुञ्जले गत वर्ष जेठ १५ गतेदेखि असार १३ यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको थियो । भीडभाडमा यार्सा सङ्कलनमा हुने भएका कारण कोरोना सङ्क्रमणको जोखिम उच्च हुने देखिएपछि रोक लागाइएको सूचना अधिकारी पाठकले बताए । निकुञ्जको सूचनाविपरीत यार्सागुम्बा सङ्कलन गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ को २०३० बमोजिम कारवाही हुने बताइएको छ । यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु बरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ । उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ । सङ्कलन गरेको यार्सागुम्बा बिक्री गरेर स्थानीयवासीले वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने खर्च जुटाउने गरेको स्थानीयवासीको भनाइ छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालयले सोलुखुम्बु जिल्लाका महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथाङ्का मध्यवर्ती उपभोक्ता समिति, चेपुवा मध्यवर्ती उपभोक्ता समिति, अरुण बरुण मध्यवर्ती उपभोक्ता समिति, मकालु मध्यवर्ती उपभोक्ता समिति, पाथीभरा मध्यवर्ती उपभोक्ता समिति, सेदुवा मध्यवर्ती उपभोक्ता समिति, पुखुवा मध्यवर्ती उपभोक्ता समिति, सिलिचोङ मध्यवर्ती उपभोक्ता समिति, मांतेवा मध्यवर्ती उपभोक्ता समिति, ताम्कु मध्यवर्ती उपभोक्ता समिति, बाला मध्यवर्ती उपभोक्ता समिति र सिसुवा मध्यवर्ती उपभोक्ता समितिले पुर्जी दिने व्यवस्था गरिएको थियो । निकुञ्ज कार्यालयले यार्यागुम्बा प्रतिकिलो २५ हजारका दरले राजश्व लिने गरेको सूचना अधिकारी पाठकले जानकारी दिए । जिल्लामा कति यार्सागुम्बा सङ्कलन हुन्छ भने यकिन तथ्याङ्क नभएको उनले बताए । गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई केजीको ४० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको भए पनि सङ्खुवासभामा यार्सागुम्बा प्रतिकेजी साढे पाँच लाखदेखि साढे सात लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । यसरी सङ्कलन गरिएको यार्सा चीनको तिब्बती तथा काठमाडौँ र तिब्बततर्फ बढी निकासी हुने गरेको छ । रासस

सबैभन्दा धेरै कोरोना संक्रमित भेटिनु अमेरिकाका लागि सम्मानको कुराः ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संसारमा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा भएको तर्क गरेका छन् । ‘म यसलाई यो राम्रो भएको रुपमा हेर्छु किनकी यसको अर्थ हाम्रो परीक्षण धेरै राम्रो छु’ ह्वाइट हाउसमा उनले भने । अमेरिकामा कोरानाको प्रकोप शुरु भएपछि ह्वाइटहाउसमा पहिलो पटक क्याबिनेट बैठक राख्दै उनले भने, ‘म यसलाई निश्चित सम्मानको रुपमा देख्छु, यो एक राम्रो कुरा हो कि, यसको मतलब हाम्रो परीक्षण धेरै राम्रो छ ।’ संवाददाताहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईंहरूले हामी संक्रमित संख्यामा अगाडि छौं भन्नुहुन्छ किनकी हामीले अरूको भन्दा धेरै परीक्षण गरेका छौं ।’ ‘त्यसैले हामीसँग धेरै केसहरू छन ।’, उनी भन्दै गए, ‘म यसलाई नराम्रो रूपमा हेर्दिन, म यसलाई राम्रो रुपमा हेर्छु किनकी हाम्रो परीक्षण धेरै राम्रो छ ।’ अमेरिकामा हालसम्म कोरोनाका १५ लाख संक्रमित भेटिएका छन् भने करिब ९२ हजार मानिसहरूले कोरोनाका कारण ज्यान गुमाएका छन् । ट्रम्पको उक्त टिप्पणीमा ‘अमेरिकामा १.५ मिलियन संक्रमित देखिनु नेतृत्वको पूर्ण विफलता हो’, भन्दै डेमोक्र्याटिक नेशनल कमिटीले ट्वीटर मार्फत आलोचना गरेको छन् । ३ लाख संक्रमित भएको रसिया संक्रमित संख्याका आधारमा दोश्रो स्थानमा रहेको छ । (एजेन्सीकाे सहयाेगमा)

काठमाडौंमा ड्युटीमा खटिएका २ जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौं । काठमाडौंमा कार्यरत २ प्रहरीमा कोरोन भाइरस संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण भएको देखिएको हो । प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको नेपाल प्रहरीको स्रोतले जानकारी दिएको छ । उनीहरु दुवैजना लकडाउनको समयमा फिल्डमा नै खटिएका थिए महानगरीय प्रहरी परिसरले जनाएको छ । ब्यारेकमा नै बस्दै आएका उनीहरूमा मंगलबार कोरोना देखिएको हो । यस अघि २ जना प्रहरीमा काेराेना पुष्टि भइसकेकाे छ ।

कोरोना संक्रमित तथा मृतकको ठेगाना स्पष्ट खुलाउन सूचना आयोगको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस संक्रमित तथा मृतकको स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाउन राष्ट्रिय सूचना आयोगले निर्देशन दिएको छ । आयोगकी प्रवक्ता कमला ओली थापाले स्थानिय ठेगानामात्र दिँदा अन्योलता सिर्जना भएको भन्दै यस्तो निर्देशन दिएकी हुन् । उनले मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिने गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको बताइन् । विज्ञप्तिमार्फत भनिएकाे छ, ‘तसर्थ कोरोनाबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यसता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोबास गरिहरेको स्थान वा संक्रमण हुँदाको स्थान फरकफरक हुन सक्दछ र एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्यौलता भएको पाइएको छ। त्यसैले यसरी प्रवाह भइइरहेको सूचना थप स्पष्ट गराई सर्वसाधारणमा सिजर्ना भएको अन्यौल हटाउन आवश्यक देखिन्छ।’ कोरोनामात्र नभई जुनसुकै रोगबाट संक्रमित व्यक्तिको स्पष्ट ठेगाना समेत उल्लेख गर्न सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आयोगले २०७७ जेठ ६ मा आदेश दिइएको आयोगले जनाएको छ ।

अब प्रदेश सीमानाकामै सबैको आरडिटी हुन्छ : मन्त्री रावल

काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडिटी परीक्षण गर्ने बताएका छन । एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकको प्रदेश सीमानाकामै अनिवार्यरूपमा दर्ता, यात्रा इतिहासको अभिलेखीकरण र आरडिटी परीक्षण गरिने बताए । आरडिटीपश्चात स्थानीय तहले अनिवार्यरूपमा क्वारेन्टिनमा राख्ने, क्वारेन्टिन अवधि पूरा भएपछि अनिवार्य पिसीआर विधिद्वारा स्वाब परीक्षण गर्ने र परीक्षण रिपोर्ट प्राप्त भएपश्चात सङ्क्रमण नदेखिएका नागरिकलाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टिनमा रहने गरी घर पठाउने व्यवस्था मिलाइएको उनले जनाए । । कोरोना भाइरसले विश्व मानव समुदायमा शताब्दीकै ठूलो सङ्कट सिर्जना गरेको बताउँदै उनले यो सङ्कटबाट हाम्रो देश र प्रदेश पनि अछुतो नरहेकाले सरकार उच्च सतर्कता र गम्भीरताका साथ लागिरहेको उनले विश्वास दिलाए । जारी सो विज्ञप्तिमार्फत भनिएको छ, “कोरोनाको रोकथाम, नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागि शुरुदेखि नै कर्णाली प्रदेश सरकार आफ्ना सबै स्रोत साधनको परिचालनसहित लागिरहेको छ । प्रदेशलाई कोरोना सङ्क्रमणबाट बचाउन खोज्दा पनि दैलेख आठबीस नगरपालिका–१ साततलाका ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टिको घटनाले सरकारलाई दुखित् तुल्याएको छ ।” यो घटनाले दुःखी बनाएको भन्दै मन्त्री रावलले छिमेकी मुलुक भारतबाट आई क्वारेन्टिनमा राखिएका व्यक्तिमा सङ्क्रमण देखिएको तर ती व्यक्ति समुदायमा प्रवेश गरी नसकेकाले यस घटनाबाट भयभित एवं त्रसित नहुन, थप सङ्क्रमण हुन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्बन गर्न सङ्क्रमित व्यक्ति, परिवारसहित समग्र कर्णालीवासीमा अनुरोध गरेका हुन् । कोरोना परीक्षण लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसीआर मेसिनसहितको प्रयोगशाला स्थापना गरी दक्ष जनशक्तिद्वारा विश्वसनीयरूपमा परीक्षण कार्यसमेत भइरहेको उनले बताए । पुनःपुष्टिका लागि रिफरेन्स ल्याबमा पठाउनुपर्ने प्रयोगशालाको प्राविधिक प्रावधानबमोजिम यस प्रदेशमा गरिएको पिसीआर परीक्षणको १० प्रतिशत नेगेटिभसहित सबैै पोजेटिभ नमूना पुनःपुष्टि गर्न नेपालगञ्ज÷राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने गरेको र यो नियमित प्रक्रिया भएको हुँदा यस प्रदेशमा स्थापना गरिएका प्रयोगशालाको गुणस्तर तथा विश्वसनीयताका सम्बन्धमा कुनै पनि भ्रममा नरहन उनले अनुरोध गरे । पछिल्लो समयमा विदेशका जोखिमयुक्त क्षेत्रबाट कर्णालीमा प्रदेश भित्रिने नागरिकको सङ्ख्या वृद्धि भएसँगै हरेक स्थानीय तहको वडास्तरसम्म परीक्षणको दायरालाई बढाउने प्रदेश सरकारको निर्णयबमोजिम परीक्षणकार्य तीव्रताका साथ अगाडि बढाइएको जनाउँदै उहाँले यो सङ्कटपूर्ण घडीमा सरकारले गरेका निर्णयको कार्यान्वयनमा अहोरात्र खटिरहेका चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, पत्रकार, नागरिकलाई सम्मान र विशेष आभार प्रकट गर्दै परिस्थिति सामान्य नहुँदासम्म धैर्य गर्न र सङ्क्रमणबाट जोगिन उच्च सतर्कता एवं स्वास्थ्य सावधानी अपनाउन सबैमा अपिल गरेक छन । रासस