कोरोना संक्रमित तथा मृतकको ठेगाना स्पष्ट खुलाउन सूचना आयोगको निर्देशन

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस संक्रमित तथा मृतकको स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाउन राष्ट्रिय सूचना आयोगले निर्देशन दिएको छ । आयोगकी प्रवक्ता कमला ओली थापाले स्थानिय ठेगानामात्र दिँदा अन्योलता सिर्जना भएको भन्दै यस्तो निर्देशन दिएकी हुन् । उनले मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिने गरिएको ठेगानाले [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस संक्रमित तथा मृतकको स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाउन राष्ट्रिय सूचना आयोगले निर्देशन दिएको छ । आयोगकी प्रवक्ता कमला ओली थापाले स्थानिय ठेगानामात्र दिँदा अन्योलता सिर्जना भएको भन्दै यस्तो निर्देशन दिएकी हुन् ।

उनले मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिने गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको बताइन् ।

विज्ञप्तिमार्फत भनिएकाे छ, ‘तसर्थ कोरोनाबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यसता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोबास गरिहरेको स्थान वा संक्रमण हुँदाको स्थान फरकफरक हुन सक्दछ र एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्यौलता भएको पाइएको छ। त्यसैले यसरी प्रवाह भइइरहेको सूचना थप स्पष्ट गराई सर्वसाधारणमा सिजर्ना भएको अन्यौल हटाउन आवश्यक देखिन्छ।’

कोरोनामात्र नभई जुनसुकै रोगबाट संक्रमित व्यक्तिको स्पष्ट ठेगाना समेत उल्लेख गर्न सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आयोगले २०७७ जेठ ६ मा आदेश दिइएको आयोगले जनाएको छ ।

Share News