नेपालगञ्ज नाकाबाट भित्रिए एक हजार
राँझा । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार आज भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक हजार ३२५ जना छन् । सबैभन्दा धैरै दैलेखका ५०१ जना छन् । जमुनाह नाकाबाट नेपाल भित्रिएका नेपालीलाई आज बसमार्फत नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर लगत लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए । उद्धार गरिएका व्यक्तिलाई लिन सम्बन्धित स्थानीय तहसँग गाडी माग गरिएको र यहाँबाट गएर सबैलाई आआफ्नो पालिकाले निर्माण गरेको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाउन थालिएको उनले बताए । यसअघि यही जेठ २ गते एकैदिन भारतका विभिन्न क्वारेन्टिन तथा सीमाक्षेत्रमा बसेका ६८७ नेपालीलाई उद्धार गरी गृहजिल्ला पठाइएको थियो । बाँकेमा पछिल्लोपटक भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण बढी देखिएको छ ।
भारतबाट आएका अधिकांशमा नै कोरोना संक्रमण
राँझा । बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामाा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका वडा नं ५ स्थित नमूना प्रावि मोतीपुरबाट सङ्कलित ९६ स्वाब नमूना पाँच गरी आज बाँकेका ६ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार नरैनापुरमा फेला परेका सङ्क्रमित एक हप्ताअघि भारतबाट आएर नमूना प्राविको क्वारेन्टिनमा बस्दै आएका हन् । यसै गरी खजुराका २७ वर्षीय युवक पनि गत हप्ता भारतबाट आएर वडा नं ५ वसन्तपुर क्वारेन्टिनमा बस्दैआएका छन् । कोरोना सङ्क्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएपछि खजुराक्ष् क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । खजुरा गाउँपालिकामा पहिलो पटक वडा नं ५ निवासी एक व्यक्तिमा आज सङ्क्रमण पुष्टि भएको हो । गत हप्ता भारतबाट आई वसन्तपुर क्वारेन्टिनमा बस्दै आएका २७ वर्षीय युवकमा सङ्क्रमण देखिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । खजुरामा सङ्क्रमण नभई भारतबाटै सङ्क्रमित भई आएको पाइएकाले त्रसित हुनुपर्ने अवस्था नरहे पनि सजगता अपनाउनुपर्ने भएकाले खजुरामा थप उच्च सतर्कता अपनाइएको उनको भनाइ छ । सङ्क्रमितलाई आईसोलेशनमा उपचार व्यवस्थाको लागि पहिचान गर्ने कार्य भईरहेकोले आज रातीसम्म सबैलाई आइसोलेशनमा पु¥याईने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । कोरोनाको खतरा क्षेत्र बन्दै गएको नरैनापुरमा मात्रै सङ्क्रमितको सङ्ख्या ७३ पुगेको छ । यहाँ सङ्क्रबाट एकजनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा २५ र खजुरामा आज भेटिएका एकजनासहित बाँकेमा सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ ।
बीमालेख धितो राखी ऋण लिएका बीमितलाई व्याजदरमा छुट दिईने
काठमाडौं । बीमालेख धितो राखी ऋण लिएका बीमितले व्याजदरमा १५ प्रतिशतसम्म छुट पाउँने भएका छन् । बीमा समितिले बुधबार एक पत्र मार्फत उक्त बीमितहरुलाई प्रदान गरिएको कर्जामा लाग्ने व्याजदरमा साे मात्राकाे छुट दिन जीवन बीमा कम्पनीलाई निर्देशन दिएकाे हाे । यससँगै, बीमितहरूले लकडाउन अवधि समाप्त भएको एक महिना भित्रसम्म ब्याज बुझाउँदा साे मात्राकाे छुट पाउन सक्ने छन् । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई लकडाउनको अवधिमा अत्यावश्यक सेवाहरुलाई निरन्तरता दिन निर्देशन दिएकाे छ । समितिले बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६ को अधिनमा बीमालेख अनलाईन मार्फत बिक्री गर्ने कार्यविधि तयार गर्न सकिने बताएको हो । समितिका अनुसार उक्त कार्यविधि तयार गरी समितिमा पेश भएमा औचित्यताको आधारमा अनलाईन बीमालेख स्वीकृत हुनेछ । यस्तै, समितिको निर्देशनको अधिनमा रही लकडाउनको अवधिभरी बीमकले उपलब्ध गराउने तालिमहरु अनलाईन तथा भर्च्युअल रुपमा संचालन गर्न पाउँने बताएको छ । उक्त तालिमको सफ्ट कपी सहितको प्रतिवेदन भने बीमकले समितिमा पेश गर्नु पर्ने निर्देशिकामा उल्लेख छ । साथै, बीमकले व्यवस्थापन खर्च न्यूनिकरण गर्ने सम्बन्धमा समितिमा प्रस्ताव पेश गरेमा औचित्यताको आधारमा स्वीकृत हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्देशिका मार्फत जानकारी दिएका छन् । [pdf id=216046]
लामो समय लकडाउन गर्न सकिदैन, सामान्य अवस्थामा लैजाने तयारीमा सरकार छः मन्त्री भट्ट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लकडाउनले सबैलाई समस्या परेकोले लकडाउनलाई समान्य अवस्थामा लाने पक्षमा सरकार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले जुममार्फत गरेको कार्यकममा बोल्दै मन्त्री भट्टले अब कोरोनासगँ डराएरभन्दा पनि सावधानीका उपाए अपनाएर उद्योग कलाकारखाना चलाउने तयारी भएको बताए । सरकारले सुरुमा कोरोना नेपालमा भित्रिनै नदिने भने पनि नेपालमा कोरोना फैलिदै गएको छ । अब कोरोना भइरसबाट सावधानी अपनाएर अर्थतन्त्रलाई चलाएमान बनाउदै लैजाने तयारीमा सरकार रहेको भट्टले जानकारी दिए । ‘भारतसगँ सीमाना जोडिएका क्षेत्रहरुमा समस्या बढ्दै गहिरहेको छ, त्यस्ता ठाउँमा सर्तकता अपनाउदै लकडाउन अवाश्यक हो कि हैन भनेर बहस गर्दै जाने बेला आएको छ, उद्योग कसरी सहज तरिकारले सञ्चालन गर्न सकिन्छ भनेर उद्योग, श्रम, कृषि र अर्थमन्त्रायले अध्ययन गरिरहेका छन्’, मन्त्री भट्टले भने । सरकारले तोकेका ४४ प्रकारका उद्योग सञ्चालनमा भएको समस्याको बारेमा मन्त्रालयले अध्ययन गरिरहेको छ । सबैले अब अर्थतन्त्रमा सामान्य अवस्थामा लैजान भनिरहेका छन् । सरकारले गर्नुपर्ने काम गरिरहेको भन्दै उनले निजी क्षेत्रले गर्नुपर्ने काम पनि नरोक्न आग्रह गरे । निजी क्षेत्रको संगठनसगँ नजोडिएका उद्योगहरुले पनि उद्योग विभागमा गएर निवेदन दिएपछि त्यसलाई हेरेर विभागले पास दिने गरेको मन्त्री भट्टको भनाइ छ । देश अत्मनिभर हुनेतर्फ लाग्नुपर्ने भन्दै उनले उद्योगलाई अवश्यक पर्ने कच्चा पदार्थ आयात गर्न सहयोग गर्न सरकार तयार रहेको रहेको उनले जानकारी दिए । श्रम मन्त्रालयका सचिव विनोद केसीले विदेशबाट रोजगारी गुमाएर आएकाहरुलाई जग्गा बैंकमार्फत रोजगारी दिने सकिने बताए । सो अवधारण अनुसार जग्गा भएका व्यतिmले आफ्नो जग्गा डिपोजिट राख्न सक्ने र जग्गा प्रयोग गर्न चाहनेले जग्गा लिएर काम गर्न सक्ने छन् । अरुको जग्गा लिएर काम गर्न चाहने व्यक्तिहरुका लागि सरकारले सहयोग गर्ने सचिव केसीले बताए । चैत र बैशाखको मजदुरको तलबको विषयमा सरकारले निर्णय गरिसकेको र अब जेठ र असारका लागि मजदुरलाई कसरी काममा लगाउने र तलब दिने भनेर निजी क्षेत्र र सरकार मिलेर छलफल गर्ने बेला आएको उनले बताए । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्तले सरकारले निजी क्षेत्रलाई र्यापिट किट ल्याउन दिए कोरोना परीक्षणको लागि सहज हुने बताए । उनले औषधी उद्योगमा काम गर्ने मजदुरको कोरोना परीक्षण गर्न समस्या भएकाले सरकारले सहयोग गर्नु पर्ने पनि बताए । नेपाल उद्योग परिसंघका सदस्य कृष्ण ज्ञावालीले सकारले निजी क्षेत्रलाई र निजी क्षेत्रले सरकारलाई दोष दिएर मात्रै नहुने बताए । निजी क्षेत्र र सरकार नै अब नयाँ तरिकारले अगाडी बढ्नु पर्ने समय आएको ज्ञवालीको भनाइ छ । ‘हामी पुरानो कानुनमा नै चलिरहेका छौं, उद्योग मन्त्रालयले अर्थ मन्त्रालयमा कुनै माग लग्यो भने पनि सुन्दैनन्, त्यसखालको व्यवस्थालाई परिर्वतन गर्नु पर्छ,’ ज्ञवालीले भने ।
जेठ मसान्तसम्म हवाई उडान बन्द गर्ने निर्णय
काठमाडौं । सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलकाे बुधबार बसेको बैठकले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।
घरेलु लघुवित्तले जनरल इन्स्योरेन्सबाट गरायो सबै कर्मचारीको कोरोना बीमा
काठमाडौं । घरेलु लघुवित्तले संस्थामा आवद्ध सबै कर्मचारीहरुको कोरोना भाइरस (कोभिड-१९) बीमा गराएको छ । संस्थाले काठमाडौंको हात्तीसारस्थित जनरल इन्स्योरेन्स कम्पनीबाट आफ्ना कर्मचारीहरुको कोरोना बीमा गराएको हो । संस्थाले प्रत्येक कर्मचारीको एक लाख रुपैयाँ बराबरको कोरोना जोखिम सुरक्षण बीमा गराएको जनाएको छ । यस वित्तीय संस्था विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुबाट प्रवर्द्धित नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्था हो । यस संस्था संचालनमा आएको हालसम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरु स्थापना गरि ग्रामिण क्षेत्रका ६ हजार १ सय ५० भन्दा बढी विपन्न परिवारहरुमा २१ करोड १७ लाख भन्दा बढी कर्जा रकम लगानीमा र बचतमा ४ करोड ३६ लाख जम्मा भई वित्तीय पहुंच पुर्याउन सफल भएकाे छ ।
माथिल्लो अरुणमा लगानी गर्न विश्व बैंकलाई आग्रह
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभामा निर्माण हुन लागेको एक हजार ६० मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीको नेतृत्व गर्न विश्व बैंकसमक्ष प्रस्ताव गरेको छ । बुधबार भएको भर्चुअल बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विश्व बैंकका नेपाल, श्रीलङ्का र माल्दिभ्स हेर्ने निर्देशक फारिस एच हाडाड जेरभोससमक्ष उक्त प्रस्ताव गरेका हुन् । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा माथिल्लो अरुण आयोजना निर्माणलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै उहाँले वित्तीय व्यवस्थापनको नेतृत्व लिन विश्व बैंकसमक्ष आग्रह गरे । “विश्व बैंककै सहयोगमा भइरहेको माथिल्लो अरुणको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ”, मन्त्री पुनले भने, “असाध्यै राम्रो आयोजना भएकाले यसमा विश्व बैंकले लगानीको नेतृत्व गर्छ भन्ने विश्वास हामीलाई छ, त्यसो भयो भने हामीलाई सहायक लगानी खोज्न सहिजो हुने थियो ।” जवाफमा फारिसले मन्त्री पुनको प्रस्ताव विश्व बैंकको उच्च नेतृत्व तहमा पु¥याउने बचन दिए । सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत कम्पनी मोडेलमा माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण अघि बढाउने सैद्धान्तिक निर्णय यसअघि नै गरिसकेको छ । प्राधिकरणको सहायक कम्पनी अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीले उक्त आयोजना निर्माणको जिम्मा पाएको छ । उक्त आयोजनामा प्राधिकरणको ७८ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, आयोजनाका कर्मचारीको ५ प्रतिशत र अपाङ्गता भएका नागरिकको दुई प्रतिशत लगानी रहने छ । माथिल्लो अरुण आयोजना निर्माणका लागि एक खर्ब ६० अर्बभन्दा बढी लागत लाग्ने अनुमान छ । विश्व बैंकले यसअघि माथिल्लो अरुणका लागि १४ अर्ब ३८ करोड ८० लाख बराबरको सहुलियत ऋण दिने प्रतिबद्धता जनाइसकेको छ । रासस
काभ्रेमा जिप दुर्घटना, दुई बेपत्ता
बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा आज दिउँसो बोलेरो गाडी दुर्घटनामा पर्दा गाडीमा सवार दुई जना सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बा १६ च ८८३८ नम्बरको बोलेरो गाडी अचानक पछाडिको दुई वटा टायर सडकबाट तल खसी कोल्टो पर्दा उक्त बोलेरोमा सवारमध्ये दुई जना सुनकोशी नदीमा खसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बेपत्ता हुनेमा भुम्लु गाउँपालिका–१ बस्ने वर्ष २६ को अशोक गिरी र सोही गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष २८ को भोला महत रहेका छन् । प्रहरीका अनुसार सोही गाडीमा सवार सोही ठाउँ बस्ने वर्ष ३९ की सानुमाया गिरीको बायाँ हात भाँचिएकाले उनलाई उपचारको लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।