काठमाडौं उपत्यका सील गर्ने गृहमन्त्रालयको निर्णय, आउनै परे यस्तो छ व्यवस्था (परिपत्रसहित)
काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यका सील गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा बाहिरबाट आउने संक्रमितको संख्या धेरै भएपछि बाहिरका सर्वसाधारणलाई उपत्यका प्रवेश गर्न नदिने निर्णय सरकारले गरेको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यका नाका भएका नगरपालिकाका नगरप्रमुखहरु लगायत काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नाका सील गर्ने निर्णय गरेको हो । यस्तो निर्णय १ जेठमा भएको गृहमन्त्रालयले काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहहरुलाई गरेको परिपत्रमा उल्लेख छ । सो परिपत्रमा काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम बृद्धि हुँदा बढी जनघनत्व भएको काठमाडौं उपत्यका क्षेत्र बढी जोखिममा रहेको देखिदा अत्यावश्यक काममा बाहेक काठमाडौं उपत्यका प्रवेश निषेध गर्ने र आगमनको स्रोतमै रोक्ने उल्लेख छ । यस्ताे छ गृहकाे परिपत्र
कपिलवस्तुमा ३९७ जनाको स्वाब संकलन
कपिलवस्तु । जिल्लाका ३९७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । जिल्लाका पाँच पालिकाबाट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि तीन छुट्टाछुट्टै स्थानमा पठाइएको हो । सोअनुसार कपिलवस्तु नगरपालिकाका १२१, शिवराज नगरपालिकाका एक सय, कृष्णनगर नगरपालिकाका १०५, मायादेवी गाउँपालिकाका ६७ र शुद्धोधन गाउँपालिकाका चार जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिए । बुधबार साँझ कपिलवस्तुको भैरहवा, शिवराजको काठमाडौं, कृष्णनगरको भैरहवा, मायादेवीको दाङ र शुद्धोधनको भैरहवा परीक्षणका लागि स्वाब पठाइएको बताइएको छ । यस्तै, बुधबार मायादेवीका १०८, महाराजगञ्जका ८० र शुद्धोदनका ५० जनाको आरडिटी गरिएको छ । हालसम्म जिल्लामा एक हजार ७३९ जनाको स्वाब संकलन भएको छ । यसैबीच जिल्लाका २६ पत्रकारको स्वाब संकलन गरिएको मध्ये १७ जनाको नतिजा नेगेटिभ आएको छ । जोखिममा रहेका पत्रकारमा कोरोना त्रास बढेसँगै विभिन्न स्थानबाट स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जानकारी दिए । रासस
कोरोनाबाट नेपालमा तेस्रो मृत्यु पुष्टि, मृतक गुल्मीका सङ्क्रमित
गुल्मी । अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका-६ निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको निधन भएको छ । उनको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ७ः१० बजे निधन भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पुष्टि गरे । प्रमुख चौधरीका अनुसार टाइफाइड, कमलपित्त र मिर्गौला रोगले ग्रस्त रहेका उनको आठ दिनदेखि भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार गरिएको थियो । मदानेबासीका अनुसार बन्दाबन्दी पनि धेरै हिँडडुल गरेका कारण उनमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनी गत वैशाख ४ गते मालिका गाउँपालिका ६ अर्जैमा एक विवाह कार्यक्रममा गएका थिए । यस्तै वैशाख २० गते धुर्कोट गाउँपालिका-७ वाग्लास्थित मानचौर तालमा घुम्न गएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले बताए । वैशाख २८ गते साँझदेखि टाउको दुख्ने ज्वरो आउने समस्या भएपछि वैशाख २९ गते उनी पुर्कोटस्थित एक पोलिक्लिनिकमा उपचारका लागि गएका थिए । दुई दिनसम्म औषधि खाई आराम गरेर वैशाख ३१ गते पुनःक्लिनिकमा रगत जाँचका लागि जानुभएका उनमा कमलपित्त समस्या देखिएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा सिफारिस गरिएको क्लिनिकका सञ्चालक विष्णु भुसालले बताए । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि क्रिमसन अस्पतालमा लगिएको थियो । जेठ १ गते एम्बुलेन्समार्फत क्रिमसन अस्पतालमा आएका उनको कोरोनाको आशंकामा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि २ गते प्रदेश प्रयोगशालामा पठाइएको हो । उनको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने तीन जना पुगेका छन् । सामाजिक विकासमन्त्रीद्वारा दुःख व्यक्त सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पतालमा उपचाररत गुल्मी मदानेका कोरोना संक्रमितको निधनप्रति दुःख व्यक्त गरेका छन् । मन्त्री बरालले आज शोक विज्ञप्ति जारी गरी अनेकौं प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको जनाउँदै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । एक विद्यालयका प्रधानाध्यापक उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको जनाउँदै मन्त्री बरालले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । रासस
आफ्नै घरमा आगो लगाएपछि…
गलकोट । बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ । बुधबार राति ९ः०० बजेपछि प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । गोठमा बाँधिएका पशु भने फुकाइएको थियो । घरगोठ जल्दा दुई लाख ४५ हजार रूपैयाँ बराबरको क्षति भएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । घरधनी सुरजले रातिको समयमा मदिरा सेवन गरी श्रीमती राधिका र छोराछोरीलाई पिट्न थालेपछि उनीहरु भागेका थिए । त्यही सयममा कुमालले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ । श्रीमानले आफूहरुलाई कुट्न थालेपछि छोराछोरी लिएर ज्यान बचाउन छिमेकीको घरमा पुगेका बेला श्रीमानले आफ्नै घरमा आगो लगाएको पीडित राधिकाले बताए । श्रीमान्ले अत्यधिक मदिरा सेवन गर्दै आएका कारण आफू समस्यामा पर्दै आएको उनले गुनासो गरे । घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयवासीले घरभित्रैबाट निकालेका थिए । आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्बाङमा राखेको छ । खरको छानो विस्थापित गरी टिनको छाना लगाउने गरी तयार गरिएका सबै काठसहित सिङ्गो घर गोठ नै जलेपछि परिवार बिचल्लीमा परेको छ । परिवारमा श्रीमान् श्रीमतीसहित तीन छोरा र एक छोरी छन् । बन्दाबन्दीको समयमा घर गोठ जल्दा खाने बस्नेको समस्या भएको छ । घर जलेपछि छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्बाङले त्रिपाललगायतका अत्यावश्यक वस्तु सहयोग गर्ने सभापति होमनाथ अर्यालले जानकारी दिए । आगलागीपीडित कुमालको परिवारलाई गाउँपालिकाले समेत राहत प्रदान गर्ने बडिगाड गाउँपालिकाले जनाएको छ । क्वारेन्टिनमा बसेका घर फिर्ता जिल्लाको बागलुङ नगरपालिका–१ रामरेखा क्वारेन्टिनमा बसेका २२ जना पिसिआर परीक्षणपश्चात् घर पठाइएको छ । तराईका जिल्ला तथा भारतबाट जिल्ला आएका २२ जना क्वारेन्टिनमा बस्दै आएको बागलुङ नगरपालिकाले जनाएको छ । उनीहरुको मङ्गलबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार उनीहरुलाई घर पठाइको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । ‘आइतबार स्वाब सङ्कलन गरी पोखरा पठाइएकामा मङ्गलबार कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टिनबाट बिदाइ गरिएको छ’, उनले भने, ‘उनीहरुलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ ।’ सो नगरपालिकाले निर्माण गरेको रामरेखा आधारभूत विद्यालयमा अहिले एकजनामात्रै र रमेटारस्थित धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा तीनजनालाई राखिएको उनले जानकारी दिए । नगरपालकाले शुरुमा निर्माण गरेको २० श्यया क्षमताको क्वारेन्टिनलाई थप गरी ६० श्ययाको निर्माण गरेको छ । सो नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको संयोजनमा भारतबाट आएर भैरहवा तथा कैलालीलगायत जिल्लामा बस्दै आएका ५८ जनाको उद्धार गरिसकेको छ । नगरपालिकाले उद्धारलाई ध्यानमा राखी बागलुङ नगरपालिका-४ रमेटारस्थित धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा ४० श्ययाको क्वारेन्टिन थप गरेको हो । रासस
कस्तो हुन्छ सत्कर्मको सौंदर्य ?
मस्तिष्कमा कति कुराहरु आइरहन्छ, गइरहन्छ, टिकेर रहिरहदैन । एक अर्थले हेर्ने हो भने यसैबाट आयु निर्धारण पनि हुन्छ । कसरी भन्दा जब वर्क धेरै हुन्छ, तब त्यो चाडै बिग्रन्छ । अतः त्यसलाई नयाँपन दिन त्यो फेरि ताजगी हुन जरुरी छ । प्रकृतिले यसैलाई बुझेर मानिस आदि प्राणीलाई निन्द्रा दिएको हुन्छ । निन्द्रा एक प्रकारले दिमागलाई नयाँपन दिने अवस्था पनि हो । यो दैनिक चल्छ अनि बढि बाँच्ने सिलसिला चल्छ । योग प्रकृतिसंग बढि सम्बन्धित छ । यसबाट हुने फाईदाहरु धेरै छन्, भलै यसले अजम्बरी त बनाउन सक्दैन । तर जति बाँच्न सकिन्छ। आनन्दित भएर बाँच्न सिकिन्छ । एउटा लामो ऐना थिसिस प्रकृतिले दिए पछि मानिस न बिँउतिने गरि सदाको लागि सुत्दछ । त्यसैलाई मृत्यु भनिन्छ । उ हत्तपति लामो ऐनाथिसस् सुघ्न चाहँदैनन् । त्यो बेला प्रकृति र मनको द्वन्द्व हुन्छ, जवर जस्ति उसलाई ऐनाथेसिस सुघाउन प्रकृति वाध्य हुन्छिन् । किनकि मुल ईन्जिनले काम नदिने हुन थालिसकेको हुन्छ । तिमी यो कुरा किन बुझ्दैनौ ? तिम्रो केही पनि काम लाग्दैन सिवाए तिमीले ईश्वरलाई संझन भ्याँयौ भने त्यो चाहिँ काम लाग्छ । तर त्यसो हुनको लागि तिम्रो सतसंग र तिम्रो पुण्य पनि त चाहियो नि ? त्यो कसरी ? सतसंगबाट तत्व ज्ञान बुझेर र पुण्य कर्मबाट सारा क्लेस र पापमय कर्महरुलाई सुद्दीकरण पारेर अन्त्य अवस्थामा जब प्रकृतिले अचेत अवस्थामा लग्छ । त्यस अवस्थामा भन तिमी ईश्वर मैले जानीनजानी गरेका कर्महरुलाई यहि छाडेर जाँदैछु । त्यसबाट उठ्ने सुगन्धमय वासना वा दुर्गन्धले मेरो बाटो तय गर्छ भने मेरा ती कर्महरुले सदा सदाका लागि जे होला म सहन गर्ने छु । ईश्वर मेरो जे भयो सबै माफ गर ।
स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा
मेलम्ची । जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको एक लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी कोरोना सङ्क्रमणबाट पोजिटिभ पुष्टि भएमा बीमाङ्क रकम प्राप्त गर्ने र रु १० लाख बराबरको स्वास्थ्य बीमा गर्ने भएको छ । बीमावापतको शुल्क जनप्रतिनिधि आफैंले व्यहोर्नुपर्ने निर्णय गरेको सो गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । यसैगरी सो गाउँपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै सेलाङ मावि सेलाङ, गोल्चे बगर, वडा नं ३ कालीदेवी मावि पाङताङ, डल्लेपोखरी पाङताङ, रत्नराज्य मावि चनौटे, हगाम र जलदेवी माविमा सुरक्षित आवासस्थल तयार गर्ने उनले बताए । होम क्वारेन्टिनलाई व्यवस्थित गर्न बनाइएको मापदण्ड पारित गर्ने तथा उक्त मापदण्डको पालनाका लागि उचित प्रचारप्रसार गर्ने र जुगल बाहिरबाट आएका जोसुकै व्यक्तिका लागि अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय गरिएको जनाइएको छ । गाउँपालिकाले कोरोना सङ्क्रमण परीक्षणको दायरालाई बढाइ आव २०७७/७८ को नीति तथा कार्यक्रम तयारीका लागि विषयगत समितिहरुले कार्य थालनी गर्नेछन् । प्रहरी कार्यालयमा ३० मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा लकडाउनमा मात्रै विभिन्न ३० मुद्दा दर्ता भएका छन् । कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार हालसम्म ती सङ्ख्यामा मुद्दा दर्ता भइ कारवाही भइरहेको छ । उनका अनुसार आव २०७६/७७ अन्तर्गत २०७६ साउन महिनादेखि लकडाउन अघिसम्म जम्मा २ सय ४३ मुद्दा दर्ता भइ कारवाही भएका छन् । दर्ता भएकामा मुद्दामा जबर्जस्ती करणीअन्तर्गत दुई, ज्यान मार्ने उद्योगअन्तर्गत तीन, अभद्र व्यवहारमा पाँच, गौवध तीन, कालोबजारी दुई, आत्महत्या आठ, कर्तव्य ज्यान एक, बाल यौन दुराचार एकलगायत अन्य उनले बताए । हाल सम्म मुद्दा दर्ता भएका संख्या जम्मा २७३ मध्ये ११ अदालत गएको र १४ वटाको छानबिन भईरहेको पनि उनले जानकारी दिए । रासस
सबै नाका बन्द : पैदल आवत जावतमा समेत रोक
काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको हो । गाउँपालिकास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले गाउँपालिकाको सबै नाकाबाट हुने आवत जावत बन्द गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए । “छिमेकी स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएसँगै आफ्नो क्षेत्रमा पनि गाउँपालिकाभित्र सञ्चालित होटल पूर्णरुपमा बन्द गर्न निर्देशन दिइएको छ”, उनले भने, “आगामी जेठ १६ गतेसम्म गाउँपालिकाको कार्यालयबाट अत्यावश्यकबाहेकका अन्य कामसमेत बन्द गरिएको छ ।” बन्दाबन्दीको अवधिभर गाउँपालिकाभित्रका खाद्य पसल दैनिक बिहान ७ देखि ९ बजेसम्म र साँझ ४ देखि ५ बजेसम्म मात्र खुला गरिने जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका २० वर्षीय युवक कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा राजधानी काठमाडौंबाट उद्धार गरेर ल्याइएका हलेसीका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामै पहिलोपटक हलेसीमा कोरोना सङ्क्रमित भेटिएपछि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा अपनाउनुपर्ने सतर्कतालाई कडाइका साथ लागू गरेका छन् । कोरोना नियन्त्रण कोषमा १७ लाख खोटेहाङ गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा रु १७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक गतिविधि सञ्चालनका लागि गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा शुभेच्छुकदाताबाट रु १७ लाख ४२ हजार ७ सय ४० रकम जम्मा भएको हो । गाउँपालिकाका ४९ जना गाउँसभा सदस्यबाट प्राप्त भएको ५ लाख ७६ हजार, गाउँपालिकामा कार्यरत सबै कर्मचारीबाट प्राप्त ९९ हजार ८ सय ६९, शिक्षक तथा कर्मचारीबाट २ लाख ४१ हजार ५ सय ९१ रकम कोषमा जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । यस्तै, युवा नेता राजन बञ्जराबाट ५ हजार १ सय र स्थानीय व्यवसायी नारायणप्रसाद फुयाँलबाट ७ हजार ५ सय रकम प्राप्त भएको जनाइएको छ । मौज्दात ३ लाख १२ हजार ६७९ रहेको विपद् व्यवस्थापन कोषमा आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं १ कोरोना जनसुरक्षा कोषबाट रु पाँच लाख जम्मा भएको जनाइएको छ । महामारीका विरुद्ध सहयोग गरेर हातेमालो गर्न इच्छुक शुभेच्छुक दाताले प्रदान गरेको सहयोग रकम कोषमा अद्यावधिक गर्दै जाने गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए । गाउँपालिकाले गाउँसभाबाट विनियोजन गरिएको विभिन्न योजना तथा कार्यक्रमको २९ लाख ४८ हजारसमेत बजेट रकमान्तर गरेको छ । कोरोनाविरुद्धको गतिविधि सञ्चालनका लागि कर्मचारी र पदाधिकारी तालिम तथा अभिमुखीकरण शीर्षकको रु तीन लाख, अवलोकन भ्रमण कार्यक्रमको रु पाँच लाख, न्यायिक समितिको पुर्नताजकी तालिमको ८ लाख, सुरक्षित आप्रवासन परियोजनाको साझेदारी कार्यक्रमको ६ लाख ४८ हजार र अध्यक्ष कप भलिबल प्रतियोगिता तथा वार्षिकोत्सवको रु सात लाख बजेट विपद् व्यवस्थापन कोषमा रकमान्तर गरिएको जनाइएको छ । विपद्को समयमा विपद् व्यवस्थापन कोषको नाममा खोलिएको खाता नम्बर २०६००३०७०२०००६ मा रकम जम्मा गरेर महामारीबाट प्रत्यक्ष पीडितलाई सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा विपद् व्यवस्थापन कोष खडा गरेर रकम जम्मा गरिरहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा राजधानी काठमाडौंबाट उद्धार गरेर ल्याइएका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लावासी त्रसित बनेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका २० वर्षीय युवक कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ । रासस
कोरोनाकाे बहुआयामिक प्रभाव, मानवीय संकट र सन्देश
कोरोना महामारीको विश्वव्यापी अवस्था चीनको वुहान शहरदेखि गत डिसेम्बरबाट सुरु भएको कोरोना (कोभिड-१९) भाइरसको प्रभाव विश्वभर फैलिसकेको छ । बैशाख ७ गते दिउँसोको १२ बजेसम्ममा यस रोगबाट करिब २३ लाख १० हजार ५ सय १७ जना मानिस संक्रमित छन् भने करिब १ लाख ५८ हजार ६ सय ९१ जना मानिसले यही रोगका कारण आफ्नो ज्यान गुमाउनु परेको छ । यद्यपि ५ लाख ९० हजार ६सय ८२जना मानिसहरु निको पनि भएका छन् । एकातिर संक्रमित र मृत्यु हुनेहरुको आंकडा दिनप्रतिदिन बढ्दै गएको छ भने अर्काेतिर प्रायजसो देशहरु लकडाउनमा गएकाले मानिसको जनजीवन कष्टकर बन्दै गएको छ । अमेरिका, इटली, फ्रान्स, जर्मन, चाइना लगायतका देशहरुमा यसको ठूलो असर देखिएको छ भने यसको प्रभाव सबैजसो मुलुकमा देखिन थालेको छ । कोरोना महामारीलाई विश्व स्वास्थ्य संगठनले ग्लोबल इमरजेन्सीको रुपमा घोषणा गरिसकेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले कोरोनाको प्रभाव २००८ को विश्वव्यापी वित्तीय संकटभन्दा पनि ठूलो हुने चेतावनी दिएकी छन् । भर्खरै मात्र संघीय संरचनाहरु अभ्यासरत हुंदै गएको र विकासको एजेन्डालाई प्रमुख रुपमा लिन थालेको नेपाल जस्तो देश पनि विश्व अर्थतन्त्रमा देखापर्ने संकटबाट अछुतो रहन नसक्ने प्रष्ट छ । नेपालको अवस्था चीनको वुहान शहरदेखि सुरु भएको कोरोना महामारी (कोभिड-१९)ले विश्व आम जगतलाई प्रभाव पार्दा छिमेकी मुलुक नेपाल पनि अछुतो हुन सकेन । पहिला केही दिनमा चीनमा कोरोना प्रभाव बढोत्तरी हुँदा नेपाल आफ्नो घोषित कार्यक्रम अन्तर्गत भ्रमण वर्ष (२०२०)मनाउने सुरुवाती चरणमा थियो । जब छिमेकी मुलुक चीन लगायत विश्व अरु राष्ट्रमा यसकाे प्रभाव स्वरुप आमनागरिकमा संकट देखा पर्न थाल्यो, नेपालका पर्यटन मन्त्री याेगेश भट्टराई नेपाल कोरोना (मुक्त ) सुरक्षित राष्ट्र हो, भ्रमण गर्न आउनुहोस् भनी आह्वान गर्दै थिए । जब विश्वका अधिकांश देशमा यो महामारी प्रभावबाट मानवीय क्षति, संक्रमित संख्या वृद्धि हुन थाल्यो, यस्तो भयावह अवस्थामा सावधानी रहन सरकारले पहल कदमी स्वरूप सबै कार्यक्रम स्थगित गरि नेपाल सरकार सचेतना नयाँ कार्यक्रमसहित रोकथामका लागि प्राथमिक चरण अपनाउन थाल्यो । विश्व स्वास्थ्य सङ्गठन नेपाल अत्यन्तै जोमिख राष्ट्रकाे रुपमा घोषणा गर्यो, जसकाे पहलकदमी स्वरुप भयावह स्थितिबाट बच्न अहिले बन्दाबन्दी लगाएको अवस्था छ । नेपालमा कोरोनाबाट संक्रमित पहिलो व्यक्ति नै यसकाे केन्द्रबिन्दु चीनको वुहान प्रान्तमा अध्यनरत विद्यार्थी रहेका छन्, जुन विद्यार्थी अहिले निको भइ घर फर्केको अवस्था छ । जहाँ अध्ययरत १७५ जना विद्यार्थीलाई उद्वार गरि नेपाल ल्याइ क्वारेनटाइन राखिएको थियो, उनीहरु संक्रमित नरहेको हुँदा घर फर्किसकेका छन्। विश्व अर्थतन्त्रमा कस्तो प्रभाव लेखक कोभिड-१९ संक्रमणको फैलावटको अनिश्चित प्रवृत्तिका कारण विश्व अर्थतन्त्रबारे गरिएका प्रक्षेपण पटक-पटक संशोधन गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। सारा विश्व नै लकडाउन अवस्था रहेको हुँदा वस्तु तथा सेवाको माग र आपूर्ति दुबैमा भएको अवरोधकाे कारण कारोबार न्युन हुँदा विश्व इतिहासमै नराम्रो मन्दीको सामाना गर्नु परेको छ । रोजगारी र आयमा भारी गिरावट हुँदा आम नागरिकको दैनिकी कष्ट कर बन्दै गएको कुरा संयुक्त राष्ट्र संघले बताउँदै आएको छ । हालसम्म विश्वमा २ करोड बढी मानिस रोजगार बिहिन भएको र याे महामारीका कारण ६ कराेड भन्दा बढी मानिस बेराेजगार हुने विभिन्न संस्थाहरूले अनुमान गरिररहेका छन् । उत्पादन र व्यापारमा वैदेशिक लगानी पनि गिरावट हुने देखिन्छ । अवस्थामा वैदेशिक सहयोग गर्न नसक्ने शक्तिशाली राष्ट्रहरुले घोषणा गर्दैछन् । पर्यटन क्षेत्रमा प्रभावले कुल ग्राह्रस्थ उत्पादन योगदान गर्न नसक्ने हुँदा, जसकाे प्रभाव स्वरूप आर्थिक वृद्धि गिरावट हुने देखिन्छ ।मुल्य र वित्तीय क्षेत्रमा प्रभाव हुँदा मुल्य वृद्धि भइ एकातिर बस्तु मुल्य अवमूल्यन हुने अर्कोतिर तरलता व्यवस्थापन गर्न कठिनाइ पर्ने देखिन्छ । उल्लेखित क्षेत्र प्रभाव हुँदा बस्तु तथा सेवाको उत्पादन र वितरण गतिविधि ठप्प प्रायः हुँदा आर्थिक वृद्धि उल्लेखनीय गिरावट हुनेछन् । केहि यसै परिप्रेक्षमा एस एन्ड पी ग्लोबल रेटिङ्गले आफ्नो १४ मार्चको अपडेटलाई संशोधन गरी सन् २०२० मा विश्व आर्थिक वृद्धिदर ज्यादै न्यून भई ०.४ प्रतिशतमा झर्ने र सन् २०२१ मा फेरि सुधार भई ४.९ प्रतिशतमा उक्लने प्रक्षेपण गरेको छ । पछिल्ला दिनमा संक्रमण द्रुतगतिमा बढ्दै गएकाले शक्तिशाली मुलुक अमेरिका र युरोपको आर्थिक वृद्धिदर १ प्रतिशत र चीनको ३ प्रतिशतभन्दा कम रहने अनुमान छ । अर्थतन्त्रमा आउने यस्तो गिरावटले चीन निकट जापान, कोरिया, पूर्वी र दक्षिण-पूर्वी एसियालगायत केही अर्थतन्त्र, वस्तु निर्यातकर्ता मुलुक र युरोपियन क्षेत्रलाई बढी प्रभाव पार्नेछ । अर्थशास्त्रीहरूको विश्लेषणमा विश्व अर्थतन्त्र सन् २०२१ मा भने क्रमशः सुधारोन्मुख हुनेछ । तर, यस्तो सुधारको स्वरूप र मात्रा भने महामारीले कहाँसम्म, कहिलेसम्म, कतिसम्म र कस्तो प्रभाव पार्छ ? त्यसको नियन्त्रणका लागि लिइएका नीति कति प्रभावकारी र उपलब्धिमूलक हुन्छन् भन्नेमा भर पर्छ । नेपालमा आर्थिक प्रभाव कोरोना महासङ्कटबाट सिङ्गो विश्व नै आक्रान्त भइरहेको बेला हाम्रो देशसमेत त्यसको प्रभावबाट अक्षुतो हुन सकेन । यसकाे प्रभाव र मानवीय क्षती न्यूनीकरण गर्न देश अहिले(बन्दाबन्दी) लकडाउनको अवस्थामा छ । यसले आमनागरिकको आर्थिक सामाजिक, मनोबैज्ञानिक असर त पुगेकै छ त्योभन्दा ज्यादा असर अर्थतन्त्र हुने देखिएको छ।हाम्रो जस्तो अल्पविकसित मुलुक विकासको गति समाउँदै गरेको अवस्थामा ब्रेक लागेको छ । सरकारले प्रक्षेपण गरेको आर्थिक बुद्धिदर ८.५ अब कागजमै सीमित हुने यहि अवस्थामा कोरोना रोकथाम हुन सके मात्र ३ प्रतिशत आर्थिक वृद्धि हुने कुरा जानकार बताउँछ । उद्याेग, व्यवसाय, उत्पादन, रोजगार, निर्माण, पर्यटन, सेवा पुरै ठप्प अवस्थामा छन्, कुल ग्राह्रस्थ उत्पादनमा योगदान गर्ने कृषि, पर्यटन, रेमिट्यान्स प्रभावित हुँदा आर्थिक वृद्धिदर न्यून हुने देखिन्छ । रेमिट्यान्स प्रभावका कारण हुने आर्थिक चलखेल शुन्य प्रायः हुँदा त्यो सँग जोडिएका सेवाका क्षेत्र प्रभावित छन् भने अर्कोतिर वैदेशिक रोजगारी कटौतीले गर्दा युवाहरुको नेपाल आउने संख्या वृद्धि हुन जाने स्थिति छ जसले गर्दा नेपालमा रोजगारी तत्काल उपलब्ध नहुँदा सामाजिक बिचलन हुने खतरापूर्ण स्थिति छ । निर्माण काम प्रायः ठप्प हुँदा लागत बढने चिन्ता छ । समयमै आयोजना नसिद्धिने अवस्था आएको छ । पर्यटन व्यवसाय संकुचित हुँदा प्रत्यक्ष, अप्रत्यक्ष १० लाख रोजगारी गुम्ने खतरा आएको छ, अर्कोतिर बैंक वित्तीय संस्थाको लगानी रहेको पर्यटन क्षेत्र बन्द हुँदा बैंकिङ्ग समस्या देखापर्ने स्थिति सिर्जना भएको छ । कृषि लागि आवश्यक मल, बीउ बिजन औजार व्यवस्थापन गर्न असहजता आउँदा पुरानो कृषि प्रणालीले काम नगर्दा कृषिले योगदान गरेको आर्थिक वृद्धिदर घट्ने सकेत देखिएको छ । निजी क्षेत्र निराश हुने अवस्था आएको छ । यो बेला सरकारले जुन प्रकारको आर्थिक क्षति न्यूनीकरण गर्न सुरक्षात्मक पहलकदमी लिनुपर्ने हो त्यसको बिल्कुल अभाव भइरहेको छ । लकडाउनको घोषणा त गरिएको छ, सिङ्गै आपूर्ति व्यवस्था लथालिङ्ग र भताभुङ्ग छ । विकसित मुलुकहरूको जस्तो घरघरमा आपूर्ति व्यवस्था गर्ने ल्याकतमा त सरकार छैन नै, न्यूनतम् आपूर्तिलाई समेत सहज गर्न सकिरहेको छैन । महँगी व्यापक बढिरहेको छ । यही बेला व्यापारीहरूले हरवस्तु लुकाएर कृत्रिम अभाव उत्पन्न गरिरहेका छन् । लकडाउनको घोषणा त गरिएको छ, सिङ्गै आपूर्ति व्यवस्था लथालिङ्ग र भताभुङ्ग छ । विकसित मुलुकहरूको जस्तो घरघरमा आपूर्ति व्यवस्था गर्ने ल्याकतमा त सरकार छैन नै, न्यूनतम् आपूर्तिलाई समेत सहज गर्न सकिरहेको छैन । महँगी व्यापक बढिरहेको छ । यही बेला व्यापारीहरूले हरवस्तु लुकाएर कृत्रिम अभाव उत्पन्न गरिरहेका छन् । विदेशबाट आउने रेमिट्यान्सले चलेको अर्थतन्त्र अब कसरी टिक्छ त ? राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता तमाम जनताले त महसुस गर्ने नै छन्, बरु हाम्रा बौद्धिक मित्रहरू र राजनेताहरूले भने गर्ने हुन् वा होइन त्यो चाहिँ हेर्न बाँकी नै छ । तर पनि यस्तै चुनौती सामाना गर्दै उच्च मनोबल साथ अवसर बदल्ने समय आएको छ । विश्व सामु यसकाे चुनौती कोरोना प्रभावको कारण संसारभरका आम मानिसहरूको जीवनचर्या नै जबर्जस्ती फेरिएको छ । कोरोनाको प्रभाव रोक्न विविध रक्षात्मक उपायहरू लगाइए पनि कोरोनाको भयानक फैलावट निरन्तर जारी छ । मानिसले मानिसमाथि युद्ध गर्न निर्मित महाशक्तिशाली आणविक अस्त्रहरू यतिबेला कोरोनाविरुद्ध निष्काम भएका छन् । हालसम्म मेडिकल साइन्स समेत यो भाइरस रोकथाम लागि भ्याक्सिन पत्ता लगाउन सकेको छैन । प्राविधिक चमत्कारको प्रयोगले निकै ठूलो उचाइमा पुगेको मानव जीवन उसको श्रेष्ठतामाथि नराम्ररी धक्का लागेको छ । सिङ्गो मानव जातिका रोग निवारणका लागि प्रयोग लागि गरिएको प्रबिधियुत्त विकासले आज काम गरेको छैन, विज्ञानलाई समेत चुनौती दिएको छ । ‘बन्दाबन्दी अर्थात् आफूले आँफैलाई गरिएको तालाबन्दीको तरिकाले मानिसहरू कोरोनाविरुद्ध प्रतिरक्षाको युद्ध लडिरहेका छन् । यो लकडाउन कति दिनसम्म टिकाउन हो, यसकाे प्रभाव कति जेल रहने हो निक्र्योल हुन सकेको छैन । अर्कोतिर आर्थिक, सामाजिक, मनोवैज्ञानिक कस्तो भयावह स्थिति आउने हो आकलन गर्न सकिएको छैन । यस्तो चुनौतीपूर्ण अवस्था कसरी पार लगाउने हो, पर्ख र हेर सिवाय तत्काल अचुक औषधि छैन । मानव जातीमा भविष्यकाे चुनौती मानवजातिको उत्पत्तिपूर्वदेखि नै प्राणीजगतका विरुद्ध यसखाले महाविनाशका घटनाहरू बेलाबखत हुँदै आइरहेका देखिन्छन् । कुनै बेला त्यो अतिवृष्टि, अनावृष्टि, महाहिमपात, महाभूकम्प, सुनामी तथा बेलाबखतमा प्रकट हुने ज्यानमारा भाइरस र ब्याक्टेरियाहरूको महामारी बनेर प्रकट हुने गरेका तथ्यहरू आजको मानवका लागि अनौठा घटना भने होइनन् । यो तमाम कुराको जानकारी हुँदाहुँदै पनि वर्तमान विश्वका लागि चुनौतीपूर्ण कुरा के हो भने आफूलाई प्रविधि र चेतनाका दृष्टिले सर्वोच्च प्राणी ठान्ने मानवजाति र त्यसको पनि ठूलो ठेक्का लिएका महाशक्तिहरू कोरोना समक्ष अति कमजोर र निरीह बनेका छन् । उनीहरूको घमण्ड चुरचुर भएको छ । यो निरीहताले उनीहरूको चिन्तन दृष्टि र शासन प्रणालीको समेत ठिटलाग्दो र उदेकलाग्दो अवस्थालाई उर्जागर गरिदिएको छ । कोरोना आक्रमणले विश्वभरिकै अर्थतन्त्र तहसनहस हुने स्थितिमा छ । संसारभरको राजनीतिले यतिबेला जाम खाएको छ । सैनिक प्रभुत्वहरू तेजोबध भएका छन् । आखिर प्रकृतिसामू मानवीय क्रियाकलाप अझ भनौं अनावश्यक चुरीफुरी लाखको एक अंश पनि होइन भन्ने प्रमाणित भयो । यो महासङ्कटको बेला कुनै पनि व्यक्ति वा राष्ट्रले अरूमाथि दोष थोपरेर आफू उन्मुक्त हुने प्रयास आकाशतिर मुख फर्काएर थुक्नुजस्तै हो, बरु यो महासङ्कटले मानवजातिलाई आगामी दिनमा हुनसक्ने यस्तै अरू सङ्कटसँग जुध्न ठूलो शिक्षा प्रदान गरेको छ । अहिले अवस्थासम्म आउँदा देखिएका असरले आगामी दिन अझै चुनौतीपूर्ण देखिन्छ, तर आत्मबलका साथ यो कुरालाई गम्भीरताका साथ आत्मसात गर्दै कोरोनाविरुद्धको युद्धमा आफूलाई होम्नु प्रत्येक राष्ट्र र हरेक मानवको कर्तव्य हो । वातावरण र जीवन जगतमा प्रार्ने प्रभाव बढ्दो जनसंख्या वृद्धि र प्रविधिको उच्चतम प्रयोग कारण जलवायु परिवर्तनले पृथ्वीको तापमानमा निरन्तर भइरहेको फेरबदलले यसको वातावरण र भौगोलिक संरचनामा समेत केही लाख र हजार वर्षहरूमा ठूला उथलपुथलहरू आउने तथ्यांक हेर्दै आएको हो । ती उथलपुथलहरू प्राणीजगत्का लागि प्राकृतिक प्रकोप तथा जैविक र वातावरणीय चुनौतीका रूपमा समेत व्यक्त हुने गर्दछन् । त्यसलाई झेल्दै आउने क्रममा आजका समस्त प्राणीहरू र त्यसको सर्वोच्च प्रतिनिधि मानवको अस्तित्व कायम रहेको हो । मानिसले प्रकृतिको यो आन्तरिक संरचनामा हुने फेरबदल र त्यसबाट पैदा हुनसक्ने दुर्घटनाहरूलाई रोक्न कदापि सक्दैन, बरु आजको मानवका लागि सम्भव र आवश्यक कुरा भनेको त्यसखाले महासङ्कटको पूर्वानुमान गर्दै त्यसको प्रतिरक्षाको शक्तिशाली तयारी गर्नु हो । विडम्बना, आजको मानव यो जिम्मेवारीभन्दा निकै टाढा छ, बरु उल्टो मानव-क्रियाकलापकै कारण पृथ्वीको तापमानमा अनपेक्षित वृद्धि हुनुले वातावरणीय र जैविक प्रतिकूलताहरू झन् बढिरहेको विज्ञहरूले बेलाबखत बताउँदै आएका छन् । चेतावनी दिइरहेका छन् । विज्ञहरूबाट पर्यावरणीय चुनौतीको जोखिमबारे सचेत गराउँदा गराउँदै पनि सबैजसो राष्ट्रहरूले यसलाई कम आँकिरहेका छन् वा बेवास्ता गरिरहेका छन् । आजको कोरोना मात्र होइन, केही समयअघि देखापरेका इबोला, स्वाइन फ्लु, सार्सजस्ता भाइरस र ब्याक्टेरियाहरूको उत्पत्ति यही पर्यावरणीय चुनौतीकै एउटा परिणाम हो भन्नेमा कुनै बिमति हुँदैन । मानवजातिले यसबारे अझै नसोच्ने हो र पर्यावरणको विनाश गर्दै जाने हो भने भविष्यमा योभन्दा दसौ र सयौँ गुणा ठूला सङ्कट झेल्नुपर्नेमा कुनै शङ्का छैन । यसर्थ पर्यावरणको रक्षा नै मानव अस्तित्व हो भन्ने कुरा बेलैमा सबैले सोचौँ र कदम उठाऔँ । वातावरण र पर्यावरणको सुरक्षा नै कोरोनाजस्ता महासङकटबाट बच्ने उपाय हुन् । मानवजातिले यसबारे अझै नसोच्ने हो र पर्यावरणको विनाश गर्दै जाने हो भने भविष्यमा योभन्दा दसौ र सयौँ गुणा ठूला सङ्कट झेल्नुपर्नेमा कुनै शङ्का छैन । यसर्थ पर्यावरणको रक्षा नै मानव अस्तित्व हो भन्ने कुरा बेलैमा सबैले सोचौँ र कदम उठाऔँ । वातावरण र पर्यावरणको सुरक्षा नै कोरोनाजस्ता महासङकटबाट बच्ने उपाय हुन् । मानव सभ्यता जबजब मानवजाति विकसित हुँदै अघि बढ्यो मानवीय मूल्यमाथि चुनौतीहरू त्यत्तिकै बढ्दै गएका तथ्यहरू सबैका सामु छर्लङ्ग छन् । हुनत आजको मानव हिजोको झैँ फलामका साङ्लाहरूले बाँधिएको प्रत्यक्ष दास त छैन तर जुन प्रकारको उत्पादनप्रणाली आज संसारमा व्याप्त छ यसले मानवीय मूल्यलाई निरन्तर क्षयीकरणतिर धकेलिरहेको छ । मानिसको निकै ठूलो सङ्ख्या निश्चित पहुँचवाला व्यक्ति र समूहको अप्रत्यक्ष दास बनिरहेको छ । जुन व्यक्ति र समूहसँग उत्पादनका साधनहरूमाथिको ठूलो पहुँच कायम छ उनीहरू स्वतन्त्र र निर्भिक छन् । उत्पादनका साधनहरूबाट वञ्चित निकै ठूलो सङ्ख्या भने अभाव र अपमानबाट पैदा हुने विकार र सन्त्रासको ‘स्वतन्त्रता’ झेलिरहेको छ । आजको मानवीय मूल्य व्यक्ति-सर्वोच्चताको पुँजीवादी सिद्धान्तमा चलिरहेको छ । सक्नेले बाँच्ने, नसक्ने मर्ने यही सिद्धान्तले संसारमा राज गरिरहेको छ । यो सिद्धान्तको केन्द्रस्थलमा रहेको छ-निजत्व । आफ्ना सम्पूर्ण भौतिक र बौद्धिक सम्पत्तिलाई अँठ्याएर राख्नु र तिनको रक्षाका लागि अरूको सम्पत्ति हडप गर्नु, त्यसका लागि जुनकुनै मूल्य चुकाउन तयार हुनु र उस्तै परे विश्वयुद्धसमेत थोपर्नु यो सिद्धान्तको अनिवार्य विशेषता हो । संसारमा ठूला राष्ट्रहरूले साना राष्ट्रहरूलाई निषेध गर्नु र समाजमा हुनेखानेहरूले गरिब श्रमजीवीहरूलाई निचोर्नु त्यसकै परिणाम हो । यो मानवीय मूल्य समग्र मानवजातिको उन्मुक्त भविष्यका लागि विनाशक सावित भइरहेको छ । संसारभरका मानिसहरू कोरोना महासङ्कटमाथि विजय प्राप्त गर्न एक ढिक्का भएर लड्नुपर्ने आजको आवश्यकता त हुँदै हो भोलिको आवश्यकतालाई समेत ध्यानमा राखेर उच्च मानवीय एकता कायम राख्न जरुरी छ । तर त्यो एकताको मुख्य बाधक तत्व त्यही ‘व्यक्ति सर्वोच्चता’ को भाइरस रहेको छ, जसकाे प्रभाव स्वरुप मानव सभ्यता पहिचान नरहने होकि भन्ने चिन्ता पनि देखिन्छ । त्यसले समग्र मानव एकतालाई भताभुङ्ग पारिरहेको छ । देश-देशका बीच, जाति-जातिका बीच, क्षेत्र-क्षेत्रका बीच, धर्म-सम्प्रदाय र लिङ्गका बीचको एकता र सहअस्तित्वलाई ध्वस्त बनाइरहेको छ । आदिम दासत्वको नकारात्मक विरासतका रूपमा बाँचिरहेको आधुनिक दासत्वको यो मूल्य प्रणालीलाई ध्वस्त पारेर नयाँ मानवीय मूल्यको विकास कोरोना महासङ्कटको शिक्षा हो । विश्वलाई दिएको सन्देश जसरी आजको मानवीय मूल्यको नेतृत्वदायी स्थानमा व्यक्ति सर्वोच्चताको सिद्धान्त कायम रहेको छ ठीक त्यसैगरी आजको दुनियाँको राजनीतिक प्रणाली निजी पुँजी थुपार्ने होडबाजीमा केन्द्रित रहेको छ । आजको राजनीतिक प्रणालीले पुँजीवादी मुनाफाको अर्थनीतिलाई बलियोसँग समातेको छ । प्रत्येक वस्तुलाई ‘माल’ मा परिणत गर्नु र हरसङ्कटमा नाफाको व्यापार गर्नु उसको नीतिशास्त्र हो । आज एकातिर कोरोनाको आक्रमणले दैनिक हजारौं मानिसको ज्यान गइरहेको छ भने अर्कोतिर पुँजीवादी व्यापारीहरू सत्ता-राजनीतिको आडमा ठूलाठूला कमिसनको योजना बुनिरहेका छन् । बजारमा सामान्यभन्दा सामान्य वस्तु मास्क र हातमा लगाउने पन्जाको समेत अभाव छ । यही बेला औषधीमुलोको अभाव उत्पन्न गराइएको छ । दैनिक उपभोगका वस्तुहरूको निरन्तर अभाव बढिरहेको छ । उता यही मौकामा निकै नाफा कमाउने उद्देश्यका साथ गुणस्तरहीन सामानको उत्पादन र बिक्री वितरण भइरहेको छ । बजारमा बढिरहेको कृत्रिम अभाव, मूल्यवृद्धि र अराजकता त्यसकै परिणामहरू हुन् । भनिन्छ- जनताका हकहित र अधिकारको रक्षा राजनीतिक प्रणालीको आधारभूत दायित्व हो तर दुनियाँमा व्याप्त पुँजीवादी राजनीतिक प्रणालीले जनताको हकहित र अधिकारलाई व्यापारको वस्तु बनाइरहेको छ । बाहिर सडकमा जनहित र अधिकारको चर्को नारा लगाइन्छ तर अन्तर्यमा भने मुनाफा आर्जनको घटिया व्यवहार रहेको हुन्छ । कोरोना भाइरसका विरुद्ध पत्तो लाग्ने एन्टीभाइरस पनि प्रतिव्यक्ति हजारौँ डलरका दरले व्यापार हुनसक्ने सम्भावनालाई नकार गर्न सकिँदैन । आजको पुँजीवादी राजनीतिक प्रणालीले बाँच्ने अवसर पनि बलिया राष्ट्र र सम्पन्न व्यक्तिहरूलाई मात्र प्रदान गरेको छ । हुनत यतिबेलासम्म बलिया मात्र होइन, अति महाशक्ति राष्ट्रहरूसमेत कोरोनाको उच्च जोखिममा रहेका छन् । त्यहाँ हजारौँ जनताको मृत्यु भइसकेका समाचारहरू प्रसारण भइरहेका छन् तर यत्रो क्षति हुँदाहुँदै पनि कोरोना भाइरसका विरुद्ध प्रयोग गर्न उत्पादन हुनसक्ने एन्टीभाइरस वा कुनै पनि औषधी उनीहरूले नै पत्तो लगाउनेछन् किनकि उनीहरूसँग उच्च प्रविधि र संसारभरका मानिसहरूको पसिना चुसेर थुपारिएको पुँजीको अथाह केन्द्रीकरण रहेको छ । कमजोर मुलुकहरूमा यसखाले पुँजीवादी अझ त दलाल पुँजीवादी राजनीतिक प्रणाली रहँदासम्म आमजनतामाथि पर्ने दर्जनौँ र सयौँ सङ्कटहरू कैयौँ ठूलो सङ्ख्यामा जीवनको बलिदानीबाट मात्र भुक्तानी हुने सर्वविदितै छ तर यिनै कमजोर भनिने देशका प्रधानमन्त्री र मन्त्रीहरू भने कुनै रोगको जोखिममा पर्दा उनीहरू राज्यको लाखौँ ढुकुटी रित्याएर बाँच्न सक्छन् । तर त्योभन्दा कम जोखिमका रोगहरूबाट पीडित उनीहरूकै देशका लाखौँ जनता मरिरहँदा राज्य बेखबर रहन्छ । यसप्रकारको असमान व्यवहार प्रदान गर्ने राजनीतिक प्रणालीको अन्त्य गरेर सम्पूर्ण जनतालाई समान अवसर प्रदान गर्ने नयाँ राजनीतिक प्रणालीको रचना गर्नु कोरोना महासङ्कट दिएको सन्देश हो। कोरोनाबाट बच्ने उपायहरु कोरोना प्रभावबाट बच्न दुनियाँभर अवलम्बन गरिएको सबैभन्दा व्यावहारिक विधि भनेको एकान्तबास अर्थात् सेल्फ क्वारेन्टाइन रहन गयो भने प्राथमिक रुपमा स्यानेटाइजर लगाउने, मास्क लगाउने, साबुन पानीले हात धुने जस्ता प्राथमिक उपाय हुन् । एकान्तवास सबैभन्दा राम्रो आत्मरक्षाको रणनीति सावित हुन गएको छ । साना सहर र गाउँको तुलनामा ठूला सहरहरू बढी जोखिमयुक्त सावित भए । यो कुरा ठूला अन्य प्राकृतिक प्रकोपको हकमा पनि त्यत्तिकै लागू हुने यथार्थ हो । प्रकृतिका विरुद्धको युद्धमा मात्र होइन, मानिसहरू स्वयमले लड्नसक्ने आमविनाशकारी आणविक युद्धबाट समेत क्षति कम गर्न साना सहरको बस्तीप्रणाली लागू गर्नु भविष्यको एक अत्यावश्यक सर्त बन्न गएको छ । यद्यपि एक-अर्को सहरबीचको अन्तरसम्बन्धलाई निरन्तरता दिन र सुव्यवस्थित गर्न थप अध्ययन-अनुसन्धान हुनु आवश्यक छ तसर्थ मेडिकल साइन्स भ्याक्सिन पत्ता नलगाउन्जेल अपनाउनु पर्ने सावधानी यी हुन् । संस्कृतिमा पार्ने प्रभाव यस्को प्रभावले बन्दै आएको एकखाले संस्कृतिक आधारस्तभ फेरबदल हुने देखिन्छ ,वास्तवमा कोरोना महासङ्कट प्रकृति र मानवबीचको एक अप्रत्यासित तर एक अपरिहार्य महायुद्ध हो । जस्ले सस्कृतिक आधार भत्काउने देखिन्छ ।मानव अस्तित्वका लागि यो लडाइँमा मानवजातिको विजय अत्यावश्क छ र यो सम्भव पनि छ किनकि संसारभरका वैज्ञानिकहरू यो युद्धको अग्रमोर्चामा डटिरहेका छन् तर यो महासङ्कट केवल प्राकृतिक मात्र होइन । यो मानव सिर्जित प्रकृतिको परिणाम पनि हो भन्नेमा आजको मानवले बोध गर्नैपर्छ । यसको महामारी जसरी विश्वभर व्यापक भइरहेको छ त्यो आजको उत्पादनप्रणाली र राजनीतिक व्यवस्थाको परिणाम पनि हो । आजको विश्वमा व्याप्त सामाजिक मूल्य र राजनीतिक प्रणाली रहँदासम्म मानव जातिले बेहोर्नुपर्ने यसखाले महासङ्कटको कोटा भुक्तानी त्यति सामान्य हुने देखिँदैन । कोरोना महासङ्कटको अति महत्वपूर्ण शिक्षा भनेको नयाँ विश्व, नयाँ राजनीतिक प्रणाली र नयाँ मानव हो । त्यसका लागि पुँजीवादसँगको सम्बन्धविच्छेद तथा साम्यवादको यात्राबाहेक अर्को कुनै पनि विकल्प छैन जुन साम्यवाद वास्तवमा मानव-मानवबीच युद्धको अन्त्य हो र सास्कृतिक आधार स्तम्भ को बचावट पनि हो ! यस्तो संघिन मोडमा पुगेको विश्वलाई पुरानै अवस्थामा ल्याउन अबका दिनमा प्रकृति र मानवबीच सन्तुलन ल्याउन प्रकृति उपर हुने मानवीय क्रियाकलाप रोक्नु पर्ने देखिन्छ । सन्तुलन मिलाउँदै गरिने कार्यले मानव जीवनको अस्तित्व टिकाइ राख्न सकिन्छ, अब पाठ सिक्दै उच्च मनोबलका साथ बाच्नु नै अहिलेको प्रमुख उद्देश्य हो । एकपटक विभिन्न चुनौतीको सामाना गर्दै यो क्षतिलाई अवसरमा बदल्ने जिम्मेवारी मानव जातिमा आएको छ । (लेखक अर्थशास्त्र विद्यार्थी हुन्) [email protected]