विकासन्युज

पूर्व अर्थमन्त्री पाण्डेको प्रस्तावः ५० अर्बको कोष बनाऊँ, त्यसैबाट सबैलाई ऋण दिऊँ

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेले लकडाउनको कारण समस्या परेका नेपालीको जीवनयापन गर्न सरकारले रकम दिनुपर्ने बताएका छन् । सरकारले जारी गरेको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिहरुका लागि एक प्रकारको र थोरै पुँजी पाए स्वरोजगारमुलक व्यवसाय गर्न सक्नेहरुका लागि अर्काे प्रकारको कार्यक्रम ल्याउनु पर्ने उनको सुझाव छ । यसका लागि सरकारले ५० अर्ब रुपैयाँको कोष बनाएर राहत कार्यक्रम अघि बढाउनु पर्ने नेता पाण्डेको धारणा छ । ‘दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरुलाई यो लकडाउनको कारण जीवनयापन गर्ने कठिन भइसकेको छ, त्यस्ता व्यक्तिहरुलाई लकडाउन अवधिभरका लागि राहत रकम दिनुपर्छ, यस्तो रकम पाएपछि उनीहरुले स्थानीय रुपमा पाइने खाद्यान्न किनेर गुजारा गर्छन्, त्यसले गरिब नेपालीको जीवन बाँच्छ भने स्थानीय अर्थतन्त्र चलायमान भएर आर्थिक गतिविधि पनि बाँच्छ,’ पूर्व अर्थमन्त्री पाण्डेले विकासन्युजसँग भने । राहत रकम केन्द्र सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्ने र वडा कार्यालयहरुले आफ्नो क्षेत्रमा रहेका गरिबको विवरण संकलन गरेर बाँढ्नुपर्ने उनको भनाइ छ । बैंकमार्फत राहत नेता पाण्डेले गरिब नेपालीलाई जीवनयापनको लागि दिइने राहत रकम पनि बैंक तथा वित्तीय संस्थामा खाता खोलेर दिनु उपयुक्त हुने बताए । यसरी रकम दिँदा दुरुपयोग नहुने र पीडितले रकम पाउने उनको भनाइ छ । लकडाउनको समयसम्मलाई लक्षित गर्दै प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले राहत रकम दिनुपर्ने प्रस्ताव पाण्डेको छ । लकडाउनपछि ऋण पाण्डेले लकडाउन सकिएपछि ऋण लिन चाहने नेपालीलाई सरकारले ऋण दिने व्यवस्था मिलाउनु पर्ने बताए । लकडाउन अवधिभरको लागि राहत रकम दिने र लकडाउन सकिएपछि जसजसले सरकारसँग ऋण लिन चाहन्छन्, उनीहरुलाई आवश्यकता र औचित्यको आधारमा निश्चित परिमाणसम्मको ऋण दिन सकिने उनको भनाइ छ । ‘लकडाउन अधिवभरको लागि ऋण दिएर हुँदैन, अनुदान नै दिनुपर्छ, लकडाउन सकिएपछि पनि उनीहरुले रोजगारी पाएनन्, आफ्नो भएको सानोतिनो व्यवसाय धरासायी भएको कारणले थप अगाडि बढाउन सकेनन् भने ठूलो समस्या आउँछ, त्यसैकारण व्यवसाय गर्नेहरुलाई एउटा परिमाणमा र खान लाउनै नसक्ने अवस्थामा पुगेकाहरुलाई अर्काे परिमाणमा ऋण रकम दिनुपर्छ, यस्तो रकम व्यवसाय गर्नेले कमाएर तिर्छ, व्यवसाय गर्नै नसक्ने अवस्थाको व्यक्तिहरुले सरकारले प्रदान गर्ने रोजगारीमा काम गरेर तिर्छन्, मान्छे पनि बचाउनु परेको छ, आर्थिक गतिविधि पनि बचाउँनु परेको छ, त्यसैले यो कार्यक्रम आवश्यक देख्छु,’ नेता पाण्डेले भने । ५० अर्बको कोष बनाऊँ कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन अलि खुकुलो हुने वित्तिकै आर्थिक गतिविधिको संचालन गरिहाल्नको लागि तयारी अवस्थामा बस्नुपर्ने उनको भनाइ छ । यसका लागि विदेशबाट फर्केका तथा बेरोजगार युवालाई सरकारले ऋण दिएर घरेलु, साना तथा मझौला उद्यम व्यवसाय गर्न प्रेरित गर्नुपर्ने उनले बताए । ‘विदेशबाट फर्केका व्यक्तिहरुसँग विभिन्न प्रकारको शीप हुन्छ, उनीहरुसँग लगानीयोग्य रकमको अभाव हो, त्यसका लािग उनीहरुलाई के काम गर्ने सोँचमा छौं, प्रस्ताव ल्याऊँ भन्ने, आएको प्रस्ताव अनुसार १५ हजारदेखि १५ लाख रुपैयाँसम्म सरकारले निव्र्याजी ऋण दिनुपर्छ, यसका लागि ५० अर्ब रुपैयाँको कोष बनाउनु पर्छ,’ पाण्डेले भने । यस्तो कोष बनाउनको लागि अहिले संचालनमा रहेको युवा स्वरोजगार कोष र प्रधानमन्त्री कृषि परियोजना खारेज गरेर सोही कोषमा आवद्ध गर्नुपर्ने पनि उनको भनाइ छ । यी दुबै कोषमा रकम छ । सो रकम प्रयोग गर्ने हो भने सरकारले थप धेरै बजेटको व्यवस्था गरिरहनु नपर्ने पनि पाण्डेको भनाइ छ । बैंकलाई सहभागी गराऔं उनले राहत तथा ऋण प्रदान गर्नको लागि बैंकिङ प्रणाली नै प्रयोग गर्नुपर्ने बताए । बैंकमार्फत राहत रकम दिँदा दुरुपयोगको सम्भावना कम हुने र ऋण दिनको लागि बैंकको विकल्प नै नहुने उनको भनाइ छ । ‘शाखा संजाल जस्ता विषय मध्येनजर गर्दै ५ वा ६ वटा बैंक छनोट गरौं, ती बैंकलाई ऋण दिनको लागि कति रकम चाहिने हो त्यो पैसा सरकारले दिऊँ, बैंकको प्रशासनिक खर्च पनि सरकारले दिनुपर्छ, यसरी पैसा दिएपछि ती बैंकले ऋण माग्न आउने नेपालीलाई व्यवसाय गर्न हो भने व्यवसायको प्रकृति हेरेर र जीवनयापन गर्न हो भने सरकारले तोकेको मापदण्डका आधारमा ऋण दिने व्यवस्था मिलाउनु पर्छ,’ नेता पाण्डेले भने । घरेलु, साना तथा मझौला उद्योग प्रतिष्ठान थला परिसकेकोले अर्थतन्त्रको जगका रुपमा रहेका यस्ता उद्योग प्रतिष्ठान बचाउन सरकारले ऋण दिनैपर्ने उनको भनाइ छ । छुट्नै हुँदैन स्थानीय निकाय राहत तथा ऋण वितरणमा स्थानीय तह छुट्नै नहुने उनले बताए । राहत वितरणको लागि तथ्यांक संकलन र राहत वितरणको सबै प्रबन्ध सम्बन्धित स्थानीय निकायको वडा कार्यालयमार्फत गरिनु पर्ने उनको धारणा छ । सम्बन्धित सामग्री सबै नेपालीलाई मासिक ५ हजार ऋण दिऊँ, यसरी जुट्छ पैसा

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ५३

काठमाडौं । थप ९ जना कोरोना भाइरस पुष्टि भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले थप ९ जना कोरोना भाइरस पुष्टि भएको बताएका हुन् । उनकाअनुसार रुपन्देहीका २७ वर्षीय पुरुष र कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ५३ पुगेकाे छ जसमा बिहिबारसम्म ४९ जना िनकाे भएर घर गईसकेका छन् ।

निको भएर फर्किए काठमाडौंका चार जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकाका चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा काठमाडौंका दुई जना र भक्तपुरका दुई जना रहेका छन् । उनीहरुको पछिल्लो दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डिस्चार्ज हुनेमा २३ वर्षीय महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीय महिला र २७ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबै नवौं दिनमा डिस्चार्ज भएका उनले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस निको हुनको संख्या ४९ पुगेको छ ।

भारतीय ह्याकरको निशानामा नेपाली सरकारी वेवसाइट !

काठमाडौं । बेलाबखत विभिन्न ह्याकरहरुले नेपाल सरकार वा अन्य निजी कम्पनीहरुको वेवसाइट ह्याक गरेका समाचारहरु आउने गरेका छन् । ती वेवसाइटहरु कसले ह्याक गरेको भन्ने नखुले पनि साइटहरु भने निरन्तर ह्याक हुँदै आएकमा छन् । तर, अहिले भारतीय ह्याकरहरु खुल्लमखुल्ला नेपाली वेवसाइटहरु ह्याक गर्ने दुस्प्रयासमा लागेका छन् । आज मात्रै भारतीय एक इन्डियन साइबर ट्रुप्स नामको एक समूहले बाँकेको वनस्पति अनुसन्धान केन्द्रको वेवसाइट ह्याक गरेको छ । केही दिन यता नेपाल र भारतबीच सीमा विवाद चलिरहँदा उनीहरु नेपाली वेवसाइटहरु ह्याक गर्ने प्रयास गरिरहेका छन् । साइबर ट्रुप्स नाम गरेको सो समूहले सामाजिक सञ्जालमा लेख्दै बाँकेको वनस्पति अनुसन्धान केन्द्रको वेवसाइट ह्याक गरेको बताएको छ । उसले सामाजिक सञ्जालमा लेखेको छ, नेपाल सरकारको साइट ह्याक गरेका छौं, कारण थाहै होला, हामीले साइट फेरि चल्न दिएका छौं । यो सामान्य चेतावनी मात्र हो, भारतीयसँग गडबड नगर्नुहोस् ।’ भारतीय ह्याकर मात्र होइन, भारतीय मिडियाहरु पनि अहिले नेपालको खुलेआम विरोधमा उत्रेका छन् । हिजो मात्रै भारतका एक टेलिभिजनका कार्यक्रम सञ्चालकले काँग्रसका नेता मिनेन्द्र रिजालसँग चीनियाँ ह्याकरहरुले तपाईहरुको वेवसाइट ह्याक गर्छ, फेरि उनीहरुकै पक्षमा किन जानुहुन्छ भन्ने प्रश्न गरेका थिए । अहिले नेपाल र भारत नेपालबीचको सीमा कारण थप समस्याहरु देखिन थालेका छन् । यही कारणले हुनुपर्छ, भारतीय ह्याकरहरुले अब नेपाली सरकारी साइटहरु पनि ह्याक गर्न थालेका छन् । अहिले पनि ह्याक भएको बाँकेको वनस्पति अनुसन्धान केन्द्रको वेवसाइट खुलेको छैन । साइबर टुप्स नाम गरेको त्यो समूहले अझै पनि नेपाली सरकारी वेवसाइट ह्याक गर्ने चेतावनी दिएको छ । पछिल्लो समयमा नेपालमा वेवसाइट ह्याकिङका घटनाहरु बढ्दै गएका छन् । केन्द्रीय साइवर ब्युरोले पनि एउटा वेवसाइट ह्याक भएको जाकारी आफुसमक्ष आएको बताएको छ । तर, त्यसको बारेमा थप अनुसन्धान भइरहेको व्युरोमा एक अधिकारीले बताए । ‘हामीलाई पनि एउटा वेवसाइट ह्याक भयो भनेर म्यासेज आएको छ, यसको बारेमा हानमी बुझ्दैछौं, त्यसपछि थप कुरा सार्वजनिक गर्छौं,’ ती अधिकारीले भने । लकडाउनको समयमै चैत २६ गते इन्टरनेट सेवाप्रदायक कम्पनी ‘भायनेट’को प्रणालीबाट ह्याकरहरुले ग्राहकको तथ्यांक चोरी गरेका ,थिए । ह्याकरहरुले कमपनीको सिस्टम ह्याक गरी १ लाख ६० हजार प्रयोगकर्ताको सम्पूर्ण विवरण चोरी गर्यो । यस्तै, त्यसको दुई दिन पछि अर्थात चैत २८ गते प्रभु मनी ट्रान्सफरको डाटा ह्याक भएको सूचना पनि सामाजिक सञ्जालमा भाइरल बन्यो । ह्याकरले प्रभुपेका ग्राहकका व्यक्तिगत जानकारी पनि त्यसमा उल्लेख गरेका थिए । अहलिे यस्ता विभिन्न साइवर क्राइम तथा ह्याकिङका घटनाहरु बढिरहेका छन् । यी विभिन्न घटनाहरुले अनलाइन कारोबार गर्ने र वेवसाइटमा गोप्य सूचना राख्न पनि चुनौती थपिएको छ । कोरोना भाइरस (कोभिड–१९)को कारण देशभर भएको लकडाउकै समयमा सिर्जित यी दुई ठूला घटनाले पनि साइवर ह्याकरहरु सलबलाएको प्रष्ट हुन्छ । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार र प्रयोगकर्ताहरु पनि ह्वात्तै बढेका छन् । केन्द्रीय साइवर ब्युरोका अनुसार चालु आर्थिक वर्षको हालसम्म साइवर अपराध सँग सम्बन्धित एक हजार ७ सयभन्दा बढी उजुरी परेका छन् । उपत्यकामा सबैभन्दा बढी साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएका छन् । उनका अनुसार अधिकांश निवेदन सामाजिक सञ्जालका प्रोफाइल ब्लक र फेक आईडी बनाइएका विषयमा छन् । यद्यपि, ब्युरो तहबाट हुन सक्ने घटनामा आश्वयक विश्लेषण र अनुसन्धान भइरहेको उनको भनाइ छ ।

सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई दियो पीपीई

काठमाडौं । सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ । बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा सिमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि निभाउनु भएको भूमिका अतुलनीय रहेको बताए । यस सहयोगले अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने बैंकको विश्वास छ । त्यसैगरी, बुधबार बैंकले महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई र एक हजार थान मास्क हस्तान्तरण गरेकोे थियो । उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका मेयर हरि सिंह बिष्टलाई हस्तान्तरण गरेका हुन् ।

सेनाकाे शव लिन ट्युनिसिया उड्याे श्री एयरलाइन्स 

काठमाडाैं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजे-बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया उडेको छ । नेपाली सेनाका एक अधिकृतिको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु भएपछि उनको शव लिन सो एयरलाइन्सको जहाज आज त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ । एयरलाइन्सको ट्युनिसिया उडान एकतर्फी करिब १३ घण्टाको हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान उडेको सो जहाज ओमानको मस्कट, इजिप्टको कायरो हुँदै साँझ ट्युनिसियाको राजधानी ट्युनसस्थित कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । भोलिपल्ट शुक्रबार उताबाट फर्कंदा मस्कट, कायरो र दुबई हुँदै काठमाडौं अवतरण गर्ने छ । श्रीले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै कम्पनीको जहाजले गत वैशाख १२ गते सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

लकडाउनमा पनि ढल्केबर सबस्टेसनको काम धमाधम हुँदै, असारभित्रै संचालनमा ल्याउने

काठमाडौं। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)का बीचमा पनि धनुषामा निर्माणाधीन ४००/२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरकाबीचमा पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण रुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण भइरहेको हो । आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । मुलुकभित्र पूर्व-पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि निर्माण गएिको ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)प्रविधियुक्त स्वचालित ढल्केबर सबस्टेसन मुलुकभित्रको सबैभन्दा ठूलो र ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सबस्टेसनमा रहने उपकरण जडान एवं परीक्षण र बाँकी रहेका सिभिल संरचनाको निर्माणमा नेपाल, भारत र चीनका प्राविधिक तथा गैह्रप्राविाधिक गरी झण्डै ८० जना जनशक्ति खटिएका छन् । यही असारभित्रमा सबस्टेसनको निर्माणसम्पन्न गरी संचालन (चार्ज) गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘गत पुस/माघमा तराइमा चलेको शीतलहरका कारण उपकरण जडान प्रभावित भयो, त्यसपछि कोरोनाका कारण चिनियाँ इन्जिनियरहरु आउन नसक्दा र नेपालमा लागू गरिएको लकडाउनले निर्माण प्रभावित भयो, अहिले सबै सुरक्षात्मक उपाय अपनाएर काम धमाधम भइरहेको छ, कार्यकारी निर्देशक घिसिङले भने । ‘चीनबाट विमानमार्फत भारतको कलकत्ता ल्याइएका सबस्टेसनका उपकरणहरु दुवै मुलुकमा लागू गरिएको लकडाउनका कारण ल्याउन सकिएको थिएन, सबै निकायसँग समन्वय गरी एक हप्ताअघि उपकरणहरु कलकत्ताबाट आयोजनास्थलमा ल्याइसकिएको छ, अहिले उपकरणहरुको जडान र परीक्षण धमाधम भइरहेको छ ।’ कलकत्ता विमास्थलमा ल्याइएका उपकरणहरु अलपत्र परेपछि लकडाउनमा पनि आवश्यक सुरक्षात्मक उपाय अपनाएर नेपाल ल्याउन ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरेले भारतीय समकक्षीसँग आग्रह गरेका थिए । त्यसपछि ९ वटा ट्रकमार्फत उपकरणहरु आयोजनास्थलमा ल्याइएको थियो । चीनमा उत्पादित उपकरणहरु भएकाले संचालन परीक्षणका लागि चिनियाँ इन्जिनियरहरु लकडाउन सुरुहुनुभन्दा पहिले नै आइसकेका छन् । उपकरणको संचालनमा एक जना भारतीय इन्जिनियर आउनु पर्ने तर लकडाउनका कारण आउन नसक्ने भएपछि रिमोटमार्फत नै काम गर्न सक्ने व्यवस्था मिलाउनका लागि पहल भइरहेको घिसिङले जानकारी दिए । सबस्टेसनमा ३१५एमभीएका तीन वटा गरी ९४५एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहने छन् । जसले करिब नौ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् । ‘सम्भव भएसम्म तीनवटै र नभएमा कम्तिमा पनि दुईवटा पावर ट्रान्सफर्मर असारभित्रमा चार्ज गर्छौ’,कार्यकारी निर्देशक घिसिङले थपे । सबस्टेसन चार्ज भएपछि नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुने छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने पूर्वाधार तयार हुनेछ । २२० केभी गोंगर(दोलखा)-खिम्ती-ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको माथिल्लो तामाकोसीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ । वर्षायाममा बढी भएको खण्डमा ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा संचालनमा छ । ढल्केबरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा संचालन हुने छ । सबस्टेसनमा ३१५एमभीएका तीन वटा गरी ९४५एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहने छन् । जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत असारभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ । सबस्टेसन निर्माण भारतीय भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेका छन् । नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा सबस्टेसन निर्माण भइरहेको हो । प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसेम्बर २०१७मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ । उत्पादित विद्युतको आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरण गरिएको हो ।

अब आधामात्र स्वास्थ्य मन्त्रालयमा कर्मचारी, एकदिन विराएर ड्युटीमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जाेखिमलाई ध्यान दिँदै आधामात्र कर्मचारी कार्यालय उपस्थित हुने व्यवस्था  लागु गरेकाे छ । कोरोनाको जोखिम बढेसँगै सकेसम्म भीडभाड नगरि कम कर्मचारी जम्मा भएर धेरै काम गरौं भन्ने उद्देश्यका साथ मन्त्रालयले उपसचिव तहभन्दा तल्लो स्तरको कर्मचारी एकदिन बिराएर ड्युटीमा उपस्थित हुने नियम लागु गरिएको सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । गत सोमबार इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएसँगै मन्त्रालयले सो निर्णय गरेको हो । धेरै कर्मचारी कार्यालयमा उपस्थित भएसँगै भिडभाड हुने हुँदा कम कर्मचारीलाई मात्रै आउने व्यवस्था मिलाएको सह-प्रवक्ता अधिकारीले जानकारी दिए । कोरोनाको जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले जेठ महिनाका लागि नयाँ कार्यतालिका अनुसार काम शुरु गरेको छ । उक्त कार्यतालिकामा कार्यालयका सबै कर्मचारी दुई समुह छुट्याएर एकदिन विराएर काममा उपस्थित हुने रहेकाे छ र साेहीअनुसार काम हुने सहप्रवक्ता अधिकारीले जानकारी दिए ।