काठमाडौं । थप ९ जना कोरोना भाइरस पुष्टि भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले थप ९ जना कोरोना भाइरस पुष्टि भएको बताएका हुन् ।
उनकाअनुसार रुपन्देहीका २७ वर्षीय पुरुष र कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ५३ पुगेकाे छ जसमा बिहिबारसम्म ४९ जना िनकाे भएर घर गईसकेका छन् ।