२४ घण्टामा छ सय ७१ मा देखियाे कोरोना, अहिलेसम्मकै उच्च
काठमाडाैं । नेपालमा गएकाे २४ घण्टामा ६ सय ७१ मा काेराेना संक्रमण देखिएको छ । याे हालसम्मकै उच्च ह । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ६ सय ७१ जनामा कोराेना भाइरस देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ७ हजार ८ सय ४८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ सय ८६ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २२ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ५५ हजार ५ सय १८ काे पिसिआर विधि र २ लाख ४३ हजारकाे ७५ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ? हाल देशभर १ लाख १६ हजार २ सय १५ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६ सय ४८ जना आईसाेलेसनमा रहेका छन् ।
काठमाडाैं महानगरपालिकाले सपिङ मल, होटल, रेष्टुरेन्ट व्यवसायलाई विशेष सहुलियत दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिमा बसोवास गर्ने नागरिकहरुका लागि विभिन्न प्रकारका कार्यक्रमहरु प्रस्तुत गरेको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीति तथा कार्यक्रम कोरोना भाइरसको नियन्त्रण तथा आर्थिक पुनरुत्थानमा केन्द्रित भएको बताएका छन् । उनले नीति तथा कार्यक्रम मार्फत महानगरवासीहरुका लागि विभिन्न व्यवसायीलाई कर छुटदेखि सहुलियत ऋणसम्मका कार्यक्रमहरु प्रस्तुत गरेका छन् । विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा प्रस्तुत भएको महानगरको नीति तथा कार्यक्रमहरु कोरोना भाइरसले उत्पन्न आर्थिक संकटको पुनरुत्थानका लागि केन्द्रित भएको मेयर शाक्यले बताएका छन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट विभिन्न व्यवसाय परेको असर तथा जोखिमलाई कम गर्नको लागि सहुलियत ऋणको व्यवस्था गरेको बताएका छन् । ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत ब्यापार व्यावसायमा आएको अप्रत्यासीत मन्दीलाई केन्द्रित गर्दै महागरभित्र सञ्चालित सपिङ मल, होटल, रेष्टुरेन्टलाई विशेष सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छु,’ उनले भने । यस्तै,उनले करदातालाई कर छुटको व्यवस्था गरेकाने पनि बताएका छन् । करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिकरुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाइने र उनीहरुलाई केही मात्रामा कर छुटको पनि व्यवस्था गर्न सकिने नीति तथा कार्यक्रमममा उल्लेख छ । प्रमुख शाक्यले अहिले धेरै युवाहरु कोरोनाकै कारण बेरोजगार हुनु परेकोले उनीहरुलाई कृषिमा आकर्षित गराउने उद्धेश्यले कृषकहरुका लागि बीऊ पूँजी सहुलियत ऋणकोरुपमा ब्यबस्था गरिने पनि बताएका छन् । धेरै युवाहरु विदेशबाट पनि स्वेदेश फर्किसकेको अवस्थामा उनीहरुलाई आधुनिक कृषि प्रणालीमा टेवा पुग्ने किसिमले बीऊ पुँजी सहुलियत ऋण उपलब्ध गराउने बताएका हुन् । युवाहरुलाई नयाँ व्यवसायमा प्रोत्साहन गर्नको लागि स्थानीय सीप र उद्यममा लगानी लगाउने वातावरण महानगरले सिर्जना गर्ने उनको भनाई छ ।
सल्यानमा प्रभावकारी बन्दै ‘रेडियो स्कूल’
सल्यान । लकडाउनले विद्यार्थीको पढाइ प्रभावित भइरहेको अवस्थामा सल्यानमा ‘रेडियो स्कूल’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकालाई समेटेर तयार पारिएको कार्यक्रमप्रति विद्यार्थीको चासो बढेको छ । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागी कोठाको प्राबिधिक सहयोग तथा दलित बिकास समाज सल्यान मार्फत सञ्चालित साक्षरता कार्यक्रम उत्पादन तथा प्रशारण भैरहेको छ । कार्यक्रममा सहभागी हुने, आफ्ना रचनाहरु जस्तै कथा, कविता, बालगीत रेडियोबाट सुनाउने र रेडियोबाट गृहकार्य दिईने तथा घरैमा अभिभावकबाट ती गृहकार्यको जाँच हुने भएपछि बालबालिका रेडियो स्कूल कार्यक्रम सुन्दै रमाई रमाई पढ्न थालेका हुन् । शारदा नगरपालिका वडा नं. १३ को सिर्जनशिल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत निरुता घर्तीले रेडियो स्कूलमा सहभागी भएर आफूले रचना गरेका रचनाहरु सबै साथीहरुको माझमा राख्न पाउदा खुसी लागेको बताए । उनले घरमा नै बसेर रेडियोबाट पढ्न पाउदाँ खुसी लागेको बताए । छत्रेश्वरी गाउँपालिका वडा नं. ५ पोखराको कालिका प्राथामिक विद्यालयका प्रधानाध्यापक बालाराम वलीले घरैमा बसेर सिकाइ हाँसिल गर्न रेडियो स्कूल कार्यक्रम फलदायी भएको बताए । हरेक बालबालिकाले कार्यक्रम सुनेर सहभागी हुने गरेको बताउदैँ उनले आफूले पनि नियमित रुपमा कार्यक्रम सुन्दै आएको बताए । रेडियो स्कूल कार्यक्रमलाई बिषयगत रुपमा सञ्चालन गर्न सके अझै राम्रो हुने उनको भनाई छ । रेडियो स्कूलमा दैनिक प्रत्यक्ष आधा दर्जन बालबालिका र अप्रत्यक्ष रुपमा रेडियो सुनेर सहभागी हुने गरेको कार्यक्रम सञ्चालक शिब डाँगीले जानकारी दिए । उनले लकडाउन कारण घरमा बसेका बालबालिकाहरुलाई रचनात्मक र सिर्जनशिल तथा पढ्ने बानीको बिकास गर्न रेडियो स्कूलले सयहयोग गरेको बताए । रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले बालबालिकाहरुलाई घरमा नै बसेर पढ्न मिल्ने बातावरणको सिर्जना गर्न रेडियो स्कूल कार्यक्रम सञ्चालन गरिएको बताए । उनले कार्यक्रममा जिल्लाका बिभिन्न विद्यालयमा कक्षा पाँच सम्म अध्ययनरत करिब १० हजार बालबालिका सहभागी हुने गरेको बताए । रासस
ज्योति लाईफकाे बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुलाई आफ्ना बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो बीमा योजनाको सरल र विस्तृत जानकारीको लागि उक्त भिडियो सार्वजनिक गरको हो । जुन नेपाली जीवन बीमा उद्योगमा नै नौलो प्रयोगको रुपमा पहिलो पटक हो । ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना सम्बन्धी उक्त भिडियोमा यसका विशेषता तथा यसले गर्ने रक्षावरण सम्बन्धी सम्पूर्ण जानकारी समावेश गरिएको छ । नेपालमै सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मका आर्थिक सुरक्षा सहितको योजनाको साथ फरक पहिचान बनाएको यस कम्पनीले गरेको उक्त नयाँ प्रयोगले जनतालाई योजनाका महत्व सम्बन्धी सम्पूर्ण जानकरी प्रष्ट गराउने विश्वास लिएको छ । यस किसिमको भिडियोहरुबाट जनताले योजना खरिद गर्नु अघि नै सम्पूर्ण जानकारी प्राप्त गर्ने हुँदा, उपयुक्त योजना खरिद गर्न मद्दत पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । यसको प्रयोगले आफ्नो कम्पनी र यससँग आवद्ध बजार प्रतिनिधीहरुलाई योजना सम्बन्धी जानकारी दिन सरल र छरितो हुने कुरामा कम्पनीका कार्यकारी प्रमूख प्रकाश विक्रम खत्री विश्वस्त रहेका छन् । साथै, चाँडै नै अरु योजनाहरुको भिडियो सार्वजनिक गर्ने उनले जानकारी गराए । ज्योति सुरक्षित भविष्य जीवन बीमा ज्योति सुरक्षित भविष्य जीवन बीमा Gepostet von Jyoti Life Insurance Company Ltd. am Mittwoch, 17. Juni 2020
पोखरामा महिलाका लागि छुट्टै क्वारेन्टिन
चिप्लेढुङ्गा । पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टिन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो । लामो समयसम्म सञ्चालनमा नरहेको सो अस्पताललाई क्वारेन्टिनको लागि प्रयोगमा ल्याउन खोजिएको हो । सो अस्पतालमा ५० जना राख्न सक्ने क्षमता रहेको छ । वडा नं ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु, महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइरालासहितको टोलीले उक्त अस्पताल निरीक्षण गरेका थिए । क्वारेन्टिन लागि उपयुक्त रहेको निष्कर्षसहित उपप्रमुख गुरुङले २० जनाका लागि श्यया तयार गर्न निर्देशन दिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित २० जना राख्न सकिने गरी आवश्यक व्यवस्था भएको उनले जानकारी दिए । उनले भने, “भारतबाट आठ महिला पोखरा आउँदै हुनुहुन्छ, उहाँहरुलाई राख्नुपर्छ ।” महिलालाई सुरक्षित वातावरण खाँचो औँल्याउँदै उक्त प्रबन्धसहित क्वारेन्टिन बनाइने उनको भनाइ थियो । उनका अनुसार क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत महिला राखिने छ । परिवारसहित आउनेलाई अन्य क्वारेन्टिनमा राख्न सकिने छ भने एक्लाएक्लै आउने महिलालाई छुट्टै राख्ने व्यवस्था गरिएको हो । भारतलगायत अन्य देशबाट आउने महिलालाई नदीपुरमा राखिने छ । रासस
म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्नँ: प्रधानमन्त्री
काठमाडाैं । प्रधामन्त्री केपी शर्मा अोलीले आफु पनि भष्टाचार नगर्ने र गर्न पनि नदिने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बाेल्दै साे कुरा बताएका हुन् । उनले यो समयमा कोरोना भाइरसको निदानमा लाग्नु पर्ने अवस्थामा हिसाव माग्नु उचित नभएको बताएका छन् । यस्तो विषम परिस्थिति स्थानीय जनप्रतिनिधिहरुले उल्लेख्य काम गरेको बताउँदै उनले सबैले उनीहरुको प्रशंसा गर्नुपर्ने उनको भनाई छ । सबैले १० अर्बको खर्च मागिरहेका प्रशंग जोड्दै उनले सबैभन्दा बढी खर्च स्थानीय तहले गरेको बताए । खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’ ‘यस्तो अवस्थामा कसैले भष्टाचार गर्छ देशकको सम्पत्ति दोहन गर्छ भने उसलाई कडाभन्दा कडा कारबाही हुनछ, म स्पष्ट पार्न चाहन्छु,’ उनले भने । यस्तै,उनले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् । स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताए । स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने उनले बताए ।
डा. दिव्यासिंह शाह डिन नियुक्तपछि अनेरास्ववियूले लगायो आइओएममा ताला
काठमाडाैं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मातालबन्दी गरेको छ । क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले डा. दिव्यासिंह शाह बरिष्ठता र कार्याकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा. सिंहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको बताएका छन् । अनेरास्ववियूले बिहिबार एक विज्ञप्ती जारी गर्दै डा सिंहकाे नियुक्ति सच्च्याउन माथग गरेका छन् । उनी बुधबार साँझ आइओएमकाे डीनमा नियुक्त भएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी सिंहलाई प्राध्यापक डाक्टर प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीको सिफारिसअनुसार त्रिविले डिनमा नियुक्त गरेको थियो। उनी सिफारिसमा दुई नम्बरमा परेकी थिइन्।
नेपालमा काेरानाकै कारण २० जनाकाे हाेइन २/३ जनाकाे मात्र मृत्यु भएकाे छ: प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या २० जना नभएकाे बताएका छन् । उनले विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले मात्र नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको तर काेराेनाकै कारण २० जनाकाे मृत्यु नभएकाे बताएका हुन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गरे। उनले तीमध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताए। ‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ, बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो,’ उनले भने। प्रधानमन्त्री ओलीले उपचार विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको जिकिर गरे।