विकासन्युज

क्लिंकर उत्खनन् गर्न नपाएको भन्दै सिमेन्टको मूल्य प्रतिबोरा १ सय ५० रुपैयाँसम्म बढाउने तयारीमा उद्योगी

काठमाडौं । सिमेन्टको मूल्य बढ्ने भएको छ । प्रतिस्पर्धाको कारण विगत २ वर्षदेखि घट्दै आएको सिमेन्टको मूल्य यसवर्ष सरकारले जारी गरेको लकडाउनका कारण क्लिंकरको अभाव भएकोले मूल्य बढ्ने भएको हो । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चुनढुंगाको व्यवस्था समयमै गर्न नसकिएको कारण सिमेन्टको मूल्य बढ्ने उद्योगीले बताए । चुनढुंगाको ढुवानी फागुनदेखि जेठ महिनासम्मा हुने हुने र सोही समयमा सरकारले लकडाउन गरेका कारण समस्या भएको उद्योगीको भनाइ छ । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको थियो । आर्थिक वर्ष २०७५/७६ र चालु आर्थिक वर्ष २०७६/७७ मा सिमेन्टको भाउ लगातार घट्दै आएको थियो । २ वर्षमा गरेर प्रतिबोरा करिब १ सय ५० सय रुपैयाँले घटेको सिमेन्टको मूल्य फेरि बढ्न लागेको हो । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रव थापाले सरकारले लकडाउनमा नै चुनढुंगा उत्खनन गर्न दिए पनि स्थानीय तहहरुसँग समन्वय नहुँदा उत्खनन् हुन नसकेको बताए । नेपालमा चुनढुंगा उत्खनन् हुन नसक्दा भारतबाट ल्याउनु पर्ने र त्यसैकारण सिमेन्टको मूल्य बढ्ने उनको भनाइ छ । ‘संघीय सरकारले अनुमति दिएपनि स्थानीय तहहरुसँग समन्वय नहुँदा लकडाउनको समयमा चुनढुंगा उत्खनन् हुन सकेन, वर्षायाम लाग्नुअघि नै उद्योगसम्म पुर्याउनु पर्ने चुनढुंगा संकलन गर्न पाइएको छैन, भारतबाट चुनढुंगा ल्याएर सिमेन्ट उत्पादन गर्दा महंगो पर्छ, त्यसैले अब उत्पादन हुने सिमेन्टको मूल्य बढ्छ,’ अध्यक्ष थापाले भने । वर्षायाम लागु भएको अब चुनढुंगा उत्खनन् गरेर उद्योगसम्म पुर्याउन सक्ने अवस्था नरहेको उनको भनाइ छ । नेपालमा सञ्चालित ६१ वटा सिमेन्ट उद्योगमध्ये २१ वटा उद्योगले आफैं क्लिङ्कर उत्पादन गर्छन् । तर, खानीबाट चुनढुंगा लगेर उद्योगमा स्टक राख्न नसक्दा अब भारतबाट क्लिङ्कर ल्याउनुपर्ने बाध्यता आइपर्ने भएकाले सिमेन्टको मूल्य प्रतिबोरा ५० देखि १ सय ५० रुपैयाँसम्म महँगो हुने अध्यक्ष थापाको भनाइ छ । हाल नेपालमा सिमेन्टको उत्पादन मूल्य ओपीसी र पीपीसीबीच प्रतिबोरा करिब सय रुपैयाँको फरक छ । उद्योगबाटै खरिद गर्दा एक बोरा पीपीसी सिमेन्टको मूल्य ६ सय २५ रुपैयाँदेखि ६ सय ६० रुपैयाँसम्म पर्छ । ओपीसी सिमेन्टको उद्योगमै पर्ने मूल्य प्रतिबोरा ७ सयदेखि ७ सय ७० रुपैयाँसम्म रहेको थापाले बताए । सिमेन्ट खपत हुने तर समयमै भूक्तानी नपाउने कारणले पनि व्यवसायीहरु समस्यमा पर्ने गरेको उद्योगीहरु बताउछन् । नेपालमा वार्षिक करिब १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको सिमेन्टको बजार छ । अहिले नेपालमा ६१ सिमेन्ट उद्योग सञ्चालित छन् । त्यसमध्ये क्लिङ्कर उद्योग २१ वटा छन् । ग्राइन्डिङ उद्योग ४० वटा छन् । उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता भएपनि ६१ वटा मात्रै संचालनमा छन् । नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट उद्योग स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन् । नेपालमा स्वदेशी र विदेशी गरी ४ख र्ब रूपैयाँ सिमेन्ट उद्योगमा लगानी रहेको अध्यक्ष थापाले बताए ।

शिखर इन्स्योरेन्सको स्थगित हकप्रद सेयर असार १४ गतदेखि बिक्री शुरु

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको स्थगित हकप्रद सेयर असार १४ गतेदेखि बिक्री शुरु हुने भएको छ । कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत अर्थात एक बराबर ०.३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ किता अर्थात ३१ करोड ७१ लाख ९३ हजार २ सय रुपैयाँ बराबरको हकप्रद बिक्री खुल्ला गर्न लागेको हो । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । इन्स्योरेन्सले असार १४ गतेदेखि साउन ४ गतेसम्म सेयर निष्काशन गर्ने छ । जसको लागि फागुन १२ गतेसम्ममा सेयर किनेका सेयरधनीले आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ नाघ्ने छ । यसअघि कम्पनीले चैत १३ गतेदेखि १ बराबर ०.३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चैत ११ गतेदेखि लकडाउन गरेसँगै इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन स्थिगित भएको थियो ।

उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित, एककाे मृत्यु

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ कोरोना संक्रमित थपिएकाे बताए । जसमध्ये काठमाडौंमा २ पुरूष र २ महिला, भक्तपुरमा ३ पुरुष र १ महिला तथा ललितपुरकाे एक जना पुरुषमा संक्रमण देखिएको उनले बताए । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितकाे मृत्यु

नेपालमा थप ४ सय ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्याे

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ३४ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ११ हजार १ सय ६२ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २६ सय ५० रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २५ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ९९ हजार ७ सय ३७ काे पिसिआर विधि र २ लाख ८७ हजारकाे ८ सय ६३ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ७४ हजार २२ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ४ सय ८६ जना आईसाेलेसनमा रहेका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सञ्चालकमा रेग्मी र बैकल्पिक सञ्चालकमा ढकाल नियुक्त

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी नियुक्त भएका छन् । त्यस्तै, बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकाल इन्स्योरेन्सको बैकल्पिक सञ्चालकमा नियुक्त भएका छन् । यसअघि कम्पनीको संस्थापक सेयरधनीहरुको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व रहेको लुम्बिनी विकास बैंकको तर्फबाट गणेश राज रेग्मीले प्रतिनिधित्व गर्दै आएका थिए । उनको सट्टामा इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई बैकल्पिक सञ्चालकमा नियुक्त गरेको हो ।

गोकर्णेश्वरमा रु एक अर्ब ८७ करोडको बजेट

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/२०७८ का लागि रु एक अर्ब ८७ करोडको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरसभाको बुधबार शुरु भएको बैठकमा नगर प्रमुख सन्तोष चालिसेले नीति तथा कार्यक्रम र उपप्रमुख शान्ति नेपालले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम र बजेटमा नगर सभा सदस्यले आफ्ना विचार सहित छलफल गरेपछि पारित हुने कार्यक्रम रहेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानालेलाई जानकारी दिए । नगरपालिकाको नीति तथा कार्यक्रममा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य एवं शिक्षा क्षेत्रका लागि उच्च प्राथमिकता दिने, घरभाडा करमा ५० प्रतिशत छुट, संस्थागत विद्यालयका विद्यार्थीलाई पनि पुस्तक खरिदमा ५० प्रतिशतसम्म छुट दिने लगायत विषय समावेश गरिएको छ । नगरसभाको चौँथो बैठक उद्घाटन समारोहमा काठमाडौँ क्षेत्र नं. ३ का सांसद कृष्ण राईले विकास निर्माणका काममा तीनै तहका सरकारको समन्वयमा काम हुनुपर्नेमा जोड दिए । वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन, महामारीको जटिल परिस्थितिमा अत्यावश्यक सेवाका चीजबीज लगायत जनजीवन सामान्य बनाउने दिशामा स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । रासस

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितकाे मृत्यु

काठमाडौँ। पाटन अस्पतालमा उपचारका क्रममा रहेकाे एक कोरोना संक्रमित मृत्यु भएको छ । चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० बर्षका पुरुषको आज विहान ७ बजे मृत्यु भएको हो । अस्पतालकाे अनुसार उक्त संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। उनलाई नर्भिक अस्पतालमा हुँदा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा राखिएकाे अस्पतालले जनाएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔँ’

काठमाडौं । सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश जानेतर्फ सचेत रहन आग्रह गरे । उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन जोड दिए । जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले काठमाडौँ, धरान, पर्सा, रौतहटमा, डोटी, बाजुरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको उल्लेख गर्दै उनीहरुको उत्साहलाई निराशामा परिणत गर्ने काम कोही कसैले गर्न हुँदैन भने । उनले नागरिकताको विषयमा राष्ट्रियतालाई ध्यानमा राखेर अघि बढ्न जोड दिए । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का चक्रप्रसाद स्नेहीले कोभिड–१९ सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको घटनाको निन्दा गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे । उनले बन्दाबन्दीको समयमा अर्थतन्त्रमा पारेको नकारात्मक असरको आवश्यक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए । सोही पार्टीका डा विमला पौडेलले उद्योगधन्दा पुनस्थानका कार्यक्रम ल्याउन,शिक्षा र सेवा क्षेत्रलाई व्यापारीकरण नगर्न समेत आग्रह गरे । नेपाली काँग्रेसका अनिता देवकोटाले सोती घटना, रुपन्देहीमा बलात्कारपछि हत्या र धनुषा प्रहरी कार्यालयभित्रै भएको मृत्यु प्रकरणमा दलितसँग सम्बन्धित सङ्गठनका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन जाने क्रममा प्रहरीले गरेको धरपटकको निन्दा गरे । उक्त घटनामा सांसदसमेत घाइते भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नदोहा¥याउनसमेत आग्रह गरे । सोही पार्टीका तारादेवी भट्टले कोभिड–१९ रोक्न सरकारको भूमिका बढाउनुपर्ने आवश्यकता औँल्याए । चुरेको दोहन रोक्न गम्भिर कदम चाल्नसमेत उनले सरकरालाई आग्रह गरे । जनता समावादी पार्टीका प्रमिलाकुमारीले नागरिकतासम्बन्धीको विधेयकमा सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने गरी विधेयक आएकोमा आपत्ति जनाए । उनले महिला, यौनिक र अल्पसङ्ख्याक व्यक्तिले समेत समान रुपमा नागरिकता प्रदान गर्नुपर्ने अवस्थामा विभेद गरिनुले सरकाकोे विभेदकारी नीति प्रष्ट भएको जिकिर गरे । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ र सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्वन्ध व्यवस्थापन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराए । अर्को बैठक यही असार १५ गते अपराह्न १ बजे बस्ने छ । रासस