विकासन्युज

शिक्षण अस्पतालमा उपचाररत शिशुमा काेराेना देखियाे

फाइल फाेटाे । काठमाडाैं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत ४५ दिनका शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीका ४५ दिने शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे । शिशुको सावधानीका साथ शल्यक्रिया गरिएको पनि बताइएकाे छ । यसअघि पनि टिचिङ अस्पतालमा उपचाररत बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

राष्ट्रिय बीमा कम्पनीकाे सीईओ नियुक्तीमा विवाद, पब्लिक डाइरेक्टरले दिए राजीनामा, व्यापार पनि घट्यो

काठमाडौं । सरकारी स्वामित्व पनि रहेको राष्ट्रिय बीमा कम्पनीमा सरकारी हस्तक्षेप बढेको छ । कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत  (सीईओ) नियुक्तीमा विवाद भएकाे छ भने  कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डेढ वर्षदेखि सरकारी कर्मचारीले समालेका छन् । यसैबीच कम्पनीमा  सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने पब्लिक डाइरेक्टर पनि हटेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा डेढ वर्षदेखि अर्थमन्त्रालयका वरिष्ठ तथ्यांकशास्त्री डा. डिल्लीराज अर्याल छन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझीलाई पदबाट हटाइएपछि डा. अर्याललाई कम्पनीकै संचालक पदबाट राजीनामा गराएर ‘अर्काे व्यवस्था नभएसम्मको लागि’ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुअघिसम्म डा. अर्याल अर्थमन्त्रालयको प्रतिनिधिका रुपमा कम्पनीको संचालक समिति सदस्य थिए । तत्काल प्रमुख कार्यकारी अधिकृत नभएर कम्पनीको व्यवस्थापकीय कार्यमा समस्या नपरोस भनेर अर्थमन्त्रालयका उपसचिव डा. अर्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । तर, डा. अर्यालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरेको डेढ वर्ष बितिसकेपनि कम्पनीले प्रमुख कार्यकारी अधिकृत ल्याउन सकेको छैन । तत्कालिन प्रमुख कार्यकारी अधिकृत रायमाझी हट्ने वित्तिकै तत्काल नयाँ प्रमुख कार्यकारी अधिकृत ल्याउने गृहकार्य थालिएको कम्पनीको संचालक समिति अध्यक्ष उमेशचन्द्र उपाध्यायले बताएका थिए । कम्पनीको व्यवस्थापकीय जिम्मेवारी वहन गरेर व्यवसायिक सफलता प्राप्त गर्न चुक्दै गएको दबाब परेपछि कम्पनीले गत ७ चैतमा नयाँ प्रमुख कार्यकारी अधिकृतको विज्ञापन प्रकाशित गरेको थियो । तर, कम्पनीले सार्वजनिक गरेको विज्ञापन नियामक निकाय बीमा समितिले तोकेको प्रमुख कार्यकारी अधिकृत हुनको लागि आवश्यक पर्ने योग्यतामा फेरबदल गरेर आएको भन्ने उजुरी परेपछि समितिले सो विज्ञापन नै रोकिदिएको छ । तर, कम्पनीका अध्यक्ष उपाध्याय भने समितिले विज्ञापन नरोकेको दाबी गर्छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रण तथा रोकथामको लागि सरकारले जारी गरेको लकडाउनको अवस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत भर्ना गर्दा गलत सन्देश जाने भन्दै अर्थमन्त्रालय र बीमा समितिले सकारात्मक संकेत नदिएपछि नियामक निकाय र अर्थमन्त्रालयको आशय अनुसार नै विज्ञापन रोकिएको अध्यक्ष उपाध्यायको भनाइ छ । हटे पब्लिक डाइरेक्टर पनि राष्ट्रिय बीमा कम्पनीमा सर्वसाधारणको करिब २० प्रतिशत सेयर छ । कम्पनीको ७ सदस्यीय संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना संचालक समिति सदस्य नियुक्त हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार कम्पनीमा सर्वसाधारण सेयरधनीको तर्फबाट अशोक कुमार उप्रेती संचालक सदस्य थिए । तर, संचालक समितिका गतिविधिप्रति आफूलाई चित्त नबुझेको भन्दै संचालक उप्रेतीले गत फागुनमा नै राजीनामा गरेका थिए । उप्रेतीले गरेको राजीनामा संचालक समितिले अघिल्लो साता मात्रै स्वीकृत गरेको छ । सेयरधनीले मानेनन् विजनेस दिन राष्ट्रिय बीमा कम्पनीले गत माघमा एकै झट्कामा २८ करोड रुपैयाँभन्दा बढीको विजनेस गुमाएको छ । कम्पनीको संस्थापक सेयरधनी रहेको र संचालक समितिमा एक जना संचालक समेत रहदै आएको कर्मचारी संचयकोषले नै राष्ट्रिय बीमा कम्पनीलाई विजनेस दिन अविश्वास गरेको हो । कम्पनी र कोषबीच करिब डेढ वर्ष अगाडि कोषका संचयकर्ताको स्वास्थ्य बीमा कम्पनीले गर्ने भन्ने सम्झौता भएको थियो । सो सम्झौता अहिलेका प्रमुख कार्यकारी अधिकृत डा. अर्याल आउनुअघि नै तत्कालिन प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायामाझीको कार्यकालमा भएको थियो । सम्झौता अनुसार कोषका संचयकर्तालाई साधारण औषधी उपचारको लागि प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म र घातक रोगको उपचारमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म बीमा दाबी भुक्तानी दिने भन्ने थियो । कोषमा आवद्ध ६ लाख संचयकर्ताको बीमा सो कम्पनीमा गरिएको थियो । यसका लागि कोषले कम्पनीलाई २५ करोड रुपैयाँ र मूल्य अभिबृद्धि कर (भ्याट) वापत ३ करोड २५ लाख रुपैयाँ दिने सम्झौता भएको थियो । सम्झौताअनुसार कम्पनीले बीमा दाबी भुक्तानी नगरेपछि कोषले सम्झौता तोडेको हो । खुम्चदै व्यालेन्ससीट पछिल्लो समय कम्पनीको व्यालेन्ससीट खुम्चदै गएको पाइएको छ । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तको तुलनमा चालु आर्थिक वर्षको सोही अवधिमा व्यालेन्ससीटको आकार सानो देखाएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको ९ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बीमा शुल्क (खुद) १७ करोड ४७ लाख ५९ हजार रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ३३ लाख ८८ हजार रुपैयाँ बीमा शुल्क (खुद) संकलन गरेको थियो । गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीले दाबी भुक्तानी पनि कम गरेको छ । गत आर्थिक वर्षको ९ महिनामा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ दाबी भुक्तानी (खुद) गरेकोमा चालु आवको सोही अवधिमा ५ करोड ८ लाख रुपैयाँ मात्रै गरेको छ । कम्पनीको व्यवस्थापन खर्च भने बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १० करोड २० लाख रुपैयाँ व्यवस्थापन खर्च गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १४ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको नाफा पनि घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४० करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३१ करोड ४१ लाख रुपैयाँ मात्रै नाफा गरेको छ । सम्बन्धित सामग्री राष्ट्रिय बीमा कम्पनीले एकै झट्कामा गुमायो २८ करोडको व्यापार, अध्यक्ष भन्छन्ः फेरि आउँछ

मञ्जुश्री फाइनान्सको ऋणपत्र निष्काशनमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । मञ्जुश्री फाइनान्सको ऋणपत्र जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो । फाइनान्सले १०.५ प्रतिशत ब्याज दरमा ८ वर्षे अवधिको सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो । चुक्ता पुँजी ८१ करोड ८१ लाख रुपैयाँ र १९ करोड ७२ लाख रुपैयाँ संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पुँजीबाट संस्थाको थप व्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको छ । २०७६ चैतसम्म यस संस्थाले ८ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन तथा ६ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको मञ्जुश्री फाइनान्सले न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको छ । यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।

उपत्यकामा थपिए १२ जना कोरोना संक्रमित

काठमाडाैं । मंगलबार काठमाडौं उपत्यकामा थप १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १२ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ६ जना पुरुष र ५ महिला, ललितपुरकाे १ पुरुष र भक्तपुरकाे १ महिला रहेकाे गाैतमले बताए ।

नेपालमा थप ३ सय १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५ सय नाघ्याे

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय १६ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १३ हजार ५ सय ६४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ३१ सय ९४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २९ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख २८ हजार ३ सय ४१ काे पिसिआर विधि र २ लाख ९७ हजारकाे ८ सय ७१ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ५३ हजार ७० जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ३ सय ४१ जना आईसाेलेसनमा रहेका छन् ।

प्रचण्डले प्रधानमन्त्री ‌‍ओलीकाे राजिनामा मागेका हुन् ?

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजिनामा मागेका छन् । ओलीले पार्टीभित्रैबाट आफूलाई हटाउने प्रयास भइरहेको मनसायबाट प्रश्न उठाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिल्लीले नभई आफूले मागेको स्पष्ट पारे। भारतीय दूतावास आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको ओलीले दाबी गरेका थिए। तर नेताहरुले भने ओलीले आफूलाई कसलाई हटाउन चाहेका हुन् भन्ने बारेमा प्रमाण सहित स्पष्ट पार्नुपर्ने माग गरेका थिए।

राष्ट्रिय दादुरा-रुबेला खोप अभियान पुनः सुचारु, कुन वडामा कहिले ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा ९ महिना देखि ५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाउन यस राष्ट्रिय अभियानमा सघाउँदै आएको छ । गत वर्ष फागुनमा शुरु गरिएको यो बहुप्रतीक्षित खोप अभियान कोरोनाभाइरसको महामारी तथा लकडाउनले गर्दा पूरा हुन सकेको थिएन । काठमाडौं महानगरपालिकाका खोप केन्द्रमा न्यूनतम ६ फिट दूरी कायम गर्दै तथा अन्य आवश्यक सबै सुरक्षाका मापदण्ड अपनाई असार ११ बाट शुरु भएको छ । यो अभियानमा काठमाडौं महानगरपालिकाभित्र रहेका १ लाखभन्दा बढी बालबालिकालाई दादुरा-रुबेला खोप लगाउने सरकारी लक्ष्य छ । सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात् दादुरा-रुबेला रोगका घटना निकै बढ्दो क्रममा रहेको देखाउँछ । कोरोनाभाइरस महामारीकै बेलामा काठमाडौंलगायत विभिन्न जिल्लाका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । सन् २०२० को पाँचौ महिना मेको मध्यसम्ममा ३२५ भन्दा बढी बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ । सन् २०१९ मा ४३१ बालबालिकामा यो संक्रमण देखिएको थियो । परिवार कल्याण महाशाखाका अनुसार पहिले खोप लगाएका तथा नलगाएका ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई यस अभियानअन्तर्गत अनिवार्य खोप लगाउनुपर्छ । यो अभियान काठमाडौं महानगरका ३२ वडाहरूमा तीन चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणअन्तर्गत असार ११ गतेदेखि १३ गतेसम्म वडा नं.६, ७, ८,९, १०, ३१ र ३२ मा खोप कार्यक्रम सञ्चालन गरिएको छ । दोस्रो चरणमा वडा नं. १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३० मा असार १४ देखि १६ गतेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ । त्यस्तै, तेस्रो चरणमा वडा नं. १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा असार १७ देखि १९ गतेसम्म खोप लगाइनेछ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग गत वर्ष समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । यही समझदारीअन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरूको प्राविधिक सहयोगमा खोप अभियानका लागि सञ्चार तथा जनसचेतना अभिवृद्धि मा सरकारलाई सहयोग पुर्याउँदै आएको छ । यो सहकार्यले बालबालिकाको जीवनरक्षासँगै सन् २०२३ सम्ममा दादुरा-रुबेला निर्मूल गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । एनसेलले सरकारकालाई कोरोनाभाइरससम्बन्धी जनचेतना अभिवृद्धि तथा रोकथाममा पनि सघाउँदै खाएको छ । यसअघि एनसेलले डेङ्गीको बारेमा जनसचेतना अभिवृद्घिका लागि पनि सहयोग गरेको थियो ।

योेगेश भट्टराईको एक्सनः चालु आवको काम १५ दिन भित्र सक्नुपर्ने, कर्मचारी गयल भए कामबाटै हटाइने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो मन्त्रालयका कर्मचारीहरुसँग कडा रुपमा प्रस्तुत भएका छन् । उनी अहिले हरेक हप्ताको एक दिन मन्त्रालय मातहतका हरेक शाखामा गएर निरिक्षण गरिरहेका छन् । आज पनि उनले निरिक्षण गरेका छन् । उनले निरिक्षण गर्दै चालू आर्थिक वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिन भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । यस्तै, उनले सम्पूर्ण कर्मचारीलाई नियमित उपस्थित हुने ब्यवस्था मिलाउन र अनुपस्थित भएका कर्मचारीको पनि अनुपस्थित हुनुको कारण स्पष्ट सँग खुलाउन निर्देशन दिइएको बताइएको छ । बिना कारण अनुपस्थित हुने कर्मचारीलाई कामबाटै हटाउने यो भन्दा अगाडि नै बताइसकेका छन् । उनले आज सरकारले कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नु भनेको निर्णय कार्यान्वयन गराउन र गर्न पनि निर्देशन दिएका छन् ।