विकासन्युज

यी १७ जना: जस्ले प्रधानमन्त्री ओलीको राजिनामा मागे (सूचीसहित)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे १७ जनाले राजिनामा मागेका छन् । मंगलबार भएकाे  नेकपा स्थायी समिति बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन्। बैठकमा बाेल्ने सबैले ‌ओलीकाे राजिनामा मागेका हुन् । बैठकमा बाेल्ने सबैले कुनैले घुमाएर कुनैले सिधै उनकाे राजिनामा मागेकाे बताइएकाे छ । मंगलबार बैठकमा प्रधानमन्त्री निकटका स्थायी समिति सदस्यहरू भने बोलेका थिएनन्। यी हुन् राजिनामा माग्ने व्यक्ति: १.अध्यक्ष- पुष्प कमल दाहाल प्रचण्ड २‍. वरिष्ठ नेता- झलनाथ खनाल ३. वरिष्ठ नेता- माधव नेपाल ४. उपाध्यक्ष- वामदेव गौतम ५. प्रवक्ता- नारायणकाजी श्रेष्ठ स्थायी समिति सदस्यहरू: ६. वेदुराम भुषाल ७. अष्टलक्ष्मी शाक्य ८. मुकुन्द न्यौपाने ९. भीम रावल १०. रघुजी पन्त ११. युवराज ज्ञवाली १२. गणेश शाह १३. सुरेन्द्र पाण्डे १४. जनार्दन शर्मा १५. पम्फा भुषाल १६. गोकर्ण विष्ट १७. भीम आचार्य

काठमाडौंको आकाशमा घुम्ने सलह कागका आहार बने

काठमाडौं । मंगलबार काठमाडाैंङ्काे आकाशमा घुमेका कतिपय सलह किरा कागका आहार बनेका छन् । बादल लागेको आकाशमा एकाएक देखिएका सलह कीराहरु उड्न थालेपछि कागकाे संख्या पनि आकाशमा बढेकाे थियाे । एकाएक आकाशमा बढेका सलह कीरासँगै देखिएका कागहरुका लागि धेरै सलह कीरा आहार बने । भारत हुँदै नेपाल प्रवेश गरेको सलह कीरा मंगलबार काठमाडौं उपत्यकामा प्रवेश गरेको छ। बाराबाट टुक्रिएको सलह कीराको एउटा समूह मकवानपुर हुँदै काठमाडौं उपत्यका प्रवेश जानकारहरुकाे भनाई छ । उपत्यका प्रवेश गरेसँगै नाङ्गढुंगा र नागार्जुन क्षेत्रमा स्थानीयहरुले देखेपछि थाल र शंख बजाएका थिए । भने विभिन्न ठाउँबाट सलह कीरा हेर्ने मानिसकाे संख्या पनि बढेकाे थियाे । उनीहरुले  आ-आफ्नो घरको छतमा गएर थाल र शंख बजाउँदै सलह भगाउने प्रयास गरेका थिए । सलहको समूह भने नागढुंगा हुँदै स्वयम्भू हुँदै एक हूल ललितपुर प्रवेश गरेको छ भने अर्को समूह सिन्धुली हुँदै आइतबार नै सिन्धुली हुँदै काठमाडौं प्रवेश गरिसकेको छ। सलह कीराको हुल काठमाडौं उपत्यका भित्रको जमिनमा बसिनसके पनि कागहरुको आक्रमण पछि केही भुईमा झरेका छन् ।

एफएनसीसीआईको चुनावी रस्साकस्सी सुरु, प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय

काठमाडाैं । आगमी साउन २६ र २७ गते हुने भनिएकाे नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनकाे रस्साकस्सी सुरु भएकाे छ । कोरोना भाइरसको कारणले हालसम्म हुन नसकेकाे महासंघको निर्वाचनकाे पुन: मिति तय गरेसँगै चुनावी माहाेल बढेकाे हाे । पछिल्लो समय लकडाउन मोडालिटी परिर्वतन भएपछि चुनावमा उठ्ने उम्मेदवारहरुले चुनावको तयारीमा लागेका छन् । महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहले चुनावका लागि सम्पर्क कार्यालय पनि खोलेका छन् । प्रधान समुहले ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरेको हाे । महासंघको बरिष्ठ उपाध्यक्षसहितका पदमा किशोर प्रधान र चन्द्र ढकालको आ–आफ्नो समुहको प्यानल नै बनाएर उमेद्वाारी दिने घोषणा नै गरेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गरेका छन् । उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ सहभागी थिए। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। यसपटक शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन्।

सरकारले पेट्रोल र डिजेलको मूल्य बढायाे

काठमाडाैं । सरकारले पेट्रोल र डिजेलकाे मूल्य बढाएकाे छ । आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ र डिजल तथा मट्टितेल २ रुपैयाँले बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ पर्नेछ । भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको  निगमले जानकारी दिएको छ ।  

प्रधानमन्त्रीको राजिनामा मागप्रति गोकुल बाँस्कोटाको आपत्ति, किन भने यस्ताे ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि उनका विश्वासपात्र गोकुल बाँस्कोटाले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले प्रधानमन्त्री ओलीमाथि योजनावद्ध किसिमले हमला भइरहेकेा बताएका छन् । पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले यसलाई बदनाम, आक्रमण र ध्वस्त भनेका छन् । उनले लेखेका छन्, ‘अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ । उनले बाँकी घटनालाई धैर्यपूर्वक हेर्न भनेका छन् ।’ उनले लेखेका छन्, ‘प्रधानमन्त्रीका कमजाेरी हाेलान् तर प्रधानमन्त्रीमाथिका हमलाहरु नियाेजित डिजाईनका स्पष्ट श्रृङ्खला हुन् । बदनाम,आक्रमण र ध्वस्त चरणहरु यीनै हुन्।बाँकी धैर्यतापुर्वक हेराैं।अरुलाई पुर्ने खाल्डाे खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ।’

विदेशबाट फर्कने नेपालीलाई राख्न ललितपुरका दुई वडामा होल्डिङ सेन्टर

ललितपुर । ललितपुर महानगरपालिकाले वडा नं ४ बागडोल र ५ जावलाखेलमा एक–एक गरी दुईवटा होल्डिन सेन्टरको व्यवस्था गरेको छ । विदेशबाट फर्कने नेपालीलाई राख्न महानगरपालिकाले सो योजना अघि बढाएको हो । महानगरपालिकाले यही असार १४ गतेबाट वडा नं ४ बागडोलमा रहेको ज्यापू समाजको बृद्धाश्रममा होल्डिङ सेन्टर राख्ने व्यवस्था गरिसकेको छ । सो भवनको क्षमता ११० श्ययाको भए पनि हाललाई महानगरपालिकाले २६ श्यया मात्र प्रयोगमा ल्याउने व्यवस्था गरेको प्रमुख चिरिबाबु महर्जनले बताए । महानगरपालिकाले यसअघि जावलाखेलको स्टाफ कलेजमा होल्डिङ सेन्टरको व्यवस्था गरिरहेको महर्जनले जानकारी गराए । महानगरपालिकाले गत वैशाख २२ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भवन खेलाडी होस्टेलमा क्वारेन्टिनको व्यवस्था गरिरहेको छ । सो क्वारेन्टिनमा विदेशबाट फर्किएका हाल २३ जनाले सेवा लिइरहेका छन् । पाटन अस्पतालमा कोभिड–१९ को शङ्कामा उपचार गराउन आउनुभएका बिरामीको कुरुवा र आफन्त गरी १६५ जनाले सेवा लिइसक्नुभएको महर्जनले जानकारी गराए । महिलाका लागि क्वारेन्टिन यसैगरी वडा नं २६ सुनाकोठीस्थित पोषण पुनःस्थापना गृहको दुई वटा भवनमा महानगरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । महानगरपालिकाले महिलाका सुरक्षालाई विशेष ध्यानमा राखीे छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको हो । सत्ताइस श्ययाको क्षमता रहेको क्वारेन्टिनमा हाल नौ जना महिलाले सेवा लिइरहेका महर्जनले बताए । “यस क्वारेन्टिनमा रहेका महिलालाई आवश्यक परेमा मनो–सामाजिक परामर्शदाताको समेत व्यवस्था गरेका छाैँ ”, उनले थपे । विभिन्न नगरपालिकाका क्वारेन्टिन महालक्ष्मी नगरपालिकाले वडा नं ५ टीकाथलीमा २०, वडा नं ६ सिद्धिपुरमा २० र वडा नं ७ चाँगाथलीमा १० गरी ५० श्ययाको क्वारेन्टिन व्यवस्था गरिसकेको प्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, “हामीले बाँकी रहेका अन्य सात वडामा १०–१० श्ययाको क्वारेन्टिन तयार गर्दै छाैँ ।” यसैगरी गोदावरी नगरपालिकाले गत जेठ १६ गते हरेक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गर्ने निर्णयानुसार कुनै वडामा १० माथि त कुनै वडामा भर्खरै क्वारेन्टिन व्यवस्थापन गर्ने क्रम अघि बढेको बताएको छ । कोञ्ज्योसोम गाउँपालिकाले कोरोना जोखिमलाई ध्यानमा राखी २० श्ययाको क्वारेन्टिन तयार गरिरहेको अध्यक्ष गोपीलाल सिङ्तानले बताए । महाँकाल गाउँपालिकाले वडा नं २ मानिसले, वडा नं ५ चन्दनपुर र वडा नं ७ गोटीखेल स्वास्थ्यचौकीमा पाँच–पाँच गरी १५ श्ययाको क्वारेन्टिन तयार गरिसकेको अध्यक्ष रामचन्द्र दाहालले बताए । वाग्मती गाउँपालिकाले १० श्ययाको क्वारेन्टिन व्यवस्था गरिरहेको अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनले भने, “आवश्यक परेमा क्वारेन्टिन थप्ने कुरो अघि बढी नै रहेको छ ।”

कृषि विकास बैंक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबीच सम्झौता

काठमाडौं । कृषि विकास बैंक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबिच प्रतिष्ठान परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट संचालन गर्ने सम्झौता भएको छ । आगामी पाँच बर्षका लागी भएको उक्त सम्झौता पत्रमा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका उपकुलपति प्रा.डा बुद्धि बहादुर थापा र बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक करुणचन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् । कृषि विकास बैंकका संचालक हरि प्रसाद पराजुलीको रोहवरमा भएको उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुने बताईएको छ । विलिङ्ग काउन्टर बैकले संचालन गर्ने भएबाट अस्पतालको सो सेवा समेत अझै प्रभाकारी हुने विश्वास अस्पतालले लिएको छ । उक्त समारोहमा प्रतिठानका निर्देशक प्रा. डा. अर्जुन आचार्य, डा नरेन्द्रविक्रम गुरुङ्ग डा. भरत बहादुर खत्री, लेखा प्रमुख निर्मल पौडेल,अधिकृत नारायण आचार्य तथा बैंकको तर्फबाट मुख्य शाखा प्रवन्धक रघुनाथ न्यौपाने, बरिष्ठ शाखा प्रमुख मोति प्रसाद पौडेल र बरिष्ठ शाखा प्रमुख महेश प्रसाद पौडेलको उपस्थिति रहेको थियो ।

मनसुनको पहिलो पन्ध्र दिन: गत वर्षभन्दा बढी मानवीय क्षति

काठमाडौं ।  पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मनसुन सक्रिय भएकै दिन गत जेठ ३१ गते घरमा पहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए । चबन्न घर रहेको बस्तीको बीचमा पहिरो खस्दा तीन घरगोठ बगाएको थियो भने अझै नौ घर उच्च जोखिममा रहेका छन् । असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरियो । त्यहाँ पहिरो खस्दा चार जनाले ज्यान गुमाए भने चारवटा गाडीसमेत पुरिएको थियो । मनसुन सक्रिय भएको पहिलो १५ दिनको अवधिमा पहिरोका कारण मात्रै १८ जनाको दुःखद् निधन भएको छ । अन्य घटना जोड्दा ३१ जनाले ज्यान गुमाइसकेका छन् । गत वर्ष यो अवधिमा १४ जनाको ज्यान गएको थियो । सो अवधिमा गत वर्षको तुलनामा विपद्का घटना केही कम देखिए तर मानवीय क्षति भने निकै बढी हुन पुगेको छ । मनसुन शुरु भएको पहिलो १५ दिनको तथ्याङ्क विष्लेषण गर्दा पछिल्लो १० वर्षमा यो वर्ष विसं २०७० पछिकै सबैभन्दा बढी मानवीय क्षति भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा गत वर्ष १५९ घटना भएकोमा यस वर्ष १४३ घटना भयो । घटना १६ ले कमी आएपनि मानवीय क्षति भने दोब्बर बढी अर्थात गत वर्ष १४ को मृत्यु भएकामा १७ बढेर यस वर्ष ३१ जनाले ज्यान गुमाए । पहिरोबाहेक यो अवधिमा चट्याङबाट १० र सर्पको टोकाइबाट तीन जनाको ज्यान गएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । पछिल्लो १० वर्षको उक्त १५ दिनको तथ्याङ्क विष्लेषण गर्दा विसं २०७० मा सबैभन्दा बढी बाढी, पहिरोका घटना भएको थियो । बाढीका ४९ र पहिरोका २३ घटना भएकोमा त्यस साल बाढीबाट ५२ र पहिरोबाट ३० गरी ८२ जनाले ज्यान गुमाएका थिए । त्यसपछि अहिले नै बढी मानवीय क्षति भएको छ । यस वर्ष मनसुन शुरु भएपछिको १५ दिनमा पहिरोका घटना बढी भयो । मौसमविद्का अनुसार मुलुकमा सामान्यत असार पहिलो साताबाट मनसुन सक्रिय हुन्छ । यसपालि एक हप्ता अघि नै जेठ ३० गतेबाट मनसुन सक्रिय भएको थियो । प्रिमनसुनकै समयमा पर्यात पानी पर्दा अहिले नदीनालाको सतहमाथि आइसकेको छ । उपत्यकालगायत विभिन्न शहरमा थुप्रिएको फोहर नदीले बगाएर लगिसकेको छ । सानो पानी पर्दा नै ठूलो क्षतिको जोखिम छ । मनसुनका बेला बाढी र पहिरोका घटना बढी हुन्छ । प्र्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेल विपद् जोखिम न्यूनीकरण र उद्धारमा समस्या नहोस् भनेर यसपालि बेलैमा व्यवस्थापनको पाटोलाई चुस्त पारिएको बताउँछन् । उनका अनुसार कुन ठाउँमा उद्धार सामग्री कति छन्, कुन क्षेत्रमा कति डोजर, स्काभेटर र लोडर छ, राहत सामग्री र उद्धार सामग्री के के छ । कहाँकहाँ परिचालित गर्नुपर्छ भनेर सबै विवरण सङ्कलन गरी तयारीमा राखिएको छ । प्राधिकरणले विभिन्न निकायसँग मिलेर असरमा आधारित पूर्वसूचना प्रणाली अवलम्बन गरी दैनिक विपद् बुलेटिनसमेत प्रकाशित गरेर समुदायलाई सुसूचित पार्दै आएको छ । यस वर्ष ३० लाख मानिस प्रभावित हुने अनुमानका साथ आवश्यक तयारी गरिएको गृहमन्त्रालयले जनाएको छ । कोभिड–१९ को जोखिमका साथै विपद् पनि शुरु भएकाले तालमेल मिलाएर तयारी गर्नुपर्ने हुँदा आवश्यक व्यवस्थापनमा जुट्न गृहमन्त्री रामबहादुर थापाले मातहतका सबै निकायमा आवश्यक समन्वयका लागि निर्देशन दिइसकेका छन् । गृहमन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ का अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । विपद् जोखिम व्यवस्थापनविज्ञ डा कृष्ण देवकोटा कोभिड–१९ का कारण यसपटक विपद् व्यवस्थापनमा थप जोखिम र जटिलता रहेकाले त्यहीअनुसारको तयारी आवश्यक रहेको सुझाव दिन्छन् । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औषत पानी पर्ने अनुमान गरिसकेको छ । साउनमा थप बढ्नसक्ने अनुमान छ । विभागका अनुसार आगामी तीन दिन सबै प्रदेशमा सामान्य बदली हुने र केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकोे छ । ती क्षेत्रका नदीमा पानीको बहाब बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।