विकासन्युज

अस्ट्रेलियाको प्रतिरक्षा बजेटमा १ सय ९० अर्ब डलर थप गर्ने सरकारको घोषणा

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा १ सय ९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा गरेका छन् । आफ्नो देशको सीमा रक्षाका लागि व्यवस्था गर्न लागिएको थप बजेटबाट लामो दूरीका क्षेप्यास्त्र समेतका अत्याधुनिक हातहतियारको व्यवस्था गरिने उनले बताए । प्रधानमन्त्री मोरिसनले कोरोनाकाल समाप्त भएसँगै विश्व अझ खतरापूर्ण अवस्थामा पुग्ने चेतावनी दिँदै आगामी दिनमा अस्ट्रेलियाको सार्वभौमसत्ता र अखण्डता सुरक्षित एवं सुदृढ गर्न संयुक्तराज्य अमेरिका समेतका परम्परागत मित्रराष्ट्रसंगको सम्बन्धलाई अझ प्रगाढ बनाइने बताए । उनले दोस्रो विश्वयुद्ध पछि अहिलेको जस्तो आर्थिक तथा रणनीतिक अस्थिरता कहिल्यै नदेखिएको पनि बताए । प्रधानमन्त्री मोरिसनले पछिल्ला दिनहरुमा भारत र चीनबीच तथा दक्षिण चीन सागरमा तनाबको अवस्था रहेको बताउँदै भने, “अस्ट्रेलियामा कोरोनाभाइरसको कहर मत्थर भएपनि कोरोनापश्चातको विश्वका लागि हामी तयार हुनुको विकल्प छैन जो निकै गरिब, बढी खतरापूर्ण र अव्यवस्थित हुनेछ ।” उनले एसिया–प्रशान्त क्षेत्रका मुलुकहरुले आफ्ना सैनिकको आधुनिकीकरण गरिरहेकाले पनि अस्ट्रेलियासामु चुनौती छ भने । प्रधानमन्त्री मोरिसनले चीन र संयुक्तराज्य अमेरिकाबीच राजनीतिक, आर्थिक तथा प्रविधिगत सर्वोच्चता कायम गर्न तिब्र प्रतिस्पर्धा भइरहेको कुरा कसैबाट लुकेको छैन भने । अस्ट्रेलियाली सेनाको क्षमता बिस्तार गर्न सरकारले अमेरिकाबाट पानीजहाज–भेदी एजीएम–१५८सी क्षेप्यास्त्र खरिद गर्नेछ । यसअघि १ सय २४ किलोमिटरको दूरीसम्म मार हान्ने क्षमता रहेकामा ३ सय ७० किलोमिटरको दूरीसम्म प्रहार गर्ने क्षमता हुने अस्ट्रेलिया सरकारको भनाई छ । नयाँ क्षेप्यास्त्र प्रविधि एफ–१८ सुपर हर्नेट लडाकू बिमानबाट प्रहार गर्न सकिने छ ।   रासस/एपी

जनरल इन्स्योरेन्स कम्पनीकाे सीईओमा ७ जनाबीच प्रतिस्पर्धा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) नेपालले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ती प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले ‘सीईओ हण्टिङ कमिटि’ बनाएर विभिन्न कम्पनी सम्भावित पात्रहरुसँग अन्तरवार्ता लिने, व्यवसायिक योजना प्रस्तुतिकरण गर्ने कार्य गरिरहेको छ । सञ्चालक दिपेन्द्र अग्रवाल संयोजक रहेको सीईओ हण्टिङ कमिटिमा शशीराज बज्राचार्य र कृष्ण बोहोरा सदस्य रहेका छन् । उनीहरुले विभिन्न कम्पनीको वर्तमान कामु सीईओ, डेपुटी सीईओ, पूर्व सीईओहरुलाई बोलाएर उनीहरुसँग अन्तरवार्ता लिने काम गरिरहेका छन् । यस क्रममा एक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पनि अन्तरवार्ता दिएको स्रोतले बतायो । बीमा समितिको नियम अनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ समय लाग्ने भएकोले अन्तरवार्ता दिएका सीईओले नियुक्ती पक्का भए मात्र अहिलेको कम्पनीबाट राजीनामा दिएर कुलिङ पिरियडमा बाहिरबाटै सहयोग गर्ने बताएका छन् । त्यस्तै, यूनाईटेड इन्स्योरेन्स कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, लुम्बिनी जनलर इन्स्योरेन्स कम्पनीका डेपुटी सीईओ विके श्रेष्ठसँग अन्तवार्ता र प्रस्तुतिकरण लिएका छन् । भट्टराई लामो समयदेखि यूनाईटेडमा कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । कम्पनीले फूल सीईओ जिम्मेवारी नदिएपछि भट्टराईको मन डुलेको हुनसक्छ भने यहि मौकामा जनरल इन्स्योरेन्स कम्पनीले उनलाई ताकेको छ । कम्पनीले दुई जना विके र श्रेष्ठसँग अन्तरवार्ता लिएको छ । एक जना लुम्बिनी इन्स्योरेन्सका डेपुटी सीईओ हुन् भने अर्का चौधरी ग्रुपका महाप्रबन्धक बुद्ध काजी श्रेष्ठ हुन् । उनी यसअघि यूनाईटेड इन्स्योरेन्स कम्पनीमा सञ्चालक थिए । जीआईसीले एभरेष्ट इन्स्योरेन्स कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठसँग पनि अन्तरवार्ता र प्रस्तुतिकरण लिएको छ । श्रेष्ठको नेतृत्वमा एभरेष्ट इन्स्योरेन्सको व्यवसाय निकै चम्किएको थियो । तर प्रवर्द्धक राजेन्द्र खेतानको कम्पनी मायोज चाउचाउमा आगलागी भएपछि सर्बे रिर्पोट आउनुपूर्व भुक्तानी दिएको विवादमा उनी कारवाहीमा परेका थिए । तत्कालिन बीमा समितिका अध्यक्ष फत्तबहादुर केसी र एभरेष्ट इन्स्योेरेन्सका अध्यक्ष राजेन्द्र खेतानको झगडामा केवल कृष्ण श्रेष्ठ चेपुवामा परेको र उनीमाथि बीमा समितिले कारवाही गरेको जानकारहरु बताउँछन् । त्यस्तै, हण्टिङ कमितिले कुमारी बैंकमा मर्ज भएपछि खाली भएका देवः विकास बैंकको पूर्व सञ्चालक लक्ष्मीप्रसाद श्रेष्ठ, राष्ट्रिय बीमा कम्पनीमा बजार विज्ञको रुपमा काम गरेको सुकल्याण पराजुलीसँग अन्तरवार्ता लिएको छ । ‘अरुसँग पनि कुरा भइरहेको छ’ स्रोतले भन्यो–‘हामीसँग अझै एक साताभन्दा बढी समय छ ।’ हण्टिङ कमिटिले गत विहीबारदेखि सम्भावित सीईओहरुसँग अन्तरवार्ता र प्रस्तुतिकरण लिइरहेको छ । कम्पनीले यस कमिटिलाई असार महिनाभरमा नयाँ सीईओ नियुक्तीको लागि उपयुक्त नाम सिफारिस गर्न समय र जिम्मेवारी तोकेको छ । स्रोतका अनुसार कम्पनीको महाप्रबन्धक एसके टमोटको कार्यकाल सकिने केही महिना मात्र बाँकी छ । उमेर हदका कारण उनको निरञ्तरता नहुनेभएपछि नयाँ सीईओ नियुक्ती प्रक्रिया अगाडि बढाइएको एक सञ्चालकले नाम नखोल्ने सर्तमा बताए ।

अस्ट्रेलियाको मेलबोर्नमा फेरी लकडाउनको घोषणा

काठमाडौं । अस्ट्रेलियाको मेलबोर्नमा कोरोना संक्रमित बढेसँगै लकडाउन लागू गर्ने निर्णय गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो लकडाउन बुधवार राती १२ बजे देखि लागू हुनेछ । मेलबोर्नमा लकडा गर्ने निर्णय त्यस्तो समयमा लिइएको छ । अस्ट्रेलियाका अन्य प्रमुख शहरहरू र देशका बाँकी शहरहरूमा भएका अधिकांश प्रतिबन्धहरू नाटकीय रूपमा हटाइएको छ । यो लकडाउन चार हप्ताको लागि लागू भइरहेको छ । यस समयमा, स्कूल वा अफिस जाने, खाने र पिउने र स्वास्थ्यकर्मीहरूको आवागमनमा प्रतिबन्ध लगाइने छैन । यद्यपि सबैलाई सामाजिक दूरीको सावधानी अपनाउनका लागि सुझाव दिइएको छ । मेलबोर्नका लागि सबै उडानहरू पनि रद्द गरिएको छ र जरिमाना अनावश्यक रूपमा सहरमा भटकिएमा पक्राउ गरियो भने जरिवानाको प्रावधान गरिएको छ । सरकारी तथ्यांकका अनुसार अष्ट्रेलियामा हालसम्म ७ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ४ जनाको मृत्यु भइसकेको छ ।

नेप्सेमा उछाल, फेरि लाग्याे सकारात्मक सर्किट

काठमाडौं । नेप्सेमा पुनः दोश्रो पटक सर्किट ब्रेक लागेको छ । कारोबार शुरु भएको ३५ मिनेटमै परिसूचक ५ प्रतिशत बढीले बढेसँगै बजारमा सर्किट ब्रेक लागेको हो । यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित हुने छ । अब १२ बजेर १५ मिनेटमा सेयर काराेबार पुनः सुचारू हुने छ । यसअघि काराेबार शुरू भएकाे १३ मिनेटमै परिसूचक ४ प्रतिशत बढेसँगै पहिलाे सकारात्मक सर्किट लागेकाे  थियाे । २० मिनेटकाे लागि काराेबार स्थगित भइ खुलेकाे बजारमा पुनः सर्किट ब्रेक लागेकाे हाे ।

सुनको मूल्य बढ्ने क्रम जारी, प्रतितोला ९१ हजार ७ सयमा कारोबार

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै गएको छ । मंगलबार सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ९१ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी प्रतितोलामा १५ रुपैयाँ बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजार खुलेको १३ मिनेटमै नेप्सेमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । बुधबार कारोबार खुलेको १३ मिनटेमै नेप्से परिसूचकमा सकारात्मक सर्किट ब्रेक लागेको छ । ११ बजेर १३ मिनेट जाँदा बजार ४ प्रतिशतभन्दा बढीले बढेसँगै नेप्सेमा पहिलाे सर्किट लागेको हो । यससँगै सेयर कारोबार २० मिनेटको लागि स्थगित भएकाे छ । यस अवधिसम्म नेप्से परिसूचक ५०.१८ अंकले उकालो लागेर १३१०.९३ अंकमा पुगेको छ । त्यस्तै, ९६ कम्पनीको १४ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अजोड इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्दै, कहिलेदेखि पाइन्छ भर्न ?

काठमाडौं । अजोड इन्स्योरेन्सले ३० कराेड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले आगामी असार २५ गतेदेखि सो मात्रा अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले गत असार ७ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियाे । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएकाे छ । त्यस्तै, एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएकाे छ र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ६३ वर्षीया छन्त्यालको बुधबार निधन भएको हो। बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङकी छन्त्याल प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिइन्।