विकासन्युज

पछिल्लो २४ घण्टामा करिब २ लाख कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टा यता कोरोना थप १ लाख ९६ हजार जनामा कोरोना मसंक्रमण पुष्टि भएको छ । योसँगै संसारभर कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ९३ हजार ३३ सय १० पुगेको छ । त्यस्तै थप ४ हजार ८ सय ३५ जनाको पछिल्लो २४ घण्टा यता मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको कारणले हाल विश्वमा ५ लाख १८ हजार ४६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कोरोना रोगको उपचार पछि ५९ लाख ३० हजार मानिस घर फर्किएका छन् । विश्वमा कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । हाल २७ लाख ७८ हजार ४ सयभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा १ लाख ३० हजार ७ सय ८९ जनाको मृत्यु भइसकेको छ । छिमेकी राष्ट्र भारतमा पनि संक्रमणले भयाहक स्थिति पैँदा गरेको छ । १७ हजार ८ सय ४८ जना कोरोनाबाट मृत्यु भएको भारतमा संक्रमितको संख्या ६ लाख ५ हजार २ सय २० रहेको छ । हालसम्म कोरोनाको कारण ३० जनाको मृत्यु भएको छ भने १४ हजार ४६ जना कोरोना संक्रमित छन् । त्यस्तै ४ हजार ६ सय ५६ जना उपचार पछि निकाे भएका छन् । (स्राेत: वल्डाेमिटर)

बीमकले समर्पण मूल्य र बीमालेख धितो राखि लिने कर्जामा तोकियो अवधि

काठमाडौ । बीमा समितिले बिमकहरुलाई समर्पण मूल्य र बीमालेख धितो राखी लिने ऋणको समय सीमा ताेकेकाे छ । समितिले बुधबाबर एक परिपत्र मार्फत बीमा कम्पनीले अधिकतम १ आर्थिक वर्षभित्र मात्र बीमालेख व्यक डेट गर्न मिल्ने जनाएको छ । तर एकल बीमाशूल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखहरुमा भने व्याक डेट गर्न नपाइने समितिले जनाएकाे छ । यस्तै, बीमालेख अन्तर्गत  समर्पण मूल्य तथा बीमालेख धितो राखी ऋण प्रदान गर्दा बीमालेख प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने बीमा समितिले जनाएको छ । यस्तै, एकल बीमाशूल्कको भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा भने बीमा प्रारम्भ मिति को १ वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न मिल्ने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले परिपत्र मार्फत जानकारी दिएका हुन् ।

मौद्रिक नीति चुहिएपछि सेयर बजारमा उछाल !

काठमाडौं । तीन महिनादेखि बन्द रहेको बजार खुलेको दोश्रो दिनदेखि सर्किट ब्रेक लाग्दै आएको छ । बजार खुलेको पहिलो दिन गत सोमबार बजार घटेर एक पटक सर्किट ब्रेक लागे पनि पछि बाउन्स व्याक भयो । मंगलबार र बुधबार दुबै दिन भने बजारमा बढी उछाल देखिएपछि तीन पटकसम्म सर्किट ब्रेक लगाएर निर्धारित समय अगावै बन्द गर्नु पर्यो । कोभिड-१९ ले लगानीकर्ताको मनोबलमा असर परेको र आगामी वर्षकाे आर्थिक बजेटले पनि सेयर बजारलाई सम्बोधन नगरेकोले सेयर बजार अत्याधिक घट्छ भन्ने लगानीकर्ताले अनुमान गरेका थिए । तर उनीहरुको अनुमान विपरित बजार बढीरहेको छ । यस्ताे छ बजार बढ्नुकाे कारण बजारमा अधिक तरलता बढेपछि सेयर बजारमा उछाल देखिन थालेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्नुले बजारमा सकारात्मक प्रभाव देखिएको हो । त्यस्तै, कोभिड-१९ ले गर्दा अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ नभएकोले सेयर बजार नै लगानी गर्नको लागि सबैभन्दा उत्तम रहेकोले बजारमा उछाल आएको सेयर विश्लेषकहरु बताउँछन् । त्यसैगरी, अनलाइन सफ्टवेयरले खातामा भएको सेयर मात्रै बेच्न पाउने व्यवस्था रहेको छ । त्यसले बजारमा सेयर बिक्रीको आपूर्ति नआएको र किन्नको लागि अत्याधिक माग बढेको जानकारहरु बताउँछन् । आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति साउनको पहिलो साता आउँदै छ । जसले धितोपत्र बजारलाई सम्बोधन गर्ने अत्याधिक सम्भावना रहेको छ । नेपाल धितोपत्र बोर्डले ६५ प्रतिशत रहेको सेयर धितोमा मार्जिन सीमा ७५ प्रतिशत पुर्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । राष्ट्र बैंकले पनि अबको मौद्रिक नीतिमा बोर्डको आग्रहलाई सम्बोधन गर्ने पक्कापक्की जस्तो भइसकेको बुझिएकाे छ । यसले पनि पुँजीबजारमा सकारात्मक प्रभाव पारेको हुन सक्छ । बुधबारको बजार खुलेको करिब डेढ घण्टामै बन्द भयो । तीन पटक सर्किट ब्रेक लागेको बजारमा करिब ३० मिनेटमात्रै सेयर कारोबार भयो । बजार खुलेको १३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि बजार खुलेको २ मिनेटमै नेप्से ५ प्रतिशतले बढेपछि पुनः सकारात्मक सर्किट ब्रेक लाग्यो र ४० मिनेटको लागि कारोबार बन्द भयो । उक्त समय पश्चात अर्थात १२ बजेर १५ मिनेटमा सेयर कारोबार पुनः सुचारु भएको थियो । तर त्यसपछि १५ मिनेट नबित्दै परिसूचक ६ प्रतिशतले बढेर १२ बजेर २४ मिनेट मै सो दिनको लागि कारोबार बन्द भएको हो । अर्थात बुधबारको बजार अढाई घण्टा अगाडि नै बन्द भएको हो । बुधबारकाे बजारमा अधिकांश कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । सबैभन्दा बढी जीवन बीमा कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, २७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेकाे छ । बुधबारको नेप्से परिसूचक ७२.७७ अंकले बढेर १३३६.५२ अंकमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १५.१० अंक अर्थात ५.५५ प्रतिशतले बढेर २८७.०२ अंकमा पुगेको छ । बजारमा कूल १३५ कम्पनीको ४० करोड ७३ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएको १२ समूहमध्ये होटल समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमाको सूचक ५४८.५३ अंकले उकालो लागेको छ ।  

एनएमबि बैंक र आइएफसीबीच कर्जा सम्झौतामा हस्ताक्षर

काठमाडाैं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) संग पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेकाे छ । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह आइएफसी बाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको हाे । याे सँगै एनएमबि दुई बर्षको अवधिमा बाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो बैंदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ । उक्त समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल के.सी.र क्ष्ँऋ का एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ श्री सन्तोष पाण्डेको बीच हस्ताक्षर सम्पन्न भएको छ । यस वित्तीय समझदारीले कोभिड १९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागी आवश्यक कर्जाको आपुर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेेछ । अमेरिकी डलर २५ मिलियनको यस कर्जाले प्राथमिकताका क्षेत्रहरु विशेष गरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरुको सशक्तिकरणमा सघाउ पु¥याउन सदुपयोग गरिनेछ ।

अछाममा ४५ वर्षिय पुरुषकाे काेराेनाकाे कारण निधन

काठमाडौं । अछाममा ४५ वर्षिय पुरुषकाे काेराेनाकाे कारण निधन भएकाे छ । रामराेशन गाउँपालिका वडा नं ५ का पुरुषकाे असार १४ गते बयालपाटा अस्पतालमा निधन भएकाे स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका हुन्। असार १३ गते उनलाई अचानक श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएकाे उनले बताए । उनी मधुमेहकाे बिरामी रहेका थिए । निधन भएकाे भाेलिपल्ट उनकाे स्वाब संकलन गरेर परीक्षणकाे लागि पठाईएकाे र नतिजा पाेजेटिभ अाएकाे उनले बताए ।

उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित

काठमाडाैं । बुधबार काठमाडौं उपत्यकामा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १२ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ५ जना पुरुष र ५ महिला, ललितपुरकाे २ पुरुष र ३ महिला र भक्तपुरकाे १ पुरुष र महिला रहेकाे गाैतमले बताए ।

नेपालमा थप ४ सय ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्याे

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ८२ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १४ हजार ८६ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ४६ सय ५६ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३० जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ३३ हजार २ सय २७ काे पिसिआर विधि र ३ लाख ६ सय २० जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ४८ हजार ३ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ३ सय ६० जना आईसाेलेसनमा रहेका छन् ।

काठमाडौंमा बन्ने तीन फ्लाई ओभरको निर्माण प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने भनिएका तीन फ्लाई ओभरको निर्माण प्रक्रिया अगाडि बढेको छ । उपत्यकाको अस्तव्यस्त सवारी साधनको चापलाई व्यवस्थापनsf लागि बन्ने भनिएक फ्लाई ओभरको निमार्ण कार्यको प्रक्रिया अगाडि बढेको हो । सरकारले व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न तीन फ्लाई ओभर निर्माण गर्न लागेको हो । विभागले चक्रपथको केटेश्वर–कलंकी खण्डमा पर्ने ग्वार्को, सातदोबाटो र नख्खु चोकमा फ्लाई ओभर बनाउन लागेको हो बताएको छ । सडक विभागका सुचना अधिकारी शिव हरी सापकोटाले तीन स्थानमा फ्लाई ओभर निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि आशयपत्र माग गरिएको बताए । ‘तीन फ्लाई ओभरको निर्माण कार्य गर्नको लागि हामीले आशय पत्र माग गरेका छौं, उतिको छनोट गरेर हामी छिटोभन्दाम छिटो काम अगाडि बढाउने छौं,’ उनले भने । उनका अनुसार ‘फ्लाई ओभर’ निर्माणको डिजाइन तथा सर्वेका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । साउन महिना भित्र परामर्शदाता कम्पनी चयन भई सम्झौता सम्पन्न हुने विभागले बताएको छ । उनले चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर ‘फ्लाई ओभर’ निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए । ‘परामर्शदाता चयनका लागि बोलपत्र आह्वान गरिएकोमा चारवटा नेपाली कम्पनीको प्रस्ताव प्राप्त भएको छ, प्राप्त प्रस्तावमध्ये अहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन भइरहेको छ, प्राविधिक मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका कम्पनीको आर्थिक मूल्यांकन गरी छनोट गरिनेछ,’ उनले भने । भीडभाड र ट्राफिक व्यस्त हुने चोकमा फ्लाई ओभर बनाउन लागिएको उनले बताए । डिजाइन गर्न परामर्शदाता छनोट प्रक्रिया अघि बढाइएकाले अहिले नै फ्लाई ओभर बनाउन कति लागत लाग्छ भन्ने बताउन नसकिने सापकोटा बताउँछन् । डीपीआरमै फ्लाई ओभरको लागत अनुमान थाहा हुने उनले बताए । त्रिपुरेश्वर–थापाथली–माइतीघर सडकखण्डमा बढ्दै गएको सवारी चाप कम गर्न यसअघि नै जापानी सहयोग नियोग (जाइका) ले त्रिपुरेश्वरदेखि माइतीघरसम्म सीधा ‘फ्लाई ओभर’ बनाउने सुझावसहितको प्रतिवेदन सरकारसमक्ष बुझाइसकेको छ । यो ‘फ्लाई ओभर’ निर्माणसँगै त्रिपुरेश्वर, थापाथली र माइतीघरको जाम पूर्ण रूपमा हट्ने सो प्रतिवेदनमा उल्लेख छ । काठमाडौँको ट्राफिक व्यवस्थापनमा सबभन्दा ठूलो समस्याका रूपमा रहेको कोटेश्वर–जडीबुटीमा ‘फ्लाई ओभर’ निर्माणको चर्चा पटक पटक भए पनि काम अगाडि बढ्न सकेको छैन । यो क्षेत्रको जाम हटाउन तथा ट्राफिक व्यवस्थापनबारे जापानी सहयोग नियोग (जाइका)ले यसअघि नै अध्ययन गरी विभिन्न सुझावसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ तर काम अगाडि बढ्न सकेको छैन । आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा समेत चक्रपथका तीन स्थानमा नेपालकै पहिलो ‘फ्लाई ओभर’ निर्माण गरिने भनेर उल्लेख गरिएको छ । फ्लाई ओभर चार लेनको हुनेछ ।