नेप्सेमा उछाल, फेरि लाग्याे सकारात्मक सर्किट

<p>काठमाडौं । नेप्सेमा पुनः दोश्रो पटक सर्किट ब्रेक लागेको छ । कारोबार शुरु भएको ३५ मिनेटमै परिसूचक ५ प्रतिशत बढीले बढेसँगै बजारमा सर्किट ब्रेक लागेको हो । यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित हुने छ । अब १२ बजेर १५ मिनेटमा सेयर काराेबार पुनः सुचारू हुने छ । यसअघि काराेबार शुरू भएकाे १३ मिनेटमै [&hellip;]</p>


काठमाडौं । नेप्सेमा पुनः दोश्रो पटक सर्किट ब्रेक लागेको छ । कारोबार शुरु भएको ३५ मिनेटमै परिसूचक ५ प्रतिशत बढीले बढेसँगै बजारमा सर्किट ब्रेक लागेको हो ।

यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित हुने छ । अब १२ बजेर १५ मिनेटमा सेयर काराेबार पुनः सुचारू हुने छ ।

यसअघि काराेबार शुरू भएकाे १३ मिनेटमै परिसूचक ४ प्रतिशत बढेसँगै पहिलाे सकारात्मक सर्किट लागेकाे  थियाे । २० मिनेटकाे लागि काराेबार स्थगित भइ खुलेकाे बजारमा पुनः सर्किट ब्रेक लागेकाे हाे ।

Share News