विकासन्युज

सरकारका निर्णय: विद्यालय क्षेत्रको विकास गर्न पाैने ३१ करोडको अनुदान स्वीकृत, विदेश जान चाहनेलाई खुल्ला

काठमाडौं । असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । आज सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले असार १५ गते बसेको मन्त्रिरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिएको ३ सय मिलियन डलर अर्थात ३० करोड ८० लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मोरङ नौबीसे प्रशारण लाइन २२० केबी र कुशाहा विराटनगर १३२ केबी प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने पनि निर्णय भएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकले श्रम स्वीकृत सूचारु गर्ने निर्णय गरेको छ । बिदामा स्वदेश फर्केका आएका, भिसा अवधि र करार अवधि बाँकी भएकाहरुलाई श्रम स्वीकृति दिने निर्णय गरेको उनले बताए । त्यसका लागि पीसीआर परीक्षण र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेपछि मात्रै श्रम स्वीकृति दिइने उनले बताए । कोभिड १९ को जोखिम विश्लेषणका आधारमा संकट व्यवस्थापनका आधारमा जिल्लाका सम्पूर्ण भूभाग वा क्षेत्र सिल गराउन सक्ने अधिकार जिल्लालाई दिइने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यस्तै, बैठकले हत्या भइ मृत्यु भएका सर्लाहीका रामजनम रायको परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, परराष्ट्र मन्त्रालयमा २ वटा अस्थायी दरबन्दी, जेनेभाका लागि स्वीकृत गरिएको छ भने भूमि सुधार मन्त्रालयको प्रस्तावमा भूमि सुधार आयोग २०७७ स्वीकृत गरेको छ ।  

विद्यालय क्षेत्र विकासका लागि ३० करोड ८० लाख रुपैयाँ अनुदान स्वीकृत

काठमाडौं । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिएको ३ सय मिलियन डलर अर्थात ३० करोड ८० लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले असार १५ गते बसेको मन्त्रिरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३ सय मिलियन डलर अनुदान स्वीकार गरेको बताएका हुन् । त्यस्तै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मोरङ नौबीसे प्रशारण लाइन २२० केबी र कुशाहा विराटनगर १३२ केबी प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने पनि निर्णय भएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकले श्रम स्वीकृत सूचारु गर्ने निर्णय गरेको छ । बिदामा स्वदेश फर्केका आएका, भिसा अवधि र करार अवधि बाँकी भएकाहरुलाई श्रम स्वीकृति दिने निर्णय गरेको उनले बताए । त्यसका लागि पीसीआर परीक्षण र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेपछि मात्रै श्रम स्वीकृति दिइने उनले बताए ।

टिचिङ अस्पतालमा काेराेनाकाे कारण ४५ दिने शिशुकाे निधन

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुकाे काेराेनाकाे कारण निधन भएकाे छ । उनको बुधबार साँझ मृत्यु भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले बताए । शिशु म्याग्दी जिल्ला धवालगिरी नगरपालिका वडा न‌ं ४ काे रहेकाे बताईएकाे छ । लामाे समयदेखि श्वासप्रश्वासमा समस्या रहेकाे उनलाई असार ९ गते अस्पताल भर्ना गरिएकाे थियाे । उनकाे पहिलने चरणकाे डायलासिस समेत भएकाे गाैतमले जानकारी दिए ।

नेकपा स्थायी कमिटी बैठक दुई दिन सम्मका लागि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । आज केही समयका लागि सुरु भएकाे बैठक २ दिनका लागि स्थगत गरिएकाे हाे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको बताइएकाे छ ।

बेष्ट फाइनान्सको सञ्चालकमा प्रधान र ढकालको कार्यकाल अनुमोदन

काठमाडौं । बेष्ट फाइनान्सको सञ्चालकमा अमिरध्वज प्रधान र दिपक ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको छ । संस्थाको वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक प्रधान र ढकालको बाँकी कार्यकालको नियुक्तीलाई अनुमोदन गरेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । बिहीबार सम्पन्न संस्थाको २३औं वार्षिक साधारण सभाले लेखापरिक्षक नियुक्त गरेको छ । संचालक समितिका अध्यक्ष अमिरध्वज प्रधानको सभापतित्वमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७५/७६ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

काठमाडाैं उपत्यकामा एकैदिन थपिए ३२ जना कोरोना संक्रमित

काठमाडाैं । बिहिबार काठमाडौं उपत्यकामा एकैदिन ३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ११ जना पुरुष र १७ महिला, ललितपुरकाे २ पुरुष  र भक्तपुरकाे २ पुरुष रहेकाे गाैतमले बताए । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

नेपालमा थप ४ सय ७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ५ सय नाघ्याे

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ७३ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १४ हजार ५ सय १९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ५३ सय २० रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३१ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ३३ हजार ७ सय ६४ काे पिसिआर विधि र ३ लाख ६ सय २० जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ३८ हजार १ सय ९ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार १ सय ३७ जना आईसाेलेसनमा रहेका छन् ।

सामुदायिक विद्यालयमा अध्ययन गर्नेलाई साइकल

नवलपरासी । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) स्थित सरावल गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप साइकल प्रदान गरिएको छ । गाउँपालिकाका १० सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब र विपन्न समुदायका ५५ जेहेन्दार छात्रछात्रालाई साइकल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । शिक्षामा छात्रछात्राको पहुँचमा थप सहजता पुर्याउने उद्देश्यले सबै विद्यालयबाट जेहेन्दार विद्यार्थी छनोट गरी साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए । कार्यक्रम अन्तर्गत प्रदेश सरकारले उपलब्ध गराएको विशेष अनुदान कार्यक्रमबाट गाउँपालिकाले साइकल प्रदान गरेको हो । रासस