विकासन्युज

बिहिबार काठमाडाैं उपत्यकामा थपिए १ सय २७ जना कोरोना संक्रमित

काठमाडाैं । काठमाडौं उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १२७ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे १११, ललितपुरकाे ११ र भक्तपुरकाे ५ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ११७८ ललितपुरमा १८३ र भक्तपुरमा ११८ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १५७१ पुगेको छ । आज देशभर ५२५ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

बिहिबार नेपालमा थप ५ सय २५ जनामा काेराेना पुष्टि, ४ जनाकाे मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय २५ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २४ हजार ९ सय ५७ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १४ हजार ७ सय ६९ जना रहेका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ भने थप ४ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।  

धमाधम खाली हुँदै बिजनेस हाउस, निराश भएर घर फर्कँदै व्यापारी

काठमाडौं । करिब ४ महिना लामो देशव्यापी लकडाउन भयो । ४ महिनासम्म घरभित्रै बसेका सर्वसाधरणदेखि उद्योगी व्यवसाीहरुलाई दिनप्रतिदिन समस्या थपिँदै गएपछि सरकारलाई लकडाउन नगर्न दवाव दिए । त्यसपछि सरकारले साउन पहिलो सातालेखि देशव्यापी लकडाउनको अन्त्य गरेको घोषणा गर्यो । ४ महिनासम्म ठप्प रहेको व्यापार व्यवसायलाई उत्साहित भएर खोलेका व्यवसायीहरु खाेलेकाे एक महिनामै लकडाउनमा जस्तै निराश हुन बाध्य भएका छन् । व्यापार व्यवसाय खोले पनि ग्राहकहरु नआएपछि उनीहरु निराश हुँदै अहिले धमाधम व्यापार बन्द गर्न थालेका छन् । कतिले सटर बन्द गर्दै घर  फर्केका छन् भने कतिले सदाका लागि व्यापार नै बन्द गरी घर फर्किन थालेका छन् । ४ महिना लामो लकडाउनले उत्पन्न आर्थिक संकट र अहिले बजार खुलेपछि पनि व्यापार हुन  नसकेपछि उनीहरु निराश हुँदै घर फर्किन विवश भएका हुन् । व्यापार व्यवसाय खोलेको सुरुमा व्यवसाय पुनरुत्थान अर्थात राहत स्वरुप भन्दै व्यवसायीहरुले घरवेटीलाई कोठा भाडा छुट मागे । धेरै ठाउँ अर्थात धेरै विजनेस हाउसका व्यवसायीले घरवेटीले भाडा छुट नदिएको भन्दै आन्दोलन समेत गर्न भ्याए । तर, अहिले ती सबै कामबाट दिक्क भएर गर्दै आएको व्यवसायको सटर बन्द गदै घर फर्किनु बाहेकको विकल्प उनीहरुले देखेका छैनन् । अहिले धेरै व्यवसाय गर्नेहरु घर फर्किसकेका छन् । चर्को घरभाडा र बैंकको ऋणको दवावले उनीहरु व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेका हुन् । अहिले राजधानी काठमाडौंमा सञ्चालन हुँदै आएका कमर्सियल भवनहरु धमाधम खाली हुँदै गएका छन् । केही विजनेस हाउसहरुमा घरभाडा ५० प्रतिशत छुट गरिदिएपनि त्यसले रिभाइव हुन नसकेपछि काठमाडौंमा रहेका धेरै विजनेस हाउसहरुका पसल धमाधम बन्द हुन थालेका हुन् । अहिले अधिकांश व्यापारिक मलहरु खाली देखिन्छन् । सामान खरिद गर्ने ग्राहकहरु नआएपछि व्यपारीहरु पसलको सटर बन्द गरेर घर फर्कन बाध्य भएका हुन् । काठमाडौंको पर्यटकीय क्षेत्र ठमलका धेरै व्यवसायीहरुले अहिले व्यापार नै छोडेर पलायन भइसकेका छन् । घरधनीले ३० देखि ७० प्रतिशतसम्म घरभाडा छुट दिँदा पनि ८ सयभन्दा बढी व्यवसायी व्यवसाय धरासायी भएकाे भन्दै सटर छोडेरै घर फर्किसकेका छन् । ठमेल पर्यटन विकास समितिका उपाध्यक्ष भविश्वर शर्माले धेरै व्यवसायीहरुले धान्न नसेकेर व्यवसाय नै बन्द गरेर घर फर्किसकेको बताए । ‘घरभाडा छुट भए पनि ठमेलमा सटर बन्द हुने क्रम रोकिएको छैन, अझै पनि धेरै छोड्ने मनस्थितीमा छन्,’ उनले भने । ठमेलमा नेपालकै महँगो घरभाडा भएकोले अझै घर भाडा घटाउनु पर्ने उनको भनाई छ । यस्तै, ठूलो विजनेस हाउन सिभिल मलका व्यापारीहरु त घरभाडा छुट गराउन आन्दोलनमै उत्रिए । लकडाउनको अवधिमा एक रुपैयाँ पनि कमाई नभएपछि कसरी पुरै भाडा दिन सकिन्छ भन्दै व्यापारी आन्दोलनमा उत्रिएपछि व्यवस्थापन लकडाउन अवधिको भाडामा ५० प्रतिशत छुट दिन सहमत भएको थियो । तर, अहिले पनि व्यापार नचलेपछि उनीहरु निराश भएका छन् । सिभिल मलमा कपडाको पसल गर्दै आएका एक व्यापारीले दिनभरी पसल खालेपनि कहिले काहीँ एक रुपैयाँ पनि व्यापार नहुने बताए । उनका अनुसार सिभिल मलमा हालसम्म कसैले पनि व्यापार बन्द नै नगरेपनि धेरै व्यवसायीहरु बन्द गर्ने अवस्थामा छन् । ‘हामी अहिले पर्ख र हेर’को अवस्थामा छाैं,  कोरोना महामारी लम्बिदै गएमा घरभाडा अझै छुट गर्नुपर्ने अवस्था आउन सक्छ, धेरै व्यापारी यो छुट पाउँदा पाउँदै पनि खर्च धान्न नसकेर सटर बन्द गर्ने मनस्थितिमा पुगिसकेका छन्,’ ती व्यापारीले भने । लामो समयदेखि व्यापार व्यवसाय ठप्प भएपछि काठमाडौं उपत्यकाका पसलहरु धमाधम खाली हुन थालेका छन् । कतिपय घरधनीले लकडाउन अवधिको घरभाडा छुट दिए पनि साउनदेखि पुरै भाडा असुल्न खोजिरहेका छन् । कतिपय घरधनीले व्यवसायीलाई टिकाई राख्न अझै केही समयका लागि घरभाडा छुट दिन सहमत भएका छन् । काठमाडौं उपत्यकामा बल्ल कोरोना महामारी फैलिन थालेको छ । सकारले संक्रमण फैलिन नदिन फेरि कडाई गरिरहेकाे छ ।  रेष्टुँरा खुलेको केही दिनमा पुनः टेकअवेु मात्र सञ्चालन गर्न पाइने तर बसेर खान नपाइने निर्णय भएको छ । यसले पनि व्यवसायीलाई धेरै समस्या भएकाे छ । धेरै व्यापार हुने व्यापारीक क्षेत्र दरबारमार्ग, महावौद्ध र न्यूरोड लगायतका धेरै ठाउँमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरुका सटर अहिले बन्द अवस्थामा देखिन्छन् । व्यापारमा लागि परिचित न्यूरोड र महाबौद्ध सिल भएपछि धेरै व्यवसायी डरले घरतर्फ लागे । अझै पनि धेरै ब्यबसायी पलायन हुने अबस्थामा पुगेका छन् । त्यहाँको रञ्जना मल, महाबौद्ध, भोटाहिटी, असन, इन्द्रचोकमा कोरोना संक्रमित भेटिएपछि सिल गरिएको छ । त्यहाँको बजार कहिलेदेखि खुल्ने हो यकिन छैन् । व्यापारीहरु चिन्तामा परे्का छन् । संक्रमितको संख्या थपिँदै जाँदा अन्य व्यापारिक हबहरु पनि सिल हुन थालेका छन् ।

सबैभन्दा सस्तो ब्याजदरमा कर्जा दिइरहेका छाैं, तत्काल हेरफेर गर्दैनाैंः सीईओ श्रेष्ठ

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ । बैंकको आधारदर ६ प्रतिशत भन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल विन्दुमा झरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको आधार दर ६ प्रतिशत भन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम भएको बताए । यसमा १ दशमलव २५ प्रतिशत देखि ३ दशमलव २५ प्रतिशत सम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको श्रेष्ठले बताए । अधिकतप प्रिमियम जोडदा समेत बैंकको ब्याजदर ९ प्रतिशतको हाराहारीमा रहेकाले बैंकको ब्याजदर अन्य बैंकहरुको भन्दा धेरै सस्तो भएको बताए । उनले ७ दशमलव २५ प्रतिशत ब्याजदरको घरकर्जा उपलब्ध गराइएको समेत बताए । यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैंकबाट लिएको घरकर्जालाई स्वाप गर्ने सुविधा समेत दिइएको बताए । कोभिड १९ को असरले कर्जाको माग कम भएर गएको र निक्षेपमा चाप नपर्दा लगानी योग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको उनकाे भनाई छ । उनले नेपालका वाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रतिस्पर्धी राष्ट्रिय वाणिज्य बैंक नै रहेको र यसको ब्याजदर पनि अन्य बैंकको तुलनामा न्यून भएको बताए । राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदरमा स्थायित्व समेत रहेको उनले बताए । छिटो छिटो ब्याजदर परिवर्तन गर्ने सम्बन्धमा ग्राहकको सुविधालाई ध्यान दिएर ब्याजदर परिवर्तन गर्ने गरिएको बताए । कर्जाको माग बढेर जाँदा लगानीयोग्य रकमको अभाव हुने र त्यस्तो अवस्थामा निक्षेप बढाउनुपर्ने दवाव हुँदा ब्याजदर स्वतः बढ्न जाने गर्छ । तर राष्ट्रिय वाणिज्य बैंकमा त्यस्तो समस्या नरहेको पनि श्रेष्ठले बताएका छन् । प्रविधि र जनशक्तिको हिसाबले राम्रो व्यवस्थापन गरिएकाले बैंकको समग्र व्यवसायमा सकारात्मक असर परेको उनको भनाई छ । अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ । यो अवस्था राष्ट्रिय वाणिज्य बैंकमा पनि छ । पछिल्लो अवस्थामा राष्ट्रिय वाणिज्य बैंकमा कर्जा–पूँजी–निक्षेप अनुपनत ६३ प्रतिशत कायम भएको छ । यसको अर्थ बैंकमा अझै लगानीयोग्य रकम प्रसस्त छ । त्यसैले कर्जाको ब्याजदर तत्काल हेरफेर हुने सम्भावना नभएको पनि श्रेष्ठले बताए । हाल बैंकले सामान्य बचतमा ३ दशमलव ५ प्रतिशत, विशेष बचत, सुनौलो बचत लगायतका बचत खातामा रकम जम्मा गर्दा ५ प्रतिशत ब्याजदर दिएको छ । त्यस्तै अमेरिकी डलर बजचतमा १.५ प्रतिशत, युरो र अन्य मुद्रामा शुन्य दशमलव ७५ प्रतिशत ब्याजदर रहेको छ । मुद्धती निक्षेप अन्तर्गत व्यक्तिगतमा ७ प्रतिशत देखि ७ दशमलव २५ प्रतिशत र संस्थागतमा ६ दशमलव ५ प्रतिशत देखि ६ दशमलव ६ प्रतिशत सम्म ब्याजदर रहेको छ ।

अब सिटी एक्सप्रेसको भुक्तानी एनआईसी एशिया लघुवित्तको जुनसुकै शाखाबाट हुने

काठमाडौं । अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआईसी एशिया लघुवित्तका शाखाहरुबाट पनि हुने भएको छ । सो सम्बन्धी सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्तबीच सम्झौता भएको छ । सम्झौता अनुसार लघुवित्तको सबै शाखाहरु मार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारको भुक्तानी हुनेछ । हाल एनआईसी एशिया लघुवित्तको १०५ वटा शाखाहरु रहेका छन् । उक्त सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआईसी एशिया लघुवित्तका प्रमुख कार्यकारी अधिकृत(सीईओ) लक्ष्मी प्रसाद शर्माले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया,अष्ट्रलिया, आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८५०० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

एनएलजी इन्स्योरेन्सको नाफा १५ प्रतिशतले बढ्यो, बीमा शुल्क ५९ करोडमा सीमित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा २० करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.३४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सो अवधिमा इन्स्योरेन्सले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा नाफा बढेको यस कम्पनीको खुद बीमा शुल्क भने घटेको छ । अघिल्लो वर्ष ८१ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा जम्मा ५९ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ३१ करोड ९ लाख रुपैयाँ छ भने बीमा कोषमा ८९ करोड ६३ लाख रुपैयाँ रहेको छ । एक लाख ६९ हजार वटा बीमालेख जारी गरेको कम्पनीले ५ हजार ४ सय ६५ वटा दावी मार्फत ८९ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको देखिन्छ । त्यस्तै, २ हजार ८ सय ६२ वटा बाट ६५ करोड ५७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी हुन बाँकी रहेको छ ।

काठमाडौं आवत-जावतमा रोक, पास बन्द गरियो

काठमाडाैं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी पास वितरण बन्द गरेकाे छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्रदै पास बन्द गरेकाे जनाएकाे हाे । केही दिनयता कोरोना संक्रमितको संख्या बढेपछि गृहमन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो । साेही निर्देशनका अाधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि पास बन्न गरेकाे हाे । ‘यस कार्यालयबाट काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारी पास साथै उपत्यका बाहिरका जिल्लाहरुबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृतिसमेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

नबिल बैंकको नाफा ३ अर्ब ५६ करोड, अन्य वित्तीय सूचक कस्ता ?

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा १५.८५ प्रतिशत कम हाे । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियाे । बैंकले गत आवमा १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब कर्जा परिचालन गरेको थियो । त्यस्तै, बैंकको जगेडा कोष बढेर १२ अर्ब ६६ करोड लाख रुपैयाँ पुगेको छ भने सेयरधनी कोष घटेर ३ अर्ब ४ करोड रुपैयाँमा सीमित छ । जबकी, अघिल्लो आर्थिक वर्ष बैंकको जगेडा कोषमा १० अर्ब ४४ करोड रूपैयाँ र सेयरधनी कोषमा ३ अर्ब ७३ करोड रुपैयाँ थियो । हाल ३७.२४ रुपैयाँ प्रति सेयर आम्दानी रहेको बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेकाे छ । यस्तै, खुद ब्याज आम्दानी ७ अर्ब २ करोड रूपैयाँ रहेकाे बैंककाे गत आर्थिक वर्षमा बैंकको खराब कर्जा अनुपात ०.९७ प्रतिशत रहेको छ । यस्तै, बैंकले कष्ट अफ फण्ड ५.४९ प्रतिशत, सीसीडी रेसीयो ६८.०८ प्रतिशत, स्प्रेड रेट ३.७३ प्रतिशत, बेसरेट ७.३२ प्रतिशत कायम गरेको छ ।