काठमाडौं आवत-जावतमा रोक, पास बन्द गरियो

<p>काठमाडाैं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी पास वितरण बन्द गरेकाे छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्रदै पास बन्द गरेकाे जनाएकाे हाे । केही दिनयता कोरोना संक्रमितको संख्या बढेपछि गृहमन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो । साेही निर्देशनका अाधारमा काठमाडौं [&hellip;]</p>

काठमाडाैं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी पास वितरण बन्द गरेकाे छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्रदै पास बन्द गरेकाे जनाएकाे हाे ।

केही दिनयता कोरोना संक्रमितको संख्या बढेपछि गृहमन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो । साेही निर्देशनका अाधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि पास बन्न गरेकाे हाे ।

‘यस कार्यालयबाट काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारी पास साथै उपत्यका बाहिरका जिल्लाहरुबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृतिसमेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

Share News