टाइमले सार्वजनिक गर्‍यो ‘२०१७ का १० शक्तिशाली व्यक्ति’, ट्रम्पदेखि किम जोङसम्म बने वर्ष व्यक्ति

टुडे । टाइम म्यागजिनले सन् २०१७ का उत्कृष्ट १० वर्ष व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । पछिल्लो वर्ष समाचारलाई प्रभावित पार्ने व्यक्तित्वहरुलाई सूचीकृत गर्दै टाइमले १० जनाको नाम सार्वजनिक गरेको हो । विश्वकै शक्तिशाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुचीमा परेका छन् । गत वर्ष पनि उनी यो सूचीमा पर्न सफल भएका थिए । दुई साता अघि मात्र ट्रम्पले उक्त पदावीका लागि टाइमको प्रस्ताव अस्विकार गर्ने घोषणा गरेका थिए । यद्यपी टाइमले यो कुरा झुटो भएको दाबी गरेको छ । यो म्यागजिनले अर्का उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई पनि सूचिकृत गरेको छ । ट्रम्पले उनलाई ‘सानो रकेट म्यान’ को उपनाम दिएका थिए । उनले लगातारको मिसाइल परिक्षणपछि विश्वयुद्धको भय फैलिएको छ । यो सूचीमा एमेजनका सिईओ जेफ बेजोस पनि परेका छन् । यो वर्षका विश्वकै धनीको सूचीमा परेका उनले संसारमै खुद्रा कारोबारमा राज गरेका छन् । त्यस्तै ३२ वर्षे साउदी अरबका राजकुमार मोहम्मद बीन सलमान पनि यो सूचीमा परेका छन् । अर्को तर्फ चीनका राष्ट्रपति सि जिनपिङ पनि सूचीकृत भएका छन् । उनलाई चीनमा दोस्रोपटक पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल दिइएको छ र कम्युनिष्ट पार्टीको विधानमा नै उनलाई मुलुकको शताब्दीकै शक्तीशाली राष्ट्रपतीका रुपमा अभिलेख गरिएको छ ।

अदालतको पेशी अगावै माल्याले भने, ‘सबै आरोप मनगढन्ते हुन्’

नयाँ दिल्ली । रक्सी व्यापारी विजय माल्याले आफूमाथी लगाइएको सबै आरोप झुठो भएको बयान दिएका छन् । सोमबार लण्डनको वेस्ट मिन्स्टर अदालतमा पेशीभन्दा अगाडी आफूमाथी लगाइएको सबै आरोप मनगढन्ते भएको दाबी गरेका हुन् । उनका अनुसार उनीमाथीका सबै आरोप आधारहीन छन् । माल्याले भने, ‘मैले बारम्बार भनेको छु – सबै आरोप झूठा, मनगढन्ते र आधारहीन छन्। मलाई यसबारेमा भन्नु केही छैन। कोर्टमा पेश गरिएका प्रमाण नै पर्याप्त हुनेछ ।’ माल्याले यसबारे अरु कुरा भन्नलाई मानेनन् । उनले भने , ‘म निर्णय लिन्न र अदालतको कारवाहीको सामना गर्नेछु ।’ अचम्म के छ भने माल्यामाथी भारतका १७  बैंकका ९ हजार करोड रुपैयाँ कर्जा नतिरेको आरोप छ, जुन माल्याले आफ्नो बन्द  भइसकेको  किंगफिशर एयरलाइन्सका लागि लिएका थिए । यती मात्र होइन माल्यामाथी फर्जी तरीकाबाट ऋण लिएको पनि आरोप छ । ‍ यो पनि पढ्नुहोस् : भारतका ‘भगौडा’ बेलायतको यो गाँउमा ‘मसीहा’ ! सोमबार हुँदैछ माल्याविरुद्ध सुनुवाई  

फेसबुकले लण्डनमा खोल्यो नयाँ कार्यालय, ८ सय जना कर्मचारी माग

लण्डन । सामाजिक सञ्जाल कम्पनी फेसबुकले आज बेलायतको लण्डनमा नयाँ कार्यालय खोलेको छ । यहाँ कम्पनीको अमेरिकाबाहिरकै सबैभन्दा ठुलो इञ्जिनियरिङ सेन्टर हुनेछ । कम्पनीको यो कार्यालय शहरको पश्चिमान्त क्षेत्रको अक्सफोर्ड सडकको नजिक छ । यसमा करीब ८ सय वटा तहका लागि जागिरको अवसर पनि खुल्दैछ । जसको आधा क्षेत्र इञ्जिनियरिङसँग सम्बन्धित छ । फेसबुकले १० वर्षपहिले यहाँ दर्ता गरेको थियो । कम्पनीका अनुसार नयाँ कार्यालयमा स्थानीय स्तरबाट अर्को वर्षसम्म २३ सय जना कर्मचारी भर्ना गर्नेछ ।  कम्पनीका उपाध्यक्ष (यूरोप, पश्चिमी एशिया तथा एशिया) निकोल मेन्डलशनले ब्रिटेनको प्रेस एसोसिएशनलाई भने, ‘पछिल्लो एक दशकमा यो देश फेसबुककव यात्राको निकै ठुलो हिस्सा बनेको छ । अब हामी ब्रिटेनका लागि अझै अधिकरुपमा प्रतिबद्ध छौं ।’