पत्रकार ओली एआइपीएस स्पोर्ट्स मिडिया अवार्डबाट सम्मानित
काठमाडाैं । वरिष्ठ खेल पत्रकार प्रज्ज्वल ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएशन (आइएसपीए)ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड जितेका छन् । विश्वभरका १२५ देशका खेल पत्रकारलाई उछिन्दै उनले ‘उत्कृष्ट स्तम्भ लेखन’ अवार्ड प्राप्त गरेका हुन् । हङ्गेरीको बुडापेस्टमा गए राति भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषित गरिएको हो । अर्जेन्टिना र स्पेनका खेल पत्रकारको समाचारलाई पछि पार्दै उनले रु नौ लाख राशिको सो पुरस्कार हात पारेका हुन् । उनी अङग्रजी दैनिक ‘दि काठमाडौँ पोष्ट’का खेलकूद व्यूरो प्रमुखका साथै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिवसमेत हुन् । एआइपीएसमा अवार्ड जित्ने उनी नेपालको पहिलो पत्रकार बने छन् । डेढ दशकदेखि खेलकूद पत्रकारितामा सक्रिय रहँदै आएका पत्रकार ओलीले गत असार १९ गते काठमाडौँ पोस्टमा मुस्किलले ५० खेल खेलिने ‘नेपालमा झण्डै २०० खेल सङ्घ पालिएका छन’् शीर्षकमा समाचार सम्प्रेषण गरेका थिए । त्यही समाचार विश्वभरका १८० देशका सयौँ पत्रकारले पठाएको समाचारमध्ये सर्वोत्कृष्ट बनेको हो । सो विधामा स्पेनका कार्लोस माटालान्स र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोक शीर्ष तीनमा पारेका थिए । ओलीले लेखेका समाचार शीर्ष ३०, शीर्ष १० हुँदै शीर्ष तीनमा परेको थियो । उक्त अवार्डले नयाँ पुस्तालाई अझ मेहनत गर्न प्रेरणा मिलेको उनले बताए । नेपालमा अनावश्यक रुपमा खेलकूद सङ्घहरु स्थापना गरिँदै आएको विषयवस्तुलाई पत्रकार ओलीले आलेखमा उजागर गरेका थिए । उनले उक्त समाचार १५ दिनभन्दा बढी समय खर्चेर तयार पारेका थिए । इन्टरनेशनल स्पोर्टस प्रेस एशोसिएशन (एआइपीएस) विश्वभरका खेलकूद पत्रकारको सर्वोच्च संस्था हो । एआइपीएसमा १६१ देशका खेलकूद पत्रकार सङ्घ आबद्ध छन् । नेपाल खेलकूद पत्रकार मञ्च उक्त एशोसिएशनमा आबद्ध छ । आइएसपीएले गत वर्षदेखि ‘एआइपीएस स्पोर्टस मिडिया अवार्ड’ प्रदान गर्दै आएको छ । उत्कृष्ट तीनभित्र परेका स्पेनका कार्लोसले टेनिस खेलाडी राफेल नाडालबारे उनका एक शुभचिन्तकले लेखेको भावुक पत्रलाई आधार बनाएर समाचार लेखेका थिए । यस्तै अर्जेन्टिनाका सबास्टिनले अर्जेन्टिनाको टेनिसमा हुने गरेको म्याच फिक्सिङबारे समाचार लेखेका थिए । रासस
कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा
काठमाडौं। चीन लगायत अन्य एशियाली देशहरुमा फैलिएको कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनमा कोरोनाको संक्रमण फैलनु समग्र विश्व बजारका लागि सुखद नभएको विश्लेषकहरु बताउँछन् । विश्व अर्थव्यवस्थाका लागि यो भाइरस ठूलो जोखिम भएको उनीहरुकाे भनाइ छ । अर्थविद् डा. डिल्लीराज खनाल काराेना भाइरसले विश्व बजारमा धेरै असर पार्ने बताउँछन् । ‘नेपाल चीनको नजिकको राष्ट्र हो, चीनले नेपालमा धेरै लगानी गरेको छ, यसले गर्दा नेपालको अर्थतन्त्रमा यसले प्रत्यक्ष असर पार्छ,’ उनले भने । आगामी वर्षहरुका लागि पनि चीनले नेपालको विभिन्न क्षेत्रमा लगानी प्रतिवद्धता गरेको छ, यसमा पनि असर पर्ने देखिन्छ । नेपालमा विदेशी पर्यटक सबैभन्दा बढी चीनबाट आउँछन् । कोरोनाको कारणले नेपाल सरकारले सुरु गरेको भ्रमण वर्ष २०२० मा पनि धेरै असर पार्ने देखिन्छ । कारोना भाइरसका कारण नेपालको पर्यटन, यातायात लगायत आन्तरिक उत्पादनमा असर पार्ने अर्थविद् खनाल बताउँछन् । नेपालमा पर्ने असर चीन नेपालको छिमेकी राष्ट्र भएकोले पनि त्यसको प्रत्यक्ष असर नेपालमा अवश्य नै पर्छ । नेपालको अर्थतन्त्र मात्र होइन भौतिक पक्षमा यसले असर पार्ने अर्थविद् बताउँछन् । नेपालमा बढी सामानहरु अायात गर्ने देशमा चीन दाेस्राे स्थानमा पर्छ । गत बुधबार नेपाल सरकारले चीनसँगको मूख्य व्यापार नाका १५ दिनका लागि बन्द गरेको छ । यसले पनि नेपालको अर्थतन्त्र र व्यापारमा घाटा हुने देखिन्छ । चीनमा कोरोना भाइरसले उग्र रुप लिएपछि नेपाल सरकारले रसुवा नाका बन्द गर्ने निर्णय गरेको हो । पर्यटनमा प्रभाव चीनबाट सुरु भएको कोरोना भाइरसले चीनमा मात्र होइन छिमेकी राष्ट्र नेपालमा पनि ठूलो असर पर्ने जानकारहरु बताउँछन् । भाइरसको प्रकोपले नेपालको पर्यटन, यातायात, दैनिक उपभोग्य सामानलगायमा नराम्ररी प्रभाव पार्ने देखिएको हो । नेपालमा आउने पर्यटक मध्येको एक ठूलो देश चीन पनि हो । हाल नेपालका धेरै एयरलाइन्स कम्पनीहरुले चीनको उडान रोकेका छन् । यसले नेपालको पर्यटन क्षेत्रमा धेरै घाटा हुने पर्यटनविद्हरु बताउँछन् । नेपाल सरकारले हालै नेपाल भ्रमण वर्ष २०२० सुरु गरेको छ । भ्रमण वर्ष सुरु भएकै समयमा चीन लगायत एशियाली, युरोपलगायतका देशहरुमा कोरोना फैलनु नेपालको पर्यटन क्षेत्रका लागि राम्रो होइन । अर्थविद् खनालले नेपाल सरकारले सुरु गरेको भ्रमण वर्षकै सुरुमा कारोनाको प्रकोप फैलनु सुखद नभएको बताए । संस्कृति पर्यटन तथा उडड्यन नागरिक मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले यसले नेपालको पर्यटन मात्र नभएर समग्र अर्थतन्त्रमा असर पर्ने बताए । ‘कति असर पार्न सक्छ अहिले अनुमान लगाउन सकिन्न, तर कोराना भाइरसको प्रकोपले नेपालको पर्यटनमा प्रत्यक्ष रुपमा असर पर्छ,’ उनले भने । अहिले चीनलाई धेरै आर्थिक नोक्सनी भएको छ । देशका प्रभावित क्षेत्रमा यात्रा गर्न प्रतिबन्ध पनि लगाइएको छ । यो चीनियाँको भ्रमण गर्ने समय हो । भ्रमण गर्ने समयमा कोरोना भाइरसको प्रकोप हुनु नेपालका लागि सुखद होइन । यसले नेपालको पर्यटन व्यवसायमा ठूलो धक्का पुर्याउन सक्छ । विश्व स्वास्थ्य संगठनद्धारा आपतकालको घोषणा कोरोना भाइरस एउटा गम्भीर स्वास्थ्य समस्याका रुपमा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले पनि आपतकालको घोषणा गरिसकेको छ । संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ ती क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले बताएको छ । सरकारले देशभरीको उडान, रेल र बससेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ । यसैगरी मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जंगली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ । चीनमा १७ वर्ष पहिले २००३ मा फैलिएको सार्स भाइसबाट चीनसहित अन्य देशमा ८ हजारभन्दा बढी मानिसहरु प्रभावित भएका थिए । तीमध्ये १० प्रतिशत मानिसहरुको मृत्यु भएको थियो । २००३ मा फैलिएको उक्त भाइरसका कारण चीनमा ५० अर्ब डलर नोक्सान भएको थियो । सार्स भाइरसको संक्रमणका कारण हङकङको सूचक त्यो समयमा २० प्रतिशतले घटेको थियो । चीनमा मात्रै अहिलेसम्म काेराेना भाइरसकाे कारण ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने १४ हजारभन्दा बढी संक्रमित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यूराेपमा पनि असर चीन र अन्य एशियाली देशहरुले कोरोना भाइरसको कारण पर्यटन, उडड्यन, खुद्रा र मनोरोञ्जन क्षेत्रमा घाटा व्यहोरी सकेका छन् । उक्त भाइरसको संक्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ,मकाउ र थाइल्याण्डमा छोइसकेको र युरोपमा पनि फैलिन थालेको जनाइएको छ । कोरोना भाइरसको असर चीनको समग्र अर्थव्यवस्थामा देखिइरहेको छ । चीनले भाइरसको फैलावटलाई कम गर्न समूह बाहिरको भ्रमणमा प्रतिबन्ध लगाएको थियो । यसले पनि टुर अपरेटरको सेयरमा गिरावट आउने निश्चित छ । यो भाइरस फैलिएको खबर आएसँगै चीनियाँ शेयर बजारमा ५ प्रतिशतको गिरावट आइसकेको छ । चीनको अर्थव्यवस्थामा घाटा हुनु भनेको समम्र विश्वलाई घाटा हुनु हो । विश्वको सबैभन्दा धेरै तेल खपत हुने स्थानमा मान्छेको आवतजावत र यातायातका साधन ठप्प पारेकाे छ। हाल कच्चा तेलको मूल्य घट्नुका साथै चीनको विकासदर पनि कमजोर हुने बताइएको छ । चीनमा पर्यटकहरुको पनि आर्थिक विकासमा ठूलो हिस्सा रहेको छ । यसबाट चीनमा आउने जाने विमानमा पनि असर पर्न सुरु भइसकेको छ । यससँगै हवाई इन्धनको माग पनि अधिक घटेको छ।
कोरोना भाइरसबाट अस्तव्यस्त भएकाे चीनलाई नेपालले पठायाे १२ हजार थान मास्क
काठमाडौं । हालै मित्रराष्ट्र चीनमा फैलिएको नोवल कोरोना भाइरसका कारण जनजिवत अस्तव्यस्त भएको छ । हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसँगै चीनमा सुरक्षाका लागि माक्सको माग बढ्दो छ । विशेषगरी नेपालसँग सिमा जोडिएको चिनिया प्रान्त तिब्बतमा समेत भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको छ । तसर्थ यस संघले चाइना तिब्बत चेम्बर अफ बोर्डर टेनलाई सहयोग स्वरुप १२ हजार थान मास्क प्रदान गरेको छ । उक्त चेम्बरसँंग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।