चीनको व्यापारमा नयाँ रणनीति, बन्द कोठाका नागरिक पनि लाभान्वित हुन सक्ने
काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रणमा लिन चीनियाँ सरकारले धेरै शहरलाई पूर्णरुपमा बन्द गरेको छ । चीनले लाखौं नागरिकलाई घरबाहिर निस्कन निषेध गरेको छ । अर्थ एवं वित्त, प्रविधी, शिक्षा तथा अनुसन्धान लगायतका विभिन्न क्षेत्रमा नविन उपलब्धि हासिल गर्न चौबिसै घण्टा तल्लिन ठूलो संख्याका चीनियाँ नागरिकहरु घरभित्र सिमित रहँदा बिरत्ती, आलस्यता तथा एक्लोपना लगायत हाल चीनमा सामाजिक एवं व्यक्तिगत समस्याको रुपमा देखापरेको छ । यस्तो समस्यालाई निराकरण गर्न तथा घरभित्र सिमित मानिसहरुलाई मनोरञ्जन प्रदान गर्नका साथसाथै बाहिरी दुनियाँसँग जोड्नका लागि केहि उद्यमीहरुले व्यापारका नविन अवधारणाहरु ल्याएका छन् । त्यसो त अन्तराष्ट्रिय संचार माध्यमहरुले ठूलो संख्यामा चीनियाँ नागरिकहरु क्वारेन्टाइन (रोगको संक्रमणलाई नियन्त्रणमा राख्न नागरिकहरुलाई सुरक्षित स्थानमा अलग्गै राख्ने काम) मा रहेकै कारण चीनमा हालसम्मकै सबैभन्दा धेरै मोबाइल एप्स् डाउनलोड भएको तथ्य उजागर गरिसकेका छन् । बाहिरी वातावरणमा निस्कन नसकेका कारण स्मार्टफोन प्रयोग गर्ने चीनियाँहरुले सहज तरिकाले समय व्यतित गर्नका लागि गएको फेब्रुअरी महिनाको दुई हप्ताभित्रको समयमा एप्पलको अनलाईन स्टोरमार्फत कम्तिमा २२ करोड २० लाख एपहरु डाउनलोड गरे । जुन समग्र २०१९ को औसत एप डाउनलोडको तुलनामा ४० प्रतिशत बढी हो । यस अवधीमा सबैभन्दा धेरै डाउनलोड भएको एप गेमि ऐप हो । सो पश्चात शिक्षा, मनोरञ्जन, फोटो तथा भिडियो र ब्यापारसम्बन्धी एपहरु डाउनलोड भएका छन् । तथापी, पछिल्लो विकासक्रमको रुपमा विभिन्न कम्पनीहरुले आफ्ना उपभोक्ता तथा ग्राहकहरुलाई ब्यस्त र आफूसँग गाँसी राख्न नयाँ-नयाँ उपायहरुको अवलम्बन गरेका छन् । अल्छिपनाको सामना गर्न हाल इन्टरनेटमाथि निर्भर चीनियाँहरुलाई केहि राहत दिन ल्याइएका ब्यापारका नविन अवधारणाहरुले कोरोना भाइरसका कारण अस्तब्यस्त बनेको चीनियाँ अर्थतन्त्रमा समेत केहि चलायमानता ल्याउने जनाइएकाे । विश्वका विभिन्न राष्ट्रहरुमा कोरोना भाइरसको नयाँ संक्रमण देखापरिरहेको हालको अवस्थामा भाइरसको उद्गमस्थल मानिएको हुवेइ प्रान्तमा मात्र त्यहाँको सरकारले कम्तिमा ५ करोड ६० लाख मानिसलाई घरभित्रै रहन कडा निर्देशन दिएको छ । चीनियाँ एक वेबसाइटका अनुसार जानवरी २० को दिन सोसल मिडिया साइट विबोमा बोरी¨ (अल्छि लागेको) शब्दको खोज ६२६ प्रतिशतले बढेको थियो भने अल्छि लागेको समयमा घरमा कसरी समय बिताउने भन्ने विषयमा विभिन्न वेबसाइटहरुमा गरिएको ‘सर्च’ टेन्ड्रिङ भैरहेको छ । यसैको परिणामस्वरुप चीनियाँ उद्यमीहरुले आफ्ना उपभोक्तालाई आबद्ध राख्न इन्टरनेट माध्यमको सदुपयोग गरी विभिन्न उपायहरु ल्याएका छन् जसमध्ये केहि निम्न उल्लेखित छन् । अनलाइन ब्यायाम तथा फिटनेश कक्षा कोरोना भाइरसको संक्रमण बढ्ने डरका कारण हाल चीनका अधिकांश ब्यायाम केन्द्रहरु बन्द छन् । तर पनि कतिपय जीम संचालकहरुले आफ्ना ग्राहक सदस्यहरुलाई स्वस्थ र तन्दुरुस्त राख्न अनलाइन कक्षाहरु संचालन गर्न थालेका छन् । सांघाइस्थित एफफोरफाइभ नामक फिटनेश सेन्टरका महाप्रबन्धक लरेन होगानले चीनमा चर्चित वुइच्याटमार्फत वर्कआउट शत्र संचालन गरिरहेको जानकारी दिइन् । बिबिसीलाई उनले भनेकी छिन्, ‘हाम्रो जिम तथा फिटनेश तालिकाको आधारमा हरेक दिन हाम्रा प्रशिक्षकहरुले सुरक्षित तथा नियन्त्रित ब्यायाम अभ्यासको भिडियो तयार गर्दछन् जसलाई वुइच्याटमार्फत हाम्रा ग्राहक सदस्यहरुले हासिल गरी सोहिअनुसार अभ्यास गर्दछन् ।’ उनका अनुसार उनको कम्पनीले वुइच्याटमा विभिन्न ग्रुपहरु खोलेको छ जसमा सदस्यहरुले आफ्नो नाम दर्ता गर्ने र सो दिनको ब्यायाम पूरा गरेको जानकारी अरु प्रयोगकर्ताहरुलाई पनि दिन सक्छन् । ‘हामीले इन्टरनेटमा ब्यायाम अभ्यास प्रतिस्पर्धा पनि संचालन गरेका थियांै जसमा भाग लिनको लागि सदस्यहरुले आफ्ना समूहभित्रको कोहि एक जनालाई ट्याग गनुपथ्र्यो’, होगानले भनेकी छन्। भिडियोमार्फत गरिने यस्तो अभ्यासले प्रशिक्षार्थीहरुलाई एकअर्कासँग अन्तरक्रिया गर्न र दिक्कारी हटाउन सघाएकाले उनीहरुले यस कार्यक्रमलाई मन पराएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार रोयटर्सका अनुसार अन्य धेरैभन्दा धेरै फिटनेस सेन्टरहरुले पनि यस्तो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेका जनाइएकाे छ । घरको बैठक कोठाबाटै रात्रीकालीन रमझम कोरोना भाइरसको कारण नाइट क्लब एवं बारहरु बन्द रहँदा आजकल चीनियाँ नागरिकहरु क्लाउड क्लबिको सहारामा रमिरहेका छन् । यस अन्तर्गत चीनियाँहरुले आफ्नो कम्प्युटरमार्फत डिजेको प्रस्तुती हेर्छन् र आफूहरु क्लबमै भएजस्तो अनुभव गर्छन् । साँझदेखि मध्यरातसम्म चल्ने यस्तो क्लबि चीनियाँ एप्स् जस्तै डउइन र टिकटक लगायतबाट संचालित हुन्छन् । यसरी क्लाउड क्लबि शत्र संचालन गर्ने विभिन्न क्लबहरुमध्ये टिएएक्सएक्स सांघाइ पनि एक हो । पुस्तक बिक्रेताहरुको अनलाईन समूह पहिल्यैदेखि अनलाइन पसलसँग प्रतिस्पर्धा गरिरहेका पुस्तक पसलहरुले पनि आफ्ना ग्राहक तथा पाठकहरुसम्म पुग्नका लागि नयाँ तरिकाको अवलम्बन गरेका छन् । यसअन्तर्गत पुस्तक बिक्रेताहरुले विइच्याट ग्रुपमा ‘वर्षभरीको चर्चित पुस्तकहरु’ र ‘कसैले पनि नछुटाइ पढ्नैपर्ने पुस्तकहरु’ लगायतको सूची तयार गरी राख्दछन् । सोको आधारमा पाठकहरुले आफ्नो रुची अनुसारको पुस्तक खरिदको माग गर्दछन् ।
कोरोनो भाइरस नियन्त्रणका लागि कोरियाले छुट्यायाे २५ अर्ब अमेरिकी डलर
काठमाडौं । दक्षिण कोरियामा कोरोनाको संक्रमण बढेसँगै राष्ट्रपति मुन जाइ इनले २५ अर्ब अमेरिकी डलर छुट्याएको छ । पछिल्लो समय कोरोनाका विरामी अत्याधिक बढिरहेको अवस्थामा सरकारले उक्त रकम रोग नियन्त्रणको घोषणा गरेको योन्हाप न्युज एजेन्सीले जानकारी दिएको छ । हालसम्म कोरियामा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ८ सय १२ पुगेको छ भने २८ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति मुनले २४ घन्टे आकस्मिक कक्ष सबै सरकारी कार्यालयमा निर्माण गर्न आदेश दिएका छन् । एक चर्चबाट भाइरस फैलिएको थियो। अहिले संक्रमित भएकाहरूमध्ये ६० प्रतिशत सोही चर्चमा जानेहरू रहेको बताइएको छ।
कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु
लन्डन । कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २ सय १० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको सङ्ख्या भन्दा यो छ गुणा बढी भएको बताइएको छ । शुुक्रबार सरकारी अधिकारीहरुले यस कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए । यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए र अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको शुक्रवार एउटा संसदीय समितिलाई बताएका थिए । इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओले बताए। इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए । हालसम्म विश्वमा ८३ हजारभन्दा बढी कोभिड १९ का सङ्क्रमणका घटना प्रमाणित भएका छन् । इरानी अधिकारीहरूले कोभिड १९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् ।शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ। तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् । रासस/एएफपी