अग्रणी बन्दै ओयो होटल्स् एण्ड होम्स्, वार्षिक ४.३ गुणाले वृद्धि
काठमाडौं । दक्षिण एशियाकै सबैभन्दा ठूलो श्रृखंला होटल तथा चीनका ५ ठूला श्रृखंला होटलमध्यको एक र विश्वमै सबैभन्दा तीव्र गतिमा फैलिरहेको लिज्ड् तथा फ्रेन्चाइज्ड होटल, ओयो होटल्स् एण्ड होम्स्ले डिसेम्बर २०१८ सम्मको आर्थिक गतिविधि सार्वजनिक गरेको छ । विश्वव्यापीरुपमा सन्् २०१८ को अन्त्यसम्म ४ लाख ५८ हजार कोठाहरु जोडिसकेको साथै वास्तविक मूल्य रन–रेट १.८ बिलियन अमेरिकी डलर रहेको ओयो विश्वकै ठूलो होटल श्रृखंला हुने भएको छ । ओयोले ३ ठूला श्रृखंला होटलको तुलनामा बढि कोठाहरु जोडिसकेको छ । विश्वव्यापी रुपमा ओयोको सेवा वार्षिक ४.३ गुणाले वृद्धि भइरहेको छ । ओयोको विश्वभर बसोबास भएका कोठाहरुलाई आधार मान्दा सन् २०१६, डिसेम्बरमा ६० लाखबाट वृद्धि भएर सन् २०१७, डिसेम्बरसम्ममा १ करोड ३० लाख पुगेको थियो भने सन् २०१८ को डिसेम्बरमा अत्याधिक मात्राले बढेर ७ करोड ५० लाख पुगेको छ । ओयोको वार्षिक उन्नती ५.७ गुणाले बढिरहेको छ । आधारभुत व्यापारिक नीतिद्वारा कोठाहरुको आपूर्तिमा आएको वृद्धि, होटलका कोठाहरुको बसोबासमा ५.७ गुणाले वृद्धि तथा समानरुपले आय दस्तुरमा भएको वृद्धिले राजस्व पनि वृद्धि भएको छ । ओयोसँग साझेदारी गरेर एकल होटलहरुको गुणस्तर साथै ग्राहकहरुको संख्या औसत २५ प्रतिशतबाट ६५ प्रतिशतसम्म वृद्धि भएको छ् , जसले सम्पत्ति मालिकहरुको निर्वाहिक सम्पत्तिको उपज बढाइरहेको छ । “हाम्रो लागि २०१८ निकै उत्कृष्ट वर्ष रहयो । विश्वव्यापीरुपमा ओयोका ४ लाख ५८ हजार कोठाहरु पुगेका छन् । जसको वास्तविक मूल्य रन–रेट १.८ विलियन अमेरिकी डलर रहेको छ र डिसेम्बरको अन्त्यसम्म वार्षिक ४.३ गुणाले वृद्धि भइरहेको छ । ओयोले देशका शिर्ष प्रतिभालाई साथमा लिएर प्रविधिका साथै दीर्घकालीन क्षमता निर्माणका लागि निरन्तर लगानी गरिरहेको छ,’ ओयोका होटल्स् एण्ड होम्स्का लागि प्रमुख वित्तीय अधिकृत, अभिषेक गुप्ताले भने।” २०१८को डिसेम्बरसम्म ४ लाख ५८ हजार कोठाहरु, वास्तविक मूल्य रनरेट १.८ बिलियन अमेरिकी डलर रहेको ओयोले विश्वव्यापी रुपमा शिर्ष ३ श्रृखंला होटलहरुको तुलनामा धेरै कोठाहरु थप गरिसकेको छ । ओयो होटल्स् एण्ड होम्स्ले अन्य श्रृखंला होटललाई उछिन्दै विश्वव्यापी बजारमा अग्रणी स्थान बनाएको छ । ‘हाम्रो खुबी भनेको एउटा सबल बाँध जस्तै हो जसले घर आवास निर्माण गर्ने हाम्रो मिसनका लागि पनि हामीलाई मद्दत गर्छ । हामीले १० वटा देशमा सेवा दिईरहेका छौं । हाम्रो प्रत्येक बजार तीव्र रुपले वृद्धि भइरहेको र अनुपम तरिकाले ओयोको यात्रामा योगदान पु¥याईरहेकोमा म धेरै खुसी छु ।’ उहाँले भन्नुभयो, ‘यद्यपी, हामी अझै पनि के विश्वास गर्छौँ भने यो एउटा शुरुवात मात्रै हो र हामीले अगाडि अझै लामो यात्रा तय गर्न बाँकी नै छ । हामी विश्वभरिका मानिसहरुको आतिथ्य अनुभव पुनःपरिभाषित गरेर यस गतिलाई निरन्तर जारी राख्ने छौँ । बजार निसन्देह ठूलो र गहन छ, साथै माग र आपूर्ति विकासमा अर्थपूर्ण अन्तराल छ । हामी आफ्नो सम्पत्ति मालिकका लागि थप मूल्य सृजना गर्न निरन्तर लागि परेका छौँ । “ओयो होटल्स् एण्ड होम्स् एक विघ्नकर्ता हो, वास्तवमा म यसलाई अन्वेषक हो भन्छु यसले मुलरुपमा साना होटललाई पूनःऔद्योगीकरण गरेर त्यसलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुका साथै विश्वव्यापीरुपमा आम मानिसका लागि राम्रो आवासको व्यवस्था गरिरहेको छ ।”सामथ्र्य भनेको एउटा सबल बाँध जस्तै हो जसले घर आवास निर्माण गर्ने हाम्रो मिसनमा लागि पर्न हामीलाई मद्दत गर्छ । सन् २०१७ को मे महिनामा शुरुवात भएदेखि ओयोले नेपालमा अभूतपर्व वृद्धि गरिरहेको छ । ओयो होटल्स् एण्ड होम्स्ले देशभरि आफ्नो छाप छोड्दै १५० फ्रेज्चाइज्ड र पूर्ण व्यवस्थित ओयो ब्राण्डका होटलहरु र २५०० भन्दा बढि होटल कोठाहरु संञ्चालनमा ल्याइसकेको छ । विश्वव्यापीरुपमा हाल भारत, चीन, मलेशिया, नेपाल, यूके, यूएई, इन्डोनेशिया, साउदी अरबिया, जापान, फिलिपियन्स गरेर १० देशका ५०० भन्दा बढि शहरहरुमा उपस्थित ओयो होटल्स् एण्ड होम्स्ले १३ हजार फ्रेन्चाइज्ड तथा ठेक्का होटल र ६ हजार भन्दा बढि घरहरुमार्फत पाहुनाको सत्कार गरिरहेको छ ।
पाकिस्तानी नियन्त्रणमा रहेका भारतीय विमान चालक अभिनन्दन वर्तमान स्वदेश फिर्ता
इस्लामावाद, पाकिस्तान । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार दिउसो बुझाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय वायुसेनाका चालक तथा विङ कमाण्डर अभिनन्दनलाई पाकिस्तानी अधिकारीले पूर्वी पाकिस्तानको पूर्वी शहरू लाहोर हुँदै वागाह सीमा क्षेत्रमा लगेर भारतीय अधिकारीलाई बुझाएको पाकिस्तानले जनाएको छ । यद्यपि यसबारे भारतीय अधिकारीबाट औपचारिक पुष्टि भइसकेको छैन । तर भारतीय टेलीभिजन आजतकले भने अभिनन्दन स्वदेश फर्किएको दृश्यलाई प्रत्यक्ष प्रशारण गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका थिए । “पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद तनावलाई चर्काएर कसैलाई फाइदा नहुने निष्कर्षसाथ शान्तिका लागि हामीले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्नेछौँ,” बिहीबार संसदका दुबै सदनलाई गरेको संयुक्त सम्बोधनमा उनले भनेका थिए । रासस/सिन्ह्वा
बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार !
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ । “जिहादका युवराज” समेत भनेर चिनिने हाम्जा पाकिस्तान, अफगानिस्तान, सिरिया वा इरानमध्ये एक देशमा लुकेर बसेको अनुमान गरिएको छ । “हाम्जा अहिले अल–कायदा समूहका नेताका रुपमा स्थापित हुन थालेको देखिएको छ,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयले हाल हाम्जा रहेको मुलुकको नाम र ठेगाना दिएमा त्यस्तो सूचना दिने व्यक्तिलाई अमेरिकाले १० लाख पुरस्कार दिने जनाएको छ । हाल ३० वर्षको हाराहारीका हाम्जा बिन लादेनले सन् २०११ मा गरिएको आफ्नो बुबाको हत्याको बदला लिने बताउँदै आएका छन् । सर्वाधिक खोजीमा रहेका बिन लादेनलाई अमेरिकी विशेष फौजले पाकिस्तानी शहर अबोटाबादमा हत्या गरेको थियो । अमेरिकी गुप्तचर निकायहरुले हाम्जामाथि निगरानी बढाएको र अमेरिकाका निम्ति सुरक्षा खतरा रहेको बताएका छन् । हाम्जाले सन् २०१५ मा एक अडियो सन्देश जारी गरी सिरियाका जिहादीहरुलाई एकताबद्ध हुन आग्रह गरेका थिए । आफ्ना पिताले झैं हाम्जाले पनि साउदी अरेबीयाको नेतृत्व अपदस्थ गर्नुपर्ने बताउँदै आएका छन् । ओसामा बिन लादेनका तीन श्रीमती र छोराछोरीलाई साउदी अरेबियामा आश्रय दिइएको छ । तर हाम्जाका बारेमा थाहा हुन सकेको छैन । रासस/एएफपी