अमेरिकाको सबैभन्दा ठूलो पाइपलाइनमा साइबर आक्रमण, आपतकालिन अवस्थाको घोषणा

काठमाडौं । अमेरिकी सरकारले देशको सबैभन्दा ठूलो ईन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि आपतकालिन अवस्था घोषणा गरेको छ । अमेरिकाको कोलोनियन पाइपलाइनमा साइबर आक्रमणकारीले आक्रमण गरेपछि अमेरिकी सरकारले आपत्काल घोषणा गरेको हो । कोलोनियन पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल तेल आपूर्ति हुन्छ । अमेरिकाको पूर्वी तटीय राज्यहरुमा यसै पाइपलाइनबाट डिजेल, ग्यास र जेट इन्धनको करिब ४५ प्रतिशत हिस्सा आपूर्ति हुन्छ । शुक्रबार साइबर आक्रमणकारीको एउटा समूहले आक्रमण गरेपछि पाइपलाइनको मर्मत सम्भार भइरहेको छ । आपतकालिन घोषणा पछि त्यहाँबाट इन्धन आपूर्ति पाइपलाइनको सट्टा सडक मार्फत प्रतिस्थापन भएको छ । विज्ञहरूका अनुसार साइबर हमलाका कारण इन्धनको मूल्य सोमबार २ प्रतिशतले वृद्धि हुनेछ । उनीहरुका अनुसार छिट्टै पुनस्थापन नभए यसको प्रभाव बढी फराकिलो हुनसक्छ । कसले आक्रमण गर्यो ? धेरै स्रोतहरुले पुष्टि गरे अनुसार उक्त हमला डाक्र्ससाइड नामक साइबर अपराधिक गिरोहले गरेकाे थियो । तिनीहरुको बिहीबार औपनिवेशिक नेटवर्कमा प्रवेश गरे र उनीहरुको कब्जामा लगभग १ सय जिबी डाटा लिएका थिए । यसपछि, ह्याकरहरूले केही कम्प्युटर र सर्भरहरूमा डाटा लक गरे र शुक्रबार फिरौती समेत मागेका थिए । उनीहरुले फिरौती रकम नदिए सबै डाटा लिंक गर्ने धम्की समेत दिएका छन् । कम्पनीका अनुसार सेवा पुनः सञ्चालन गर्नका लागि प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागको सहयोग लिइएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

बिल गेट्सले मेलिन्डालाई दिए २.४ अर्ब डलरको सेयर, मेलिन्डा बनिन् ठूला दुई कम्पनीकी मालिक

काठमाडाैं । माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी धनाढ्य बिल गेट्सले श्रीमती मेलिन्डा गेट्सलाई २.४ अर्ब डलर बराबरको सेयर दिएका छन् । दुई दिनअघि डिभोर्सको घोषणा गरेका उनले श्रीमती मेलिन्डा गेट्सलाई २.४ अर्ब डलर बराबरको सेयर ट्रान्फर गरेका हुन् । उनीहरूले सामाजिक सञ्जालमा २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकै दिन सेयर पनि मेलिन्डाको नाममा ट्रान्सफर भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । आफ्नो नाममा सेयर आएपछि मेलिन्डा अब दुई मेक्सिकन कम्पनीहरू बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसएकी ठूलो सेयरहोल्डर भएकी छन्। कोकोकाला फेस्मा भएको उनको ४.९ प्रतिशत सेयरको मूल्य बुधबार १२१ मिलियन डलर पुगेको छ भने टेलिभेसिया एसएको ६.७ प्रतिशत सेयरको मूल्य ३८६ मिलयन डलर पुगेको छ। बिल गेट्सले क्यानडियन नेसनल रेलवे कम्पनी र अटोनेसन इन्कको पनि केही सेयर मेलिन्डाको नाममा ट्रान्सफर गरेका छन्। कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुन्। फोर्ब्स म्यागजिनका अनुसार उनीसँग अहिले १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। एजेन्सीकाे सहयाेगमा

बैंक खातामा झुक्किएर १२ लाख ५ हजार डलर जम्मा, घर गाडी किनेपछि पक्राउ

काठमाडौं । अमेरिकाको लुजियानाकी एक युवतिकोे खातामा एक्कासी खातामा १२ लाख ५ हजार ६ सय १९ अमेरिकी डलर जम्मा भएपछि उनी आश्चर्यमा परिन् । ३३ वर्षीया केलिन स्पाडोनीको खातामा सो करम जम्मा भएपछि उनले सो रकमलाई सदुपयोग गर्न खोज्दा उल्टै प्रहरीको फन्दामा परेकी छन् । न्यू ओल्र्यान्डको आपतकालिन सेवामा फोन डिस्प्याचरको काम गर्ने उनको खातामा ८२ डलर जम्मा गर्न खोज्दा झुक्किएर ७ अंकको रकम उनको खातामा जम्मा भएको थियो । केलिनले उक्त रकम कसको हो, किन र कसरी आफ्नो खातामा आयो भन्ने जान्न चाहिनन् त्यसको सट्टा उनले सो रकम तत्कालै आफ्नो अर्को खातामा सारिन् । त्यो पैसाबाट लगत्तै उनले उनल नयाँ घर र गाडी पनि खरिद गरिन् । चाल्र्स श्वाब कोर्पोरेशनले बैंकमार्फत् पैसा फिर्ता ल्याउन प्रयास गर्दा उनले त्यसको ७५ प्रतिशत रकम खर्च गरिसकेकी थिइन् । त्यसपछि केलिन सम्पर्कबिहीन नै भइन्। कम्पनीले पठाएको इमेल, फोन, मेसेजको उनले जवाफ नै फर्काइनन् । गल्तीले उनको खातामा पुगेको रकम फिर्ता गर्न नमानेपछि कम्पनीले उनीविरूद्ध प्रहरीमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा ठगी तथा चोरी गरेको आरोपमा उनलाई अप्रिल ७ मा पक्राउ गरिएको छ। सोही दिन उनलाई ९११ डिस्प्याचरको जागिरबाट बर्खास्त पनि गरिएको छ । एजेन्सीकाे सहयाेगमा