भारतमा २४ घण्टामा तीन हजार ३२४ जना कोरोनाका नयाँ सङ्क्रमित
नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार १८८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको यो लगातार चौथो दिन हो । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमित मध्ये एक हजार ५२० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा ५ हजार ७१६ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८४३ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ९२ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ । २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ८७६ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ३६ हजार २५३ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । (रासस/सिन्ह्वा)
१३२ जना यात्रा गरेकाे चिनियाँ जहाज दुर्घटना
काठमाडाैं । १२३ जना यात्रु र ९ जना चालक दल रहेकाे चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज दुर्घटनामा परेकाे छ । चिनियाँ संचारमाध्यमकाे अनुसार युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको उक्त जहाज गुवाङ्सी प्रान्तमा एउटा पहाडी जंगलमा दुर्घटनाग्रस्त भएको छ ।
श्रीलंकालाई ऋणले डुबायो, संकट टार्न पुनः ऋण खोज्न भौतारिँदै अर्थमन्त्री बसिल
काठमाडौं । यतिबेला श्रीलंका ठूलो आर्थिक संकटमा छ । देशको विदेशी मुद्रा सञ्चिती घट्दा विभिन्न वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको छ । यही आर्थिक संकटमा जिविकापार्जन गर्न श्रीलंकाका नागरिकलाई धौधौ भइरहेको छ । सरकारले अत्यावश्यक वस्तु पनि आयात गर्न सकिरहेको छैन । श्रीलंका पेट्रोलियम पदार्थ तथा खाद्यान्न खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ । जनताहरु सरकारविरुद्द विरोधमा उत्रिएका छन् । जनताले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् । अधिकांश नागरिकहरुले बिजुलीको शुल्क तिर्न नसकेको भन्दै विद्युत कटौती गरिरहेका छन् । महँगाी छोइनसक्नु हिसावले बढेको छ । श्रीलंकाको केन्द्रीय बैंकका अनुसार त्यहाँकाके मूल्यवृद्धि २० प्रतिशतले बढेको छ । अमेरिकी डलरको तुलनामा श्रीलंकाली रुपैयाँको भाउ घट्दै गएको छ । पछिल्लो २ वर्षमा श्रीलंकाको विदेशी मुद्रा सञ्चिती ७० प्रतिशतले घटेर करिब सवा ३ अर्ब डलरको हाराहारीमा छ । पर्यटन र रेमिट्यान्समा निर्भर श्रीलंकाको अर्थव्यवस्था कोरोनाकै कारण ठूलो समस्यामा पर्यो । अहिले पुनः रुस र युक्रेनबीचको द्वन्द्वले श्रीलंकाको अर्थतन्त्रमा थप असर पुग्यो । तेलको मुल्य निरन्तर उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यस वर्ष मात्रै श्रीलंकासँग ७ अर्ब अमेरिकी डलरको ऋण दायित्व छ । ऋणले आर्थिक संकट भोगेको श्रीलंका पुनः ऋणको लागि भौतारिरहेको छ । श्रीलंकाका अर्थमन्त्री बसिल राजपाक्षे ऋण साहयताका लागि भारत पनि गए । उनले श्रीलङ्काले भारतसँग १ अर्ब अमेरिकी डलर आर्थिक साहयता माग पनि गरे । तर, यस विषयमा भारतले केही धारणा दिएको छैन । ऋणमै डुबेको श्रीलङ्काले फेरि पनि ऋण नै लिएर अहिलेको संकट टार्ने योजना बनाएको छ । श्रीलंकाको सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि सहयोग मागिरहेको छ । श्रीलंकाले खास गरी चीन, भारत र जापनाबाट ऋण लिएको छ । चीनबाट ऋण लिएर श्रीलंकाले देशको आर्थिक तथा पूर्वाधार निर्माणमा लगायो । तर, चीनलाई २ अर्ब ३१ करोड अमेरिकी डलर ऋण तिर्नमै खर्च गर्यो । त्यसपछि आम्दानी कम विदेशी सञ्चिती घट्दै गयो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार श्रीलंकाले चीनलाई ५ अर्ब डलर बराबरको ऋण तिर्नुपर्नेछ । अझै पनि उसले चीनसँग पनि ऋणको गुहार गरिरहेको छ ।